दाङ,१२ जेठ । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको नाममा रहेको जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिइएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीद्वारा हस्ताक्षरित सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिइएको हो।
सूचनामा तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको नक्सा नम्बर ५/घ, कित्ता नम्बर २६८३, क्षेत्रफल ०.१८६२.४६ वर्गमिटर जग्गामा अनाधिकृत रूपमा घरटहरा निर्माण गरी भोगचलन भइरहेको उल्लेख छ।
सूचनाअनुसार उक्त जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य भौतिक संरचना १५ दिनभित्र स्वयं हटाई जग्गा खाली गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरिएको छ।
निर्धारित समयभित्र संरचना नहटाइएमा आवश्यक कानुनी प्रक्रिया अपनाई ती संरचना हटाइने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस