काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

   कार्तिक २२, २०८२       admin

काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो।

नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्‍यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्‍यो।

यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो। नेपालले २–१ सेटको अग्रता लिए पनि अन्तिम दुई सेटमा हार बेहोर्नु परेको थियो।

च्याम्पियनसिपमा कुल चार टोली सहभागी छन्। राउन्ड रोबिन चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि खेल आयोजना हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि हुने

   कार्तिक २०, २०८२       admin

काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति आयोजना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न खेलकुदका प्रतिस्पर्धा हुने र देशभरका खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

   कार्तिक १६, २०८२       admin

काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्।

उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५।४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्।

यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ।

नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन क्यानको निर्देशन

   कार्तिक १५, २०८२       admin

काठमाडौ,१४ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) लक्षित गर्दै क्यानले शुक्रबार सबै संघहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो।

क्यानका अनुसार एनएसपीएल जस्ता टेनिस बल क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को संरचनाभित्र नपर्ने भएकाले यसप्रकारका प्रतियोगितालाई संघले मान्यता नदिने जनाएको छ।

कात्तिक १५ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको एनएसपीएलमा कुनै पनि प्रदेश वा जिल्ला क्रिकेट संघका खेलाडी र प्रशिक्षकहरूले सहभागिता नजनाउन क्यानले निर्देशन दिएको हो।

क्यानका क्रिकेट म्यानेजर विनोद दासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका प्रतियोगिताहरूलाई संघबाट स्वीकृति प्रदान नहुने भएकाले संघको स्वीकृति बिना आयोजना भइरहेको एनएसपीएलमा प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, खेलाडी र प्रशिक्षकहरू सहभागी नहुन जानकारी गराइन्छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली फुटबलका प्रशिक्षक रसको राजिनामा

   कार्तिक १४, २०८२       admin

काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्।

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। तर, करिब आठ महिनामै उनले पदबाट राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। राईका अनुसार, रसले किन राजीनामा दिए भन्ने कारणबारे पछि जानकारी दिइनेछ।

रसको प्रशिक्षणमा नेपालले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो। तीमध्ये नेपालले एक खेलमा जित हासिल गरेको, दुई खेल बराबरी र चार खेलमा पराजित भएको थियो। रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिङ्गापुरलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो।

नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्।

प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको थियो। इरानले भारतलाई २–० र नेपाललाई ३–० ले हराउँदै अपराजित रह्यो। नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो भने भारत पनि इरानसँग २–० ले पराजित भएको थियो।

सावित्राको शानदार प्रदर्शन

नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनायो। खेलको दोस्रो मिनेटमै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रस बललाई उनले कुशलतापूर्वक नियन्त्रणमा लिएर भारतीय गोलकिपरलाई छलाउँदै गोल गरिन्।

पहिलो हाफमा थप अवसर सिर्जना भए पनि गोल थप्न नेपाल सफल भएन। दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो। ६३औं मिनेटमा पाएको फ्रिकिकमा सावित्राले सिधै प्रहार गर्दा बल सिधै जालीमा पुगेको थियो, जसले नेपाललाई २–० को सहज अग्रता दिलायो।

भारतले खेलको अन्त्यतिर दबाब बढायो र ८१औं मिनेटमा वैकल्पिक खेलाडी करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्मला देवीको फ्रिकिकबाट आएको बल बाउन्स हुँदै विमला विकसमक्ष पुगेको थियो, तर क्लियर गर्न खोज्दा बल करिश्मासमक्ष पुगेको र उनले सहजै गोल गरेकी थिइन्।

तर, त्यो गोल भारतका लागि सान्त्वना मात्र बन्यो। नेपालले अन्तिम मिनेटसम्म रक्षात्मक र आक्रामक सन्तुलन कायम राख्दै २–१ को जित पक्का गर्‍यो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

   कार्तिक १०, २०८२       admin

काठमाडौ,९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन जोड्यो।

अमेरिकाका स्मित पटेलले सर्वाधिक ७५ रन बनाए। उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए। पटेल र साइतेजा मुक्कामल्लाबीच ९५ रनको साझेदारी भएको थियो। मुक्कामल्लाले ४२ रनको योगदान दिए।

त्यस्तै, मिलिन्द कुमारले आक्रामक अर्धशतकीय पारी खेले। उनले ५० बलमा ६ चौका र २ छक्का सहित ७० रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।

मुख्य प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको प्रदर्शन सानदार बन्दै आएको छ। जुन महिनामा स्कटल्यान्डमा भएको लिग–२ मा नेपालले चारमध्ये तीन खेल जितेको थियो। चार महिनापछि नेपाल पुनः लिग–२ मा फर्किएको हो। यसबीचमा नेपालले टी–२० विश्वकपमा समेत स्थान बनाइसकेको छ।

नेपालले अब दोस्रो खेल कात्तिक १३ गते बिहीबार यूएईसँग खेल्नेछ।
शृङ्खलाको तेस्रो खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग हुनेछ।

विश्वकप लिग–२ मा हालसम्म १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ। समान खेल खेलेको यूएईसँग ६ अंक मात्र छ।
तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

   कार्तिक ०६, २०८२       admin


काठमाडौ,५ कार्तिक । भारतमा आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ।

भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एक मैत्रीपूर्ण खेल पनि खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ भने कात्तिक १० गते भारतसँग दोस्रो खेल खेल्नेछ। दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी खेलाडीहरू — प्रीति राई, सावित्रा भण्डारी ९साम्बा०, पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आइसकेका छन्।

टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ रहेका छन्। टोलीको प्रशिक्षक नवीन न्यौपाने हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस मा नेपालको कप्तानी गर्नेछन्, जुन उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

सन् २००२ मा यूएईमा आयोजित यू–१५ एसिया कपबाट आफ्नो खेलजीवन सुरु गरेका शरदले नेपालको क्रिकेट इतिहासमा धेरै ‘पहिलो’ उपलब्धिहरूका साक्षी बनेका छन्। नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय (T20I) टोलीका उनी सदस्य हुन्।

नेपाली राष्ट्रिय टोलीबाट उनले पहिलोपटक २००४ मा आफ्नो जन्मथलो यूएईमै ‘डेब्यु’ गरेका थिए। अन्तरमहादेशीय कपको तीनदेशीय प्रतियोगितामा यूएईविरुद्ध शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाएर उनले उत्कृष्ट सुरुवात गरेका थिए।

शरद नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ बाट सुरु गरेको यात्रा एकदिवसीय मान्यता प्राप्त राष्ट्र बन्ने क्रममा महत्वपूर्ण भूमिकामा रहेका खेलाडी हुन्।

उनको क्रिकेट यात्रामा सबैभन्दा सम्झनलायक पल सन् २०१३ मा यूएईमै सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट हो। सो प्रतियोगितामा उनले उत्कृष्ट फिनिसरको भूमिकामा रहेर नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुर्‍याएका थिए। हङकङविरुद्धको निर्णायक खेलमा उनले विजयी रन बनाएपछि नेपाल विश्वकपमा पुगेको थियो।

त्यस्तै, २०१८ मा एम्स्टर्डममा नेदरल्यान्ड्सविरुद्ध खेलिएको खेल नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय थियो, जसमा पनि शरद सहभागी थिए। उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २०२१ मा र पछिल्लो ट्वान्टी–२० अन्तर्राष्ट्रिय सन् २०२२ मा खेलेका थिए।

गत सिजन ३७ वर्षका शरदले चितवन राइनोज बाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलेका थिए। चार खेल खेलेका उनले सबैमा ब्याटिङमा अविजित रहँदै राम्रो प्रदर्शन गरेका थिए। तर, यसपटकको मिनी अक्सनमा उनीमाथि कुनै टिमले बोली लगाएको थिएन।

शरदको कप्तानीमा सन्दीप जोरा, आदिल आलम अन्सारी, लोकेश बम, बसिर अहमद, रसिद खान र रूपेश सिंहले हङकङमा हुने सुपर सिक्सेस प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

   कार्तिक ०१, २०८२       admin

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो।

२१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ रनमै सीमित भयो।

त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो।
नेपालका ओपनर आसिफ शेख र अलराउन्डर दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।

विकेटकिपर आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाए भने ऐरीले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए।

इन्निङ्सको अन्त्यतिर लोकेश बम ले केवल १२ बलमा २ चौका र ४ छक्का सहित ३९ रनको विस्फोटक इनिङ्स खेले। कप्तान रोहित पौडेल ले १२ बलमा २१ रन बनाएर साथ दिएका थिए।

सामोआका बलरहरू मध्ये ड्यानियल बर्गेस, साउमानी टिली, डेरियस भासर र नोआ मीड ले एक–एक विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology