आज लुम्बिनीको निति तथा कार्यक्रम

   जेठ २१, २०८१       admin

दाङ,२१ जेठ। लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने सचिव पुनले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरका ‘श्याने’ माथी खुकुरी प्रहार

   जेठ २०, २०८१       admin

तुलसीपुर, जेठ २० । तुलसीपुरका एक युवक माथि खुकुरी प्रहार भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ९ ९मासु मन्डीदेखि पूर्व पातुखोला पारी० घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि युवाहरुको एक समुहले खुकुरी प्रहार गरेको छ । उनको खुट्टामा खुकुरी प्रहारबाट गम्भीर घाउ खत छ । दुबै खुट्टामा घुँडादेखि मुनी खुकुरी प्रहार भएपनि एउटा खुट्टामा गहिरो चोट रहेको घटना पछि उनको उद्धारमा संलग्न एक प्रत्यक्षदर्सीले बताए ।

शरिरको अन्य भागमा पनि खुकरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार नेपाली माथि युवाहरुको एक समुहले तुलसीपुर – १७ मानपुर क्षेत्रमा बेलुका ६ बजेतिर खुकुरी प्रहार गरेको बताए । तुलसीपुर बाट संगै गएका उनकै साथीहरुले नै बिजौरी हुँदै मानपुर पु¥याएर खुकुरी प्रहार गरेको हुँदा घटना पूर्व रिसिबीका कारण भएको हुन सक्ने प्रहरीको आशंका छ ।

नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भएको आशंकामा तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुरकै तर ठेगाना नखुलेका सञ्तोष हमाललाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको डिएसपी पोख्रेलले बताए ।

प्रहरी नियन्त्रणमा रहेका मध्य सुरज वलीलाई खुट्टामा चोट रहेको हुँदा प्रहरीले उपचारका लागि अस्पताल पु¥याएको छ । मोटरसाइकल ठोक्किर उनको खुट्टामा चोट लाग्न पुगेको भन्ने कुरा घाइतेले गरेको डिएसपी पोख्रेलले जानकारी दिए ।

नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका अर्का एक जना युवक भने फरार रहेको प्रहरी बताउँछ ।
डिएसपी पोख्रेलका अनुसार दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फेरिपनि नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीमै

   जेठ २०, २०८१       admin

काठमाडौं , २० जेठ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू) कालोसूचीमा पुनः दोहोरिएको छ।

ईयूको उडान सुरक्षा चासो ९कालोसूची०मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन्।

ईयूले हरेक ६र६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ।

गत बिहीबार ईयूले सार्वजनिक गरेको सूचीअनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयरलाइन्स लगायत नेपालमा दर्ता भएर उडान गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाहरू रहेका छन्।

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ। ३० मे २०२४ मा ईयूले अपडेट गरेको नयाँ सूचीमा पनि नेपाल कालोसूचीमै रहेको छ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको थियो। पछि सन् २०१७ मा आइकाओले नेपालको हवाई सुरक्षामा सुधार आएको भन्दै सुरक्षा सूचीबाट हटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

   जेठ २०, २०८१       admin

दाङ,२० जेठ ।तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ। शनिबार तुलसीपुर नगर जेसीजले सहयोग तथा सम्मान गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो।

तुलसीपुर नगर जेसिस वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम जागीको अध्यक्षता एवं इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाको प्रमुख अतिथितामा सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख बुढाले युवाहरूको नेतृत्व विकास र क्षमता विकासका लागि जेसीजको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। सामाजिक उत्तरदायित्व बहन गर्दै उत्कृष्ट कार्यमा जेसीज सधैँ अग्रसर रहेको भन्दै प्रशंसा समेत व गरेका थिए।

युवाहरूको क्षमता नेतृत्व विकासका लागि मात्र नभई सामाजिक सेवामा जेसीजले  अनुकरणीय कार्य गर्दै आएको बताएका हुन् ।

यद्यपी यस संस्थाले आगामी दिनमा सरकारसंग पनि समन्वय गरेर सामाजिक कार्यलाई अगाडी बढाउने आशा राखेको औँल्याए । 

त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरु झरेन्द्र खरेल , दिपेश भण्डारी , मोहन सुनार , नेत्रलाल भट्टराई ( नरायण), दाङ महिला जेसीजका कार्यवहाक अध्यक्ष अर्चना शर्मा, लमही जेसीजका अध्यक्ष मुकेश चौधरी, त्रिभुवनगर जेसीजका अध्यक्ष रविकिरण केसी, राष्ट्रिय समाचार समिती दाङ प्रमुख नारायणी रजौरे, महिला अधिकारकर्मी सुष्मा गिरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै तुलसीपुरनगर जेसीजले साता व्यापी कार्यक्रमको अन्तिम दिन तुलसीपुर उपमहानगरपालिका ३ निवासी चन्द्रविर वली र उनका परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । चन्द्रविरले तुलसीपुर ३ साततल्ले स्थित खमारी जाने बाटो ३ किलोमिटर एक्लैले खनेर बनाएका थिए ।

त्यस्तै चन्द्रविरले समाजमा सकारात्मक कार्य चन्द्रविरले समाजमा सकारात्मक तथा विकास निमार्णको कार्य गरेको भन्दै उनलाई कदरपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेको हो ।

जेसीजका आफ्नो साता व्यापी कार्यक्रम अन्र्तगतको अन्तिम दिनको कार्यक्रमलाई लक्षित गरेर वली र परिवारलाई खाद्यान्न, जिन्सी, नगद पाँच हजार गरी ३० हजार बराबरको सहयोग पनि गरेको  छ । चन्द्रविर बाहेक उनको अन्य परिवारका सदस्यहरु सबै दृष्टिबिहीन छन् । 

त्यस्तै कार्यक्रमका मुलसंयोजक सुरज भण्डारीले साता व्यापी कार्यक्रमका संयोजकहरुलाई कदरपत्रले सम्मान गरेका थिए ।

तुलसीपुरनगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शालिकराम वलीले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजक तुफान सापकोटाका स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कमलप्रकाश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुंदा एकजनाको मृत्यु

   जेठ २०, २०८१       admin

दाङ,२० जेठ । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज आइतबार बिहान जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेकमा रा ३ प ५७९१ मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना हुँदा हमोटरसाइकल सवार बंगलाचुली ४ बस्ने ३२ बर्षका खेतुलाल नेपालीको मृत्यु भएको छ भने चालक बंगलाचुली ३ निवासी ३८ बर्षका चेत प्रसाद डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

डिएसपी मल्लको अनुसार घाइते डाँगीको स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ। साँगुरो अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको बताए । मोटरसाइकल करिब ४ मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा चलचित्र बहस: सिनेक्षेत्रमा दाङलाइ उपेक्षा किन ?

   जेठ २०, २०८१       admin

सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उनले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताए

दाङ,२० जेठ । चलचित्र पत्रकार संघ दाङले पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस सञ्चालन गरेको छ। दाङ जिल्लालाई सिने क्षेत्रमा कसरी समावेश गर्न सकिन्छ र पर्यटन प्रवर्धनमा सिने क्षेत्रको महत्व कस्तो रहन्छ भन्ने विषयमा बहस गरिएको थियो।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र नेपाली सिने क्षेत्रका चर्चित नायक निखिल उप्रेतीको विशेष उपस्थितिमा उक्त बहस गरिएको थियो।


बहसमा सहभागीहरूले दाङ पर्यापर्यटन र चलचित्र छायांकनका लागि उत्कृष्ट स्थान भएपनि सिने क्षेत्रले दाङलाई सधैं उपेक्षा गरिरहेको बताएका थिए।

नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा दंगाली कलाकारहरूको महत्त्वपूर्ण भूमिका रहे पनि यस क्षेत्रलाई पनि चलचित्र क्षेत्रले व्यवस्था गर्नु दाङ र दङ्गालीका लागि चिन्ताको विषय भएको बताएका थिए।

चलचित्र छायाङ्कनका लागि कलाकारको रोजाइमा दाङ किन पर्दैन?  लगानी प्रवर्धनमा समस्या किन? चलचित्रको साख बचाउन दंगाली कलाकारको भुमिका प्रमुख भएपनी यस क्षेत्रमा  चलचित्र बिकास बोर्ड र लगानीकर्ताले दाङलाई किन उपेक्षा गर्नुको कारण के ? लगायतका विषयमा बहस गरिएको थियो।

बहसमा उठेका प्रश्नहरूको जवाफ दिँदै अभिनेता निखिल उप्रेतीले दाङ चलचित्र छायांकनका लागि उत्कृष्ट स्थान भएपनि प्रचारप्रसारको कमीले गर्दा नेपाली चलचित्रहरू यस क्षेत्रमा छायांकन हुन नसकेको बताएका थिए। उनले चलचित्रको विकाससँगै सिनेमा हालको विकास गर्न पनि आवश्यक रहेको औल्याएका थिए। कुनै समय १४ वटा चलचित्र हल रहेको  दाङमा अहिले  १० वटा हलहर पूर्ण रुपमा बन्द अवस्थामा रहनुले  चलचित्र क्षेत्रका लागि सुखद पक्ष नरहेको बताए।

उनले दोहोरो कर प्रणाली,लगानीको असुरक्षा लगाएतका विभिन्न कारण देखाउदै केही समय अघिबाट अधिकांश हल अहिले पुर्ण रूपमा बन्द अवस्थामा रहेको जानकारी दिए।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहकार्यमा धार्मिक  तथा पर्यटकीय क्षेत्र सुईकोटमा शनिबार आयोजित सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।

स्थानिय स्तरका विषयलाई केन्द्रमा मात्र होईन विश्वसामु चिनाउन समेत दाङका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थानहरु पर्याप्त रहेको बताए। चलचित्र प्रदर्शनिका समय पहिलोपटक दाङ आएका उनले  पाएको दंगालीको अथाह मायाले नै फिल्मी क्षेत्रमा उर्जा थपेको स्मरण गरे।

सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उनले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताए

‘आफ्नो ठाउँको सुन्दरताको भिडियो हामिले किन नबनाउने,‘उनले भने-‘कला त्यो चिज हो जुन चिजले कुरुपतालाई पनि सुन्दरतामा प्रस्तुत गर्न सक्छ । तर दाङ आफैमा सुन्दर जिल्ला हो । चलचित्र छायाँकनका लागि प्रशस्त सम्भावित क्षेत्रहरु हुँदापनि आदर्श धेरै प्रयोगात्मक रुपमा कमि भएको महशुस गरेको छु ’ ।

स्थानीय  क्षेत्रको धार्मिक तथा पर्यटन बिकास र प्रचारप्रसारका लागि हृदयमा प्रेमको कमी नै समस्याको बाधक तत्व रहेको बताए।

सहजकर्ता धुर्वराज न्यौपानेले नेपाली सिनेमाले स्थानीय पर्यटन तथा प्रवद्र्धन गर्न सक्छन् ? भन्ने प्रश्नमा अभिनेता उप्रेतीले स्थानीय पर्यटन प्रबर्द्धनका लागि चलचित्र भन्दा राम्रो अन्य कुनै माध्यम नरहेको बताएका थिए ।

सो अवसरमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटन विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार सधैं तत्पर रहेको बताएका छन्।
शान्तिनगर गाँउपलिकामा धार्मिक तथा पर्यटन विकासका लागि काम अगाढि बढाइएको उनले बताए ।

वडा नम्बर १ मा रहेको पाँच सय वर्ष पुरानो खड्काकोट दरवार र बंकर,वडा नम्बर ३ मा रहेको पालिकाकै सबैभन्दा ठुलो शक्तिपिठ सुन्दरादेवि भगवति मन्दिर, छहरा,वडा नम्बर ७ लगाएत अन्य स्थानहरुमा रहेका मठ मन्दिर तथा धार्मिक एवम पर्यटकीय  स्थलहरु रहेपनि प्रचारप्रसारको कमिले ओझेलमा रहेको भन्दै डकुमेन्ट्रीहरू निर्माण गरिएको र उक्त डकुमेन्ट्रीलाई चलचित्र विकास बोर्डमा लैजाने समेत प्रतिबद्धता व्यक्त गरेका थिए।

गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचार प्रसारको कार्य शुभारम्भ भएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए।

पर्यटन र संस्कृर्तिमा लगानी गर्ने योजना नहुँदा स्थानीय पर्यटन प्रवद्धनमा समस्या रहेको संंस्कृतिविद डा.गोविन्द आचार्यले बताए।

‘पालिकाहरुमा पर्यटन र संस्कृर्तिमा लगानी गर्ने बजेट हुँदैन,कतिपय पालिकामा यो विषय हर्ने शाखा समेत राखिएको छैन,‘उनले भने- ‘मौलिकता र संस्कृर्तिका नाममा घेरिएको छ तर नेपाली चलचित्रको तुलनामा हिन्दी चलचित्र बढि हेरेको पाइन्छ यही अवस्था कायम रहे नेपाली चलचिच बजारको अवस्था गाह्रो देखिन्छ ’।

दाङमा चलचित्र छायाँकनका लागि सम्भावनायुक्त स्थानहरु रहेपनि सडक पूर्वाधारको अवस्था,पर्याप्त लगानी गर्न निर्माता तयार नहुनु,प्रचार प्रसारको अभाव लगाएतका कारण समस्या भएको आचार्यले बताए  । स्थानिय पर्यटन र संस्कृर्तिको विकासका लागि प्रत्यक पालिकाले यथेष्ट बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए।

सिनेमाको जहाँ सबैभन्दा धेरै व्यापार हुन्छ सोही क्षेत्रमा चलचित्रहरुपनि बढि छाँयाकन हुने गरेको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष कुबेर गिरीले बताए।

वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दंगिशरण गाँउपालिकाका अध्यक्ष सम्भु गिरी,शान्तिनगर गाँउपालिकाका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, पर्यटन विकास केन्द्र दाङका अध्यक्ष डा.लोकराज पराजुली लगाएतले स्थानीय तहमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसारमा स्थानीय तहले मिले काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजिकरण रिपोटर्स कल्वका महासचिव विमल गौतमले गरेका थिए भने  सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य ध्रुवराज न्यौपानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महाधिवेशनको तयारीमा नेकपा एस

   जेठ २०, २०८१       admin

काठमाडौँ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ ।

सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ । तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घर भत्किदा तुलसीपुरका एक बृद्दको मृत्यु

   जेठ १, २०८१       admin

दाङ,१९ जेठ। दाङको तुलसीपुरमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। शनिबार बेलुका हावाहुरी सहित आएको पानीले घर भत्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।


केसीको परिवारमा तीनजना रहेका थिए। तर हावाहुरीको समयमा घरमा वृद्ध  दम्पति मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर केसीको मृत्यु भएको हो।

उनकी श्रीमती भने सकुशल रहेको वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मासु खादा सल्यानमा चार जना बिरामी

   जेठ १, २०८१       admin

दाङ, १९ जेठ । कुखुराको मासु खादा सल्यानमा चार जना बिरामी परेका छन । एक परिवारका २ जना र छिमेकी २ जना गरि ४ जना बिरामी भएको छन ।

सल्यानको कपुरकोट गाउपालिका ५ का राम बहादुर बिकको घरमा सनिवार मासु खाएर चार जना बिरामी भएका हुन । मासु खएर बेहोस अबस्थामा फेला परे पछि उपचारका लागि अस्प्ताल लगिएको सल्यान प्रहरीले बताएको छ । बिहान कुखुराको मासु खाइ सके पछि उनीहरु बेहोस भएको सल्यान प्रहरीले बताएको छ ।

मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भैरहेको छ । तुलसीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वस्थ्य अबस्थामा सुधार आएको हस्पिटलका संचालक सुरज ज्ञवालीले जानकारी दिए । अस्पतालका चिकित्सकले फुट्पैजन भएको आसंका गरेका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिवद्दता अनुसार काम गर्न निर्देशन

   जेठ १, २०८१       admin

दाङ, १९ जेठ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्ने जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका छ्न ।

दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानीयवासी  प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रममा शनिवार राजपुर दुलैयामा सम्पन्न भएको छ ।

कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, वडानं ४ का अध्यक्ष रामछाेर यादव ,२ नं वडाअध्यक्ष   ओमप्रकाश यादव राजपुर गाउँपालिकामा चुनावमा प्रतिवद्वता अनुसार शिक्षा , स्वास्थ्य  निशुल्क उपलब्ध गराईनु पर्ने बताए।

राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकिले राजपुर  गाउपालिका वासिले स्थानिय सरकारकाे आभाष हुने गरि काम गरेकाे बताए।

उनके भने-” प्रत्येक वडामा कृष तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्‍यका छाै । “
राजपुर पालिकाले काम गर्छु सिपसिक्छु भन्ने युवाकाे लागि वजेट विनियोजित गरे पनि कुनै युवा नआउनु दुखद भएको बताए।

युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरेकाे बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकि लाल वस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम गर्नु पर्ने बताए।

काङ्ग्रेस जनताकाे पाटि हाे जनताले प्रत्यक्ष लाभहुने काम गरि जनतालाई शिर उप काम गर्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology