दाङ,२६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन्।
हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन्।
उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए।
वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार ४२८ प्रहरी परिचालन गरिएको छ।
मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ।
यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन्।
उक्त घटनामा १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ असार । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै छन् ।
भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
रिट्रिटका क्रममा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।
सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र सचिवको साथमा मन्त्रालयका एक वरिष्ठ अधिकारी पनि भारत जाने र १३ जुलाई २०२४ मा काठमाडौं फर्कने तालिका रहेको परराष्ट्रले जानकारी दिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ असार ।
तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा तथा सुशासन समिति संयोजक धर्मराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विकासका नाममा आर्थिक विचलन नगर्न आग्रह गरेका छन्। उनीहरुले राजनैतिक पहुँचका आधारमा नभई जनआवश्यकता अनुसार बजेट विनियोजन गरी विकास निर्माणको काम गर्न सुझाएका छन्।
शिक्षा स्वास्थ्य खानेपानी बिजुलीबत्ती सडक पूर्वाधार अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै स्थानीय सरकारले भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका थिए। तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामध्ये केही वडाहरूमा अझै पनि बिजुलीबत्ती सडक खानेपानीको पहुँच पुग्न नसकेको र ती स्थानीय सरकारले ध्यान दिन नसकेको भन्दै गुनासो गरेका थिए।स्थानीय सरकार नागरिकको समस्याप्रति जिम्मेवार बन्नुपर्ने भएपनि पूर्ण रुपमा त्यस्तो हुन नसकेको उनीहरूको भनाइ थियो। स्थानीय सरकारले सामाजिक सेवाहरूलाई प्रभावकारी बनाउन नसक्दा नागरिकहरूले सार्वजनिक सेवा सहज रुपमा प्राप्त गर्न नसकेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी जेष्ठ नागरिक नगर कमिटी सदस्य नेत्रमणि शर्माले सरकारले व्यवस्था गरे अनुसार सार्वजनिक सेवाहरू सहज रुपमा प्राप्त गर्न नसकेको गुनासो गरेका थिए। स्थानीय सरकारले तान्त्रिकता नदेखाउँदा यातायातका क्षेत्रमा स्वास्थ्यका क्षेत्रमा र वित्तीय क्षेत्रमा सहज सेवा प्राप्त गर्न नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ली अधिकारीले शिक्षाको नाममा आर्थिक विचलन बढ्दै गएको बताएका थिए। सार्वजनिक शिक्षा प्रभावकारी नभएको भन्दै उनले यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन्। पछिल्लो समय विदेश अध्यक्ष छनोटको विषय विवादित बन्दै गएको भन्दै उनले विवेक खटाउने जिम्मा नगरले लिनुपर्ने र समावेशिताको आधारमा विदेश समिति गठन गर्नुपर्ने उनको सुझाव छ। उनले भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गरी काम गर्न स्थानीय सरकारलाई अनुरोध समेत गरेका छन्।
कार्यक्रममा इन्द्रजित चौधरीले विकासका नाममा नागरिकलाई शास्ती दिनु गलत भएको बताएका छन्। उनले असारे विकासको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा वडा नम्बर १९ का पलबहादुर क्षेत्रीले अझै पनि वडामा बिजुलीबत्तीको पहुँच पुग्न नसकेको बताए। विकट बस्तीमा अझै पनि खानेपानी बिजुलीबत्ती र यातायातको समस्या हुँदा नागरिकले स्थानीय सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाइ छ उनले सुगम क्षेत्रका लागि मात्र नभई विकट क्षेत्रका लागि पनि बजेट विनियोजन गरी काम गर्न अनुरोध गरेका छन्।
कार्यक्रममा पत्रकार एकराज भण्डारीले उपमहानगरको जिन्सी सामग्री खरिद प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन अनुरोध गरेका थिए।
वडा नम्बर ४ का वडा सदस्य मोहन थापा, तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी रोशनी थापा ,लालबहादुर केसी, लालबहादुर रावत लगायतले सार्वजनिक सेवाका विषयमा स्थानीय सरकार संवेदनशील र पारदर्शी बन्नुपर्ने बताएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रम नागरिकको उपस्थितिमा हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए।
त्यसैगरी इन्द्र जित चौधरी सन्दीप गौतम दीपक ओली अशोक शर्मा लगायतले युवा सहभागिता र जनसहभागितालाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। युवा लक्षित कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रममा न्यायिक समिति सदस्य लालमती भण्डारीले न्यायिक समिति बारे उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन्। यसैगरी वडा नम्बर ११ का वडा अध्यक्ष मानबहादुर रावत, खुसीराम थारुले जना आवश्यकता अनुसार सेवा प्रवाह गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताएका थिए। स्थानीय सरकारले शिक्षा स्वास्थ्य खानेपानी लगायत अन्य पूर्वाधारका क्षेत्रमा उल्लेखीय काम गर्दै आएको भन्दै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पारदर्शी सुशासन मैत्री सेवा प्रवाहमा स्थानीय सरकार सधैं संवेदनशील रहेको बताएका थिए। स्थानीय सरकारको अनुभूत हुनेगरी सबै वडा सरकारले विकासी योजनाहरूलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। उनले हरेक शाखा र वडाहरूलाई नागरिकमैत्री र गुनासोरहित सेवा प्रदान गर्न अनुरोध समेत गरेका छन्। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको सहजीकरण साथीभाई मिडिया प्रालीले गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २५ असार। प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन्। स्याङ्जाको वालिङ नगरपालिकाबाट लागू औषध सहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पूर्णिमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० बस्ने ३७ वर्षीय सन्तोषबहादुर नेपाल र वडा नम्बर १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
वालिङ नगरपालिका वडा नम्बर १० फुलबारीस्थित सिद्धार्थ राजमार्गबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका उनीहरूको साथबाट ३८ एम्पुल नोर्फिम , फेनारगन र ३५ एम्पुल डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
हुँदा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीको टोलीले सुनौलीबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङ् स्याङ्जामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ असार । नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सोमवार काठमाडौं जिल्ला अदालतमा सरकारी कर्मचारी सहित १५ जना विरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।
सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालयका तत्कालीन प्रमुख केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, पदमराज आचार्य र सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता गरेको छ ।
त्यस्तै यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौंथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध अभियोग दायर भएको छ ।
उनीहरूमाथि सवारी चालक अनुमतिपत्रको रेकर्ड इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा फर्जी विवरण राखेर ३०० बढी लाइसेन्स वितरण गरेको आरोप लगाइएको छ । १५ आरोपीमध्ये केशव अर्याल, पदमराज आचार्य, सुवास पौडेल, राजेश लम्साल, दिलिप कुमार साह र केशव पौडेल पक्राउ परिसकेका छन् ।
त्यस्तै फरार प्रतिवादी विजय चौधरी हाल झापा जिल्ला कारागारमा लागू औषध मुद्दामा कैदमा रहेको उनलाई उक्त कारागारबाट झिकाई नक्कली लाइसेन्स मुद्दाको बयान लिन अनुरोध गरिएको छ ।
प्रतिवादीहरु लक्ष्मण पाण्डे, राम कृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञान राज पाण्डे, नारायण प्रसाद पाण्डे, विवेक भण्डारी, प्रबिन भन्ने फानेश्वर सापकोटा र संदीप श्रेष्ठलाई अदालतबाट कानुन बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।
‘आजका लगि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सीङहोममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताए।
मोटरसाइकल चालक सोही ठाउँका ४७ वर्षीय बेद बहादुर खड्का पनि सामान्य घाइते भएको र उपचारमा उनका छोरा संलग्न रहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।
उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ ।
रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।
२२ सय व्यक्ति फरार सूचिमा
नवलपरासी,२५ असार । —गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।
डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका- १ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो ।
शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा सोमबार राति आएको पहिरोले घर पुरिदा सल्ली बिसुनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
प्रहरी नायब उपरीक्षकका अनुसार पहिरोमा परी सोही ठाउँका ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्भा बुढा र ९ वर्षीया तीलसरा बुढा गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खरेलले बताए। तीनै जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुईवटा गोरुको जीवितै उद्धार गरिएको प्रहरीको भनाइ छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस