after_navbar

डम्पिङ साइट आसपासका स्थानीयलाई झुल वितरण


२ घण्टा अगाडि


दाङ,३० असार। तुलसीपुर उपमहानगरपालिकाले डम्पिङ साइट आसपासमा बसोबास गर्ने नागरिकलाई निःशुल्क झुल वितरण गरेको छ । विशेषगरी उपमहानगरपालिको सञ्चालन गर्दै आएको फोहोर व्यवस्थापन केन्द्र ( डम्पिङ साइट) क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि झुल वितरण गरेको हो।

डम्पिङ साइटका कारण फैलिन सक्ने सरुवा रोग तथा लामखुट्टेको प्रकोपबाट स्थानीयलाई जोगाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१२ मा झुल वितरण गरिएको हो ।

नगरप्रमुख टीकाराम खड्का र वडा अध्यक्ष खुसीराम चौधरीको उपस्थितिमा सोमबार ३५० थान झुल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापन क्षेत्र वरपर लामखुट्टेको जोखिम बढी हुने भएकाले प्रति दुई सदस्य बराबर एक थानका दरले परिवार संख्याका आधारमा झुल उपलब्ध गराइएको हो ।

झुल वितरण गर्दै नगरप्रमुख खड्काले डम्पिङ साइट प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य सुरक्षाप्रति उपमहानगरपालिका सचेत रहेको बताए । फोहोर व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने र स्थानीयको स्वास्थ्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न आगामी दिनमा पनि यस्ता प्रवद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिइने उनको प्रतिवद्धता रहेको छ।

वडा अध्यक्ष खुसीराम चौधरीले वर्षातको समयमा डम्पिङ साइट आसपासमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, मलेरिया जस्ता रोगको जोखिम उच्च हुने भएकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तत्काल झुल वितरण गरिएको बताए। झुल पाएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस

data-href="