after_navbar

बालुवाटारमा मन्त्रिपरिषद्कको आकस्मिक बैठक चल्दै


मङि्सर ३०, २०७७


काठमाडौ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक  मन्त्रिपरिषद् बैठक बसेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको जानकारी दिए। आज बिहान संवैधानिक परिषद्‍ बैठक डाकेको भएपनि कोरम नपुगेपछि स्थगित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। संवैधानिक परिषद्‍ बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन्।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="