होलेरीमा कृषी हाटबजार सञ्चालन हुने

   जेठ २४, २०८१       admin

रोल्पा,२४ जेठ । रोल्पाको होलेरीमा कृषी हाटबजार फेरि सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०८१ को हाट बजार जेठ ३० गतेबाट संचालनको तयारी गरिएको होलेरी कृषी हाट बजार सञ्चालक समितिका अध्यक्ष चन्दप्रकाश महराले जानकारी दिए ।

लामो समयदेखि बन्द रहेको हाटबजार गत आर्थिक वर्षदेखि सुरु भएको थियो । रुन्टीगढी गाउँपालिका र बिभिन्न गैर सरकारी संघ सस्थाको आर्थिक तथा प्राबिधिक सहयोगमा हाटबजार सञ्चालनमा आएको हो ।

गत वर्ष हाटबजारबाट १३ करोडको तरकारी होलेरीबाट बिक्रि भएको थियो । गाउँपालिका अध्यक्ष जनक पुनले यो बर्ष झन्डै तीन गुणा बढी कारोबार गर्ने लक्ष्य राखिएको बताए ।

गाउँपालिकाको प्रयासमा गत बर्षदेखि नै होलेरीमा ब्यबस्थित रुपमा हाट बजार लाग्न सुरु भएको हो । गत बर्ष सिजन भन्दा केही ढीलो गरि सुरु भएको हुँदा लक्ष्य अनुसारको कारोबार हुन नसकेपनि यो बर्ष त्यो लक्ष्य पुरा हुने गाउँपालिका अध्यक्ष पुनले आशा ब्यक्त गरे ।

गाउँपालिकाको प्रयासमा बन्द भइ सकेको हाट बजार धेरै समय पछि पुनः सञ्चालन गरिएको हुँदा केही चुनौतिहरु सामना गर्नु परेपनि यो बर्ष त्यस्तो कुनै समस्या नरहेको उनले बताए । हाट बजारमा स्थानीय किसानले खसी- बोकापनि बिक्रि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्क्रिनिङ शिविर सम्पन्न

   जेठ २४, २०८१       admin

दाङ,२४ जेठ । अपांगता भएका व्यक्तिहरुका लागि सहयोगी सामग्री स्क्रिनिङ शिविर सम्पन्न गरिएको छ । डेक नेपाल बाकेको आयोजना , राप्ती बहिरा संघ दाङ र अपाङ्गता सञ्जाल दंगीशरण गाउँपालिकाको समन्वय तथा महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

अपाङ्गता संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा स्क्रिनिङ शिवीर सम्पन्न भएको हो ।

सामाग्री स्क्रिनिङ शिविरमा १सय ४० जना अपांगता भएका ब्यक्तीहरुले सेवा लिएका थिए । शिविरमा १० जनाल कृत्रिम खुट्टा , ८ जनाले ह्वील चियर, ६ जनाले एल्बो स्टीक, ४ जनाले बैशाखी, ५ जनाले सेतो लठ्ठी, ४ जनाले कृत्रिम हात, ५ जनाले ट्वाइलेट चियर, १ जनाले सिपि चियर, ८ जनाले कालो चस्मा प्राप्त गरेका छन् । यसैगरी २० जनालाई श्रबण यन्त्र प्रदान गरिएको छ ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष गिरीले आफुहरु अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका थिए । अन्यव्यक्ति सरह सम्मानजनक जीवनयापन गराउन लागि पालिकाले सोही अनुसार काम गरिरहेको बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामग्री खरिद तथा वितरण र जीविकोपार्जन र आर्थिक सशक्तिकरणका लागि घुम्तीकोषको व्यवस्था गरिएको बताए ।

राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माको विषय प्रवेशबाट सुरु भएको शिविरमा युएसएआईडी सक्षम परियोजनाका वरिष्ठ आर्थिक सशक्तिकरण सहजकर्ता देवा डाँगी र आर्थिक सशक्तिकरण सहजकर्ता बसन्ती वली लगायतकाले मन्तव्य राखेका थिए ।

शिबिरमा उपस्थित अपाङ्गता भएका व्यक्तिहरुको स्क्रिनिङ(चेक जाँच) डेक नेपाल बाँकेका प्राबिधिक मोहम्मद कलाम,चन्द्रपाल थापा,धनमाया बुढा,कणर् बादुर थापाले गरेका थिए भने उद्घाटन शत्रको सहजीकरण रामशंकर यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

