रामेछाप, १४ असार । रामेछापको लिखुतामाकोशी गाउँपालिका –६ खिम्ती बिर्तामा यात्रु बाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शुक्रवार गैरीबाट सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोशी गाउँपालिका –६ बिर्ता भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बसको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्ची सडकको बायाँ भागमा फसी सडक भासिएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।
दुर्घटना हुँदा बसका चालक र मालिकसहित बसमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका –५ पिस्कर घर भएका ४० वर्षका यादव खत्री, बसका मालिक दोलखाको भीमेश्वर नगरपालिका –५ का ४२ वर्षका दीपक श्रेष्ठ, बसमा सवार रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ का २१ वर्षीया सबिना श्रेष्ठ उनकि एक वर्षकी छोरी सुजाता श्रेष्ठ घाइते भएका छन् ।
त्यसैगरी लिखुतामाकोशी गाउँपालिका –६ का ४२ वर्षीया सावित्रा घिमिरे, सोही ठाउँका ५७ वर्षे मानबहादुर श्रेष्ठ, ५० वर्षे टेकबहादुर श्रेष्ठ, १९ वर्षका झलकबहादुर श्रेष्ठ, ४४ वर्षका सङ्खकुमारी तामाङ र ४१ वर्षकी शकुन्तला श्रेष्ठ घाइते भएका छन् ।
घाइते १० जनामध्ये केहीको अवस्था मध्यम रहेको र अधिकांश घाइतेको सामान्य अवस्थामा सदरमुकाम मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सडकबाट खसेको बस भिरमा रहेका रुखमा अड्किँदा कम क्षति भएको स्थानीयले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
बेंगलोर,१३ असार। दक्षिणी भारतको एक सहरमा मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुगेको छ ।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ भने तमिलनाडू राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।
घटना गत साताको भएपनि प्रहरीले बिहिबार मात्रै जानकारी गराएको छ । उक्त घटनाले गाउँ नै स्तव्ध भएको छ ।
तमिलनाडू राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।
यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका १ सयभन्दा बढी व्यक्तिलाई सुरूमा अस्पताल लगिएको जनाकारी दिए ।
तमिलनाडूका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले मदिराका कारण धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् ।
कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनेर काम गर्नु अघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ असार। नेपालबाट जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । मनिताले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने भएकी हुन् ।
मनिताले १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका निम्ति रजत पदक जितेकी थिइन् । ओलम्पिकमा मनिताले ५७ केजीमुनिमा प्रतिस्पर्धा गर्नेछिन् ।
मनिता पेरिस ओलम्पिक खेल्ने भएसँगै नेपालबाट हालसम्म कुल सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट हालसम्म टेबलटेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्डनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपालसँगै पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक खेल्ने निश्चित भएको छ ।
यीमध्ये स्यान्टुले छनोट चरण पार गर्दा अन्यले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिक खेल्ने अवसर प्राप्त गरेका हुन् । यस्तै, पारालम्पिकतर्फ नेपालबाट पलेशा गोवर्धन र भरतसिंह महताले सहभागिता जनाउने निश्चित भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ असार। विद्युतीय प्रणालीमा देशभरका १८ लाख ८१ हजार कृषक सूचीकृत भएका छन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरी रहको छ। जसमध्ये १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा,सुविधा, अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणालीमा प्रवृष्ट गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलले बताए ।
विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान वर्गीकरण, परिचयपत्र, किसान पेन्सन योजना, किसान हित कोष स्थापना लगायत कार्य हुनेछ ।विद्युतीय प्रणालीमा सूचीकृत किसान सूचीकृत गरिएमा कृषिको लगानी सही सदुपयोग हुने अपेक्षा समेत गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
कपिलवस्तु,१३ असार। कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्वेक्षक गुप्ताविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। जग्गा कित्ताकाट गरी बिक्री तथा अंशबण्डा गर्ने प्रयोजनार्थ घुस लिएको पुष्टि हुन आएपछि मुद्धा दायर गरिएको घिमिरेले बताए।
गुप्ताविरुद्ध ३५ हजार रुपैयाँ बिगो दावी माग गरिएको छ।आयोगको बुटवलबाट खटिएको टोलीले गु्प्तालाई सेवाग्राहीसँग ३५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
सेवाग्राहीसँग ३५ हजार घुस रिसवत माग गरी लिएको देखिएबाट गुप्ता भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई बिगो ३५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय –ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ असार। हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह बर्खास्तीमा परेका छन् । सञ्चालक समितिलाई अपमान गरेको आरोपमा शाह बर्खास्तीमा परेका छन्।
बुधबार बसेको कम्पनीका सञ्चालक समितिको बैठकमा कार्यसम्पादन कमजोर भएको भनेर सञ्चालकहरुले शाहलाई आरोप लगाएका थिए। बैठकमा सिईओ र सञ्चालकहरुबिच चर्काचर्की समेत भएको थियो।
सञ्चालकहरुसँग भनाभन भएपछि शाह बैठक छोडेर बीचैमा उठेर हिँडेका थिए । सञ्चालकहरुको सवाललाई चित्तबुझ्दो जवाफ नदिएको र अपमान गरेकोले उनलाई सोही बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनको बर्खास्तीसँगै सोही बैठकले कम्पनीकी डेपुटी सीईओ अञ्जु श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी तोकेको छ । शाह २०७८ फागुनमाब तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बनेका थिए । यो बीचमा उक्त कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जर गरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनेको थियो ।
शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिएपछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।
चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका शाह यसअघि नेपाल इन्स्योरेन्समा सीईओ थिए ।
त्यसअघि एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । झण्डै ४० वर्ष बीमा क्षेत्रमा बिताएका उनी नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् ।
स्वास्थ्यकर्मीहरू माथि आक्रमण भइरहने धाक धम्की हुनुका साथै अमानवीय व्यवहार समेत भइरहने भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । उनले स्वास्थ्यकर्मीहरू माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्नुपर्ने बताइन् ।
स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरूलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने वातावरण बनाउन माग गरेकीछन् ।
‘काँपिरहेको हातले उपचार गर्न सक्दैन । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । उनले भनिन्–‘ जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरि त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ ।’
त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरूमा प्रमुख प्रकाशकीय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताइन् । उनले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताइन् । उनले स्थानीय सरकारहरू आर्थिक अनुशासनमा बस्न नसकेका बताइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ असार। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् ।
विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरेको मन्त्री पुनले बताए।
आर्थिक वर्ष २०८१÷०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको बताए ।
‘आर्थिक वर्ष २०८१÷०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको हो । प्रस्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।’ उनले भने।
राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेट बस्ने गरी स्थगित भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार। यसवर्षको मनसुन सुरुसंगै देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपद्बाट १८ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपद्बाट जनधनको क्षति हुन थालेको हो ।
पहिरोमा परेर ओखलढुङ्गामा १, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर ५ र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी ८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना विश्लेषक रञ्जना श्रेष्ठले जानकारी दिइन्।
त्यस्तै बाढीले बगाउँदा मोरङमा १ जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा २ , सुनसरीमा १ , रोल्पामा २, कैलालीमा २ र कपिलवस्तुमा २ गरी ९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
देशका विभिन्न स्थानमा विभिन्न खालका ४४ भन्दा बढी विपत्का घटना भएका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विराटनगर क्षेत्रमा करिब एक हजार घर डुबानमा परेका छन् । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । देशका १० वटा सडकखण्ड अवरुद्ध छन् । विराटनगरको विमानस्थल ठप्प बनेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पश्चिम,१३ असार। रुकुम पश्चिममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । दुइजना घाइते भएका छन्।
बिहिबार बिहान करेन्ट लाग्दा जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षीया झुपा देवी रोकाको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।
उनका अनुसार मकै गोड्न बारीमा गएको बेला लत्रिएको विद्युतको तारले रोकालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर सोही ठाउँका ६० वर्षीया सुशीला ओली र ३२ वर्षीया जमुना बुढाथोकी घाइते भएका छन्।
पोखरेलका अनुसार झुपालाई करेन्ट लागेपछि सुशीला र जमुना तान्न पुगेका थिए। सोही क्रममा उनीहरु घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस