after_navbar

वैवाङ केन्द्र बाट गरे दीपक गिरी र कमल सुबेदीले मतदान


५ घण्टा अगाडि


दाङ फागुन २१। दाङ क्षेत्र नं. ३ अन्तर्गत दंगिशरण गाउँपालिका–४ स्थित रात्री आधारभूत विद्यालय, वैवाङ मतदान केन्द्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले मतदान गरेका छन्।

ad


प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले सो मतदान केन्द्रमा मतदान गरेका छन।
मतदान केन्द्रमा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले पहिलो मत खसालेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले दोस्रो मत खसाले ।
दाङमा निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र मतदाताहरू उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त मतदान केन्द्रमा कुल २,२११ जना मतदाता रहेका छन्। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ भने मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="