ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

   मङि्सर २०, २०८१       admin

दाङ,२० मंसिर । दाङको बेलझुण्डी रङ्गशालामा बिहिबारबाट लिटिल स्टार च्याम्पियनसिप सिजन -२ सुरु भएको छ। ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा उक्त च्याम्पियनसिप सुरु भएको हो।

बिहिबार ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन गरिएको हो। कार्यक्रममा ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसी र संस्कार पाठशाला दाङका म्यानेजिङ डाइरेक्टर दिप बस्नेतको विशेष आतिथ्यता रहेको थियो।

फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा युकेजीका ६६८ छात्र छात्राहरुले प्रतियोगितामा सहभागी जनाउने छन् ।

विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई शारीरिक मानसिक र नैतिक विकासका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक राकेश डाँगीले जानकारी दिए ।

कार्यक्रममा जुम्बा, योग, सूर्य नमस्कार, नृत्य, पि.टि, मार्च पास्टका साथै २४ वटा विविध खेलको आयोजना गरिनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन सरिता खनाल र रितु जिसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दोस्रो ललित स्मृति भलिबल प्रतियोगिता हुने

   मङि्सर १, २०८१       admin

दाङ,१९ मंसिर । दाङको तुलसीपुरमा दोस्रो ललितस्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनिको मैदानमा यही पुस ११ गतेदेखि प्रतियोगिता सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको बिजेता, उपबिजेता र तृतिय स्थान हात पार्ने टिमलाई क्रमशः नगद ५०, ३० र १५ हजार पुस्कार संगै कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विद्याका खेलाडीहरुलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरिले जानकारी दिए ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगायत जिल्लाका करिब १२ बढी भलिबल टिमको सहभागिता रहनेछ ।

टिम दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ । प्रतियोगिताको खेल तालिका टाईसेट पुस १० गते दिउँसो ४ बजे प्रकाशित गरिने ऎरिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई

   कार्तिक १३, २०८१       admin


सन्ताेष के.सी,१३ दाङ। दोस्रो ज्ञान ज्याेति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ काे उपाधी ज्ञानज्योती मा.वि.तुलसीपुरले जितेको छ ।

ज्ञान ज्योती फाउन्डेसनले गत बर्ष देखि फाउन्डेसनभित्रका विद्यार्थीहरुबीच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्देश्यका साथ रनिङशिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

पहिलो संस्करणको विजेता अमृत एकाडेमी तुलसीपुर-१९ विजौरीको आयोजना तथा ज्ञान ज्योती फाउन्डेसनको सहकार्यमा तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानज्योती मा.वि. तुलसीपुरले उपाधी जितेको हो ।

त्यस्तै ३ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको आयोजक विद्यालय अमृत एकाडेमीले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसीपुर-७ बम्नै २ स्वर्ण, ३ रजत र १ कास्य सहित तृतिय भयो । प्रतियोगितामा फाउन्डेसन भित्रका ८ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक सुनिल भण्डारीले जानकारी दिए ।

अमृत एकेडेमी विजाैरिका प्रिन्सिपल प्रताप सेजवालकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का वडा अध्यक्ष प्रेमनाथ याेगिकाे प्रमुख आतिथ्यता एवं ज्ञानज्योती फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जि.सी.काे विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा ज्ञान दिप कलेजका भाइस प्रिन्सिपल मनोज के.सी., एकाडेमिक कोर्डिनेटर शरद गौतम लगाएतकाे उपस्थितिमा भएको समापन कार्यक्रममा खेलाडिहरुलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो भने खेलकुद अफिसियल र उद्घाटन समारोहमा उत्कृष्ट झाकी तथा र्‍याली प्रस्तुत गर्ने राप्ती पब्लिक स्कुल बाघमारेलाई प्रशंसापत्र र खादासहित सम्मान गरिएको थियो ।

अमृत एकाडेमीका भाइस प्रिन्सीपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमृत एकाडेमीमा अध्ययनरत छात्रा सृश्मा थापाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे सञ्चालन ज्ञान ज्याेति कलेजका उप प्राध्यापक साेमराज वस्नेतले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि र छविलाई लगियो अदालत

   कार्तिक ०८, २०८१       admin

पोखरा,८ कार्तिक । सहकारीको रकम अपचलन संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई अदालत लगिएको छ।

म्याद थपका लागि केहीबेर अघि यी दुईलाई जिल्ला अदालत कास्की पुर्‍याइएको हो।लामिछाने गत शुक्रबार र छवि असोज ६ गते काठमाडौँबाट पकाउ परेका हुन्।

पोखराको सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा लगेको संसदीय विशेष समितिले ठहर गरेपछि अनुसन्धानका लागि पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुबेर शाह स्मृति भलिबल प्रतियोगिताको उपाधि ज्ञानज्योतिलाई

   असोज ०६, २०८१       admin

दाङ ।  नेपाली काङ्ग्रेस तुलसीपुर नगर समितिको आयोजनामा सञ्चालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योति मावि तुलसीपुरले जितेको छ। नेपाली काङ्ग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप  ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि  तुलसीपुर ३ / ० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतिले उपाधि चुमेको हो ।  उपाधिसँगै उसले नगद एक लाख पाँच  हजार, रुपैयाँ पुरस्कार पाएको छ । अरनिको उपविजेतामा सीमित रहँदै नगद नगद ६५ हजार, रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै हेलो मोबाइल ‘ए’ तुलसीपुरले तृतीय स्थान हात पार्‍यो । 

 तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यले कार्यक्रमको आयो जना गरिएको नगर सभापती सुरेश हमालले बताए । प्रतियोगितामा वेस्ट प्लेयर खेलाडी ज्ञानज्योतिका हेमन्त मल्ल भए । उनले नगद ३५ सय र ट्रफी प्राप्त गते । त्यस्तै वेस्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेस्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा, वेस्ट सेटर ज्ञानज्योतिका सुवास कवर ,वेष्ट लिब्रो ग्रेट अरनिको का अभिषेक वली र वेस्ट सर्भर ज्ञानज्योतिका मनिष मानन्धर लाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म सञ्चालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय दीपक गिरीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ ‘ख’ का सभापति खिम बहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काग्रेस  तुलसीपुर नगर सचिव विमल पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता खुला

   असोज ०५, २०८१       admin

काठमाडौं , ५ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुला गरेको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् ।

अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानका प्रबक्ता छुम्बी लामा बताउँछन् ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ ।
खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिला भलिबल खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण

   भदौ १३, २०८१       admin

काठमाडौँ,१३ भदौ। ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिला भलिबल खेलाडीलाई सरकारले ३ लाख रुपैयाँ दिने

   श्रावण ३२, २०८१       admin

काठमाडौ,३२ साउन । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पुरस्कार प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान: लिग- २को तयारी गर्ने 

   श्रावण २८, २०८१       admin

दाङ २८ साउन ।  सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। टोलीले बैंगलोरस्थित प्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ता प्रशिक्षण गर्ने कार्यतालिका रहेको छ।

नेपालले लिगको दोस्रो श्रृङ्खलामा ओमान र घरेलु टोली क्यानाडाको सामना गर्नेछ। घरेलु मैदानमै भएको पहिलो श्रृङ्खलामा नेपालले चार खेलबाट एक जित निकाल्दै २ अंक मात्र जोडेको छ। नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिजमा फेब्रुअरी २७ मा भएको खेलमा नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो। बाँकी तीन खेलमा भने नेपाल पराजित भयो।

विश्वकप लिग-२ अंकतालिकामा अहिले नेपाल छैटौं स्थानमा रहेको छ। लिगमा ७ खेल खेलेको स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहँदा ५ खेलबाट क्यानडा र ८ खेलबाट नामिबिया समान ८ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। 

नेदल्यान्डस् ५ खेलबाट ६ अंकका साथ चौंथो स्थानमा रहँदा ४ खेलबाट ओमान ३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ। नेपालभन्दा पछि युएई ३ खेलबाट शून्य अंक साथ सातौँ र खेल नखेलेको अमेरिका आठौँ स्थानमा रहेको छ। नेपालले केही दिनअघि मात्र क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि २२ सदसिय खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

   श्रावण २३, २०८१       admin

काठमाडौं,२३ साउन । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आयोजक नेपालले आफ्नो पक्षमा पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले पहिलो सेट आफ्नो पक्षमा पारेको हो ।

उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई पहिलो सेटमा पछि पारेको हो । यद्यपि भारतले अंकमा अग्रता बनाए पनि रोक्दै नेपालले पहिलो सेट आफ्नो पक्षमा पारेको हो।

नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।

समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology