महायज्ञमा सोमबार झण्डै २० लाख आर्थिक संकलन

   माघ १५, २०८०       admin

दाङ,१५ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन झण्डै २० लाख आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १९ लाख ८१ हजार ६८ रुपैयाँ प्राप्त भएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ ।
तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का उनका श्रीमान हरीबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । तुलसीपुर

निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैयाँ, तुलसीपुर निवासी नरेशराज भण्डारीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, हिमाल एकेडेमीबाट १ लाख २५ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
यसैगरी तुलसीपुर बस्ने कुन्ति न्युरे परिवारको तर्फबाट ७५ हजार १ सय ७५ रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका( ११ जसपुर निवासी हाल अस्टे«लिया बस्ने कौशिला केसीका बुवा धनबहादुर केसी र आमा शुशिला केसीले ५५ हजार ५ सय ५५ रुपैयाँ, तुलसीपुर निवासी एकराज आचार्यले ५६ हजार ६ सय ५६ रुपैयाँ, जसपुर बस्ने टेकबहादुर डाँगी वैद्यबाट ५५ हजार ५ सय ५५ रुपैयाँ , केशवराज खरेलबाट ५५ हजार ५ रुपैयाँ प्राप्त भएको छ ।

महायज्ञमा आर्थिक सहयोग गर्नेमा टोल विकास संस्था, महिला समुह, वन उपभोक्ता समुह, सहकारी संस्था लगायतका संस्थाहरु रहेका छन् ।
महायज्ञको तेस्रो दिन भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । पण्डालभित्र भक्तजनहरुको भिड रहेको थियो भने खुला चउरमा बसेर कथा र भजनमा रमाउनेहरुको सँखया पनि उत्तिकै रहेको थियो ।
कथा वाचक भास्कर कोमलनयन गौतमले महाभारत र शिवपार्वतीको कथा वाचन गरेका थिए । कथा वाचन प्रत्येक दिन बिहान ११ देखि अपरान्ह् ४ बजेसम्म हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देशमा चिकित्सक पाउन कठिन हुनेछः मन्त्री बस्नेत

   माघ १५, २०८०       admin

काठमाडौं, १५ माघ। स्वास्थ्य तथा जनसँखया मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । नेपालको शिक्षा नीति समयसापेक्ष नभएको भन्दै उनले अबको पाँच वर्षमा मुलुकले चिकित्सक पाउन कठिन हुने उनले बताए
सोमबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेको र नीतिभित्रका कमजोरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । जनसङ्ख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए।

‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरूमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरू बढ्न त जरुरी छ ।,’’ उनले भने ‘‘एकथरी सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ ।
मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए । गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैमन्त्री बस्नेतले यस्ता बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालगञ्जबाट कैलाश मानसरोवर हवाई उडान

   माघ १५, २०८०       admin

दाङ,१५ माघ । नेपालगञ्जबाट चीनको तिब्बत स्थित कैलाश मानसरोवर हवाई उडान भएको छ । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको हो । मानसरोवर दर्शनका लागी नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाटपर्वतीय उडान गरेको हो।

एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भूभागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो।

क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो।

नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए।

प्रबन्धक मानन्धरका अनुसार नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली टोली बंगलादेश प्रस्थान

   माघ १५, २०८०       admin

काठमाडौं, १५ माघ। बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।

उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।

फेब्रुअरी ४ मा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्णालीको निजामती सेवा नियमावली राजपत्रमा

   माघ १५, २०८०       admin

सुर्खेत,१५ माघ । कर्णाली प्रदेश सरकारले निजामती सेवा नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भएसंगै प्रदेश सरकारले यसलाई आफ्नो महत्वपूर्ण उपलब्धि ठानेको छ

‘कर्णालीले अब कर्मचारीको अभाव झेल्नु नपर्ने प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले बताए । लोकसेवामा विज्ञापन खोल्न, प्रदेश सरकारको ओएनएम तयार गर्न र कर्मचारीबीच आन्तरिक प्रतिस्प्रधा गर्न नियमावलीले बाटो खोलेको छ,’उनले भने। ‘कर्मचारीको व्यवस्थापन र प्रोत्साहान अब प्रदेश सरकार आफैंले नै गर्नेछ ।’

संविधानको धारा २८५ को उपधारा ९३० मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ ।

सोही अनुसार प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउन कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेकाले उक्त नियमावली बनाइएको सरकारको धारणा छ । राजपत्रमा प्रकाशित भएसँगै यो नियमावली कार्यान्वयनमा गएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महायज्ञमा खड्का परिवारले गरे हालसम्मकै धेरै व्यक्तिगत सहयोग

   माघ १५, २०८०       admin

दाङ,१५ माघ । मावन सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा सञ्चालन भएको महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँख्या बढ्दै गएको छ । महायज्ञ सञ्चालनको तेस्रो दिनसम्म आइपुग्दा व्यक्तिगत रुपमा सबैभन्दा बढि आर्थिक सहयोग गर्नेमा खड्का परिवार रहेका छन् । तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का उनका श्रीमान हरीबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्

तुलसीपुरमा सञ्चालन गरीएको महायज्ञको तेस्रो दिन मध्यान्ह् १२ बजे सम्म ६ लाख बढि संकलन भएको छ । सोमबार आर्थिक सहयोग गर्नेको संख्या अन्य दिनको भन्दा बढि देखिएको छ ।
तुलसीपुर निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन् । यसअघि आतइतबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन बिहानदेखि महायज्ञ कथाको श्रवण गर्नेहरुको संख्या अधिक देखियो । पारिलो घाम लागेका कारण घामको आनन्द लिदै गीताको कथा सुनेका छन् ।

भाष्कर कमलनयन गौतमले कथा वाचन शैलीले आ आफ्नो स्थानबाट उठि बेला बेलामा नृत्य समेत गरेका देखिन्थ्ये । नृत्य गर्दै सबै थोक भुले झै आभाष हुने गरेको देखिन्थ्यो ।
बिहान ११ बजेदेखि शुरु हुने कथा वाचान अपरान्ह् ४ बजे सम्म हुने गरेको छ । आईतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक सुरु

   माघ १४, २०८०       admin

दाङ,१४ माघ ।दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले मिनि ओलम्पिक सुरु भएको छ । विद्यालयको ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक खेल गतिविधि अन्र्तगत मिनि ओलम्पिकको आयोजना गरेको हो
एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

प्रमुख अतिथि पाण्डेले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने बताए । उनले यस्ताखाले गतिविधिले व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताए । शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताए । उनले पाण्डेले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल भएको बताए ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको भन्दै यस्ताखाले कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बताए।
कार्यक्रममा विशिष्ट अतिथि तथा घोराही नगर खेलकुद विकास संयोजक नरेन्द्र पुनले शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताए ।
कार्यक्रममा गुरुकुल एकेडेमीमका अध्यक्ष ई. अनन्त राज घिमिरेले पुर्ण मानवको परीकल्पना सहित विद्यालयल संचालनमा ल्याइएको बताए । गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले पनि आफ्नो भनाई राखेका थिए ।
विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा सजना पौडेल र रोशन पौडेलले गरेका थिए । आगामी १८ गतेसम्म हुने मिनि ओलम्पिकमा चेस, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेट , गणित दौड ,टेक्वान्डो ,मार्च पास , ब्याडमिन्टन लगायत खेल हुने बास्केटबल प्रशिक्षक तथा कार्यक्रम ब्यबस्थापक भुगोल पुन मगरले जानकारी दिए। गुरुकुल एकेडेमीले आफ्नो ९ औँ वार्षिकोत्सव माघ २० गते मनाउने तयारी गरेको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महायज्ञ परिषरमा लाइफ केयरको हेल्थ डेस्क

   माघ १४, २०८०       admin

दाङ,१४ माघ । तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ (हिजो) बाट सुरु भएको महायज्ञको परिषरमा राप्ती लाइफ केयर अस्पतालले स्वास्थ्य सहायता कक्ष (हेल्थडेस्क) स्थापना गरेको छ । लायन्स क्लव अफ तुलसीपुर इशानको आयोजना र राप्ती लाइफ केयर हस्पिटल प्रालिको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ ।
स्वास्थ्य सहायता कक्षमा आइतबार मध्यान्ह् सम्ममा २७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । हेल्थडेस्कमा ब्ल्ड प्रेसर, सुगर, ज्वोरोको निःशुल्क परिक्षण गरिने नर्स जिरा चन्दले बताइन् । यसैगरी महायज्ञमा आएको भक्तजनहरुलाई चोटपटक लागेको अवस्थामा सामान्य स्वास्थ्य उपचार गरिने उनले जानकारी दिइन् ।
मानवता प्रर्वद्धन महाअभियान अन्र्तगत तुलसीपुर उपमहानगरपालिका–४ स्थित बनहरीमा मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको हो । माघ २० गते सम्म सञ्चालन हुने महायज्ञको कथा वाचन भागवत भाष्कर कमलनयन गौतमले गरिरहेका छन् । महायज्ञमा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भुकम्प प्रभावितका लागि१८ हजार बढी आवास निर्माण

   माघ १४, २०८०       admin

रुकुमपश्चिम, १४ माघ । रुकुम पश्चिममा भुकम्प प्रभावितका लागि १८ हजार ८ सय बढी अस्थायी आवास निर्माण भएका छन् । भुकम्प गएको करीव तीन महिनापछि ६२ प्रतिशतका लागि अस्थायी आवास निर्माण भएका हुन् ।
जिल्लाका ३० हजार प्रभावित मध्ये १८ हजार ८सय ६६ वटा लाई अस्थायी आवास निर्माण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७सय ८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९सय १५ वटा, मुसीकोट नगरपालिकामा ४सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४सय ७५ र बाँफीकोट गाउँपालिकामा ९सय ७३ वटा अस्थायी आवास निर्माण भएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार, अहिले छ हजार ९सय ७६ वटा टहरा निर्माणको चरणमा रहेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले अस्थायी आवास निर्माणका लागि छ वटा स्थानीय तहमा रहेका स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ उपलव्ध गराइएको उनले बताए।

यो रकम २९ हजार ४०६ वटा अस्थायी आवास निर्माणका लागि निकासा गरिएको हो । सोही रकमबाट भूकम्पपीडितका लागि धमाधम अस्थायी आवास निर्माण कार्य भइरहेको हो ।

पहिलो किस्तामा २७ हजार लाभग्राही

जिल्ला विपत् कोषबाट निकाशा आएको रकममध्ये स्थानीय तहले हालसम्म ६७ करोड ५९ लाख रुपियाँ मात्र लाभग्राहीलाई भुक्तानी गरेका छन् । पहिलो किस्ताबापतको यो रकम २७ हजार ३६ जना लाभग्राहीको खातामा जम्मा गरिएको छ ।

चौरजहारी नगरपालिकाका छ हजार २५४ जना, आठबिसकोट नगरपालिका नौ हजार ६६७, मुसीकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार ६२४, त्रिवेणी गाउँपालिकाका दुई हजार ७५२ र बाँफिकोट गाउँपालिकाका एक हजार ६९९ जना लाभग्राही खातामा रकम जम्मा गरिएको छ ।

एक जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । हालसम्म २९ हजार ४०६ लाभग्राही रहेकोमा २७ हजार ३६ लाभग्राहीको खातामा रकम भुक्तानी भएको छ । जिल्लाबाट रकम निकासा भए पनि स्थानीय तहले दुई हजार ३७० लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस युनियनले पत्रकारिता तालिम गर्ने

   माघ १३, २०८०       admin

दाङ,१३ माघ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । नेपाल प्रेस युनियन दाङ शाखाको शनिवार घोराहीमा बसेको बैठकले पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार प्रेस युनियनले यहि माघको १९ र २० गते बंगलाचुली गाउँपालिकामा आधारभुत तहको पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । बैठकले तालिम संञ्चालनका लागि समन्वय गर्ने जिम्मा सचिव अमरक्षितिज भण्डारीलाई दिएको छ ।

बैठक नेपाल प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष किरण शाहको अध्यक्षतामा बसेको थियो । उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको बैठकको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology