दाङ,२६ मंसिर । दाङमा विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। मंसिर २० गतेदेखि २६ गतेसम्म प्रहरीले गरेको खोजतलास अभियानमा उनीहरूलाई समातिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।
प्रहरीका अनुसार दाङ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि दाङ जिल्ला अदालतमा बुझाएको छ।
पक्राउ परेकाहरूमाथि फैसला कार्यान्वयनका क्रममा करिब ६६ हजार १६८ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ। साथै, उनीहरूका सम्बन्धित मुद्दामा तोकिएको कुल ४ वर्ष ९ महिना १७ दिन कैद सजाय कार्यान्वयनका लागि अदालत पठाइएको प्रवक्ता शाहले बताए।
न्यायिक प्रक्रियाप्रति जनविश्वास बढाउन र अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी आगामी दिनमा पनि खोजतलास र निगरानी अभियान निरन्तर जारी रहने बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले दायर गरेको आरोपपत्रअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भण्डारी, राम खड्का, कविता पौडेल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ। उनीहरूलाई भिजिट भिसामा विदेश जाने नेपालीबाट अवैध रूपमा रकम असुलेको आरोप छ।
सहसचिव भट्टराईलाई गएको जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी त्यतिबेला अध्यागमन कार्यालयमा प्रमुखका रूपमा कार्यरत थिए। अख्तियारले भट्टराईविरुद्ध मात्रै ७९ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
यससँगै तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ। शुद्धीकरण सम्बन्धी मुद्दामा सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ, र उनीहरूमाथि १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।
त्यस्तै, भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि समेत अनुसन्धान जारी रहेको अख्तियारको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ मंसिर । इलाका प्रहरी कार्यालय सिसहनियाको गस्ती टोलीले दाङमा ठूलो मात्रामा सामान बरामद गरेको छ। बुधबार राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक सवारी साधनबाट लुकाइ छिपाइ ल्याइएका कपडा फेला परेका हुन्।
प्रहरीका अनुसार बरामद सामानमा ५ सय पिस सेण्डो र १ हजार पिस अन्डरवेयर रहेका छन्। यी वस्तुको कुल मूल्य १ लाख ७९ हजार १ सय २० रुपैयाँ बराबर रहेको बताइएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको प्रहरीको जानकारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ मंसिर । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी पूर्वमा कार्यरत थिए।
प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिलो श्रीमतीको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध प्रक्रिया अघि बढाएको हो।
‘बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ आफैं हिजो साँझ कार्यालयमा आउनुभएको थियो।पछि उनलाई औपचारिक रूपमा पक्राउ गरी म्याद थप गरिएको हो,’ एसपी क्षेत्रीले बताए।
नेपालमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलनको काम भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए।
यसअघि प्रहरी निरीक्षकको पदमा रहेर बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज हुँदा नेपाल गाँजाको आर्थिक कारोबारमा संलग्न देखिएपछि विभागीय कारबाहीमा परेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
आन्दोलनका बेला इलाम नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रहरी पोस्ट, विद्यालय, सहकारी, विभिन्न पार्टी कार्यालयलगायत ठाउँमा ठूलो क्षति पुगेको थियो।
केवल इलाम नगरपालिका कार्यालयमै करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अन्य निकायमा समेत कागजात, फर्निचर, सवारीसाधन र उपकरण जलाइएका वा तोडफोड गरिएको थियो।
आन्दोलनपछि जेनजी समूहले विज्ञप्ति जारी गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरे पनि विध्वंश मच्चाउने व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न माग गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , २० मंसिर । दाङको लमहीमा गोली चलेको छ। अज्ञात समूहले एक सुन पसलमा गोली प्रहार गरेको बताइएको छ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गोली चलाउनेको खोजीकार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बाबुराम बस्नेतले लमहीको एक सुनचाँदी पसलमा गोली चलेको पुष्टि गरे । घटनाको थप अनुसन्धान भइरहेको उन्ले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० मंसिर। दाङ प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ कार्यमा तीव्रता दिएको छ। केही दिनको अन्तरालमा मात्रै झन्डै १२ जना फरार अभियुक्तहरु दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्य निरन्तररुपमा भइरहेकै हो। पछिल्लो एकसातामा मात्रै प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
दाङ प्रहरी प्रवक्ता चक्रबहादुर शाहले , यही मंसिर १४ गतेदेखि अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ। यसैगरी उनीहरूबाट २३ हजार ५२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ फैसला छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ मंसिर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेल रहेका छन्।
उनी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भुजेलले पुतलीबजार–१४ स्थित वन क्षेत्रमा ११ वर्षीया बालिकामाथि २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेका थिए।
उक्त घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो।
फैसला सुनिएपछि फरार रहेका भुजेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशअनुसार उनले भुक्तानका लागि स्याङ्जा जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान ,१८ मंसिर । सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक ३८ वर्षीय बाबु पक्राउ परेका छन्। १४ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। उनले जिल्ला अदालत सल्यानबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको बताए।
प्रहरीका अनुसार ३८ वर्षीय उक्त बाबुले गत असोज २६ गते छोरीमाथि बलात्कार गरेका थिए। त्यसपछि केही दिनपछि फेरि कोही नभएको मौका छोपी बलात्कार गर्न प्रयास गर्दा आमाले देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व,१७ मंसिर । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ द्धारेखोला नजिकको जंगलबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको छ।
राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै लुकाइ–छिपाइ राखिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो दुई थान भरुवा बन्दुक र एउटा नाल फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचौरबाट खटिएको टोलीले गस्तीका क्रममा शंकास्पद वस्तु देखेपछि खोजतलास गर्दा बन्दुकहरू भेटिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र बन्दुक कसले, किन राखेको भन्नेबारे अनुसन्धान अघि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस