दाङ,४ साउन ।
श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।
युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
सम्झनाको अर्धसतक
श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छन् । ३४ बलमा सम्झनाले अर्धशतक प्रहार गरेकी हुन् । वुमन्स एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।
सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौं नेपाली खेलाडी बनेकी छन् । यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
लक्ष्मण बस्नेत ,साउन ३ दाङ । यमुना स्मृती कप अन्डर १० कक्षा ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।
समस्त यमुना परिवार तुलसिपुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसिपुर ६ मा संचालन हुने प्रतियोगिता यहि साउन ११ गते देखि सुरु हुनेछ ।
२०७७ साल साउन ४ गते स्वर्गीय भएकी यमुना डांगीको स्मृतिमा संचालन गरिन लागिएको प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत बिधालयका गरि २० वढी टिमको सहभागिता रहनेछ ।
दुईदिन सम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता टिमले क्रमशः नगद ४० र २० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ्न् ।
त्यसैगरी ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्सन गर्ने बेष्ट प्लेयर खेलाडी लाई नगद २५ सय,ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने हाई स्कोरर,बेष्ट किप्पर,र राईजिङ प्लेयर लाई क्रमशः जनही १५ /१५ सय,ट्रफी,प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज डांगीले जानकारी दिएका छन् ।
यसैबिच आयोजकले प्रतियोगिताको तयारी स्वरुप टिम दर्ता,प्रचार प्रसार,लगातको कार्य लाई तिव्र पारेकोछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३१ असार । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।
इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३-० तथा इटली र अल्वानियालाई समान १-०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४-१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २-१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ असार । जनमत पार्टीले ७ जनालाइ निलम्बन गरेको छ। पार्टिले राष्ट्रिय सचिव सहित जनालाई निलम्बन गरेको हो।
राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद (वीपी)साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिराहाको मिर्चैया नगर सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दीपनारायण यादव निलम्बनमा परेका हुन्।

पार्टीको नीति निर्देशन र विधान विपरीत कार्य गरेको भन्दै उनीहरुलाई आजकै मितिदेखि लागू हुनेगरी ३ महिनाका लागि निलम्बन गरिएको केन्द्रीय अनुशासन विभागकी सदस्यसचिव अनिताकुमारी मण्डलले जानकारी दिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ असार । महिला एसिया कपका लागि श्रीलंका पुगेको नेपालले स्थानीय टिमसँगको दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ। श्रीलंका महिला डेभलोपमेन्टविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले पराजित भयो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो। नेपालका लागि कविता कुँवरले २९ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक इन्दु वर्माले २८ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा ओपनर सम्झना खड्काले ११ रन बनाइन्। यीबाहेक नेपाली ब्याटरहरुले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
श्रीलंका डेभलोपमेन्टका लागि देविमी भियंगाले ३ विकेट लिँदा थरिका सेवान्डी र सन्दिनु निसन्सलाले समान एक विकेट लिए।
१ सय ७ रनको लक्ष्य पछ्याएको श्रीलंकन डेभलोपमेन्टले उक्त लक्ष्य अन्तिम बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि एन सेनारत्नेले २७ रन बनाउँदा सन्दीपनीले १९ रन बनाइन्। त्यस्तै, इमिका मेन्डिसले १७ रन बनाउँदा एम मडरा १६ रनमा अविजित रहेकी थिइन्। नेपालका लागि रुविना क्षेत्री, कविता जोशी र सबनम राईले समान एक विकेट लिए।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगलबार भएको खेलमा नेपाल ३३ रनले पराजित भएको थियो। नेपालले श्रीलंका डेभलपमेन्टसँग तीन खेल खेल्ने कार्यतालिका रहेको छ।
अब नेपालले अन्तिम खेल आगामी मंगलबार खेल्ने छ। नेपालले एसीसी एसियाकप टी–२० क्रिकेटमा समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र युएईसँग खेल्दै छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २४ असार । दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।
घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो ।
