सहकारी रकम दुरुपयोग सम्बन्धि छलफलमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइयो

   असार २१, २०८१       admin

काठमाडौँ,२० असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री प्रचण्डलाई थप कार्यभार

   असार २१, २०८१       admin

काठमाडौं,२० असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यभार थपिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन् ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

   असार २१, २०८१       admin

काठमाडौ,२० असार । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ।

बिहीबार दिउँसो धनौजी गाउँपालिका(५ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा पौडी खेलिरहेको बेला डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय मुस्कान खातुन, जिनत खातुन र अजनवी खातनु रहेका छन्।

‘अरू पनि बच्चाहरू पोखरीमा नुहाइरहेका थिए। त्यसैक्रममा डुबेको हो। तीन जना अन्दाजी ११/१२ वर्षका छन्।

दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। एक जनाको अस्पताल ल्याउनुअघि नै मृत्यु भैसकेको थियो,’ उनले भने।

स्थानीयका अनुसार १० जना भन्दा बढी बालबालिका पोखरीमा नुहाइरहेका थिए। त्यही बेला बालिकाहरू डुबेपछि नुहाइरहेका अन्य बालबालिकाले गाउँलेलाई बोलाएका थिए।

स्थानीयले तीनै जनालाई उद्धार गरी अस्पताल पठाएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिंदै

   असार २१, २०८१       admin

काठमाडौं,२० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।

‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ’, परियारले भने ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजार व्यवस्थापनमा सहयोग गर्ने युवालाई वडाको सम्मान

   असार २०, २०८१       admin

दाङ,१९ असार । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका अव्यवस्थीत तारहरुलाई व्यवस्थीत गर्नका लागि खटिएका १६ जना युवाहरुलाई वडा नम्बर १५ ले सम्मान गरेको छ ।

वडा कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी विभिन्न इन्टरनेट कम्पनीका १६ जना युवाहरुलाई वडा कार्यालयले सम्मान गरेको हो ।


नगरक्षेत्रमा अव्यवस्थीत तारहरुका कारण बजार क्षेत्र कुरुप भएको दुर्घटनाको जाखीम बढेको भन्दै वडा नम्बर १५ ले दुइ महिना लगाएर अव्यवस्थीत तारहरु हटाउने काम गरेको वडा नम्बर १५ वा सदस्य उत्तम बुढाथोकीले जानकारी दिए।

विभिन्न इन्टरनेट कम्पनीका १६ युवाहरुलाई स्वंमसेवकका रुपमा परिचालन गरी वडा कार्यालयले दुई महिना लगाएर तारहरु हटाउने काम गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै घोराही उपमहानगर पालिका १५ का वडाध्यक्ष रमेशकुमार पान्डेले लाखौँ रुपैया बजेटबाट गर्नुपर्ने बजार व्यवस्थापनका काम स्वमसेवी युवाहरुको सहयोगका कारण निशुल्क रुपमा सम्पन्न गरेको भन्दै नगरलाई व्यवस्थीत बनाउनका लागि बजेट भन्दा पनि इच्छाशक्तीको खाँचो रहेको औँल्याए।


घोराही उपमहानगरपालिका बजार व्यवस्थापन शाखाका मोहनसिङ सुनार, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बजार व्यवस्थापनका लागि वडा कार्यालयले लिएको पहलकदमीको प्रसंशा गर्दै उपमहानगरलाई व्यवस्थीत बनाउनका लागि सबैको सहकार्य र एकता आवस्यक रहेको बताए।

वडा नम्बर १५ का वडाध्यक्ष रमेशकुमार पान्डेको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सहजीकरण वडा सदस्य उत्तम बुडाथोकीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर ६मा क्षयरोग मुक्त अभियान कार्यक्रम

   असार २०, २०८१       admin

दाङ, १९ असार । तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ ले समुदायमा क्षयरोग मुक्त अभियान सञ्चालन गरेको छ ।

गोलौरा स्वास्थ्य केन्द्रको अगुवाइमा कार्यायोजना बनाएर क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन गरिएको केन्द्र प्रमुख बसन्त आचार्यले जानकारी दिए । यो अभियान अन्तरगत समुदायस्तरमा छलफल, अन्तक्रिया, सर्वेक्षण गरिएको बताए ।

यसै बीच क्षयरोगमुक्त नेपाल अभियान वडा स्तरिय समिति गठन तथा २ दिने शुक्ष्म योजना तर्जुमा कार्यक्रम गरिएको छ । गोरौला नगर स्वास्थ्य केन्द्रको आयोजनामा तथा वडा अध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सरोकारवालाहरुको पूणर्रुपमा सहहभागिता रहेको थियो ।


राष्ट्रिय क्षयरोग मुक्त अभियान वडा स्तरमा सुव्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्ने र यसमा वडास्तरीय समितिले आआफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने र नेपाल सरकारले अंगीकारतारेको सन २०३५सम्म निवारण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तीका लागि व्यक्तिगत र सामुहिक प्रतिबद्धताको निणर्य समेत दुइदिने कार्यक्रमले गरेको छ ।


वडास्तरिय समिति गठन
क्षयरोग मुक्त वडा घोषणाका लागि तुलसीपुर वडा नं ६को वडा समिति गठन गरिएको छ । वडा अध्यक्ष दुजमान भण्डारीको संयोजकत्वमा २८ सदस्सीय समिति गठन गरिएको छ ।

समितिको सदस्यमा वडा सदस्यहरु यमुना परियार, विन्दु पौडेल, देवि पोख्रेल, यमराज केसी, वडा सचिव मित्रलाल विक रहेका छन । त्यसै गरी सरिता यादव, अञ्जु रेग्मी, पवित्र कडेल लगायतको सदस्यहरु रहेका छन । समितिको सदस्य सचिवमा स्वास्थ्य केन्द्र प्रमुख बसन्त आचार्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नुनको मुल्य बढ्यो

   असार २०, २०८१       admin

दाङ,१९ असार । आजदेखी नुनको मुल्य बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको हो ।

साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए ।

नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।

यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।

साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ। बढेको मूल्य आज बुधबार देखि लागु भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कालो टेप बांधेर बैठकमा सहभागी रास्वपाका महामन्त्री ढकाल

   असार २०, २०८१       admin

 काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल  मुखमा कालोपट्टी टांसेर  केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उनको माग थियो । बैठक लाइभ गर्न नमानेपछि उनले विरोध जनाएका हुन् ।

केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै विरोधस्वरूप उनी मुखमा कालो टेप टाँसेर बैठकमा बसेका हुन् ।  उनले मुखमा मास्कसहित बाहिरबाट टेप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बीमा रकम दाबी गर्न आफ्नै पसलमा लुटपाट

   असार २०, २०८१       admin

चितवन,१९ असार। बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।

यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय विजय विश्वकर्मा रहेका छन् ।


यसैगरी चोरी गर्ने म्याग्दी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय पवनकुमार पासवान एबं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका –६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।

लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोरोको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पसल सञ्चालक विनोद स्वयमले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाइ जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए ।


बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाउँदै उनले मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिएको बताए ।

धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट रु दुई करोड १७ लाख ५४ हजार चार सय १५ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए ।
चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ ।

पक्राउ परेका माथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट छ दिनको म्याद पाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बबई नदिमा एक महिला बेपत्ता

   असार २०, २०८१       admin

दाङ,१९ असार। दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हो ।

बुधबार विहान ४ बजेतिर बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनको खोजी कार्य जारी राखिएको छ । दाङमा नियमित बर्षादले गर्दा नदी तथा खोलाहरुमा पानीको वहाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology