काठमाडौँ ,१७ असार। शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरणलाई आफूले हटाएरै छाड्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रको दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन्।
उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन।
उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा प्रहरी राखेर अन्तर्वाता गर्नुपरेको बताइन् ।
“गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप भएको छ यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलिय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । उनले भनिन् -“तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’’
मन्त्री श्रेष्ठले एसइई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन। । उनले एसइईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको जिकिर गरिन।
शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली, १७ असार । सुदूरपश्चिम प्रदेश सरकारले गरेको मन्त्रालय विभाजनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सुदूरपश्चिमको नेपाली कांग्रेस संसदीय दलले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर आर्थिक व्ययभार थपेको भन्दै आपत्ति जनाएको हो।
कांग्रेस संसदीय दलले प्रेस विज्ञप्ति जारी गर्दै सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेर १० मन्त्रालय बनाएकामा आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
“मन्त्रालय फुटाएर थप आर्थिक व्ययभार बढाउने निर्णयको कांगे्रस संसदीय दल घोर निन्दाका साथ आपत्ति प्रकट गर्दछ र तत्काल निर्णय सच्च्याउन प्रदेश सरकारलाई चेतावनी दिन्छ, अन्यथा उत्पन्न परिस्थितिको प्रदेश सरकार आफैँ जिम्मेवार हुनेछ”, संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम पुस्तिका (रातो किताब) जस्तो अति संवेदनशील दस्तावेज अनधिकृतरुपमा सार्वजनिक भएको घटनाको जवाफ नआउँदै प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर गलत गरेको आंग्रेसको आरोप छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार चार मन्त्रालय फुटाएर पाँच विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिएका थिए।
यसअघि सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको सङ्ख्या १० पुगेको छ । मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर पाँच विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १७ असार ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सर्पले डसेमा झारफुक गर्नतर्फ नलाग्न आग्रह गरेका छन् ।
सर्पदंशका कारण ज्यान गुमाएका तुलसीपुर १९ का पहरु चौधरीको घरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले सर्पले डसेमा झारफुक तर्फ नलागी अस्पताल जानुपर्ने बताए।
सर्पदंशका कारण बिरामी परेकाहरु रुढीवादी परम्परा झारफुकमा लाग्दा अकालमै ज्यान गुमाउने गरेको भन्दै सर्पले टोकेमा तत्काल बिरामीलाई अस्पताल लैजानुपर्ने बताए।
५७ बर्षिय चौधरीको गत असार ११ गते गोमन सर्पको टोकाई बाट ज्यान गएको थियो ।
स्वर्गीय चौधरी २०५४ मा साविक बिजौरी गाविसको वडा नम्वर ८ मा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । घर नजिकै बारीमा गोमन सर्पले टोकेपछी अस्पताल नलगी झारफुक गर्न लगेकाले समयमै उपचार नपाई ज्यान चौधरीको मृत्यु भएको थियो ।
श्रद्धाञ्जली सभामा एमाले दाङका जिल्ला कमिटी सदस्य माधव वली,एमाले तुलसीपुरका सचिव रुपबहादुर खत्री,तुलसीपुर १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, पूर्व वडा अध्यक्ष रामबहादुर योगी लगाएतले स्वर्गीय चौधरीको जीवनीको चर्चा गर्दै उनको निधनले पार्टी र समाजलाई अपुरणीय क्षती भएको बताएका थिए।श्रद्धाञ्जली सभाको संचालन वडा सदस्य रामबहादुर पौडेलले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १७ असार । नक्कली कम्पनी खडा गरेर अवैध सुन कारोबार गरेको आरोपमा नेपाल प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली कम्पनी खडा गरी अवैध रुपमा सुन तस्करी गर्दै आएका उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि.बाट एक हजार तीन सय तीन दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि.बाट ६३२.७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रा.लि.बाट ७१६.८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७०.८ र रेडि ट्रेड प्रालिबाट ७.५ केजी सुन पैठारी भएको बताएको हो ।
सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।
प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल दुई हजार ८३१.८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपियाँ हुन जाने बताए।
त्यस्तै ब्रेक सुजमा लुकाई छिपाई ल्याएको अवैध सुन ३६२.७७८ केजी, इलेकट्रोनिक मालवस्तुमा लुकाई छिपाई ल्याएको अवैध सुन २८ सय ३१.८९ केजी गरी कुल अवैध सुन तीन हजार १९४.६६८ केजी र जसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ बराबर रहेको बताए।
पक्राउ पर्नेमा अवैध सुन खरिद गर्ने, गाल्ने पगाल्ने तथा बिक्री वितरणमा संलग्न भारतको महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक, सोही स्थानका वर्ष २१ का धिरज दिनेश भोईटे, सोही स्थानका वर्ष २१ कै प्रशान्त गणेश बजबलकर, स्थायी ठेगाना चीन सिचुआन प्रदेश छेदुङ भई हाल काठमाडौँ बस्ने वर्ष ४१ का राजु भोटो तथा कुंगा टासी भन्ने गेंगा जाक्छी रहेका छन् ।
जिल्ला काभ्रेपलाञ्चोकका वर्ष ४४ का थर्कमान तामाङ भन्ने कान्छा लामा, पर्सा वीरगन्ज महानगरपालिका १६ का वर्ष ५३ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका वर्ष ३९ का राजु खत्री, धादिङका राजु थापा भन्ने प्रेमनाथ सेढाईं पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिए।
उनकाअनुसार पक्राउ पर्नेमा भारतको गुजरातका वर्ष ६१ का बैजनाथ ब्रह्मदत्त गोयल, चीन तिब्बत स्थायी वतन भई भारतमा तिब्बतीयन शरणार्थीको रूपमा रही हाल बौद्ध बस्ने वर्ष ३६ का सोनाम गुरुङ भन्ने सेराव ग्याल्मयो रहेका छन् ।
चितवनका वर्ष ४३ का एनजे भन्ने मनोजकाजी श्रेष्ठ, काभ्रेपलान्चोक भुल्मु १ का वर्ष २२ का रूपक भण्डारीलाई पक्राउ गरिएको छ ।
उनीहरूलाई भन्सार ऐन, २०६४, सङ्गठित अपराध निवारण ऐन, २०७०, मुलुकी अपराध संहिता, २०७, नागरिकता ऐन, २०२०, राहदनी ऐन, २०२४ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ आकर्षित हुने प्रहरीले बताएको छ ।
अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई दुई खर्ब ६६ अर्ब ६७ करोड नौ लाख नौ हजार ३०८ रुपियाँ बिगो मागदाबी गरिएको छ ।
भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०.९० रुपियाँ, क्रिप्टो करेन्सीतर्फ एक खर्ब ४९ अर्ब ६८ लाख २८ करोड सात हजार ८८६ रुपियाँ, नेपाल राष्ट्र बैङ्क ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२.७६ बिगो मागदाबी छ ।
त्यस्तै पेवेल नेपाल प्रा.लि. ६१ अर्ब ५० करोड २७ लाख नौ हजार २३३, सजिलो पे पेमेण्ट सर्भिसेज प्रा.लि.तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ र अन्य प्रतिवादीहरूबाट पाँच अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ बिगो माग दाबी गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ असार। आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।
त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ असार। दाङको घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुमाथि कम्पनीले ठगी गरेको भन्दै घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् ।
जोखिमपूर्ण काम गरेर पाउने तलबमा पनि झण्डै २५ प्रतिशत कमिशन काट्न थालेपछि श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । गुनासो सुनुवाइ नगरेको भन्दै उनीहरुले श्रममन्त्री डोलप्रसाद अर्यालको राजीनामासमेत मागेका छन् ।
अहिले सिमेन्टले श्रमिकहरुलाई प्रतिमहिना २० हजार रुपैयाँ तलब तोकेको छ । तर श्रमिकले काम गर्ने श्रमिकहरुलाई नियुक्तिपत्र नदिएर आउटसोर्स गरेर राखेको छ ।
त्यसरी आउटसोर्स गर्ने कम्पनीले तलब दिँदा प्रतिश्रमिक १५ हजारको दरमा दिँदै आएको छ । बाँकी पाँच हजार कमिशनको नाममा काट्ने गरेको पीडितहरुको भनाइ छ ।
अहिले सरकारले श्रमिकहरुको न्यूनतम तलब नै १८ हजार रुपैयाँ तोकेको छ । सिमेन्ट उद्योग स्वास्थ्यको हिसाबले नकारात्मक रहेकोले त्यसकोसमेत क्षतिपूर्ति हुने गरी तलब निर्धारण हुनुपर्ने हो ।
तर सिमेन्टको धुलो खाएर काम गर्दा ठगी भएको पाइएपछि उनीहरुले शनिबार उद्योग परिसरमै प्रदर्शन गरे ।
उनीहरुले ठेकेदार कम्पनीले घोराही सिमेन्टसँग आउटसोर्सबापत छुट्टै १० प्रतिशत कमिशन लिने गरेको भए पनि उल्टै तलबसमेत काट्ने गरेको गुनासो गरे ।
त्यस्तै उद्योगभित्र सुरक्षित उपकरण नभएको, स्वास्थ बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता समेत नदिने गरिएको उनीहरुको गुनासो छ । उद्योगले वातावरण प्रदूषणका मापदण्ड पूरा नगरेकाले स्थानीयवासीको स्वास्थ्यमा जोखिम रहेको समेत विरोध कार्यक्रममा सहभागीहरुले बताउँदै आएका छन् ।
सो विषयमा श्रमिकहरुले प्रमाणसहित श्रम मन्त्रालयमा दुई महिना अघि उजुरीसमेत दिएका थिए । तर कारबाही गर्नुको सट्टा अहिलेसम्म सामान्य सोधपुछसमेत नगरेको श्रमिकहरुको दाबी छ । कम्पनी स्थापना भएको एक दशकमा २५ करोड रुपैयाँभन्दा धेरै गठी भइसकेको श्रमिकहरुको दाबी छ ।
श्रमिकहरु ठगिएको विषयमा स्थानीय तहसमेत श्रमिकको पक्षमा देखिएको छ । घोराही सिमेन्टको कारखानास्थल रहेको घोराही उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष मधुसुधन घिमिरेले श्रमिक ठगी भइरहने हो भने उत्पादन नै बन्द गरिदिने चेतावनीसमेत दिएका छन् । तर अहिलेसम्म पनि श्रमिकको माग सुन्न ठेकेदार कम्पनी तयार छैन ।
२२ सय व्यक्ति फरार सूचिमा
दंगीशरण,१६ असार । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा तीनदिने कानुनि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाका न्यायीक समितिसंग सरोकारवालाहरुका लागी उक्त कार्यक्रम गरिएको थियो ।
शुक्रबार देखि सुरु भएको कार्यक्रम आइबार सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने बक्ताहरुले कानुनको वारेमा सवै जना जानकार रहनुपर्ने बताएका छन् । उनीहरुले मेलमिलापकर्ताहरुलाइ पनि न्यायिक सम्पादनमा जोड्नुपर्ने बताए ।
कानुनि अभिमुखिकरण समापन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीवारे जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको बताए ।
३ दिन सम्म चलेको अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाइ न्याय सम्पादनमा सहज पुगेको बताए ।
सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले कानुनको छुट कसैलाइ नहुने हुदा कानुनि बिज्ञताका वारेमा जानकार रहन आग्रह गरिन ।
स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा ब्यबधानहरुको सहजताका लागि कानुनि अभिमुखिकरण कार्यक्रमले सहयोग गरेको उल्लेख गरिन ।
मेलमिलापकर्ता र न्यायिक समितीबिच नङ र मासुको सम्बन्ध हुने बताइन ।
कार्यक्रममा सहभागी मेलमिलापकर्ता भरत वलिले ३ दिनको अभिमुखिकरणमा धेरै मह्त्वपुर्ण कुरा सिक्न पाएकोमा खुसि ब्यक्त गरे ।
कस्ता उजुरिहरुलाइ मेलमिलापकर्ता बाट र कस्ता उजुरीहरुलाइ न्यायिक समितीबाट फर्च्योट गर्न सकिन्छ भन्ने जस्ता आफुहरुलाइ थाहा नभएका कुराहरु जान्ने मौका पाएकोमा खुसि ब्यक्त गरे ।
समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएको थियो ।
समापन समारोहको सहजीकरण शिक्षा साखा सहायक उमा केसिले गरेकी थिइन । ३ दिने अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसिपुरका सह न्याधिबक्ता मोहन सागर बस्याल रहेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, १५ असार । सल्यानमा मानव अधिकार उल्लंघनका घटनामा कमि आउन सकेको छैन । अनौपचारिक केन्द्र (ईन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनामा कमि आउन नसकेको देखाएको हो ।
तथ्यांक अनुसार जिल्लामा मानवअधिकार उलंघन तथा ज्यादतीका २० वटा घटना भएका छन् ।
सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखिकरण गरेका घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रममा जिल्लामा पछिल्लो ६ महिनामा २० वटा मानव अधिकार उलंघनका घटना भएको तथ्याक सार्वजनिक गरिएको हो ।
ती घटनामा पुरुष भन्दा महिला बढी पिडित भएको पाइएको छ । तथ्यांक सार्वजनिक गर्दै इन्सेकका जिल्ला प्रतिनिधि बुद्धिमान पुनले जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराएका थिए ।
उनले जिल्लामा सन् २०२४ जनवरी देखि हालसम्म २० ओटा घटनाहरु संकलन गरिएको र त्यसमा पनि राज्यपक्षबाट एक वटा र अन्यपक्षबाट १९ वटा घटना भएको बताए।
जसअनुसार कुटपिटका एक वटा, हत्याका तीन वटा, बालअधिकार तर्फ बलात्कारका २ वटा, महिलाअधिकार तर्फ घरेलु हिंसा १२ वटा र बहुविवाहका दुई वटा घटना रहेका छन् ।
ती घटनामा एक जना पुरुष र १९ जना महिना पिडित भएका छन् । जिल्लामा अन्य प्रकृतिका घटनामा कमी आएको देखिएपनि महिलाहिंसाका घटनामा भने सुधार आउन नसकेको जिल्ला प्रतिनिधि पुनले बताए ।
‘पछिल्लो छ महिनामा भएका मानवअधिकार उलंघन तथा ज्यादतीका घटनालाई हेर्दा पुरुष भन्दा महिला धेरै पिडित भएको पाइएको छ, त्यसमा पनि घरेलु हिंसाका घटना धेरै छन्’ उनले भने ‘विगतमा गरिएको बालविवाह अहिले घरेलु हिंसा हुदैँ अन्य घटनामा परिणत भएको पाइएको छ, यसको न्युनिकरणका लागि बालविवाह अन्त्य, मदिराजन्य बस्तुको बिक्रीवितरणमा बन्देज र सचेतीकरणका कार्य सञ्चालन आवश्यक छ, यसमा स्थानिय सरकार बढी जिम्मेवार देखिन्छ ।’
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मानवअधिकारको रक्षा र संरक्षणमा सबैपक्षको भूमिका महत्वपुर्ण हुने बताएका छन्। जिल्लामा महिला हिंसाका घटना धेरै देखिएको बताउदै उनले यसको मुख्य जड भनेकै बालविवाह भएको बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नवीन कार्कीले प्रहरीले मानवअधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए।
मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएकाले मानवअधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको उल्लेख गरे।
जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १६ असार । प्रहरीले २ सय ८ किलो गाँजा सहित पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौँ, बारा र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका–५ ठुलो ईट्टवालबाट अवैध लागु औषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका–१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका–५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले लागु औषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ ।
यता काठमाडौँ महानगरपालिका–१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागु औषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रुपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका–६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगन्ज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा भारत पूर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा–२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागु औषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की,१६ असार। नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्।
मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। देवकोटा यसअघि ऊर्जा मन्त्री थिए। तर,नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनी मन्त्री पदबाट पदमुक्त भएका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले उनकै पक्षमा फैसला गरेपछि देवकोटा पुनः मन्त्री बनेका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस