दैलेख,१ फागुन । दैलेखमा १६ वर्षीय किशोरको हत्या भएको छ। दैलेखको दुल्लू नगरपालिका–४ शान्तिबजारका प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार फुटबल खेलेर घर फर्किँदै गरेका खनाललाई पछाडिबाट पेटमा चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि दुल्लू अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
एउटै किशोरीलाई मन पराउने विषयमा भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय मुकुन्द शाही र विभूषण शाहीलाई चामुण्डाको जंगल क्षेत्रबाट पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२९ माघ । स्वदेशमा अपराध गरेर विदेशमा लुकेका १० जना फरार प्रतिवादीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल फर्काएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी भएको जानकारी दिए। तीमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको उनले बताए।
अघिल्लो आर्थिक वर्षमा भने ३४ जनाविरुद्ध रेड नोटिस र २ जनाविरुद्ध डिफ्युजन जारी गरिएको थियो। तीमध्ये १७ जना रेड नोटिस र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।
प्रवक्ता काफ्लेले इन्टरपोलसँगको सहकार्यमा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने कार्य निरन्तर जारी रहेको उल्लेख गर्दै अपराध गरेर विश्वको जुनसुकै स्थानमा लुके पनि कानुनबाट उम्किन नसक्ने स्पष्ट पारे।
उनले देशमा शान्ति सुव्यवस्था कायम राख्न, आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरी विभिन्न सुरक्षा रणनीतिसहित सक्रिय रूपमा परिचालित भइरहेको बताए।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले आवश्यक नोटिस जारी गर्दै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ माघ । बर्दियाबाट भारततर्फ लैजान लागिएका दाङका एक बालकसहित तीन जना नेपाली बालबालिकाको प्रहरीले उद्धार गरेको छ। मङ्गलबार राति गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, रोल्पा उपरकोटकी १५ वर्षीया बालिका र रोल्पा खाराकी १३ वर्षीया बालिका रहेका छन्। उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ।
घटनासम्बन्धी भारत, उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बहराइच जिल्लाका ७४ वर्षीय लेडी महत, उनका ३४ वर्षीय छोरा हिरालाल महत, २६ वर्षीया ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्। उनीहरूसँग एक काखे बालकसमेत रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दै आएको खुलेको छ। बालबालिकालाई भारत कुन प्रयोजनका लागि लैजान खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिएका छन्।
सम्बन्धित जिल्लामा बालबालिकाका आफन्तसँग समन्वय गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ माघ । एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा हान्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० मा रहेको गोदाममा छापा हान्ने क्रममा उनीहरूमाथि आक्रमण भएको हो।
आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारी अवैध रूपमा भण्डारण गरिएको करिब ७ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको हो।
कपडा बरामद गरेपछि तस्कर समूह आक्रमणमा उत्रिएको र ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सहप्रवक्ता थापाले बताए ।
घाइते सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ माघ। जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले मिति २०८२ माघ १० गतेदेखि १७ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरेका थिए। सोही अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका १७ जना प्रतिवादी पक्राउ परेका हुन्।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३१ लाख ७९ हजार २७६ रुपैयाँ राजस्व संकलन भएको छ। साथै उनीहरूलाई विभिन्न मुद्दामा १७ दिनदेखि ५ वर्ष ७ महिना १ दिनसम्म कैद सजाय फैसला भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षकले उक्त जानकारी दिएका ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ माघ । दाङको अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ रुपैयाँ बराबरका जिम सामग्री बरामद गरेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकजाँचका क्रममा ती सामग्री नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढीतर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई रोकेर जाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका जिमका सामग्रीहरूको कुनै पनि बिल–भर्पाइ नपाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको जिम सामग्रीको जम्मा मूल्य २६ लाख ८१ हजार ६ सय ५८ रुपैयाँ बराबर आँकलन गरिएको छ। ट्रकसहित सबै सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए।
तस्बिरःएआई
२२ सय व्यक्ति फरार सूचिमा
बांके, २१ माघ। भारत–नेपाल सिमानाका रुपैडीहाबाट एक किशोरीको उद्दार गरिएको छ । रूपैडीहा चेकपोस्टमा गरिएको नियमित जाँचका क्रममा बेचविखनको जोखिममा रहेकी १५ वर्षीया नाबालिग नेपाली किशोरीको सकुशल उद्धार गरिएको हो।
सशस्त्र सीमा बल (एसएसबी) को बीआईटी टोली, एन्टी ह्युमन ट्राफिकिङ युनिट तथा देहात संस्थाको संयुक्त सक्रियतामा किशोरीलाई भारतीय क्षेत्रबाट उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ।
नियमित सोधपुछका क्रममा किशोरीको गतिविधि शंकास्पद देखिएपछि सुरक्षाकर्मीले थप अनुसन्धान थालेका थिए।
अनुसन्धानका क्रममा किशोरीले आफू जुम्ला जिल्ला, चाना वडा नं.–१ की १५ वर्षीया रहेको बताएकी थिइन्। कागजात र बयानका आधारमा उनी नाबालिग भएको पुष्टि भएपछि मानव बेचविखनको जोखिममा रहेको खुलेको हो।
किशोरीसँगै रहेका बाँके खजुरा वडा नं.–७ का १९ वर्षीय युवक साहिल कुरेशीलाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार उनले विवाह तथा रोजगारीको प्रलोभन देखाएर किशोरीलाई भारत लैजान लागेको स्वीकार गरेका छन्।
सुरक्षाकर्मीले मोबाइलमार्फत किशोरीकी आमासँग सम्पर्क गर्दा उनी परिवारलाई जानकारी नदिई घरबाट निस्किएको खुलेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी देहात इन्डिया, बहराइचको सहकार्यमा किशोरीलाई नेपालस्थित संरक्षण गृहमा पठाइएको छ।
पक्राउ परेका युवकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको भारतीय प्रहरीले जनाएको छ।
मानव बेचविखनको दृष्टिले जमुनाहा नाका लामो समयदेखि उच्च जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ। माइती नेपाल नेपालगन्जका अनुसार पछिल्लो एक वर्षमा मात्रै यस नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका करिब ६ सय महिला तथा किशोरीको उद्धार गरी परिवारमा पुनःमिलन गराइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० माघ । मोरङको रंगेली नगरपालिकामा एक युवकले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।
रगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली घर पुगेर २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलको चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार घटना मंगलबार बिहान करिब २ः४५ बजे भएको हो।
प्रारम्भिक अनुसन्धानमा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको खुलेको छ। पत्नीको हत्या गरेपछि मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
हाल दुवै जनाको शव घटनास्थलमै रहेको छ। घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको छ। प्रहरी टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० माघ। उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम पाइएको छ । कर्मचारीहरूले आपसी मिलेमतोमा स्टक कम देखाई ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आयोगको भनाइ छ ।
अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रूपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै अन्य प्रतिवादीहरू तत्कालीन निमित्त महाप्रबन्धकहरू महेशप्रसाद काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ, नवलकिशोर शाहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ बिगो दाबी गरिएको छ ।
तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीसँग पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बिगो दाबी गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महालेखा परीक्षकको प्रतिवेदनले क्लिङ्करको खपत बढी तर उत्पादन घटी देखाएको प्रतिवेदनमा अख्तियारले अनुसन्धान थालेको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार आइतबार (माघ १८) उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित नियन्त्रणमा लिइएको हो। सोमबार जारी विज्ञप्तिअनुसार पक्राउ पर्नेमा वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन्।
कुरियर कम्पनीमार्फत विभिन्न सामान विदेश पठाउँदा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई मिति २०८२ माघ १८ गते गोश्वरा हुलाक कार्यालय, डिल्लीबजारबाट घुससम्बन्धी दसी प्रमाणसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार पक्राउ परेकाहरूको साथबाट २३ थान मोबाइल फोन पनि बरामद गरिएको छ। साथै, कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रुपैयाँ, सोही स्थानबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ तथा उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।
त्यसैगरी, नायब सुब्बा रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी कुल ३८ हजार ८४८ रुपैयाँ तथा अन्य स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस