काठमाडौ,१० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा देखिएका राजनीतिक, प्रशासनिक तथा कानुनी जटिलता समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने जनाएको छ ।
नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्दले समस्या यथावत् राखेर गरिने निर्वाचनले देशलाई निकास नदिने स्पष्ट पारे ।
महासचिव चन्दले समाजवादी सङ्घीयताअनुरूप राज्य संरचना निर्माण गर्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय व्यवस्था लागू गर्नुपर्ने र राज्यका सबै अङ्गलाई जनताले अपनत्व महसुस गर्ने गरी पुनःसंरचना गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको बताए ।
अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनता सहित सबै राजनीतिक शक्तिलाई स्वीकार्य हुने गरी निकास खोजिने उनको भनाइ थियो । यदि त्यो सम्भव नभए राजनीतिक शक्तिहरूबीच सहमतिका आधारमा उपयुक्त समाधान निकाल्नुपर्ने उनले जोड दिए ।
जेन–जी विद्रोहपछि पनि जनताले उठाएका मुद्दाहरू सम्बोधन हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सरकारलाई निर्वाचनमा मात्र केन्द्रित नहुन आग्रह गरे ।
भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र सुशासन प्रवर्द्धनमा गम्भीर रूपमा लाग्नुपर्ने उनको सुझाव थियो ।
महासचिव चन्दले भ्रष्टाचारको अन्त्य, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जेन–जी आन्दोलनको मुख्य म्यान्डेट भएको स्मरण गराउँदै पछिल्लो अन्तरिम सरकारले चुनावलाई मात्रै प्राथमिकता दिँदा ती एजेन्डा ओझेलमा परेको टिप्पणी गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु ९जीबी० राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।
पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु ९जीबी० राई व्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।
जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस