काठमाडौ । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययनअनुसन्धान तथा नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजङ्ग थापा सिफारिस भएका छन्। यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।
यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।
सिफारिस भएका व्यक्तिहरूको अब संसदीय सुनुवाइ हुनेछ। सुनुवाइपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
प्रतिक्रिया दिनुहोस