after_navbar

दाङमा राजतन्त्रको पक्षमा र्‍याली निस्कियो


मङि्सर १८, २०७७


तस्बिर :- निसान दाजु भट्टराईको फेसबुकबाट

दाङ । दाङको घोराहीमा बुधबार राजतन्त्रका पक्षमा र्‍याली निकालिएको छ।

घोराहीको ट्राफिक चोकवाट मोटरसाइकल र कारसहितको र्‍याली निकालि बजारका विभिन्न भागमा परिक्रमा गरेको थियो।

र्‍यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए। 

‘देशभक्त नागरिक’को नामबाट भएको र्‍याली घोराहीको तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="