after_navbar

गरिमा चौधरी प्रकरणः थप एकजना पक्राउ


२ घण्टा अगाडि


बारा,८ भदौ। प्रहरीले ३ वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१ का प्रदीप खड्का रहेका छन्।

गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका-१ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी थिइन्।

प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेका अनुसार घटनाको अनुसन्धानका क्रममा हालसम्म नौ जनालाई नियन्त्रणमा लिइएको छ। उनका अनुसार पक्राउ पर्नेमा प्रदीप खड्कासहित नौ जना छन्।

पक्राउ परेका खड्का विद्यार्थी रहेको प्रहरीले जनाएको छ। घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="