आयोजक घोराही नगर हाप्कडो संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप गर्न थालेको जानकारी दिएको हो ।
जिल्लामा खेल खेलकुदलाई निरन्तर चलाएमानसँगै खेलाडीको क्षमता विकास, अनुभव र अवसर प्रदान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरले जानकारी दिइन्।
सचिव बुढामगरका अनुसार घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा घोराही नगरभित्र रहेका ३२ वटा स्कुल हाप्किडो डोजाङ टिमका चारदेखि पाँच सय खेलाडीको सहभागीता हुने छ ।
प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २०, २०–२४, २४–२८, २८–३२,३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
दाङ जिल्ला हाप्किडो संघले जिल्लामा स्थानीयस्तरदेखि नै खेल क्षेत्रको विकास र खेलाडी उत्पादन र प्रतिभा पहिचान र संरक्षण गर्नका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संघका अध्यक्ष महेश गुरुङले जानकारी दिए।
घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण घोराही नगर हाप्कडो संघका सचिव विशाल थापाले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२१ असार ।नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ ।
क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो ।
ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।
क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।
त्यस्तै ग्रेड (बी) मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।
ग्रेड (सी) मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।
ग्रेड (डी)मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
तर, क्यानको यो निर्णयप्रति केन्द्रीय समितिका केही सदस्यहरूले मनोनीत सदस्यलाई प्रवक्ता बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
घोराही, १८ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा बडहरा फुटबल क्लव घोराहीलाई ४–२ गोल अन्तरले पराजित गर्दै जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको हो ।
फाइनल खेलमा बडहराले गोल गरेर अग्रता लिएपनि सम्मालिन नसक्दा पराजित हुन पुगेको हो । ंपहिलो हाफमा न्यु स्टारले गोल फर्काउदै १–१ गोलको बराबरी खेलेपनि दोश्रो हाफमा न्यु स्टारले तीन गोल थप्दै बिजयी बनेको हो ।
दोश्रो हाफमा सुरुदेखि नै दबाफमा परेको बडहराले अन्तिम समयमा १ गोल फर्काए पनि खेलमा ४–२ गोल अन्तरले पराजित हुन पुगेको थियो ।
पानीको झरीसँगै बेलझुण्डी रंगशालामा भएको खेलमा न्यु स्टारको जितमा खेलाडीहरु दिपेश पुन, रामु दहित, नविन मगर र भिमसेन थापाले समान १÷१ गोल गरेका थिए ।
त्यसैगरी बडहराकातर्फबाट खेलाडीहरु प्रदिप सुनार र रेवन बुढामगरले गरेका थिए ।
लिगको च्याम्पियन न्यु स्टार फुटबल एकेडेमी बन्दै नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपबिजेता बडहरा फुटबल क्लवले नगद २५ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा न्यु स्टारका खेलाडीहरु दिपेश पुन बेष्ट मिडफिल्डर,विकेश चौधरी बेष्ट डिफेन्डर, समर्पन थापा वेष्ट गोलपिकर र बडहरा फुटबल क्लवका बेष्ट प्लेयर प्रदिप सुनार घोषित भएका थिए ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको असारको ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागीता रहेको थियो ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजय धितालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमको प्रमुख आतिथ्यतामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ असार। नेपालबाट जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । मनिताले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने भएकी हुन् ।
मनिताले १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका निम्ति रजत पदक जितेकी थिइन् । ओलम्पिकमा मनिताले ५७ केजीमुनिमा प्रतिस्पर्धा गर्नेछिन् ।
मनिता पेरिस ओलम्पिक खेल्ने भएसँगै नेपालबाट हालसम्म कुल सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट हालसम्म टेबलटेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्डनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपालसँगै पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक खेल्ने निश्चित भएको छ ।
यीमध्ये स्यान्टुले छनोट चरण पार गर्दा अन्यले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिक खेल्ने अवसर प्राप्त गरेका हुन् । यस्तै, पारालम्पिकतर्फ नेपालबाट पलेशा गोवर्धन र भरतसिंह महताले सहभागिता जनाउने निश्चित भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस