माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु ,दुई घाइते

   असोज २५, २०८२       admin

बारा,२५ असोज । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बाराको सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

उनीसहित महिलाहरू सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा आज बिहान माटो खन्न गएका थिए। माटो खन्ने क्रममा ढिस्को भत्किँदा उनीहरू पुरिएका हुन्।

घटनामा परी दुई जना गम्भीर घाइते र अन्य १० जना सामान्य रूपमा घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विवाद चर्किएपछि हत्या : टाउको बोकेर पुगे प्रहरी कार्यालय

   असोज २५, २०८२       admin

धनगढी ,२५ असोज । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि हत्या गरिएको प्रहरीले जनाएको छ।

मृतक २८ वर्षीय केशरबहादुर बुढा हुन्। हत्या गरेको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी रमेशदत्त अवस्थी)का अनुसार, विवादपछि दुवैले मिलेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए। हत्यापछि उनीहरूले मृतकको टाउको बोकेर सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, मृतकको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बोलेरो दुर्घटनामा तीनजनाको मृत्यु, सात घाइते

   असोज २४, २०८२       admin

हुम्ला,२४ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–४ देसीखोलामा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

चङ्खेली–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१च १०९१ नम्बरको बोलेरो जीप करिब तीन सय फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चङ्खेली–६ का मनवीर बुढा, उनका छोरा र सिमकोट–८ की वसन्ती बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।

घाइते सिमकोट–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। अन्य चार घाइतेको पनि उद्धार तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अपराध नियन्त्रणमा असफल भएपछि पेरुकी राष्ट्रपति बोलुआर्ते महाभियोगमार्फत पदच्युत

   असोज २४, २०८२       admin

काठमाडौ,२४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराध लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरु संसद्ले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ।

सरकार अपराध नियन्त्रणमा असफल भएको आरोप लगाउँदै सांसदहरूले बोलुआर्तेलाई पदमुक्त गर्न प्रस्तुत चारवटा अलग–अलग प्रस्ताव अनुमोदन गरेका थिए। एकसदनीय १३० सदस्यीय संसद्मा प्रत्येक प्रस्तावले आवश्यक ५६ भन्दा बढी मत प्राप्त गरेपछि महाभियोग प्रक्रियाको बाटो खुलेको हो। अन्ततः १२४ सांसदले राष्ट्रपति हटाउने पक्षमा मतदान गरे।

यो निर्णय राजधानी लिमामा भएको एक लोकप्रिय कन्सर्टमा गोलीकाण्ड हुँदा पाँच जना घाइते भएपछि आएको हो। उक्त घटनापछि अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनेको थियो। यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठ प्रयास असफल भएका थिए, तर यसपटक अधिकांश दलले महाभियोगको पक्षमा समर्थन जनाए।

संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ। यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उनका पूर्ववर्तीलाई पनि संसद्ले पदच्युत गरेको थियो।

राष्ट्रपति बोलुआर्ते पछिल्ला महिनाहरूमा बढ्दो हत्या र जबरजस्ती असुलीका घटनाबीच नियन्त्रण कायम गर्न संघर्षरत थिइन्। बुधबार मात्रै उनले अवैध आप्रवासनलाई अपराध वृद्धिको मुख्य कारण बताएकी थिइन्।

आधिकारिक तथ्याङ्कअनुसार, जनवरीदेखि अगस्टसम्म ६ हजार ४१ जनाको मृत्यु भएको छ, जुन सन् २०१७ पछि सोही अवधिको सबैभन्दा उच्च सङ्ख्या हो। त्यस्तै, जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जबरजस्ती असुलीका उजुरी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो।

प्रधानमन्त्री एडुआर्डो अरानाले संसद्मा बोलुआर्तेलाई जोगाउने प्रयास गरे पनि सफल हुन सकेनन्। उनले भने, “महाभियोग समाधान होइन, तर हामी सुरुदेखि नै तयार थियौं — हाम्रो पहिलो दिन नै अन्तिम दिन हुन सक्छ।”

विश्लेषकहरूका अनुसार बोलुआर्तेलाई सत्ताबाट हटाउने यो कदमले पेरुमा राजनीतिक अस्थिरता फेरि एकपटक गहिरो बनाएको छ। अपराध नियन्त्रण, आप्रवासन नीति र शासन क्षमताप्रतिको विवादले देशलाई नयाँ अनिश्चिततामा धकेलेको टिप्पणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस र टिपर ठोक्किँदा ११ जना घाइते

   असोज २४, २०८२       admin

काठमाडौं,२४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।

आज विहान करिब ९ बजेतिर नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते यात्रुहरूको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ र गम्भीर घाइते कोही पनि छैन।

बस र टिपर दुबैलाई हटाइसकेपछि अहिले सडक आवागमन सामान्य बनेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान

   असोज २४, २०८२       admin

दाङ, २४ असोज । जेन्जी आन्दोलनको हिंसात्मक रुप लिँदै गएको भदौ २४ गते, धेरै सरकारी र निजी संरचनाहरू जलिरहेका बेला दाङ जिल्ला अदालत भने एक महिला सुरक्षाकर्मीको साहसिक कदमले जोगियो।

जिल्ला अदालतमा ड्युटीमा रहेकी सहायक प्रहरी हवल्दार संगीता अधिकारीले सयौँ आन्दोलनकारीको भीडबीच एक्लै उभिएर अदालत जोगाएकी थिइन्। जब आन्दोलनकारीको भीड अदालत परिसरमा प्रवेश गरी तोडफोड र आगजनी गर्न थाले, उनले भिडलाई शान्त गर्न गुहार गरिन्।
“यो हाम्रो साझा सम्पत्ति हो, अदालत सबैको हो, कृपया यसलाई नफोडौं,” भन्दै उनले आन्दोलनकारीहरूलाई सम्झाइन्।

संगीताको अनुरोध र दृढताले धेरै आन्दोलनकारीलाई पछि हट्न बाध्य पार्‍यो। हातमा केही पनि नभए पनि उनले ज्यान जोखिममा राखी अदालतका फाँट, कागजात र भवन जोगाउन प्रयास गरिन्।
“म डेढ वर्षदेखि अदालतको सुरक्षामा खटिएकी थिएँ, आफ्नो कर्तव्य अनुसार जति सकिए गर्न खोजेँ,” उनले भनिन्, “सबै जोगाउन सकिएन, तर प्रयास गरेँ।”

उनको यही साहस र जिम्मेवारीबोध अहिले प्रहरी संगठनभित्र र बाहिर दुवै ठाउँ प्रशंसाको विषय बनेको छ।

अदालतले उनको योगदानको कदर गर्दै सम्मान गरेको छ।
दाङ जिल्ला अदालतले सहायक प्रहरी हवल्दार संगीता अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो। जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अदालत परिसरमै आयोजना गरिएको कार्यक्रममार्फत उनलाई सम्मान गरे।

अदालतका श्रेस्तेदार (उपसचिव) भूपाल भण्डारीका अनुसार, “संगीताले कार्यालय जोगाउन निर्णायक भूमिका खेलेकी थिइन्, जसले अदालतको सम्पत्ति र अभिलेख सुरक्षित रहन सहयोग पुर्‍यायो।”

अराजक भिडबीच कर्तव्यपालन र साहस देखाएकी हवल्दार अधिकारी अहिले “साहसी प्रहरी”का रूपमा चिनिन थालेकी छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भूमि समस्या समाधान आयोग र जिल्ला समिती खारेज

   असोज २३, २०८२       admin

काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र देशभरका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सम्बन्धित जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

त्यसैगरी, बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (डीआईजी) लाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुस्ताङ भन्सार पुनः सन्चालन

   असोज २३, २०८२       admin

काठमाडौं,२३ असोज । उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालय दशैँपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। गत भदौ ३१ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको कार्यालय असोज १३ गतेदेखि कर्मचारी दशैँ मनाउन घर फर्किएपछि बन्द भएको थियो।

भन्सार प्रमुख रमेश खड्काका अनुसार निकासी तथा पैठारीकर्ताका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा हालसम्म मालवस्तु जाँचपास सुरु हुन सकेको छैन।

दशैँ बिदाका कारण चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कारहरू भन्सारमा रोकिएका छन्। नाकाबाट मालवस्तु आयात भई मालवाहक सवारी र विद्युतीय कार जम्मा भएको जानकारी भन्सार प्रमुख खड्काले दिएका छन्।

दशैँअघि कोरलानाकाबाट दुई अर्ब दुई करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। सो अवधिसम्म एक हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा कारको जाँचपास भई गन्तव्यमा पुगेका छन्। यस्तै, चिनियाँ माल ढुवानी गर्ने ३७५ वटा मालवाहक सवारीसाधनको पनि जाँचपास भइसकेको छ।

यसअघि मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकका लागि मात्र खुला हुँदा न्यून राजस्व संकलन हुने गरेको थियो। साउन र भदौ महिनामा रसुवागढी र तातोपानी नाका बाढीपहिरोले अवरुद्ध भएपछि भन्सार विभागले वैकल्पिक रूपमा कोरलानाकालाई प्रयोगमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले नेता भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

   असोज २३, २०८२       admin

काठमाडौ,२३ असोज। नेकपा एमालेका नेता योगेश भट्टराईले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

प्रतिनिधि सभा सदस्य रहँदाको हैसियतमा प्राप्त उक्त पासपोर्ट उनले संसद् विघटनपछि राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्।

राहदानी नियमावली, २०७७ को नियम १८ अनुसार पदमा नरहेको व्यक्तिले एक महिनाभित्र कूटनीतिक पासपोर्ट फिर्ता गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

   असोज २३, २०८२       admin

दाङ,२३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा खरिद प्रक्रियामा अनियमितता पाइएको र सोही आधारमा डा. भण्डारीसहित १३ जनामाथि १२ करोड सात लाख ६० हजार रुपैयाँ असुलउपरसहित कानुनी कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।

डा. भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology