काठमाडौ । खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ।
सीआईबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई गएराति पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको जाहेरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए।
यसअघि सीआईबीले एन्फाको सातदोबाटोस्थित कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस