after_navbar

दाङमा समेटिएका योजनाहरु (हेर्नुहोस)


जेठ १५, २०७८


दाङ। सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि शनिबार बजेट बिनियोजन गरेको छ।

नेपाल सरकारका अर्थमन्त्री विष्णु पाैडेलले आर्थिक वर्ष २०७८/०७९ काे वजेट सार्वजनिक गरेका हुन।

आज सार्वजनिक गरेको वजेटमा दाङमा केहि आयोजना समेटिएका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको वजेटमा यी आयोजना समेटिएका हुन् ।

बजेटमा परेका दाङका केही योजनाहरु :

–तुलसीपुरमा स्मार्ट सिटी निर्माण गरिने

–प्रदेश राजधानी देउखुरीमा निर्माणकालागि वित्तिय हस्तान्तरण गरिने

–दाङको नारायणपुरमा एयरपोर्ट निर्माण शुरु गरिने

–लमही क्रिकेट मैदानको काम पूरा गर्न बजेट

–कागति खेति विस्तार गरिने

–माडी–दाङ विस्तृत परियोजना तयार गर्न बजेट

–दाङकालागि पनि स्यालो र डिप बोरिङकालागि बजेट

–दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न बजेट

प्रतिक्रिया दिनुहोस

data-href="