काठमाडौँ,२३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।
‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ पारित गर्दै मनसुनजन्य विपद् प्रभावितमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ ।
यसैगरी यस वर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने अनुमान गरिएको छ । प्राधिकरणका कर्मचारीका अनुसार कार्ययोजना पारित गरिए पनि सार्वजानिक गरिएको छैन ।
यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आकलन गरेर कार्ययोजनामा मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आकलन सार्वजनिक गरिसकेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ जेठ । काठमाडौँमा एक व्यक्तिले आगो लगाउँदा पाँचजना घाइते भएका छन् ।
काठमाडौंको चाबहिलनजिकै काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगर गोपिकृष्ण चलचित्र हलनजिकै घरमा आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तीन तले घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले अत्याधिक मापसे गरी श्रीमतीसँग झगडा गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
आगलागी भएको भन्ने खबर पाएपछि प्रहरी सहायक निरीक्षक रामबाबु कुशवाहको कमाण्डमा प्रहरीको टोली खटिएको थियो
त्यसैबीच उनले कोठामा पेट्रोल छर्किएर आगलागी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
आगलागी हुँदा उनीसहित उनकी ४४ वर्षीया श्रीमती बिन्दु सिंह, जेठी छोरी २४ वर्षीया सुप्रिया, माइली छोरी १६ वर्षीया समृद्धि र ८ वर्षीया कान्छी छोरी सुहानी घाइते छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।
प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ । यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो ।
प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिकाठमाडौँ, २३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।
प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ । यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो ।
प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए ।उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।
स र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने जानकारी दिए । प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्ने उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की,२३ जेठ । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालोझण्डा देखाएका छन ।
आज पोखरामा प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गरेका छन् । त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको छ । झडपमा २ जना सहकारी पीडित ३० वर्षकि अनुराधा श्रेष्ठ र ७८ वर्षका भिमप्रसाद चपाई घाइते भएका छन ।
प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा आएका हुन् । कार्यक्रमस्थल पोखरा सभागृहको गेटमा प्रदर्शन भएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
विरेन्द्रनगर ,२२ जेठ । पढाउने भन्दै बालबालिकाहरुलाई काठमाडौँ लैजादै गरेका एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लैजादै गरेका नाम्गेल छिरिङलाई प्रहरीले वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट पक्राउ गरेको हो ।
छिरिङसँग २८ जना बालबालिका थिए। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान छिरिङले दिएको सुर्खेत प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए।
ती बालबालिकालाई बाबुआमाकै आग्रहमा आफूले काठमाडौं लैजान लागेको छिरिङले बताएको एसपी खड्काले जानकारी दिए। काठमाडौंको कुन शिक्षालयमा अध्ययनका लागि लैजान लागेको भन्ने कुराचाहिँ नखुलेको उनले बताए।
खड्काका अनुसार धेरैजसो बालबालिकालाई सम्बन्धित वडा कार्यालयले पनि सिफारिस पनि बनाइदिएका छन्। बालबालिका कुन पालिका र कति नम्बर वडाका हुन् भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए।
उनका अनुसार राति नियन्त्रणमा लिईएका बालबालिकालाई तत्काल व्यवस्थापनको लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मा लगाइएको छ।
‘तत्काल हामीले बालबालिकाको व्यवस्थापनको लागि भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिएका छौं, उनले भने– ‘ साथमा लिन लागेका व्यक्तिलाई नियन्त्रणमै राखेका छौं । ’
सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनीता ज्ञवालीले ती बालबालिकालाई आ–आफ्नो घरमा फिर्ता गरिने बताइन्। उनका अनुसार २८ मध्ये १२ जना बालक छन् भने १६ जना बालिका छन्।
सम्बन्धित निकायसँगको सहकार्यमा बालबालिकाको खाना र आवासको व्यवस्थापन गरिएको उनले जानकारी दिइन्। ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्दैछ, हामीले समन्वय गरेर तत्काल सुर्खेत बस्न व्यवस्थापन गरेका छौं,’ उनले भनिन्, ‘कानुनी रुपमा ती बालबालिकालाई यत्तिकै कसैसँग छोड्न मिल्दैन, घर फर्काउनुपर्छ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ जेठ । जलवायु विज्ञहरुले नेपालमा विपद्का घटनाहरु उल्लेख्य रुपमा वृद्धि हुँदै जाने बताएका छन् । आथामी दिनमा बाढी, पहिरो, डुबान जस्ता विद्का घटनाले ठुलो क्षती पुर्याउने बताएका छन् । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको जानकारी दिँदे आउने दिनमा यसभन्दा बढि नोक्सानी ब्यहोर्नुपर्ने अवस्था सिजर्ना हुने बताएका छन् ।
मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, हावाहुरी आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए ।
जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरोलगायतका घटनाहरुमा वृद्धि हुने बताए। उनले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने र जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर पार्ने बताए ।
निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको उदाहरण प्रस्तुत गदैृ बाढीका कारण प्राकृतिक सौन्दर्यमा पनि असर परेको बताए । बाढीका कारण बसाइसराइँको समस्या बढ्नुका साथै बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ जेठ । यहि जेठ २६ गते हुने भनिएको नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । सदस्यता शुद्धिकरण र नामावली विषयमा उत्पन्न विवादका कारण तोकिएको समयमा चुनाव नहुने भएको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए ।
केन्द्रीय समितिमा रहेका भूगोलका पत्रकारहरुको विवाद समाधान नभएका कारण केही समयका लागि चुनाव सार्ने सुझाव आएको र त्यस विषयमा छलफल गरी निष्कर्षमा पुग्ने तयारी भइरहेको उनले बताए । उनका अनुुसार मतदाता नामावलीमा लगभग सहमति भइसकेको छ । आज निर्वाचन समितिलाई नामावली बुझाउने सम्भावना देखिएको छ ।
जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उनले बताए ।
अब ३१–३२ गतेतिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
महासंघका सचिव गोविन्द चौलागाईंले सक्रिय पत्रकारिता गर्ने कोही पनि पत्रकार छुट्न हुँदैन भन्ने मान्यता सबैमा रहेको बताए । उनले भने, ‘जिल्लाबाट आएका कतिपय मतदाता नामावलीमा विवाद देखिन्छ, कतिपय आउनुपर्ने पत्रकार आएका छैनन्, कतिपय आउनु नपर्ने पनि आएका छन् यी सबैलाई मिलाइएर अगाडि बढ्ने कुरा भएको छ ।’
महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो । सो कमिटीले चित्तबुझ्दो काम नगरेपछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । सो समितिले पनि छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । दाङको घोराहीमा नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी सम्पन्न भएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दुई दिने नेतृत्व विकास र कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार सुगत वीर चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले समाज रूपान्तरण र परिवर्तनका लागि कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए। दक्ष जनशक्ति उत्पादनमा नेतृत्व विकास र सञ्चार पनि पर्ने भएकाले यस्ता खाले कार्यक्रम कर्मचारीहरूका लागि आवश्यक रहेको औल्याए ।
संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले संस्था स्थापना भएको बताएकी थिइन्।
संस्थाले विशेषतह: समुदायमा रहेका महिला, अल्पसंख्यक तथ सिमान्तकृत बर्गहरुलाई उत्थान गर्दै आएकोमा त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धिका लागि कार्यशाला सञ्चालन गरिएको जानकारी दिइन्।
कार्यक्रममा सहभागी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका आन्तरिक लेखा परीक्षक सुशीला गिरीले काममा कतिबद्ध र प्रतिबद्ध भएर लागेमा लक्ष्य उद्देश्य र संस्थागत विकासमा सफल भइने बताएकी थिइन्।
यसैगरी ग्रामीण महिला उत्थान केन्द्रका ममता चौधरीले कार्यशालाले जिबनलाई बुझन र योजना सहित कार्यसम्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।
कार्यक्रममा संस्थाका हितमान थापा, तृष्णा चौधरी, पुरन अधिकारी लगायतले आफनो अनुभव सुनाएका थिए।
दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यशालाको प्रशिक्षकमा अन्तर्राष्ट्रिय प्रशिक्षक निवास संस्थाका इनोभेसन एण्ड ईम्प्याक्ट डाईरेक्टर सुस्मा श्रेष्ठ रहेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २१ जेठ । नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त निलम्बनमा परेका छन् । विमानस्थलमा उडान सुरक्षा सम्बन्धी कानुनी दायरा नाघेको भन्दै नेपाल उड्डयन प्राधिकरणले उनीहरुलाई निलम्बन गरेको हो ।
न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने पन्त र वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन लामालाई अनुसन्धान नसकिउन्जेलसम्मका लागि ग्राउन्डेड गराएको प्राधिकरणले जानकारी गराएको छ । तर उनीहरुले कुन विषयमा सुरक्षा प्रावधान तोडेको हो भन्नेबारे प्राधिकरणले खुलाएको छैन ।
क्याप्टेन लामा यसअघि पनि बारम्बार उडान सुरक्षा उल्लङ्घन गरेर निलम्बनमा परेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ। लुम्बिनी प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा एक सय ९९ बुदे आगामी आर्थिक बर्ष २०८१\८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रको विकासबाट प्रदेशको समृद्धि सम्भव रहेको भन्दै आगामी बर्षको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा कृषि, रोजगार र पर्यटनलाई प्राथामिकता राखिएको छ ।
यसअघिका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै व्यवसायिक प्रवद्र्धधन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई नीति कार्यक्रमले प्राथामिकतामा दिएको छ । १९९ बुँदे नीति कार्यक्रममा आर्थिक संकटलले देशको अर्थतन्त्र रक्षात्मक भएको अवस्थामा प्रदेश सरकारले सामान्य आशाका संकेत देखाउने गरी नीति तथा कार्यक्रम ल्याएको हो ।
लुम्बिनीका १२ जिल्लामा सञ्चालन भएका पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ । लुम्बिनी सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने योजना अघि सारेको छ । त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
व्यवसायिक कृषि प्रदेशको समृद्धि, किसानको हात प्रदेशको साथ, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार सिंचाईमा सुधार लगायत कार्यक्रम समावेश छन् । यस्तै लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन नीति र कार्यक्रम बनाइने, पाल्पा, अर्घाखाँची र रोल्पालाई हिल स्टेशनको रुपमा विकास गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा वन, कृषि, पर्यटन, उद्योग, जडीबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । नदी सभ्यतामा आधारित आधुनिक सहर सहितको प्रदेश राजधानीलाई व्यवस्थित बनाउन योजना राखिएको छ । लुम्बिनीमा महिला आत्मनिर्भर पहिला भन्ने नारासहित उद्यमशिलताबाट उत्पादन, रोजगार र स्वरोजगार हुँदै आत्मनिर्भर बनाइने योजना रहेको छ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सत्ता पक्ष सांसदहरुले आशा जगाउने खालको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिएका छन् भने प्रतिपक्ष दलका सांसदहरुले भने नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरताको रुपमा रहेको प्रतिक्रिया दिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस