काठमाडौँ, २५ असार। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोकेका छ्न।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेका हुन् ।
स्वास्थ्य मन्त्री यादव, वातावरणमन्त्री सुडी र स्वास्थ्य राज्यमन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष नेपालको संविधानको धारा ७७ को उपधार २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उनिहरुले सम्हाल्दै आएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २४ असार । दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।
घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो ।
आयोजक घोराही नगर हाप्कडो संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप गर्न थालेको जानकारी दिएको हो ।
जिल्लामा खेल खेलकुदलाई निरन्तर चलाएमानसँगै खेलाडीको क्षमता विकास, अनुभव र अवसर प्रदान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरले जानकारी दिइन्।
सचिव बुढामगरका अनुसार घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा घोराही नगरभित्र रहेका ३२ वटा स्कुल हाप्किडो डोजाङ टिमका चारदेखि पाँच सय खेलाडीको सहभागीता हुने छ ।
प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २०, २०–२४, २४–२८, २८–३२,३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
दाङ जिल्ला हाप्किडो संघले जिल्लामा स्थानीयस्तरदेखि नै खेल क्षेत्रको विकास र खेलाडी उत्पादन र प्रतिभा पहिचान र संरक्षण गर्नका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संघका अध्यक्ष महेश गुरुङले जानकारी दिए।
घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण घोराही नगर हाप्कडो संघका सचिव विशाल थापाले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी,२४ असार । वर्षासँगै आएको बाढी र डुवानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् ।
शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुवानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६सय ४१ परिवारका २हहार ३ सय १५ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरूलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।
कञ्चनपुरमा ५सय ११ परिवारका १७ सय २८ जना र कैलालीमा १सय ३० परिवारका ५सय ८७ जनालाई सुरक्षित स्थानमा सारिएको डीआईजी केसीले बताए । आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो ।
कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले जानकारी दिए ।
अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुईजना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डीआईजी केसीले बाढी,पहिरो तथा डुवानबाट प्रभावित भएकाहरूको उद्धारका लागि प्रदेशभर दुई हजार तीन सय भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।
सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरुको उद्धारलाई तीव्रता दिने, उनीहरुको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्दार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निर्णय भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ असार । यसवर्ष देशभर ३८ प्रतिशत भन्दा बढी धान रोपाइ भएको छ।
समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए । सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ ।
आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ ।
सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल ९४२।९ प्रतिशत० मा रोपाइँ सम्पन्न भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ असार। दाङको तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा खुला रक्तदान गरिएको छ।
स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकेडेमीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो। पछिल्लो समय जिल्लामा देखिँदै आएको रगत अभावलाई कम गर्नका लागि विद्यार्थीहरूले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।
रगत अभावलाई पूर्ति गरी बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सर्कलले बताएको छ।
सो अवसरमा ३१ जनाले रक्तदान गरेको विद्यालयले जनाएको । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तुल्सीपुर दाङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुलीले विद्यार्थीहरूमा मानवताको भावना जागृत हुनु सकारात्मक पक्ष भएको बताएका थिए।
यो शाखाले कार्यक्रमले विद्यार्थीहरूमा मानवताको विकास गर्ने उनको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले विद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैव हातेमालो गर्दै अगाडि बढ्ने बताए।
पठनपाठन सँगसँगै सामाजिक उत्तरदायित्वमा पनि विद्यार्थीहरू अग्रसर हुनुपर्ने भन्दै उनले यस्ता खाले सामाजिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराइरहनुपर्ने उल्लेख गरेका थिए।
सर्कल अध्यक्ष अन्जली शाहको अध्यक्षता भएको कार्यक्रममा कोर्डिनेटर विशेष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने शिक्षक भिमलाल मरासिनीले कार्यक्रमको सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ असार । दाङको तुलसीपुरमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन्।
सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन्।
केसीको दुवै हात, सीताको ढाड र पेट तथा सरिताको दायाँ हातमा चोट लागेको छ।
उनीहरु तीनै जनाको तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको स्वास्थ्य सामान्य छ।
घाइतेहरूले च्याउ खोज्ने क्रममा आफूहरूमाथि बाघले आक्रमण गरेको बताएका छन्।
आक्रमण गर्ने बाघ नै हो कि चितुवा हो भन्नेबारेमा थप सोधखोज र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२३ असार । ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिएको छ ।
महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको प्रतिवेदन महान्यायाधिवक्ताले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२३ असार । सरकारले नेपाल राजपत्रमा ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचीमा सूचीकृत गरेको जनाएको छ ।
सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड १९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एच आइभी र एड्स, इन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस, रुबेला, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग र निमोकोकल निमोनिया रहेका छन् ।
त्यस्तै, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएजा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीज सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, निजियोनेलोसिस, इचिनोकोकोसिस हाइडैटिडोसिस, एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिस्टिसर्कोसिस टेनियास, चिकुनगुनिया, जिका, कयु फिवर, लासा फिवर, रिफ्ट भ्याली फिवर गरी ५२ वटा सङ्क्रामक रोगको सूचीमा राजपत्रमा प्रकाशित छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । उनले नैतिकताका आधारमा भएपनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
संवैधानिक व्यवस्थामा विश्वासको मत लिन पाउने अधिकार भएपनि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ।
‘नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । उनले भने-‘अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ बहुमत गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस