तरुण दलको क्षेत्रीय समिती पुर्नगठन गरिने

   बैशाख १६, २०८१       admin

दाङ,१६ वैशाख । नेपाल तरुण दल दाङ जिल्ला क्षेत्रीय समिति पुर्ण गठन गर्ने निर्णय गरेकाे छ ।  आईतवार जिल्ला पाटि कार्यालय घाेराहिमा सम्पन्न बैठकले दाङका ३ वटै क्षेत्रमा कार्यसमिति गठन गर्न क्षेत्रिय सभापतिहरुलाई जिम्मेवारि दिने निर्णय गरेकाे हाे ।

तरुन दल जिल्ला अध्यक्ष टिका घर्तिकाे अध्यक्षयतामा वसेकाे बैठकले क्षेत्र१ मा क्षेत्रिय सभापति किरण शाह ,२ मा क्षेत्रिय सभापति दिपेन्द शाहि र क्षेत्रिय सभापति राजकुमा केसि लाई ७ दिन भित्र पुर्ण गठन गरि विवरण वुझाउन निर्देशन समेत दिएकाे छ ।

साथै बैठकले क्षेत्र १ नम्वर का ४ वटा पालिकामा वडा समिित देखि पालिका समिित गठनकाे लागि जिल्ला पतिनिधि खटाएकाे छ ।

राप्ति गाउपालिकामा ध्रुव  आर्चाय, राप्ति गाउपालिका रन्दिप न्याैपाने, लमहि नगरपालिकामा मुक्ति न्याैपाने र गढवा गाउपालिकामा नविन याेगि संयाेजक ताेके छ ।
बैठक जिल्ला सचिव आर्चायले सम्वाेधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस युनियन दाङको शुभकामना आदानप्रदान: निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड

   बैशाख १५, २०८१       admin


दाङ, १५ बैशाख । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् ।


पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति देखिएको भन्दै सहभागी बक्ताहरुले पत्रकारलाई आचारसंहितको अनिवार्य पालना गरेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी पत्रकार महासंघको निर्वाचनमा सर्वसहमत रुपमा नेतृत्व चयनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व प्रेस युनियन दाङले गर्नुपर्ने बताएका थिए ।

साथै वक्ताहरुले आसन्न पत्रकार महासघं दाङको आसन्न निर्वाचनलाई सहमती सहकार्यका साथमा सम्पन्न गर्नेमा पनि जोड दिएका छन् । पत्रकारको छाता संगठन महासंघ दाङलाई सबैको अपनत्व हुनेगरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।


कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्षहरु सन्तोष सुवेदी,सुशील बस्नेत, सल्लाहकार लीला शाह, बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लावारिस जिन्दगी

   बैशाख १५, २०८१       admin

उद्देश्यहीन मान्छे हिन्दै छ आज कता
झीनो त्यान्द्रा बोकी बढ्दै छ कता कता
पुग्छ या पुग्दैन दोधारमा रहे पनि
हटेर होइन डटेर सामना राख्छ अथाह।।

सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथा
आकुलव्याकुल भै भौतारीदै छ यता कता
बेमौसमी फुलमा पनि रङ्ग भर्न तम्सिएको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।

के छ सारसं भोगाई जिन्दगीको प्रश्न सोध्छ एउटा
इनारको भ्यागुताको ब्यथा सुन्छ कस्ले उत्तर आउछ कता
सस्तोमा पनि खै कस्तो कस्तो कहर भयो जिन्दगी
मधहोस पारी यो समयले पनि जलाउदै छ हर घडी ।

स्तब्ध भनौ या मौन भनौ स्पष्ट कथा केही छैन
स्वप्न बाहेक यो जिन्दगीमा अन्य कुनै विकल्प छैन
कसरी भनौ यो मन खुशी छ भनी कस्लाई कसरी
हेरन यो लावारिस जिन्दगीमा जिउने आशा केही छैन ।

भान हुन्छ, कोही छ भनी सम्झना आउछ कता कता
पैसा मै बिक्ने आफ्नत देख्छु मन बहकिन्छ यता उता
हुन त श्वास रहे सम्म आश हुन्छ भन्ने सुनेको छु पुर्खासङ्ग
रम्झम जिन्दगी देख्छु अरूको देख्छु लावारिस जिन्दगी आफै सङ्ग

नि: स्वार्थ भाव बोकी सहकार्यको नाममा नारा लाउने पनि देखे
दिन दुखी कै आहारामा लात हान्नेको पनि ठुलो स्वर भेटे
लेखु पनि कसरी दैनिय आफै सङ्ग सुकुलमा बसेको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।।

समिप आचार्य
✍️यात्री

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ३ दिने चलचित्र पत्रकारिता कार्यशाला

   बैशाख १३, २०८१       admin

दाङ,१३ वैशाख । दाङको तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ। “चलचित्र पत्रकारिताको मुल मर्म,ब्याबसायीक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मुल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र बिकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन र डिलाइट गुप्रको सहयोगमा आज बिहिवारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो ।

कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख खड्काले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्दा नेपाल साच्चिनै सुनै सुनको सुन्दर फुलवारी रहेको बताए। नेपाल सुनै सुनको फुलवारी भएपनि त्यसको पहिचान हुन नसकेको र त्यसको प्रवद्र्धन गर्न चुकेको बताए।  दाङकै सन्दर्भमा पनि निकै ऐतिहासिक, पौराणीक स्थलहरु भए पनि त्यसको बारेमा सबैले चासो दिए पनि दंगालीहरुले त्यसप्रति चासो दिन नसकेको भन्दै  दाङको संस्कृति, दाङको जातिय धार्मिक अवस्थाको विकास हुन नसकेको बताए।

दाङमा थारु संस्कृति अत्यन्त पुरानो ईतिहास बोकेको सस्कृति र थारु राजाले राज गरेकाले त्यसको विशेषता धेरै रहेको बताउदै  मेयर खड्काले दाङमा पनि तुलसीपुर क्षेत्र दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट, सुकीकोट, देविस्थान, सरकौराकोट, टुईदाङ, बबईको बिहेषता संग जोडिएकाले यो सम्बन्धि अध्यन अनुसन्धान गर्न सकेमा चलचित्र पत्रकारिताको क्षेत्र महत्व पुजी बन्न सक्ने बताए।

त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रबर्द्धन गर्न र चलचित्र क्षेत्रको बिकासका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको बताए।

त्यस्तै चलचित्र बिकास बोर्डका सदस्य एवं प्रबक्ता केएल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाब रहेको भन्दै  चलचित्र क्षेत्रको बिकासका लागि दाङका पालिकाले आबश्यक बजेट बिनियोजन गरेर बहुउद्देश्यीय कला घर निर्माण गर्न सकिने बताए।

कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्धत पुग्ने बिस्वास ब्यक्त गरे।

त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ती प्रियले चलचित्रलाई समृद्ध उधोग बनाउनका लागी चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नया बाटो तय गर्ने बताए।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले चलचित्रको समग्र अबस्था संकटमा रहेको तर्क गरे।

कार्यक्रममा  पत्रकार महासघ दाङका सल्लाहकार डाक्टर सुदिप गौतमले चलचित्र एउटा सशक्त बिद्या भएको र यसले मानिसको जीवन परिबर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले चलचित्र सामाजिक कुरिती परिवर्तनका लागि महत्त्वपूर्ण बिद्या भएको बताए। साथै उनले दाङ चलचित्रको क्षेत्रमा फस्टाउन नसकेको बताउदै एकपटक दाङ चलचित्रको इतिहास खोत्लनु पर्ने बताए।

त्यस्तै प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासनले नेपाली पत्रकारिता र चलचित्र पत्रकारितालाई कसरी ब्यबसायीक बनाउन सकिन्छ भनेर बहस चलाउनु पर्ने बताए। उनले मुलुकलाई आत्मनिर्भर बनाउन चलचित्र क्षेत्रको बिकास अपरिहार्य रहेको औल्याए

त्यस अबसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

चलचित्र पत्रकार संघ दाङकाअध्यक्ष सन्ताेष के.सि.काे अध्यक्षतामा कार्यक्रम भएको हाे।  निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन् ।

तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला सिनेमा सम्वाद र अन्तरक्रिया कार्यक्रम हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर नगर जेसिजको साधारणसभा

   बैशाख ०८, २०८१       admin

दाङ,८ वैशाख । तुलसीपुर नगर जेसीजले साधारणसभा तथा भित्तेपात्रो विमोचन गरेको छ। जेसीजले शनिवार साधारण सभा र नयाँ वर्ष २०८१ सालको  भित्तेपात्रो विमोचन गरेको हो ।

जेसीज बर्ष २०२४ का अध्यक्ष पुर्ण बिक्रम डाँगीकाे अध्यक्षता तथा तुलसीपुर ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष जिसीले  युवाहरुको नेतृत्व तथा क्षमता विकासमा जेसीजले महत्वोपूर्ण भुमिका खेलेको बताएका थिए।  सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समुदायमा पुर्याएको योगदान र त्यसको प्रभावका बारेमा समेत चर्चा गरेका थिए। सामाजिक सद्भाव कायम गर्नका लागि जेसीजले ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा यसको क्षेत्र थप फराकिलो बनाउदै लैजान आग्रह समेत गरे।

उनले व्यक्तिको अन्तरनिहित प्रतिभाको खोजी गरि तिनीहरुको क्षमता अभिवृद्धि गराइ एक असल नागरिक निर्माणमा संस्थाले आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बताएका थिए।

प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे सल्यान जेसिजका अध्यक्ष अशोक बोहोराले समाजमा जेसीजले पुर्याएको योगदान र यसको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
संस्थाका पूर्व अध्यक्ष दिपेश भण्डारी, मेघराज घिमिरे, नारायण भट्टराई , निवर्तमान अध्यक्ष  सालिकराम ओली लगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रमका सयोजक धिरज बस्नेतले  स्वागत मन्तव्य व्यक्त  गरेका थिए ।  कार्यकारिणी उपाध्यक्ष सुरज भण्डारीले धन्यवाद  ज्ञापन गरेका थिए भने  जेसिजका महासचिव  कमल प्रकाश शर्माले  कार्यक्रमको सहजीकरण गरेका थिए।
  साधारण सभाबाट  संस्थाले विभिन्न कार्य योजनाको खाका तयार पारेको जानकार दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सहमतीय आधारमा महासंघको नेतृत्व चयन गरौं : प्रेस युनियन दाङ

   बैशाख ०८, २०८१       admin

घोराही,८ बैशाख । नेपाल प्रेस युनियन दाङ शाखाले आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई मध्यनजर सर्वसहमत नेतृत्व चयनका लागि पहल गर्ने भएको छ । शनिवार घोराहीमा बसेको युनियनको बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सवै सञ्चार संघसंगठनहरुसँग बार्ता र सम्वाद गरि सर्वसहमतिमा नेतृत्व चयन गर्ने निर्माण गरेको हो ।
सर्वसहमत नेतृत्व चयन गर्नका लागि नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको संयोजकत्वमा पाँच सदस्य बाता संवाद समिति गठन गरेको छ । समितिको सदस्यमा उपाध्यक्षहरु गोपाल शर्मा भटराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमरक्षितिज भण्डारी रहेका छन् । श्रीमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा प्रतिष्पर्धाभन्दा सहमतिमै नेतृत्व गर्न गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रेस युनियन दाङले जिल्लामा क्रियाशिल सवै सञ्चार संघसंगठनसँग बाता र संवाद अगाडी बढाउने निर्णय गरेको सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् ।

महासंघको नेतृत्वमा सक्षम र समन्वयकारी भूमीका निर्वाह गर्न सक्ने व्यक्ति आवश्यक रहेकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि सवै सञ्चार संगठनहरु एक ठाउँमा उभिनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।
त्यसैगरी नयाँ बर्ष २०८१ सालका अवसरम ायहि बैशाख १९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि उपाध्यक्ष पार्वती बस्नेतको संयोकत्वमा तयारी समिति गठन गरिएको छ ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम, उपाध्यक्ष पहलमान घर्ती, कार्यसमिति दुखहरण यादव,नेपाल प्रेस युनियन दाङका सल्लाहकारहरु सन्तोष सुवेदी, सुशील बस्नेत, बसुन्धरा गौतम, नेपाल प्रेस युनियन दाङका निवर्तमान सचिव आर.के.शीतललगायतले सर्वसहमतिमा नेतृत्व चयनका लागि अग्रसरता लिन सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्यूठानमा मोटरसाईकल दुर्घटनाहुदा दाङका जनाको मृत्यू

   बैशाख ०८, २०८१       admin


प्यूठान ८ बैशाख । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थीत छबिसे चौरमा दांगको घोराहीबाट प्यूठानतर्फ आउदै गरेको रा ५ प १५२८ नंम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा एक जनाको मृत्यू भएको हो । अर्का एक जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यू हुनेमा दांङको घोराही उपमहानगरपालिका ११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिए।

दुर्घटनामा दांगको घोराही उपमहानगरपालिका ८ ढिकपुका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । र्दुघटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

   बैशाख ०६, २०८१       admin

दाङ, ६ वैशाख । ६
दाङको घोराही स्थित पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । त्रिभुवन नगर जेसिसको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दैै यस्ता सचेतना मुलक कार्यक्रमको आबश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरेको हो। यस्ता सचेतनात्मक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताउनु कार्यक्रमका बक्ताहरुले बताएका थिए । जेसिसले आगामी दिनमा यस्ता सचेतना मुलक कार्यक्रम गर्नका लागि प्रहरीसंगको समन्वयमा अझै ठुलो योजना बनाउने बताएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दाङका इन्स्पेक्टर सुशान्त मिश्रले लागु औषधको विकास तथा उत्पती, यस विषयमा कानूनमा के छ ? यसका असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने, नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

पद्यमोदय पब्लिक नमुना माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेतले समाजमा फैलिदै गएको लागु औषध दुव्र्यसनीका कारण थुप्रै घटना भइरहेको बताउँदै यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिए।

साथै नियमित रुपमा यस्ता सचेतनात्मक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएका थिए। अहिले बालबालिकाहरु लागुऔषधको कुलतमा फस्ने गरेको हुदा सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बिद्यालयका अध्यक्ष बिकास चौधरीले बताए। उनले सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएको बताए।

त्रिभुवन नगर जेसिस बर्ष २०२४का महासचिव रमेश घिमिरेले संचालन गरेको कार्यक्रममा विद्यार्थी, यूवा, अभिभावक, समुदायका अगुवा लगायत बिद्यालयका करिब १२० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको मुल संयोजक समेत रहेका विद्यालय उपाध्यक्ष रोशन दाहालले सचेतना कार्यक्रमले नेतृत्व बिकास गर्ने समाज समाजमा गएर देखिएका समस्या समाधानमा आफ्ना कृयाकलाप गर्दै जाने बताए।

कार्यक्रमका जेसिसका पुर्व अध्यक्षहरु , बोर्डका सदस्यहरु ,साधारण सदस्यहरुको पनि उपस्थिति रहेको थियो । जेसि बिबेक देबकोटाले स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको थियो । जेसिसको सप्ताह ब्यापि कार्यक्रमको समापन यहि आउदो बैशाख ८ गते शनिवार एक सांगितिक कार्यक्रमको साथ गरीने जेसि बिबेक देबकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा सरकार विस्तार

   बैशाख ०६, २०८१       admin

दाङ,६ वैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट ४ जना नागरीक उन्मुक्ती र स्वन्त्रबाट एक एक जना गरी ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, र अर्जुन कुमार केसी रहेका छन् भने नागरीक उन्मुक्तीका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागिय मन्त्री नियुक्त भएका हुन ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका ३ जना विना बिभागिय मन्त्रीहरु चेतनारायण आचार्यलाइ आर्थिक मामिला तथा योजना मन्त्रालय, दिपेन्द्र कुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषी तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् । आज विस्तार गरिएको मन्त्रीमण्डाल संगै लुम्बिनी प्रदेशसरकार १० सदस्यीय पुगेको छ ।

आज नियुक्त भएका विनाविभागिय मन्त्रीहरुको सफतग्रहण आजै गराउने तयारी छ । साना दलहरुले भने आजको मन्त्रीमण्डल नियुक्तीमा असन्तुष्टी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङबाट छुटेको बस थारमारेमा दुर्घटना

   बैशाख ०५, २०८१       admin

बैशाख ५, सल्यान । दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ ।

बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

दुर्घटना परि करिब आधा दर्जनभन्दा बढी यात्रु घाइते भएको र दुईजना गम्भीर रहेको घटनास्थलमा रहेका नेपाल पत्रकार महासंघ सल्यानका सचिव दिपशागर भण्डारीले बताए ।

अहिले घाइतेहरुलाई उद्दार गरेर बागचौर तर्फ उपचारका लागि पठाइएको छ । बस पुलबाट तल खोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author