after_navbar

त्रिपुरेश्वरमा चालकले बसभित्रै आगो लगाए


मिनेट अगाडि


काठमाडौ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

घटनाका बेला बसमा कुनै यात्रु थिएनन्। चालकले बसभित्रै आगो लगाएपछि बस जलेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आफूले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।

बसमा आगो लगाउनुको कारण खुलिसकेको छैन। ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="