   जेठ २४, २०८१       admin

काठमाडौँ,२४ जेठ । सहकारीको बचत हिनामिना र अपचलन गर्ने संस्था र व्यक्तिमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको पहिलो बैठकले कार्यविधि र कार्ययोजनाको मस्यौदा बनाउन समिति सचिवालयलाई जिम्मेवारी दिएको छ । समिति गठनको ९ दिनपछि बुधबार पहिलो बैठक बसेको हो ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा भएको समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी समिति सचिवालयलाई दिइएको सभापति सूर्य थापाले जानकारी दिए ।

सहकारी संस्थाको बचत रकम हिनामिना गरेको विषयमा छानबिन गर्नका लागि जेठ १५ मा थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।

समितिले आगामी शुक्रबार आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई भनेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको पहिलो बैठकले दुई दिनभित्रमा समितिको आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा तयार गर्न समिति सचिवालयलाई निर्देशन दिएको हो ।

समितिको पहिलो बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति थापालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोदीको सपथमा प्रधानमन्त्री दाहाल जाने

   जेठ २४, २०८१       admin

काठमाडौँ,२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिमा रकम उपलव्ध नभए कसानले आन्दोलन गर्ने

   जेठ २४, २०८१       admin

चितवन,२४ जेठ । केराखेतीमा भएको नोक्सानको बिमा रकम तत्काल उपलव्ध नभए आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् । हावाहुरीका कारण केरा खेतीमा नोक्सानी व्यहोरेका किसानहरूले पत्रकार सम्मेलन गरेर बिमा बापतको रकम नपाए चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् ।

जेठ १७ गतेदेखि २० गतेसम्म चितवनमा आएको हावाहुरीले १५ करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए ।
‘नोक्सान भएमा राहत होस् भनेर केरा किसानहरूले कृषि बिमा गरेका छन् । तर गत वर्ष नोक्सान भएकोमध्ये साढे दुई करोड रुपैयाँ अझसम्म भुक्तान भएको छैन,’ अध्यक्ष घिमिरेले भने ।

उनले गत वर्षको रकम तत्काल भुक्तान गर्न, यो वर्ष भएको क्षति एकिन गरी कागजपत्र बुझाएको ३५ दिनभित्र बिमा रकम दिन उनले माग गरे । साथै कृषि कर्जाको सहुलियत दरको ब्याज सिघ्र उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।
‘नेपाल सरकारले यहाँका किसानको व्यवसाय जिवन्त राख्न यी माग तत्काल पूरा गर्नु पर्ने छ । नभए चितवनका केरा किसानहरू चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छन्,’ अध्यक्ष घिमिरेले भने ।
एउटा केराको बोटको लागत मूल्य २७५ रुपैयाँ कायम गरेर बिमा गरिएको हुन्छ । बिमाको प्रिमियम रकममा ८० प्रतिशत सरकारले अनुदान दिएको हुन्छ । २० प्रतिशत हिस्सा किसानले बेहोर्ने नीति छ ।
‘सरकारले उपलब्ध गराउने प्रिमियमको ८० प्रतिशत हिस्सेदारी बराबरको रकम बिमा कम्पनीहरूले नपाएका कारण भुक्तानी नभएको हो,’ केरा बिमा धेरै गर्ने शिखर इन्स्योरेन्सको वाग्मती प्रदेश उपप्रमुख अरुणदेव आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

   जेठ २३, २०८१       admin

दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो । फुटसलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।

ज्ञानज्योती एजुकेशन फाउण्डेसनका सिईओ सुरेन्द्रकुमार जिसीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ -एन्फा)का प्राविधिक निर्देशक हरि खड्काको प्रमुख आतिथ्यतामा फुटसल कोर्टको उद्घाटन गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका खड्काले खेलक्षेत्रको विकासका लागि विद्यालयहरुमा यस्ताखाले संरचनाहरु अत्यावश्यक रहेको बताए । खेलकुद व्यक्तिको जीवनसंग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यसक्षेत्रको विकास र सम्वृद्धिमा सबै लाग्नुपर्ने बताए ।

उनले शिक्षा क्षेत्रमा मात्र नभई खेलक्षेत्रमा पनि जनशक्ति उत्पादन गर्न विद्यालयहरु लाग्नुपर्ने बताए । संस्कार पाठशालाले आफ्नै फुटसल निर्माण गर्दा जिल्लाको खेलक्षेत्रको गरिमा बढाएको भन्दै प्रशंसा समेत गरेका थिए । खेलकुद खेल मात्र नभई खोज, अनुसन्धा, सिकाई, स्वास्थ्य र स्वस्थ जीवनसंग जोडिएको भन्दै यसक्षेत्रको विकासमा हरेक निकायहरु एकजुट हुनुपर्ने बताएका थिए।

कार्यक्रममा दाङ जिल्ला फुटबलसंघका अध्यक्ष सञ्जात धितालले आफ्नै फुटसल भएको विद्यालयहरुमा पाठशाला जिल्लामै पहिलो विद्यालय भएको बताए । विद्यालयमा उत्पादन हुने जनशक्ति भविष्यमा अन्र्तराष्ट्रिय स्तरमा पुगेर खेलक्षेत्रको गरिमा बढाउन सक्ने भन्दै यस्ताखाले संरचना रहेक विद्यालयमा हुनुपर्ने उनले बताएका थिए।

ज्ञानज्योती एजुकेशन फाण्डेसनका सिईओ सुरेन्द्र जिसीले विद्यार्थीहरुको र्सवाङगीण विकासलाई लक्षीत गरि फुटसल निर्माण गरिएको बताए। फाउण्डेसन अन्र्तगत सञ्चालनमा आएका ९ ओटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुका लागि फुटसलको संरचना निर्माण गरिएको बताए ।

आगामी दिनमा खेलमैदान पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। खेलक्षेत्रको विकास र संम्वृद्धिलाई विद्यार्थीहरुसंग प्रत्यक्ष जोड्का लागि स्तरीय खेल संरचनाहरु विद्यालयले निर्माण गर्दै जाने उनको भनाई थियो।
विद्यालयका एजुकेशन कोर्डिनेटर बलदेव पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलपत्रकार लक्ष्मण बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिष्ठानको स्वास्थ्यसेवा सरल र सहज बन्दै

   जेठ २३, २०८१       admin

दाङ, २३ जेठ । दाङको राप्ती स्वास्थ्यविज्ञान प्रष्ठिानबाट प्रदानहुने स्वास्थ्य सेवालाई सरल सहज बनाउँदै लग्न थालिएको छ । जनशक्ति अभावको समस्याका कारण सेवाप्रवाहमा देखिएको समस्यालाई प्रतिष्ठानले क्रमिकरुपमा सुधार गर्दै लगेको छ । प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट आएसंगै सेवा प्रवाहमा सुधार देखिन थालेको हो ।

प्रतिष्ठानमा नयाँ हाल दैनिक २० जना विरामीको सिटि स्क्यान हुँदै आएको छ भने रिपोर्टपनि समयमै आउने गरेको छ । यसअघि जनशक्तिको अभावमा सिटी स्क्यान भएपनि रिपोर्ट आउन ढिला हुने गरेको जन गुनासो आएपछि प्रतिष्ठानले त्यसलाई सुधार गर्दै लगेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले सिटी स्क्यान, एमआरआइको रिपोर्ट समयमै आउने गरी जनशक्ती ब्यवस्थापनलाई थप जोड दिईएको बताए। प्रतिष्ठानमा भिडियो एक्सरे गर्न भिडभाड भएपछि एउटै जनशक्तिले एमआरआई र सिटी स्क्यानको रिपोर्ट दिन ढिलाई हुने गरेकोमा पछिल्लो पटक रेडियोलोजि विभागमा नयाँ रेडियोलोजिष्ट थपिएपछि सेवा अझै ब्यवस्थित बन्दै गएको छ ।

८ हजार बढीले लिए सिटिस्क्यान सेवा

यसैगरेर प्रतिष्ठानमा औषधि लिनका लागी भिड हुँदै आएपछि थप काउन्टर थप्ने तयारी भइरहेको छ भने नाम लेखाउन र विलिङ काउन्टर पनि अतिरीक्त थप्ने कार्यलाई तिव्रता दिईएको छ । प्रतिष्ठानमा सबैभन्दा ठुलो क्षमताको १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिन रहेको छ । प्रतिष्ठानका मेडिकल इमेजिङ टेक्नोलोजिष्ट सन्दीप गौतमले हालसम्म ८ हजार जना बढि विरामीको सिटि स्क्यान गरीएको जानकारी दिए।

उनले टाउकोको सिटि स्क्यान गरीएका विरामीलाई अहिले सम्भव भएसम्म सोही दिन र नभए अर्को दिनसम्म रिपोर्ट दिने ब्यवस्था मिलाईएको जानकारी दिदै अन्य विरामिको हकमा सिटि स्क्यान गरेको चार दिनसम्म रिपोर्ट दिन सकीने बताए।
अझै प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट थपिए सिटि स्क्यान र एमआरआई मेसिनको रिपोर्ट छिटोछरीतोरुपमा निकालेर विरामिलाई दिन सकीने बताए ।

प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले २०७७ साल पौषदेखी २०८१ बैशाख मसान्तसम्म ८ हजार ४ सय ७६ जना विरामीले सिटि स्क्यानको सेवा प्राप्त गरेको जानकारी दिए । उनका अनुसार २०७९ कार्तिक देखी २०८१ बैशाख मसान्तसम्म २ सय ८६ जना विरामीले एमआरआई सेवा प्राप्त गरेका छन् ।
प्रतिष्ठानमा एमआरआई र सिटि स्क्यानको सेवाले उपचारमा आउने विरामीको रोगको डाइग्नोसिस गर्न सहयोग पुर्याएको र साना देखी ठुला अप्रेसन गर्न सहजता थपिएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीका मुख्यन्त्री महरालाई ज्ञापनपत्र

   जेठ २३, २०८१       admin

दाङ, २३ जेठ । युवा संगठन नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । सी जातिको कानुनी मान्यताको लागि संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र मुख्यमन्त्री महरालाई बुझाएको हो ।
संगठनले सी जातिको कानुनी मान्यता पाउनुपर्ने भन्दै जिल्लाभर संकलन गरेको हस्ताक्षरलाई बुधबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मानव जाति एउटै जाति हो भन्ने सबैमा समान बुझाइ हुनुपर्ने भन्दै सी जातिको कानुनी मान्यताको लागि जेठ १५ गतेदेखि १८ गतेसम्म हस्तक्षर संकलन अभियान सञ्चालन गरेको थियो ।

अभियान अवधिभर १५ हजार बढी हस्ताक्षर संकलन भएको र अभियानबाट संकलित भएको हस्ताक्षरलाई मुख्यमन्त्री समक्ष बुझाएको संगठनले जनाएको छ ।

सी जातिलाई कानुनी मान्यता दिन सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा देशभरका नागरिकहरु उत्साहकासाथ हस्ताक्षर अभियानमा सहभागी भएको संगठनले बताएको हो । संगठनको योजना अुनसार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई हस्ताक्षर र संगठनको ज्ञापनपत्र बुझाएको हो ।

पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका फ्याक्सन इञ्चार्ज सम्झना सीको नेतृत्वमा संगठनका केन्द्रीय कोषाध्यक्ष जीवनी सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दीपक सी, संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज पदम सी, संगठनका केन्द्रीय सदस्य अदीप सीलगायतको टोलीले संयुक्त रुपमा मुख्यमन्त्री महरालाई सी जातिको कानुनी कान्यताको लागि संकलित हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तयार

   जेठ २३, २०८१       admin

काठमाडौँ, २३ जेठ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी पञ्चवर्षीय रणनीति तयार गरेको छ । मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तिय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने उदेश्य अनुरुप सरकारले उक्त रणनीतिको मस्यौदा तयार गरेको थियो ।

बुधबार अर्धमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । मस्यौदा पारित भएसंगै सरकारले अब वित्तीय स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ ।मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ ।

अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानूनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिअन्तर्गतको समन्वय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी कानून हेर्ने सचिव लीला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजश्व) डा रामप्रसाद घिमिरे सहभागी थिए ।


उक्त रणनीति योजनाले भ्रष्टाचार, राजस्व छली, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारजस्ता वित्तीय अपराध न्यूनीकरणमा काम गर्नेछ । यस्तै लागूऔषध ओसारपसार, संगठित अपराध, आपराधिक लाभ, आन्तरिक आतंकवाद, ठगी, चोरी, नक्कली मुद्राको कारोबार, कालोबजारी तथा तस्करी, किर्तेलगायतका अपराध नियन्त्रणजस्ता विषय पनि रणनीतिमा समावेश गरिएका छन् ।

चालु आर्थिक वर्ष ०८१÷०८२ मै कार्यान्वयनमा ल्याउन लागिएको उक्त रणनीतिको नाम ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ रहेको छ ।

रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तिय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई जोड दिएको अर्थ मन्त्रालयका सह–सचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुन्टीगढी पूर्ण खोप पालिका घोषणा

   जेठ २३, २०८१       admin

रोल्पा,२३ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नारा सहित पालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता एवं जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिकामा पालिकास्तरीय खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी, महिला स्वंसेविका,आमा समूह लगायतको सहभागितामा रहेको थियोे ।

रुन्टीगढी गाउँपालिकाको सम्पूर्ण वडाहरुमा पुर्ण खोप सम्पन्न भएपछि पालिकामा पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकुत रेमन्त बहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा संयोजक बुद्धिजिवी सेजवालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology