काठमाडौं,२७ असार । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार बसेको पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।

प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ असार । स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो ।
यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल परिमार्जन गरिएको बताए ।
‘परिमार्जित दररेट तथा सुविधाहरू प्याकेजबाट टुक्र्याइएकोले बिमित र सेवा प्रदायकलाई थप सजिलो हुने अपेक्षा गरेका छौं,’ उनले भने ।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ असार । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।
बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब साढे १० बजे शव फेला परेको डीएसपी बस्नेतको भनाइ छ ।
प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।
बजगाईंको खुकुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए । घटनापछि दुई जना नै फरार रहेको प्रहरीले जनाएको छ ।
हत्या फर्मभित्रै भएको र काम गर्ने व्यक्ति पनि फरार रहेका कारण हत्यामा कामदारको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको विनियम दर केही घटेको छ भने डलरको मूल्य केही बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर१४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हेटौँडा, २७ असार । खोलाले बगाउँदा हेटौडामा एक बालिकाको मृत्यु भएको छ। वर्षसँगै आएको बरौली खोलाको भेलले बगाउँदा हेटौडा १८ स्थित १० वर्षीय रसमती बलको मृत्यु भएको प्रहरी जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खेतमा काम गर्न जाने क्रममा चिप्लेर खोलामा खस्दा स्थानीय धनबहादुर बलकी छोरी रसमतीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरी चौकी ठुलोदमारमा खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाट अन्दाजी. ५०० मिटर तल पानीमा मृत अवस्थामा बालिकाको शव फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
फाइल तस्वीर
काठमाडौं ,२७ असार । सडकको अवस्था बुझेर मात्रै यात्रामा निस्कन नेपाल प्रहरीले अनुरोध गरेको छ। मनसुनी वर्ष जारी रहेको र अधिकांश क्षेत्रका राजमार्गहरू अवरोध भइरहेको भन्दै सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न प्रहरीले अनुरोध गरेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए ।
प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, असार २६ गते । औषधी व्यवस्था विभागले फोलिकेयर ट्याब्लेट नामक औषधीको बिक्रीमा रोक लगाएको छ । विभागले सूचना निकाल्दै काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट औषधीको ब्याच नम्बर टीईएस ०३२ बिक्री, सिफारिसमा रोक लगाएको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले गुणस्तर परीक्षणका लागि पठाइएको औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले विभागले यस्तो निर्णय गरेको हो ।
विभागले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरी उक्त ब्याच नम्बरका औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विस्तृत विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई निर्देशन दिएको छ
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,२६ असार। चट्याङ लागेर बाँकेमा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका चट्याङ लागेर गम्भीर घाइते भएका तीन जना मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते हुनु भएका ३० वर्षीया सलिना विकको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ असार । जनमत पार्टीले ७ जनालाइ निलम्बन गरेको छ। पार्टिले राष्ट्रिय सचिव सहित जनालाई निलम्बन गरेको हो।
राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद (वीपी)साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिराहाको मिर्चैया नगर सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दीपनारायण यादव निलम्बनमा परेका हुन्।

पार्टीको नीति निर्देशन र विधान विपरीत कार्य गरेको भन्दै उनीहरुलाई आजकै मितिदेखि लागू हुनेगरी ३ महिनाका लागि निलम्बन गरिएको केन्द्रीय अनुशासन विभागकी सदस्यसचिव अनिताकुमारी मण्डलले जानकारी दिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ असार । महिला एसिया कपका लागि श्रीलंका पुगेको नेपालले स्थानीय टिमसँगको दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ। श्रीलंका महिला डेभलोपमेन्टविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले पराजित भयो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो। नेपालका लागि कविता कुँवरले २९ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक इन्दु वर्माले २८ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा ओपनर सम्झना खड्काले ११ रन बनाइन्। यीबाहेक नेपाली ब्याटरहरुले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
श्रीलंका डेभलोपमेन्टका लागि देविमी भियंगाले ३ विकेट लिँदा थरिका सेवान्डी र सन्दिनु निसन्सलाले समान एक विकेट लिए।
१ सय ७ रनको लक्ष्य पछ्याएको श्रीलंकन डेभलोपमेन्टले उक्त लक्ष्य अन्तिम बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि एन सेनारत्नेले २७ रन बनाउँदा सन्दीपनीले १९ रन बनाइन्। त्यस्तै, इमिका मेन्डिसले १७ रन बनाउँदा एम मडरा १६ रनमा अविजित रहेकी थिइन्। नेपालका लागि रुविना क्षेत्री, कविता जोशी र सबनम राईले समान एक विकेट लिए।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगलबार भएको खेलमा नेपाल ३३ रनले पराजित भएको थियो। नेपालले श्रीलंका डेभलपमेन्टसँग तीन खेल खेल्ने कार्यतालिका रहेको छ।
अब नेपालले अन्तिम खेल आगामी मंगलबार खेल्ने छ। नेपालले एसीसी एसियाकप टी–२० क्रिकेटमा समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र युएईसँग खेल्दै छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस