after_navbar

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब मौज्दात


५ मिनेट अगाडि


काठमाडौ । प्रधानमन्त्री राहत कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये सरकारले यसअघि नै १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटेकोशी बाढीबाट रसुवा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा क्षति पुगेपछि राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम परिचालन गरिएको हो।

कोषको रकममध्ये नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ।

सरकारले कोषमा रहेको रकम आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा पुनर्स्थापनामा परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="