after_navbar

खोला तर्ने क्रममा अटो बग्योः पिकअप चालक बेपत्ता


० मिनेट अगाडि


दैलेख,९ भदौ। खोलामा अटो तार्ने क्रममा एक जना बेपत्ता भएका छन्। दैलेखको नारायण नगरपालिका–११ स्थित बिष्नेचौर खोलामा मंगलबार राति खोला तर्ने क्रममा उक्त घटना भएको हो।

प्रहरीका अनुसार दैलेख बजारबाट भगवतीमाई गाउँपालिका-५, बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह १७४८ नम्बरको अटो बिष्नेचौर खोला तर्ने क्रममा बगेको थियो।

भगवतीमाई गाउँपालिका-५, कट्टी निवासी करिब ३० वर्षीय अटो चालक कमल नेपालीले अटो खोला तार्न खोजेका थिए। सो क्रममा सोही ठाउँका करिब २८ वर्षीय टंक मगरले कर्णाली प्रदेश ०२-००१ च ०९०७ नम्बरको पिकअप डबल क्याब रोकेर अटो तार्न सहयोग गर्ने क्रममा खोलाले अटो बगाएको बताइएको छ।

प्राप्त विवरणअनुसार अटो सडकबाट करिब १० मिटर तल खोलामा पुगेको छ। अटो तार्न सहयोग गर्ने क्रममा पिकअप चालक टंक मगर पनि बेपत्ता भएका छन्। घटनापछि अटो चालक कमल नेपाली भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी तथा उद्धारका लागि अस्थायी प्रहरी पोस्ट लोहोरेबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="