खुला पुरुष भलिबल प्रतियाेगिता हुने

   श्रावण २३, २०८१       admin

लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ। फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनीको खेलमैदान तुलसीपुरमा भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिता आउँदो भदौ १३ गतेदेखि सुरु हुनेछ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लाका १५ बढी टिमको सहभागिता रहने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिएका छन्।

३ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने एरीले बताए।

त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर र वेष्ट लिब्रो लाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै बीच आयोजक फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिताको तयारीलाई तीव्र पारेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिदा भए राखेप उपाध्यक्ष कोइराला

   श्रावण २३, २०८१       admin

काठमाडौँ,२३ साउन । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोइरालालाई बिदाई गरिएको छ । कोइराला ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् ।

२०७७ साल साउनको १२ गते राखेपको उपाध्यक्षमा नियुक्त भएका कोइरालाले राखेपको जिम्मेवारीबाट हटे पनि आफू खेलकुदको विकासमा लागिरहने बताए ।

आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा केही परिवर्तन भएको उनले बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई बर्गीकरण गरी स्वास्थ्य र शिक्षामा सहुलियत दिन सकिने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सबै पक्षबीच एकता हुनुपर्ने धारणा राखे ।

उनले खेलकुद बीमालेख कार्यान्वयनमा ल्याइएको तथा कानुनी रुपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काभा लिग: सेमिफाइनलमा नेपाल र इरान भिड्ने

   श्रावण २१, २०८१       admin

काठमाडौँ,२१ साउन। काभा वुमन्स नेसन्स लिगमा नेपाल र इरानविच प्रतिस्पर्धा हुने भएको छ । भारतले सोमबार श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनलमा नेपाल र इरान भिड्ने भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले खेल २५-१३, २५-२१, २५-२० ले आफ्नो पक्षमा पर्यो।

यो जितसँगै भारतले चार खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का गरेको छ। पराजित श्रीलंका समान खेलबाट चार अंकका साथ चौथो स्थानमा छ। सेमिफाइनलमा पनि यी दुई टोली नै भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक

   श्रावण २१, २०८१       admin

काठमाडौं ,२१ साउन । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालले ४ पदक जितेको छ । नेपालले एक रजत र ३ कांस्य गरी ४ पदक हात पारेको हो ।

नेपालका खेलाडी मेग्मा गुरुङले रजत, राजेन्द्र तामाङ, ईमा थापा र चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका हुन् ।

महिला माइनस ३८ केजी तौलको फाइनलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई रजत प्राप्त गरिन । राजेन्द्र तामाङले माइनस ६८ केजी तौलको सेमिफाइनलमा लावोस र ईमा थापा माइनस ४७ केजी तौलको कम्बोडिया खेलाडीसँग पराजित भई कांस्य पदक प्राप्त गरे ।

त्यस्तै, शनिबार चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका थिए । च्याम्पियनसिप अगस्त १ देखि ४ तारिख सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पेरिस ओलम्पिकमा नेपाली पौडिवाज शाहको कीर्तिमानी

   श्रावण १५, २०८१       admin

काठमाडौं,१५ साउन । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।

उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

   श्रावण १४, २०८१       admin

काठमाडौं,१४ साउन। पेरिस ओलम्पिकमा आज सोमबार नेपालका दुई खेलाडी प्रतिस्पर्धा गर्दैछन् ।

जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् ।

मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनिको तौल समूहमा सर्वियाकी परिसिकसँग खेल्ने तालिका छ । त्यस्तै, प्रिन्स दाहालले समूह चरणको दोस्रो खेल खेल्न लागेका हुन् ।

प्रिन्सले आज राति समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्ने तालिका छ । प्रिन्सका प्रतिस्पर्धी नुयन वरियताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् ।

समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्ने छन् ।

यसअघि भएको समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसिसी महिला एसिया कप फाइनल खेल श्रीलंका र भारतबिच हुँदै

   श्रावण १३, २०८१       admin

काठमाडौं,१३ साउन। एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् ।

खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ ।

घरेलु मैदानको फाइदा उठाउदै श्रीलंका पहिलो पटक उपाधि जित्ने लक्ष्यमा मैदान उत्रने छ भने भारत आठौं उपाधि रक्षा गर्ने योजनामा छ ।
पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंका फाइनल पुगेको हो भने बंगलादेशलाई हराउदै भारत उपाधि नजिक पुगेको हो ।

यो सँगै भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको छ भने सात पटकको च्याम्पियन पनि हो ।

पाँच पटक फाइनल पुगे पनि श्रीलंका भने अहिले सम्म उपाधि जित्नबाट चुकेको छ ।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालले आज पाकिस्तानको सामना गर्दै

   श्रावण ०६, २०८१       admin

काठमाडौं,६साउन। श्रीलङ्कामा जारी नवौँ संस्करणको महिला एसिया कपमा नेपालले आइतबार आफ्नो दोस्रो खेल खेल्दैछ।

दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समयअनुसार साँझ सवा ७ मा सुरु हुनेछ। नेपालले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी२० आई मान्यताप्राप्‍त खेल भने पहिलोपटक खेल्न लागेको हो।

सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो। तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी२० मान्यताको मात्र भएको थियो।

२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तर्राष्ट्रिय मान्यताका हुँदै आएका छन्।

२०२४ को नवौँ संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालीन क्रिकेट पनि हुनेछ।

नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ। आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन्। समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ तुलसीपुर कोरा २०२४ प्रतियोगिता

   श्रावण ०५, २०८१       admin


दाङ, ५ साउन ।
दाङ तुलसीपुर कोरा २०२४को प्रतियोगिता सुरु भएको छ । मुख्य प्रायोजक विवाइडी कम्पनि रहेको प्रतियोगिताले  पश्चिम दाङको चिनारीलाई स्थापित गर्ने छ । अरनिको मैदानबाट औपचारिक कार्यक्रम गरि राइडको सुरु गरिएको हो ।


क्लबका अध्यक्ष रन्जन सिंहको अध्यक्षता तथा त्रिसिद्देस्वरी राप्ती यातायात समितिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । राइडरहरुलाई शुभकामना दिदै हमालले यस्ता कार्यक्रमले स्वास्थ्य्लाई मात्रै  नभएर समाजलाई पनि सकारात्मकता तिर लैजाने बताए । उनले यस क्षेत्रको पर्यट्कीय विकासको लागि टेवा पुग्ने र प्रचार प्रसार हुने बताए ।


विगतका वर्षहरु जस्तै यस वर्ष पनि कोरा प्रतियोगिता सञ्चालन गरिएको हो । दाङमा केहि वर्षदेखि कोरा राइड हुदै आएको छ । प्रतियोगितामा दाङका साइकल राइडरहरुको सहभागिता रहेको छ भने पश्चिम दाङका विभिन्न क्षेत्रका पुग्ने योजना रहेको आयोजकको भनाई छ ।

तुलसीपुर, दङ्गिशरण, शान्तिनगर र बबई गाउँपालिकाको पर्यटन तथा धार्मिक क्षेत्रको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले दाङ जिल्लामारहेका साईकल राइडरहरु दाङ तुलसीपुर कोरा २०२४ मा सहभागिता भएको  तुलसीपुरका अध्यक्ष रन्जन सिंहले जानकारी दिए । कार्यक्रमको सहजीकरण सचिव रत्र्जन कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी

   श्रावण ०४, २०८१       admin


दाङ, ४ साउन ।
दाङ तुलसीपुर कोरा २०२४को मुख्य प्रायोजक विवाइडी कम्पनि रहेको छ । शनिवार पश्चिम दाङको चिनारीको लागि हुन लागेको दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी इलेक्टिक गाडी रहेको विवाइडीका प्रतिनिधि विमल कुमार पौडेलले बताए ।


विगतका वर्षहरु जस्तै यस वर्ष पनि कोरा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । दाङमा केहि वर्ष देखि कोरा राइड हुदै आएको छ । प्रतियोगितामा दाङका साइकल राइडरहरुको सहभागिता रहने छ भने पश्चिम दाङका विभिन्न क्षेत्रका पुग्ने योजना रहेको आयोजकको भनाई छ ।

तुलसीपुर, दङ्गिशरण, शान्तिनगर र बबई गाउँपालिकाको पर्यटन तथा धार्मिक क्षेत्रको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले दाङ जिल्लामारहेका साईकल राइडरहरु दाङ तुलसीपुर कोरा २०२४ मा सहभागिता रहने राइडर तुलसीपुरका अध्यक्ष रन्जन सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology