देशभर ९.८ प्रतिशत रोपाइँ

   असार १६, २०८१       admin

दाङ ,१५ असार । यस वर्ष मध्य असारसम्म ९.८ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्। 

सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ। यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ।

तर, सिँचाइको अभावले समयमा धान रोप्नुपर्ने समस्या बर्सेनि दोहोरिने गरेको छ। आकाशेपानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता किसानको छ।

यस वर्ष पनि लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइँ गर्न सकिरहेका छैनन्। यस वर्ष १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा धान रोपाइँ भएको छ। जुन, ९.८ प्रतिशतमात्रै हो। यस वर्ष मुलुकभर १३ लाख ९८ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदैछ।

तर अझै १२ लाख ६२ हजार ४ सय २५ हेक्टर जमिनमा धान रोपाइँ गर्न बाँकी रहेको कृषि विभागको तथ्यांकमा उल्लेख छ। यसअनुसार अझै ९०.२ प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ।
यद्यपि, गत वर्षको भन्दा भने केही बढी भागमा धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ८.७५ प्रतिशत धान रोपिएको थियो। तर, २०७९ सालमा भने ३०.७१ प्रतिशत रोपाइँ भएको थियो। असार मध्य हुँदा पनि मुलुकभर बर्खे धान रोपाइँ औसत कम छ।

आकाशेपानीकै भर पर्नुपर्ने बाध्यता र मनसुन ढिलाइ हुँदा धान रोपाइँ कम हुने गरेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्ले बताउँछन्। उनका अनुसार धानको लागि सिँचाइ सुविधा भएको क्षेत्रफल एकदमै कम छ। ‘मुलुकभर करिब २५ प्रतिशत क्षेत्रफलमा सिँचाइको सुविधा भएकाले समयमै रोपाइँ हुन्छ। यसबाहेकका क्षेत्रमा भने पानी परे मात्रै समयमा हुन्छ।

यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीमा रोपाइँ भएको छ। सुदूरपश्चिममा २५ प्रतिशत धान रोपिएको छ। १ लाख ७४ हजार ५ सय ७६ हेक्टर जमिनमध्ये ४३ हजार ६ सय ३४ हेक्टरमा रोपाइँ भइसकेको छ।

यस्तै, कर्णालीमा २३.९ प्रतिशत रोपाइँ भएको छ। ४१ हजार ९ सय ४ हेक्टरमध्ये १० हजार १० हेक्टरमा रोपाइँ भइसकेको छ। यो गत वर्षको भन्दा बढी हो। 

गत वर्ष २२.६ प्रतिशत हाराहारीमा भएको थियो। हालसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। जहाँ २.९ प्रतिशतमात्रै रोपाइँ भएको छ।

कुल ३ लाख ८३ हजार १ सय ५० हेक्टर जमिनमध्ये ११ हजार ४० हेक्टर मात्रै रोपाइँ भएको हो। यस्तै कोशी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १५ हजार ३ सय ६० हेक्टर मात्रै हो।

यसैगरी बागमती प्रदेशले यसपटक १८.३ प्रतिशत रोपेको छ। यो कुल १ लाख १२ हजार २ सय ७३ हेक्टरमध्ये २० हजार ५ सय ५० हेक्टर हो। 

यस्तै, गण्डकी प्रदेशमा ८.३ प्रतिशत अर्थात् ९८ हजार ९ सय ४ हेक्टरमध्ये ८ हजार २ सय ४७ हेक्टरमा रोपाइँ भएको छ। यता लुम्बिनी प्रदेशमा पनि ८.८ प्रतिशत अर्थात् कुल ३ लाख ११ हजार ६ सय ४३ हेक्टर जमिनमध्ये २७ हजार ५ सय ७० हेक्टर हो। 

रोपाइँ कम हुनुको मुख्य कारण सिँचाइ अभाव हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा कार दुर्घटना: ५ घाइते,३ को अवस्था गम्भीर

   असार १५, २०८१       admin

दाङ,१४ असार । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्।

शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो। कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। गम्भीर घाइतेहरूको राप्ती लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ।

दुर्घटनामा परी घाइते हुनेमा कार चालक  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विजय गिरीको दायाँ हात र मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

यसैगरी सोही ठाउँ बस्ने वर्ष २७ का जोयल गिरीको खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

यस्तै तुलसीपुर ११ बस्ने वर्ष २७ का कृष्ण केसीको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

अवस्था मध्यम रहेका उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालमा वक्तृत्वकला सम्पन्न

   असार १५, २०८१       admin

दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ।  सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो र मुना डांगी तृतीय भएका छन्  ।

सिनियरतर्फ दीपशिखा कार्की प्रथम, कृतिका थापा दोश्रो र अन्जु रेउले तृतिय भएका छन् ।

विद्यालयका इसिए क्लब अध्यक्ष एलन ओलिको अध्यक्षतामा तथा विद्यालयका सहायक प्रधानाध्यापक राधा पोख्रेलको प्रमुख आथित्यतामा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले विद्यार्थीको चौतर्फी बिकासमा अतिरिक्त क्रियाकलापको अहम भुमिका हुने  बताइन् । अतिरिक्त क्रियाकलापमा सबै छात्र छात्राहरुले सहभागिता जनाउनु पर्ने बताइन।

कार्यक्रममा संयोजक  निशा थापा शिक्षक  रेनु रावतले विद्यालयमा अतिरिक्त क्रियाकलापको बारेमा बताएकी थिइन् । कार्यक्रमको सहजीकरण विद्यालयकी  छात्रा सौम्या पराजुलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इनारमा फसेका एकजनाको उद्दार

   असार १५, २०८१       admin

दाङ १४ असार । दाङको तुलसीपुरमा इनारमा फसेका एकजनाको उद्धार गरिएको छ । इनार सफा गर्ने क्रममा फसेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ५१ वर्षीय प्याउला थारुको उद्दार गरिएको हो ।

उनी तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा स्थित छविलाल वलीको घरमा इनार सफा गर्ने भनेर इनारमा पसेका बेला फसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

प्रहरी थापाका अनुसार आज दिउँसो इनार सफा गर्ने क्रममा फसेको चौधरीको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विपत व्यवस्थापनको १४ जनाको टोलीले उद्धार गरेको हो । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डा. केसीको अनसन स्थगित

   असार १५, २०८१       admin

काठमाडौँ,१४ असार । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताए ।

दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै न्यायाधीशद्वय डा। कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै उनी अनशन बस्ने तयारीमा थिए । शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको डा. केसीको भनाइ छ ।

न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको केसीको आरोप छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत राजीनामा माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईई दिएका विकल: पास भएको खुशी बाड्नै पाएनन्

   असार १५, २०८१       admin

लमजुङ,१४ असार ।लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका विकल सुनार एसईई परीक्षाको नतिजाको पर्खाइमा थिए। जनकल्याण मावि चिती तलाहरबाट उनले एसईई दिएका थिए।

गत चैतमा भएको एसईई परीक्षाको नतिजा बिहिवार बिहान सार्वजनिक भयो । सार्वजनिक गरिएको नतिजा अनुसार उनी एसईईमा पास भएका छ।

तर १६ वर्षीय विकलले आफू पास भएको खुशीयाली परिवार, आफन्त र साथिभाइसंग साट्न पाएनन् । आफ्नो नतिजा हेर्नै पाएनन् ।

मंगलबार रातिको पहिरोले घर पुर्दा उनले ज्यान गुमाए ।उनले ज्यान गुमाएको २४ घण्टापछि बिहीबार एसईई परीक्षाको नतिजा आयो । जसमा उनले २.८० जीपीए ल्याएर उत्तीर्ण गरे ।

मंगलबार रातिको पहिरोले घर पुर्दा सुतेकै ठाउँमा १६ वर्षीय विकलको ज्यान गयो । पहिरोमा उनका दाजु १८ वर्षीय मिलन सुनार गम्भीर घाइते भए । दाजुभाइ सँगै सुतिरहेको अवस्थामा झरेको पहिरोले घरलाई सोहोर्दा उनीहरू घाइते भएका थिए ।

एसईई नतिजा आउने खबरसँगै प्रतिक्षामा रहेका उनले अब ११ पढ्न पाउने छैनन् । पहिरोसँगै विकलका सबै सपना विलाएका छन् ।

यो सामुदायिक विद्यालयले अन्यभन्दा अब्बल नतिजा पनि निकालेको छ । यस पटक एसईई दिएका ५१ मध्ये विकलसहित २३ जना उत्तीर्ण भएका छन् ।

जसमा ३.६ जीपीएभन्दा बढी १ जना, ३.२ जीपीए ४ जना र २.८ जीपीएसहित यो विद्यालयबाट १७ जना उत्तीर्ण भएका छन् । यीमध्ये विकल उच्च जीपीएसहित पाँचौँ स्थानमा रहँदै यो विद्यालयबाट उत्तीर्ण भएका थिए ।

पहिरोमा पुरिएर घाइते अवस्थामा मिलन र विकललाई उद्धार गरि अस्पताल लगियो । तर दाजु मिलन बाँचे, भाइ विकल सधैँलाई अस्ताए ।

विकललाई अस्पताल लाँदै गर्दा उनको प्राण गएको दोर्दी गाउँपालिका-९ वडाअध्यक्ष आशीष तामाङले बताए । मिलनको भने जिल्ला अस्पतालमा उपचार जारी छ ।

विकल बितिसकेको २४ घण्टापछि उनी २.८० जीपीए ल्याएर उत्तीर्ण भए । विकलको निधनको खबरले जनकल्याण मावि परिवार स्तब्ध छ ।

विकलकी आमा स्वास्थ्य स्वमय् सेविका हुन् । उनका बुवा किसान हुन् । बुवा रामकाजी सुनारले छोरालाई राम्रोसँग उच्च शिक्षा पढाउन बुनेको सपना तुहिएको छ ।

एकातिर कान्छो छोराको निधनको शोक छ भने अर्कातिर जेठा छोरा मिलनलाई बचाउने चुनौती उनलाई आइपरेको छ । मध्यराति परेको बज्रपातले सुनार परिवारमा सन्नाटा छाएको छ ।

वडाअध्यक्ष तामाङ सुनार परिवारलाई राहतका लागि कोसिसमा छन् । उनले जिल्ला सदरमुकामसम्म पुगेर राहतको पहल गरिरहेका छन् ।

लमजुङमा यो मनसुनमा बाढी पहिरोले ५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्षमता विकास तालिम सम्पन्न

   असार १५, २०८१       admin

प्युठान,१४ असार । प्युठानको झिमरूक गाउँपालिका वडा नम्बर ४ मच्छीमा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यलय प्युठानको समन्वयमा झिमरूका गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
शिक्षाविद् प्रा।डा। विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा झिमरूक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन कुमार शाही, झिमरुक गाउँपालिका अन्तर्गत रहेका विद्यालयरूको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समयमै विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह

   असार १५, २०८१       admin

काठमाडौँ,१४ असार । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले समयमै विपद् प्रतिकार्यको तयारी थाल्न सरकारसंग आग्रह गरेका छन् । बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्

आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए ।

सांसद बस्नेतले कार्यविधिका कारण एकै व्यक्तिलाई भूकम्प र बाढी पहिरोको अलगअलग राहत वितरण गर्न कठिनाइ देखिएको बताए ।

उनले दूध व्यवसायी किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे ।

सांसद बस्नेतले सहकारीमा निमुखा आर्थिकरुपमा विपन्न गरिब जनताको अबौँ रकम अपचलन भएको भन्दै छानविन समितिलाई चाँडो निष्कर्षमा पुर्याउन आग्रह गरे ।

उनले फरक प्रसङ्गमा टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने उल्लेख गरे ।

आफूले ठूलो आट गरेर सुरु गरेकोे यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने उनको भनाइ छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी -एकीकृत माओवादी का लेखनाथ दाहालले वर्षायामको सुरुआतमै ठूलो जनधनको क्षति भएको बताउँदै उद्धार र राहतमा सरकारले प्रभावकारीरुपमा काम गर्ने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनएमबीले गर्यो उद्यमी सम्मान

   असार १५, २०८१       admin

दाङ, १४ असार। दाङको तुलसीपुरमा रहेको एनएमबी बै बैंकले उद्यमीहरूलाई सम्मान गरेको छ। बैंकले विश्व साना तथा मझौला उद्यमी दिवसको अवसर पारेर उद्यमीहरूलाई सम्मान गरेको हो। बैंकले उत्कृष्ट कारोबार गर्ने ३० जना ग्राहकहरूलाई सम्मान गरेको एनएमबी बैंक तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मीले जानकारी दिए। बैंक कर्जा लिएका उद्यमीहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान र प्रशंसापत्र प्रदान गरिएको उनले बताए ।

वित्तीय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवा प्रधानमा बैंक प्रतिबद्ध रहेको भन्दै प्रबन्धक रेग्मीले यस्ता खाले कार्यक्रमले उद्यमीहरूलाई प्रोत्साहन प्रदान गर्ने बताएका थिए।

उनका अनुसार साना तथा मझौला उद्यमीहरू त्यसको कुल व्यवसायको झण्डै ९०% रहेका छन्। उद्यमीहरूको समस्या समाधानमा सरकारले चासो नदिए पनि बैंकहरूले व्यवसायीलाई गरेको सम्मानले व्यवसाय वृद्धि गर्न प्रेरणा मिलेको व्यावसायिक अभि खरेलले बताए ।

उनले पछिल्लो समय वित्तीय प्रणालीमा नकारात्मक दृष्टिकोण बढ्दै गइरहेको समयमा एनएमबी बैंकले कर्जा लिएकाहरुलाई सम्मान गर्दा फरक अनुभूति भएको बताए।

संयुक्त राष्ट्र संघले २०१७ देखी प्रत्येक बर्ष जुन २७ तारीखलाइ अन्तर्राष्ट्रिय एमएसएमई दिवस अर्थात् विश्व साना तथा मझौला उद्यमी दिवस मनाउदै आएकोछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालेन र वडाध्यक्षबीच विवाद:नगरसभा स्थगित

   असार १५, २०८१       admin

काठमाडौं,१४ असार । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार लागि बोलाइएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।

आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।

मेयर बालेनले भनेका छन्- “एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।”
न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो । यसैबीच मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology