यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

   असोज २१, २०८२       admin


प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”
साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ मिटरको उचाइमा अवस्थित यो स्थल घना जंगलले ढाकिएको छ। तुलसीपुर बजारदेखि करिब २० किलोमीटर दक्षिणतिर रहेको राजाकोट, तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ र यहाँ पुग्न करिब ५ किलोमीटर पैदल यात्रा गर्नुपर्छ।

दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औँ–१५औँ शताब्दी सम्म शासन गरेका भुरेटाकुरे राजाहरुसँग राजाकोट जोडिएको छ। सुकौराकोटका राजा दंगीशरण गर्मीमा यहाँ बस्ने गर्दथे, त्यसैले यसलाई राजाकोट भनिएको हो। थारु भाषामा कोटलाई “रज्जवाकोट” भनिन्थ्यो। राजा दंगीशरण सिकारमा पारखी थिएस रानीसँगै बुल्बुल्या तालमा नुहाउने प्रचलन पनि थियो, जसको परम्परा आज पनि माघिमा जारी छ।
शिवालिग चुरे श्रृङ्खलामा रहेको राजाकोट भौगर्भिक र ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ। ऐतिहासिक तथ्यअनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औं शताब्दी देखि १५औं शताब्दी सम्म शासन गर्ने भुरेटाकुरे राजाहरूसँग पनि राजाकोटको सम्बन्ध रहेको छ। इतिहासले के देखाउँछ भने दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग पनि रहेको थियो। दाङ सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले उक्त स्थानको नाम ‘राजाकोट’ रहन गएको हो।

थारु भाषामा कोटलाई ‘रज्जवाकोट’ भनिन्छ। सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो। त्यस समयमा दंगीशरणले सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए। दाङ उपत्यकामा औंलो लाग्ने र दंगीशरण राजा गर्मी छल्नका लागि सुकौराकोटदेखि दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्थे।

दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोट लगायतका संरचनाहरू अहिले पनि देख्न सकिन्छ।
राजा आफ्नो सम्पत्ति सुरक्षित राख्न धनटाकुरामा पैसा र वस्तु गाडेको कथाले यहाँको ऐतिहासिक महत्त्व थप्छ। राजाकोट नजिकैको तिलकन्याको कोटमा राज्यको गौडा रहेको अनुमान पनि छ। यहाँको कुकुरगौडा पाण्डवसँग जोडिएको भन्ने कथा रहस्यमय छ।

कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हुदैं राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो ।
गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे ।

नेपालगञ्ज–दाङ गर्ने घोडेहरुको लस्कर, नुन तेल किन्न जाने हटारुको समूह, घोडा चडेर राजाकोट वारपार गर्नेहरुलाई आजभोलि ति दिनहरु संस्मरण मात्र बनेको होला ।
राजाकोटको चुचुरोबाट नेपालगञ्ज, बहराइज, थर्कोट, स्वर्गद्वारी र महाभारत श्रृङ्खला संगै हिमाली सेताम्मे हिम श्रृङ्खला र रमणीय स्थलहरू देख्न सकिन्छ। देउखुरी उपत्यका भएर बग्ने राप्ती नदि र दाङ उपत्यका भएर बग्ने बबई नदीको नागबेली आकारले बनेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभिन्छ।

पहिला राजमार्गको रूपमा प्रयोग हुने तिलकन्याको बाटो आजको तुल्सिपुर–अमेलिया–घोराही–लमही मसोट सडक सञ्चालन अघि प्रमुख मार्ग थियो। त्यहाँ टाकुरोमा होटल सन्चालन हुन्थ्यो र हजारौं मानिस यहाँ यात्रा गर्थे।
तर, राजाकोट अहिले पनि उस्तै छ। यहाँ चिसो हावा र रमणीय दृश्यहरूले यहाँ पुग्ने मानिसलाई आनन्दित पार्दछन्। यद्यपि, वन फडानीका कारण वातावरणमा विग्रह भएको छ। अब पैदल यात्रा र घोडाका सवार राजाकोट र तिलकन्यामा भेटिँदैनन्। तर, यहाँको चिसो हावा र वातावरणीय सौन्दर्य भने कायम छ।

नेपाल प्रहरीसँगको ऐतिहासिक सम्बन्ध
राजाकोट–तिलकन्या क्षेत्र नेपाल प्रहरीको इतिहाससँग पनि जोडिएको छ। हाम्रो पुर्खालाइ त यो थाहा थिएन, र शायद धेरैलाई तिलकन्या प्रहरी नामले कमै थाहा होला। त्यहाँ प्रहरी कहिले बस्न थाले, त्यो नेपाल प्रहरीको लागि पनि एक इतिहाँसको खोजिको बिषय हो र हुनु पनि पर्छ । जुन अहिले गोल्टाकुरी प्रहरी चौंकीको रुपमा दंगिशरण गाँउपालिका २ गोल्टाकुरीमा रहेको छ यो पनि एक जीवित इतिहास हो र अनुसन्धानको विषय बन्नुपर्छ।
आज पनि राजाकोट चिसो हावा, घना जंगल र रमणीय दृश्यले यात्रुहरूलाई मनमोहक अनुभव दिन्छ। तर वन विनास र वातावरणीय परिवर्तनले वन्यजन्तु र चराचुरुङ्गीहरू कम देखिन्छन्।

अन्त्यमा
राजाकोट केवल प्राकृतिक सौन्दर्य होइन, यहाँ लुकेको ऐतिहासिक, सांस्कृतिक र प्रहरी सम्बन्धी तथ्यहरू पनि छ। नयाँ पुस्ताले यसको खोजी गर्नु आवश्यक छ। इतिहासलाई बुझ्न र अनुभव गर्न कार्तिक १ मा राजाकोट पुग्न अनुरोध छ।
राजाकोट तिहारको पूर्वसन्ध्यामा — सबै मिलेर जीवित यादगार बनाऔँ,तिहार नजिकिँदैछ  यस वर्ष तिहारमा केवल दियो बाल्ने उत्सव मात्रै होइन — हाम्रो गौरव, इतिहास र प्राकृतिक सुन्दरताको उत्सव गरौँ ।


किन राजाकोटपुग्नेरु यहाँ छन् केही कारणहरू
: ऐतिहासिक महत्व

राजाकोट सुकौराकोटमा रहेको दरबार, कोटलगायत संरचनाहरुले देखाउँछन् कि राजा दंगीशरणले यहाँ राजकाज चलाउँथे र गर्मी छल्ने ठाउँको रूपमा यो स्थल प्रयोग हुन्थ्यो । यो थारू संस्कृति र स्थानीय परम्परासँगजोडिएको ऐतिहासिक स्थल हो ।


प्राकृतिक सौन्दर्य र रमणीयता
चुरे पर्वतको उचाइमा रहेको साथै सुन्दर हावापानी, हरियाली र घाटी दृश्यहरु यहाँका विशेष आकर्षण हुन् ।
तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको र पिकनिक स्थलहरु पर्यटकको खोजीको स्थल हुन सक्छन् ।

पर्यटनले आर्थिक फाइदा
तपाइ हामिले यसलाइ चिनाउन सक्यौ भने यो क्षेत्र पर्यटनको अर्को गन्तव्यको रुपमा विकास हुने छ .

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन कार्यतालिका स्वीकृत

   असोज २०, २०८२       admin

काठमाडौं,२० असोज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयमै अघि बढाउन निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ।

स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष तर्फ) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार अवधि रहनेछ भने त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम कार्यतालिकामा उल्लेख गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। पौष १८ र १९ गते बन्दसूची पेश गर्ने मिति तोकिएको छ।

निर्वाचनमा राजनीतिक दल तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्न आयोगले कार्यतालिका अनुसार समय–समयमा परामर्श र छलफल गर्ने बताएको छ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहनेछ। हाल आयोगमा दर्ता भएका राजनीतिक दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था भएकाले निर्वाचनमा भाग लिन इच्छुक दलहरूले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज मेघगर्जनसहित वर्षाको संभावना

   असोज १४, २०८२       admin


काठमाडौँ, १४ असोज । देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेकाले सबै प्रदेशमा सामान्यतया वर्षा कायम रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ। तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानसहित अन्य क्षेत्रका केही भागमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालले आज वेस्ट इन्डिजसँग फाइनल खेल्दै

   असोज १४, २०८२       admin

काठमाडौं,१४ असोज। नेपालले आज वेस्ट इन्डिजसँग टी–२० शृङ्खलाको फाइनल खेल्दैछ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी युनिटी कप टी–२० शृङ्खलामा नेपाल एक खेल अगावै २–० ले विजयी भइसकेको छ। अन्तिम खेल युएईस्थित शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ।

सोमबार राति भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै उपाधि जितेको थियो। पहिलो खेलमा पनि नेपालले १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भएको थियो।

लगातार दुई खेलमा ऐतिहासिक जित निकालिसकेको नेपाल आज फाइनलमा उत्साहका साथ मैदानमा उत्रिँदैछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बोलेर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

   असोज १३, २०८२       admin

काठमाडौ,१३ असोज । बोलेरो दुर्घटना हुदा चालकसहित १२ जना घाइते भएका छन् । काठमाडौंबाट गईरहेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन्  

खुर्कोटनजिकै मरिन डाइभर्सननजिक बोलेरो दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी सिन्धुलीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। 

खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुइनखोलामा पुनः पहिरो, रोकियो आवागमन

   असोज १३, २०८२       admin

काठमाडौं,१३ असोज । तुइनखोलामा पुनः पहिरो खसेको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै आइतबार मध्यान्ह १२ बजे ठूलो पहिरो खस्दा दुईतर्फी यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। निरन्तर ढुंगा–माटो खसिरहेको कारण तत्काल सफाइ सुरु गर्न नसकिएको र पहिरो रोकिएपछि मात्रै सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, “पहिरो खसिरहेकै छ। रोकिएपछि तैनाथ जेसीबी, हाइड्रोलिक क्रेन र अन्य उपकरण प्रयोग गरी सडक सफा गरिनेछ।” यसअघि पनि यही स्थानमा ४५ घण्टादेखि ५३ घण्टासम्म सडक अवरुद्ध भएको थियो।

पूर्व–पश्चिम यात्राको जीवनरेखा मानिने ७० किलोमिटर लामो मुग्लिन–नारायणगढ सडक हाल देशकै सबैभन्दा जोखिमपूर्ण खण्ड बनेको छ। चितवन सडक डिभिजनका अनुसार, यो सडकमा २५ ठाउँ उच्च जोखिममा छन्, जसमा तुइनखोला सबैभन्दा सक्रिय क्षेत्र हो। विगतमा पनि यस क्षेत्रमा एकैपटक पाँच ठाउँमा पहिरो खसेर सडक बन्द भएको थियो।

विशेषज्ञहरूका अनुसार, यस क्षेत्रमा लगातार पहिरो खस्नु भौगोलिक संरचनाकै कारण हो। हिमालको फेदीमा अवस्थित यो सडक नरम चट्टान र माटोमा बनेको छ, जसलाई वर्षाको पानीले सजिलै खसाउँछ। मनसुन सकिए पनि ‘सुक्खा पहिरो’ बढिरहेको छ। नेपाल जर्नल अफ जियोसाइन्सेज को अध्ययनअनुसार, पुराना पहिरोहरू फेरि सक्रिय बन्दै गएका छन्। त्यसमाथि अनियोजित स्थानीय सडक निर्माण र वन विनाशले समस्या झन् चर्किएको छ।

गत साताभरि मात्रै बारम्बार पहिरो खस्दा करिब १०५ घण्टासम्म यातायात बन्द हुँदा हजारौं सवारी रोकिन पुगेका थिए। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी चल्छन्, जसमा दशैंका सामान बोकेका गाडी धेरै हुन्छन्। ढुवानी अवरुद्ध हुँदा तरकारी, फलफूल र अन्य उपभोग्य वस्तुको मूल्य बढेको छ।

सडक डिभिजनका अनुसार, सडक सफाइमै लाखौं खर्च भइसकेको छ। यदि यो अवस्था यस्तै लम्बिँदै गयो भने दशैं बिदामा मात्र अर्बौंको क्षति हुने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीको प्रतिवद्धता: तोकिएको मितिमै निर्वाचन हुने

   असोज १३, २०८२       admin

काठमाडौं, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

बडा दसैंका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको स्मरण गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले देशमा सुशासन कायम गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारेकी छन्।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, साथै संसारभर छरिएर बसोबास गर्ने नेपाली भाषीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस वर्ष प्रधानमन्त्री कार्कीले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समाजवादीले नेतृत्व पुस्तान्तरण गर्ने

   असोज १३, २०८२       admin


काठमाडौा,१३ असोज। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी सच्याउने, आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्ने र नेतृत्व हस्तान्तरणलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

अपानीअनुसार पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, रणनीतिक लक्ष्य समाजवाद रहने, समाजवादी कार्यदिशा अगाल्ने र नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गरिनेछ। समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताको आधारमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादलाई मानिएको छ।

नेपाली जनता र पुँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने र नवउपनिवेशवादको विरोध गर्ने नीति अवलम्बन गरिने पार्टीले जनाएको छ। साथै, बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरिएको छ। यसअन्तर्गत पार्टीले अशोक राई नेतृत्वको जसपा, नेकपा ९माओवादी केन्द्र० र विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फरार कैदीबन्दी असोज २० गतेसम्म सम्पर्कमा आउन प्रहरीको आग्रह

   असोज १३, २०८२       admin


काठमाडौँ,१३ असोज । प्रहरीले फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दीहरुलाई कारागार कार्यालय चितवनले सम्पर्कमा आउन आग्रह गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको हो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।

कैदीबन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुनसमेत सूचनामा भनिएको छ । कारागार कार्यालयबाट गत भदौ २५ गते सात सय ४२ कैदीबन्दी भागेका थिए । जसमध्ये पाँच सय ६१ जना कारागारको सम्पर्कमा आएका छन् भने अन्य जिल्लामा रहेका कारागारमा आठजना सम्पर्कमा आएका छन् । साथै अन्य जिल्लाबाट भागेका १७ जना कैदीबन्दी यस कारागारमा सम्पर्कमा रहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विभिन्न स्थानका ६ राजमार्ग अवरुद्ध

   असोज १३, २०८२       admin


काठमाडौ,१३ असोज । वर्षा र बाढीपहिरोका कारण विभिन्न स्थानका ६ वटा राजमार्ग अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहानसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपािलका–७, एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology