दाङ,२३ असार । यतिबेला देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ।
अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरो र डुबान हुँदा १४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन्।
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर उनीहरूको मृत्यु भएको छ
प्रहरीका अनुसार दाङमा एक , काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक र तनहुँमा तीन जना गरी १४ जनाको मृत्यु भएको छ ।
काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९ का जाङ्मु शेर्पा रहेका छन् ।
यस्तै, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव र स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल पनि बेपत्ता भएका छ्न।
हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना घाइते भएका छन् ।
यसैगरी काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको छ।
कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।
देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ
२२ सय व्यक्ति फरार सूचिमा
कास्की,२२ असार । अविरल वर्षका कारण नदीमा पानीको बहाव बढेपछि पाँच परिवारका २३ जना विस्थापित भएका छन्। सेती नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका वडा नम्बर १४ गोष्ठी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने पाँच घरधुरी विस्थापित भएका हुन्
कास्की प्रहरीका अनुसार घरको सम्पूर्ण सामग्री सहित उनीहरूलाई गोष्ठी टोल विकास संस्थाको भवनमा सारिएको छ।
स्थानान्तरण हुनेमा स्थानीय बिष्णुमाया सुनुवारको ५ जना परिवार,डोल्मा शेर्पाको ७ जनाको परिवार, सुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ र काजी शेर्पाको ३ जनाको परिवार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ असार । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
लमही भालुवाङ सडक खण्डमा रा १ ख २०६३ नम्बरको ट्रकले लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गढवा गाँउपालिका १ का ४४ वर्षका सन्तोष कुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ट्रकको ठक्करबाट भाइते भएका योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधर र ट्रक चालक राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ असार । पछिल्लो केही दिन यता देशभरका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
लगातार वर्षपछिको आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक खण्डहरू अवरुद्ध बनेका छन् भने जनजीवन पनि प्रभावित बनेको छ।
अविरल वर्षाका कारण कतै बाढी त कतै पहिरो आउँदा राजमार्ग अन्तर्गतका सडक खण्डहरू अवरुद्ध हुँदा यात्रुहरू अलपत्र बनेका छन्।
बाढी र पहिरोले देशभरका २३ वटा राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन्।
दाङ, सल्यान रुकुम, रोल्पा, प्युठान, पाल्पा, गुल्मी,स्याङ्जा, मुस्ताङ , सिन्धुपाल्चोक, सुर्खेत, अछामका लगायतका विभिन्न जिल्लाका अधिकांश राजमार्गहरू यतिबेला अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले जानकारी दिएको छ ।
देशभरका एक सय ४७ राजमार्गहरुमध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडकहरु दुवैतर्फ सञ्चालनमा रहेको सडक बिभागले जानकारी दिएको छ ।
भालुवाङ–लिवाङ–माडिचौर–दारबोट सडक खण्ड प्युठानको सिमलचौर, अधेरी खोला, खार्से खोला र गर्नेनी सडक अवरुद्ध बनेको छ।
वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको पिली, हुम्ला–डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ ।
यस्तै, उत्तर–दक्षिण सडकअन्तर्गतको संखुवासभाको खाँदबारी सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ ।
यस सडक खण्डमा बाढीले ठाउँठाउँमा क्षति पुर्याएको छ ।
यस्तै डुम्रे–बेशिसहर–चामे सडक खण्डको चिमाङ्ग, खरखरे भिर र उदीपुर दलाल खण्डमा पहिरोका कारण अवरुद्ध बनेको छ ।
उत्तर–दक्षिण कालीगण्डकी लोकमार्गअन्तर्गत गुल्मीको बरल्वा, गुल्मीकै कनौटा र स्याङ्जाको रातोडाँडामा सडक अवरुद्ध छ ।
यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्ड म्याग्दी र स्याङ्जामा पहिरोका कारण अवरुद्ध बनेको छ ।
वर्तुङ–तानेसेन–रिडी–वामीटक्सार–खर्वाङ सडक खण्ड पाल्पाको अर्गेलीमा अवरुद्ध छ ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड सिन्धुपाल्चोकको कोदारीमा पहिरोका कारण अवरुद्ध बनेको छ ।
यस्तै, बीपी राजमार्ग अन्र्तगत बर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडक खण्ड काभ्रेपलाञ्चोकको चार सयमा अवरुद्ध बनेको छ ।
साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अछामको तासी बजार, बुढाबगरमा अवरुद्ध छ ।
२२ सय व्यक्ति फरार सूचिमा
तुलसीपुर , २२ असार । सल्यानको कपुरकोटमा झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झरेका कारण राजमार्ग अवरु भएको सल्यानका प्रहरीका प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए ।
बर्षा जारी रहेको तथा माथिबाट लेदोमाटो खस्ने क्रम नरोकिएको हुँदा समस्या भइरहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मध्य पहाडी लोकमार्ग अन्तरगत दाङ सडक खण्ड अन्तरगत पर्ने सिस्ने गाउँपालिका – ६ रानीकोटमा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।
त्यस्तै प्यूठानका प्रहरी प्रमुख डिएसपी इश्वर थापाले दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।
त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण सडक खण्ड अवरुद्द भएको डिएसपी थापाले बताए । दुबै सडक खण्ड खुलाउने प्रयास जारी रहेको डिएसपी थापाले बताए ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार राप्ती नदी लगाएतमा पानीको बाहाब ह्वात्तै बढेको हुँदा साबधानी अपनाउन सचेत तुल्याइएको छ । बर्दिया प्रहरीले पनि बबइ नदी लगाएत खोलाहरुमा पानीको बहाब बढेको जानकारी दिएको छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ असार। लुम्बिनी प्रदेशको राजधानी मौरीघाट डुवानमा परेको छ। अविरल वर्षाका कारण बाढी आउँदा राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका हुन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् ।
दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले बताए ।
राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ ।
राप्ती गाउँपालिका- ५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ ।
बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ।
दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ असार । दाङमा गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ।
राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो।
वडा अध्यक्ष टंकबहादुर विष्टका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार थिए।
खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको जनाइएको छ।
दुई जना सकुशल रहे पनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।
रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो। ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्दार गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ असार । राप्ती नदिले खतराको रेखा दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ ।

शनिबार बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह खतराको बिन्दु पार गरेको हो ।
आज बिहान १०ः३० बजेको मापनमा ५ दशमलव ७५ मिटर माथि नदीको सतह पुगेको पश्चिम राप्ती कुसुम बाढीमापन केन्द्रले जनाएको छ ।
नदीको जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा रहेका स्थानीयले आज साँझ सम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

राप्ती नदीको जल सतहलाई ५ मटिरको रेखा सम्म सामान्य र त्य माथि पुगेको अवस्थामा खतराको संकेतकारुपमा लिने गरिएको छ ।
बाँकेका राप्ती तटीय क्षेत्रमा हरेक वर्ष डुबान तथा खेतीयोग्य जग्गा कटानको समस्या रहँदै आएको छ ।
विशेष गरि भारतले लक्ष्मणपुर बाँधका नाममा चौधरी चरण सिंह ब्यारेर र कलकलवा तटबन्ध निर्माण गरेदेखि तटीय क्षेत्रमा डुबानको समस्या देखिन थालेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२२ असार। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको गएराति मृत्यु भएको हो।
‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ’, डीएसपी कार्कीले भने, ‘मृत्युको एकिन कारण खुलिसकेको छैन, अनुसन्धान हुँदै छ।’
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २२ असार । लगातारको वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसिकामध्ये दुईजनाको उद्धार गरिएको छ। एकजना बेपत्ता छन्। दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए।
तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको हो भने दुई जना सिमलको रुखमा चढेका थिए।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए।
राजपुर गाउँपालिका वडा नम्बर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो।
उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस