काठमाडौ,१० भदौ ।गृहमन्त्री सुदन गुरुङले सहायताका लागि टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेपछि गृहमन्त्री गुरुङले सहायता आवश्यक उक्त नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।
उनले आपत्कालीन सार्वजनिक सूचना जारी गर्दै पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी तथा मुग्लिङ-नारायणगढ सडकखण्डमा अर्को सूचना जारी नभएसम्म आवतजावत नगर्न आग्रह समेत गरेका छन्।
भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गर्दै उनले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्।
खोज तथा उद्धार आवश्यक परेमा वा अन्य कुनै सहायता चाहिएमा १२३४ मा सम्पर्क गर्न गृहमन्त्री गुरुङले आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस