पटक-पटक चोरीको निशानामा परेको रेडपाण्डा मृत फेला

   असार ०४, २०८२       admin

काठमाडौं,४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षणमा रहेको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार निधन भएको छ। पछिल्लो समय पटक–पटक चोरी प्रयासको निशानामा परेको रेडपाण्डा बिरामी भएर मृत अवस्थामा फेला परेको हो।

चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार रेडपाण्डाको शनिबार दिउँसो १२ बजे मृत्यु भएको हो। “एक सातादेखि बिरामी थियो, खानेकुरा कम खान थालेको थियो,” उनले भने, “उपचार गरिरहँदा स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भयो। पोस्टमार्टम रिपोर्टअनुसार किड्नी फेल भएर मृत्यु भएको देखिएको छ।”

११ वर्ष उमेर पुगेको रेडपाण्डा सामान्यतया पाइने ८–१० वर्षको औसत आयुभन्दा केही समय बढी बाँचेको थियो। चिडियाखानाका अनुसार रेडपाण्डाको जोडीको मृत्यु गत वर्ष भएको थियो। त्यसपछि उक्त रेडपाण्डा एक्लो थियो। प्रमुख शाह भन्छन्, “जोड़ी नभएकाले मानसिक रूपमा कमजोर हुन पुग्यो होला। यस्तै अवस्थाले पनि उसको स्वास्थ्यमा असर पारेको हुनसक्छ।”

वैशाख ३० गते राति १० बजेतिर चिडियाखानामा रेडपाण्डा चोरी गर्ने प्रयास भएको थियो। चोरीकर्ताले त्यो रातमै दोस्रो प्रयास समेत गरेका थिए। यद्यपि, चोरी सफल भएन। ती प्रयासहरूले रेडपाण्डामा मानसिक दबाब थपेको आशंका पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीको साई मन्दिर टोलमा बाढी

   असार ०४, २०८२       admin

दाङ,४ असार,। दाङको घोराहीस्थित साई मन्दिर टोलमा बाढी पसेको छ। ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।

घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्रायस् सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।

उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् ।

उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।

नजिकैको कटुवा खोलाको पानीलाई कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाही लगायतका ठाउँतिर सिंचाइका लागि लगिएको छ । सो कुलोभन्दा पूर्वतर्फ तल शिरडी साई मन्दिर टोल छ । कटुवा खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुशासन आयोगको बैठक बस्दै

   असार ०४, २०८२       admin

काठमाडौँ ,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोशनी मेचेले जानकारी दिइन् ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो आयोग गठन गरेको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

   असार ०३, २०८२       admin

काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, बयोदा अस्पताल बल्खु, धुलिखेल अस्पताल काभ्रे र भरतपुर अस्पतालमार्फत बागमती प्रदेशमा सेवा दिइएको छ।

कोशी प्रदेशमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोबेल मेडिकल कलेज र न्युरो कार्डियो मल्टिस्पेसियालिटी अस्पतालबाट सेवा सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेशमा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमार्फत सेवा प्रदान गरिँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महाधमनी (एओर्टा) सम्बन्धी जटिल शल्यक्रिया, मुटुमा पेसमेकर राख्ने, स्टेन्ट राख्ने वा भल्भ पूर्णरूपमा क्षतिग्रस्त भएका अवस्थामा उपचार खर्चमा एक लाख रुपैयाँसम्मको सहुलियत दिइनेछ।

सेवा लिन चाहने बिरामीले स्थायी बसोबास रहेको वडाबाट विपन्नता प्रमाणित सिफारिस लिएर सम्बन्धित अस्पतालमा सम्पर्क गर्नु पर्नेछ। मन्त्रालयले प्राथमिकतामा रहेका बिरामीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने गरी अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

सरकारले यस सेवालाई गुणस्तरीय र पारदर्शी बनाउँदै आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

   असार ०३, २०८२       admin

दाङ,३ असार। अमेरिकी सपनालाई पछ्याउँदै जीवन बदल्न घर–परिवारको ऋण रक्ष गरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङका युवाहरू अहिले ‘डिपोर्ट’को सूचीमा सबैभन्दा अगाडि छन्।

अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका १६३ नेपालीमध्ये दाङका ५१ जना परेका छन्। उनीहरूमध्ये अधिकांश युवा उमेरका छन्, जसले घर फर्कँदा हातमा सफलता होइन, पीडा र लज्जाको भारी बोकेका छन्।

वर्षौंसम्म बिचौलियालाई लाखौं बुझाएर अमेरिका पुगेका ती युवा त्यहाँको कठोर आप्रवासी नीतिमा परेर चुपचाप फर्काइएका हुन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि लागू गरिएको आप्रवासी नीतिका कारण दाङ, पश्चिम रुकुम (३० जना) र पूर्वी रुकुम (१३ जना) लगायतका जिल्लाका युवाहरू फर्कन बाध्य भएका हुन्।

अमेरिका पुगेकाहरू मध्ये अधिकांश संगठित मानव तस्कर गिरोहमार्फत तल्लो रुट (अवैध बाटो) हुँदै पुगेका थिए। यस्ता गिरोहले भारत, दुबई, मेक्सिको लगायत देश हुँदै अमेरिका पुर्‍याउने नाउँमा लाखौं असुल्ने गरेका छन्।

अहिलेसम्म डिपोर्ट भएकाहरूमा १४६ पुरुष र १७ महिला छन्। केहीलाई गम्भीर आपराधिक मुद्दामा परेकाले चार्टर्ड विमानबाट जबर्जस्ती फिर्ता गरिएको हो भने केहीले नियमित उडानमार्फत आफैं फर्कन स्वीकार गरेका थिए।

डिपोर्ट मात्र कानुनी प्रक्रिया होइन, यो थुप्रै नेपाली युवाका अधुरा सपना, टुटेका भरोसा र हेपिएका जीवनको दस्तावेज हो। विशेषगरी दाङजस्ता जिल्लाका युवाहरूको अवस्था देख्दा समस्या केवल आप्रवासी नीति होइन, देशभित्रको रोजगारीको अवसरको अभाव पनि हो।

सरकारले विदेश जान खोज्ने युवालाई वैधानिक, सुरक्षित र पारदर्शी प्रक्रियाबाट जान प्रेरित गर्नुका साथै बिचौलियाको नियन्त्रणमा कडाइ गर्न सक्नुपर्छ। नत्र, दाङका गल्लीहरूमा अझ धेरै अधुरा अमेरिका फर्किएका सपना भौतारिइरहनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न

   असार ०२, २०८२       admin

दाङ,२ असार । दाङको तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ। तालिम जेठ १९ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको तालिममा थाकलको ब्याग, टोपी र चकटी बनाउन सिकाइएको थियो ।
सामुदायिक वनका महिला पदाधिकारीहरूलाई लक्षित गरी आयोजित तालिममा ४० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कृष्णा चौधरी रहेकी थिइन् ।

तालिम समापनका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सीपले जीवनमा रूपान्तरण ल्याउने उल्लेख गरे । उनले सहभागी महिलालाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। ‘सीपले जीवन परिवर्तन गर्छ, त्यसैले सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखौं,उनले भने–‘ उत्पादन र बजारीकरणतर्फ उन्मुख बनौं।’

वडा नं ६ का वडाध्यक्ष तथा उपमहानगर सरसफाइ शाखा संयोजक दुज्मान भण्डारीले राज्यको लगानीबाट दीर्घकालीन लाभ लिन सकिने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने–‘राज्यको लगानी बालुवामा पानी हालेजस्तो हुनु हुँदैन। यसले प्रतिफल दिनुपर्छ।’

वडा नं। ३ का वडाध्यक्ष वीरबहादुर विकले सामुदायिक वनको स्रोत उपयोग गरी तालिमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देबबहादुर केसीले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने बताए। उनले उत्पादित वस्तुको बजारीकरणका लागि संघले स्थानीय सरकारसँग सहकार्य गर्ने जानकारी दिँदै, उनले भने–‘अब कहाँ लैजाने भन्ने अन्योल नरहोस्, संघ सहयोग गर्न तयार छ,’।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले तालिम लिएकाहरूका सामग्रीहरूको बजारीकरणका लागि संघ कार्यालयमै विशेष कक्षको व्यवस्था गरिएको जानकारी दिए। पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले तालिम कार्यान्वयनमा सुधार आवश्यक रहेको औंल्याउँदै व्यवहारिक र परिणाममुखी कार्यक्रमको आवश्यकता रहेको बताए।

सहभागी चन्द्रकला तिवारीले तालिम अवधि लम्ब्याइनुपर्ने सुझाव दिँदै, प्रमाणपत्र वितरणभन्दा दीर्घकालीन सिकाइमा जोड दिनुपर्ने धारणा राखिन्। कार्यक्रमको सहजीकरण अधिकृत रमा खड्काले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामाजिक सञ्जालमा ‘फोरलेन उद्घाटन’: भुइँमा खाल्डाखुल्डी, फेसबुकमा चकमक सडक

   असार ०२, २०८२       admin

दाङ,२ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डमा यतिबेला डोजर होइन, डाटा दौडिरहेको छ। सडक अझै खाल्डाखुल्डीमै अड्किएको छ, तर सामाजिक सञ्जालमा भने चार लेनको ‘रिबन कटिङ’ भइसकेको छ। जनप्रतिनिधि देखि नेतासम्म मोबाइल समातेर फेसबुकमा ‘फोरलेन’ उद्घाटन गरिरहेका छन्।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोलपम्पसम्म करिब २१ किलोमिटर सडक विस्तारको सरकारी योजना अन्तिम चरणमा पुगेको छ। सोमबार निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव खुलेको छ, अझै ठेक्का कसलाई पर्छ भन्ने टुंगो लागेको छैन। तर फेसबुक हेर्ने हो भने सडक बनेर भोलि बिहानै सवारी चल्न थालिसक्ने हो कि जस्तो लाग्छ।

नगरप्रमुख टिकाराम खड्काले सामाजिक सञ्जालमा फोरलेनको नक्सा सहित ‘दिवा–भगबति निर्माण सेवा कम्पनीले पायो दाङको घोराही–तुलसीपुर फोरलेन सडकको ठेक्का’ पोष्ट गरेका छन् ।

तर घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि अहिले आर्थिक मूल्याङ्कनको काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख दीप बराहीले जानकारी दिए । आयोजना प्रमुख बराहीले सामाजिक सञ्जालमा आएको ‘ठेक्का लगाइसकियो’ भन्ने प्रचार झुटो भएको बताउँदै भने, “सडकमा काम होइन, सूचना नै निर्माण भइरहेको छ अहिले।” उनले भने–‘ठेक्का पुरा हुन अझै सात दिन लाग्छ ,त्यसपछि २१ दिनपछि मात्रै ठेक्काको पूर्ण प्रक्रिया पूरा भएर सम्झौतामा जने हो । असार २२ भन्दा अघि ठेक्का सम्झौता हुने अबस्था छैन । ’


‘दाङमा बन्दै छ है घोराही– तुलसीपुर सडक’ भन्दै नेकपा एमाले नेतृ कोमल ओलीले पनि आफ्नो फेसबुक प्रोफाइलमा पोष्ट गरेकी छन्।

जनताको धारणा यति कटु भइसकेको छ कि अब कसैले सडक बनाए भन्ने सुन्दा भन्दा देख्दा विश्वास गर्न खोज्छ। किनभने, यसअघि पनि यही सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ‘तथ्य इञ्जिनियरिङ’ ले ६ वर्षमा १० प्रतिशत पनि काम गर्न सकेन। त्यसैले त २०८० मा सम्झौता नै रद्द गर्नुप¥यो।

अब नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चार निर्माण कम्पनीमध्येबाट एकलाई छनोट गरिनेछ। प्रस्ताव अनुसार ३ अर्ब ९९ करोड रुपैयाँको लागतमा चार लेन सडक ३६ महिनाभित्र सक्नुपर्नेछ। तर अहिले देखिएको गति भने फेसबुकको स्टोरी जत्रो तिव्र छैन।

यसपटकको योजना अनुसार दुबैतर्फ ७–७ मिटरको कालोपत्रे गरिनेछ। बिबिएम र अस्पाल्ट प्रविधिबाट १० सेन्टिमिटर मोटाइको सडक बन्नेछ तुलसीपुर–घोराही सडक चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल पाँच जनाले बोलपत्र पेस गरेका थिए। ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायी मात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव सोमबार खोलिएको हो।

जसमा रौतहट÷खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आहिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा÷बन्दना भगवती जेभी बत्तिसपुतली काठमाडौं छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

   असार ०१, २०८२       admin

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले घोराही शाखाको उद्घाटन गरी आफ्नो सेवा क्षेत्रलाई थप फराकिलो बनाएको हो ।

घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय शिक्षा प्राप्तिका लागि मार्गदर्शन गर्ने यस्ता संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए । उनले कन्सल्टेसीले युवालाई वैदेशिक शिक्षाको अवसरमा सहज पहुँच दिँदै दक्ष जनशक्ति निर्माणमा टेवा पुर्‍याइरहेको बताए । साथै उनले स्थानीय सरकार शिक्षाको क्षेत्रमा निजी संस्थाको योगदानलाई सदैव सकारात्मक दृष्टिले लिने उल्लेख गरे।

त्यसैगरी, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रियासनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सही जानकारी, योजना र मार्गनिर्देशन दिने कार्यमा माइल्स इन्टरनेसनलको योगदान प्रशंसायोग्य भएको धारणाराखे । विद्यार्थीले विदेश जानुअघि सुसूचित निर्णय गर्न पाउनु उनको अधिकार भएको र त्यसका लागि यस्ता परामर्श संस्थाहरूको भूमिका उदाहरणीय हुनुपर्नेमा उनले जोड दिए।

कन्सल्टेसीका सीईओ विवेक सिवाकोटीले संस्थाको १० वर्षे यात्राको विवरण दिँदै, हालसम्म युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगायतका मुलुकमा ५०० भन्दा बढी विद्यार्थी पठाउन सफल भएको जानकारी दिए । उनले संस्थाको आगामी योजना र सेवा विस्तारसम्बन्धी प्रतिवद्धता पनि व्यक्त गरे।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, त्रिभुवन नगर जेसीज दाङका अध्यक्ष अनन्त रावत लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कन्सल्टेसीको प्रयासको प्रसंशा गरे । कार्यक्रमको स्वागत मन्तव्य इनुप भण्डारीले गरेका थिए भने सञ्चालन सन्दिप भुसालले गरेका थिए ।

यसैविच, माइल्स इन्टरनेसनल कन्सल्टेसी घोराही शाखाले गुरुकुलमा सहयोग सामग्री हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराहीको शुक्रबारमा रहेको गुरुकुल स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खाद्यान्न र भान्सा प्रयोजनका सामग्रीहरू हस्तान्तरण गरेको थियो।

घोराही शाखाका प्रमुख दिर्शान सिंहले कन्सल्टेसी शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिने संस्थाको परिचय भएको स्पष्ट पारे। उक्त सहयोग कार्यक्रमको समन्वय युवा व्यवसायी मिनराज भाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

   असार ०१, २०८२       admin

दाङ, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री कार्कीका अनुसार कुल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ अर्थात् ३०.८८ प्रतिशत चालु खर्चका लागि र २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात् ६०.३२ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। त्यसैगरी, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत रकम छुट्याइएको छ।

‘समृद्ध लुम्बिनीः खुसी नागरिक’ भन्ने दीर्घकालीन दृष्टिकोणसहित ल्याइएको बजेटले उत्पादनमा आधारित आर्थिक वृद्धि, सामाजिक न्याय, समावेशी विकास, रोजगारी सिर्जना तथा गरिबी र आर्थिक असमानता घटाउने लक्ष्य लिएको छ।

बजेटमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धिसँगै गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, उद्यमशीलता विकास, दिगो पूर्वाधार निर्माण लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।

सरकारले उच्च र दिगो आर्थिक वृद्धि हाँसिल गर्नका लागि नीतिगत सुधार र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतीय पुरुष र नेपाली महिला मृत फेला

   असार ०१, २०८२       admin

काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्।

थ्री–स्टार किडजोन स्कुलको परिसरभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चन्डिगढ निवासी अन्दाजी ५४ वर्षीय परमनारायण गिल र हाल सोही घरमा काम गर्दै आएकी धादिङकी २८ वर्षीया अञ्जना तामाङ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

गिलले भाडामा लिएको घरको पहिलो तलामा उनीहरू मृत भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार अञ्जना कोठाको सोफामा मृत फेला परेकी थिइन् भने उनको टाउकोमा चोट लागेको देखिएको छ। गिल भने सोही कोठाको भुइँमा मृत अवस्थामा फेला परेका थिए, तर उनको शरीरमा चोटपटक नदेखिएको र घटनास्थलमा फलामको ह्यामर फेला परेको प्रहरीले जनाएको छ।

साथै, कोठाबाट ‘सेल्फोस’ नामक विषादी समेत फेला परेकोले घटनाको कारण र क्रम स्पष्ट हुन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology