after_navbar

मन्त्री परिषदले गर्यो यस्तो निर्णय


१ घण्टा अगाडि


काठमाडौ,१० भदौ। सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताललाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिए।

बैठकले बाढीबाट प्रभावित तथा बिचल्लीमा परेकाहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरलगायत आवश्यक सबै साधन प्रयोग गर्ने निर्णय गरिएको छ।

त्यस्तै, घरबास गुमाएका परिवारलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ।

बाढीका कारण अवरुद्ध सडक तथा खानेपानी सेवा सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक काम अघि बढाउन भनिएको छ।

बाढीमा ज्यान गुमाउनेका परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="