काठमाडौँ, २८ जेठ। बाँके र दाङ जिल्लामा खोला आसपास तथा डुबानको जोखिम हुने स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ। यि दुई जिल्लामा थप वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाले आज (बुधबार) बिहान सामाजिक संजालमार्फत जारी गरेको चेतावनी अनुसार पछिल्लो एक घण्टामा बाँकेको सिक्टा र बैजपुर वर्षामापन केन्द्र तथा दाङको घोराही र पधमपुर वर्षामापन केन्द्र आसपास मध्यम खालको वर्षा मापन गरिएको बताएको छ।
मौसमको अवस्था हेर्दा आगामी केही घण्टासम्म त्यहाँ थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ। महाशाखाले ससाना खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र, खोला किनार तथा डुबान भइरहने होचो भूभागमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
साथै, आवश्यकता परेमा सुरक्षित स्थानमा सर्न तथा स्थानीय प्रशासनको निर्देशनअनुसार चल्न पनि महाशाखाले सुझाव दिएको छ।
सुचना हेर्नुहोस:

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २७ जेठ। राज्य व्यवस्था तथा सुशासन समितिले अब आमाको नामबाट पनि नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको नागरिकता विधेयक पारित गरेको छ। समितिको मंगलबार बसेको बैठकले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक अनुमोदन गरेको हो।
समितिका सभापति रामहरि खतिवडाका अनुसार, नयाँ विधेयकमा अब नागरिकता आमा वा बाबु जुनसुकै अभिभावकको नामबाट पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि नागरिकता लिनका लागि बाबु र आमाको नाम अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने प्रावधान थियो, जसका कारण धेरै नेपाली नागरिकताविहीन बन्न बाध्य थिए।
विधेयकले आमाको नामबाट नागरिकता लिँदा सम्बन्धित व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। तर, उक्त स्वघोषणा गलत ठहरिएमा एक वर्षसम्म कैद र जरिवानाको सजायको व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ।
सरकारले नागरिकता नपाएका हजारौं नेपालीलाई कानुनी रुपमा मान्यता दिने उद्देश्यले यो विधेयक अघि बढाएको हो। विधेयक पारित भएपछि नागरिकता वितरणको प्रक्रिया थप सरल र समावेशी हुने अपेक्षा गरिएको छ।
यसैगरी, नागरिकता वितरण प्रक्रियामा सुधार ल्याउँदै, अबदेखि नायब सुब्बा तहका नागरिकता कार्यालय प्रमुखले पनि नागरिकता दिन सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराका अनुसार, विधेयक ऐनका रूपमा कार्यान्वयनमा आएपछि नायब सुब्बाले आधिकारिक रूपमा नागरिकता वितरण गर्न सक्नेछन्।
यो विधेयक संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको संयुक्त आयोजनामा मङ्गलबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरस्तरीय खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सुनिश्चितताको उद्देश्य कोही कसैलाई रोग नलागोस् भन्ने रहेको स्पष्ट पारे। रोग लागेपछि उपचार गर्नुभन्दा अगाडि नै जोगाउने उपायको रूपमा खोपलाई लिइनुपर्ने उल्लेख गर्दै उनले खोप र आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार भएको बताए। बालबालिकाले खोप पाउनु अधिकार हो भने सेवा उपलब्ध गराउनु सम्बन्धित निकायको जिम्मेवारी भएको उनको भनाइ थियो।
उनले संघ र प्रदेश सरकारले ठूला योजना र पूर्वाधार निर्माण गर्ने भएकाले स्थानीय सरकारहरू सुत्केरी सेवा जस्ता आधारभूत र संस्थागत कार्यक्रमप्रति गम्भीर हुनुपर्ने धारणा राखे। मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन स्थानीय पालिकाहरूको भूमिका निर्णायक हुने बताए । ‘मातृशिशु मृत्युदर घटाउन प्रदेश सरकारले प्ररणादायी परियोजना ल्याएको छ, यसमा रहेर स्थानीय सरकारले काम गर्नूपर्छ, उनले भने–‘ पूर्ण संस्थागत सुत्केरी सेवालाई ध्यान दिनुहोला, प्रभावकारी ढंगले कार्यान्वयन गर्नुहोला ।’
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्वास्थ्य क्षेत्रमा राम्रो परिणाम देखाउन नसकिएसम्म समाजमा वास्तविक सुधार आउन नसक्ने बताए। तथ्यांक र विश्लेषणका आधारमा पालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेको उल्लेख गर्दै उनले यो उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले परिणाममुखी कामलाई प्राथमिकतामा राख्दै जनताको विश्वास जित्ने खालका सेवा प्रवाह गर्नुपर्ने बताए।
त्यसैगरी उपप्रमुख स्यानी चौधरीले जनताको सेवाभावलाई आत्मसाथ गरेर काम गर्नुपर्ने बताइन् । स्वास्थ्य क्षेत्र सेवा क्षेत्र भएकाले कुनैपनि पूर्वाग्रह नराख्न अनुरोध गरिन् । सबै आफ्नो ठाउँमा पदीय जिम्मेवार अनुसार प्रतिवद्ध भएर काम रे पालिकालाई सुन्दर र स्वस्थ बनाउन सकिने उनले बताइन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले खोप कार्यक्रम सरकारको प्राथमिकतामा परेको र जनताले अत्यन्तै रुचाएको कार्यक्रम भएको उल्लेख गरे। उनले खोपमार्फत १३ प्रकारका प्राणघातक रोगहरूबाट बालबालिकालाई जोगाउन सकिने बताउँदै बार्है महिना निरन्तर सेवा दिइरहेको बताए ।
खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन घर–घरमा पुगेर अनुगमन गरिएकाले नै सबै बालबालिकाले खोप सेवा प्राप्त गर्न सफल भएको जानकारी दिए। तुलसीपुरमा ६४ भन्दा बढी खोप केन्द्रहरूबाट सेवा दिइँदै आएको उनले बताए। खोप मात्र हैन, अभिभावकलाई आवश्यक परामर्श सेवा दिनु पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो।
घोषणा कार्यक्रममार्फत तुलसीपुर उपमहानगरपालिकामा १६ देखि २३ महिनासम्मका २८१९ बालबालिका, २४ देखि ५८ महिनासम्मका ६९८१ बालबालिका गरी जम्मा ९८०० बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको जानकारी दिइएको थियो। खोप कार्ड लिएका बालबालिकाको संख्या ९७२२ रहेको जनस्वास्थ्य प्रवद्र्धन शाखाको तथ्यांकमा उल्लेख छ ।
जनस्वास्थ्य प्रवद्र्धन शाखाकी राधिका गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वस्थ्य निरीक्षक एवम् खोप फोकल पर्सन बिमल केसीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ जेठ । दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको आरोपमा गृह सचिव गोकर्णमणी दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरेको विषयमा लिखित स्पष्टीकरण मागिएको हो।
हाल विदेश भ्रमणमा रहेका सचिव दुवाडीलाई पठाइएको पत्रमा दरबन्दी नभएका स्थानमा काजमा खटाइएका कर्मचारीहरूको विवरणसहित स्पष्ट कारण पेश गर्न भनिएको छ। यसअघि समाचार माध्यमहरूमा दरबन्दी नपुगेका ठाउँमा कर्मचारी खटाइएको तथा अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको खुलासा भएको थियो।
भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिव दुवाडीका विश्वासपात्र मानिएका सहसचिव तीर्थ भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो। त्यसपछि केही दिनअघि ती कर्मचारीहरूलाई फिर्ता गरिएको थियो।
अख्तियारले २०८२ जेठ १३ गते पत्र पठाउँदै उक्त विषयको छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो। निजामती सेवा ऐन, २०४९ को दफा १८(क) को उल्लङ्घन भएको भन्दै काजमा खटाइने कर्मचारी व्यवस्थापन गर्दा कानुन बमोजिमको प्रक्रिया नअपनाए तलब–भत्ता र सुविधा सम्बन्धित पदाधिकारीबाट असुल गर्न सकिने तथा विभागीय कारबाहीसमेत हुने चेतावनी दिइएको छ।
प्रधानमन्त्री कार्यालयले सात दिनभित्र सम्बन्धित कार्यालयहरूमा कार्यरत दरबन्दीभन्दा बढी कर्मचारी र उनीहरूको नामावलीसहितको विस्तृत विवरण पेश गर्न गृह सचिव दुवाडीलाई निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ जेठ । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई पटक स्थगित भई साँझ साढे ६ बजेमात्र सुरु भयो। तर, बैठक सुरु भएलगत्तै होहल्ला भएपछि पुनः अवरुद्ध भएको हो।
संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै नाराबाजीमा उत्रिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि उठेर जनताका मुद्दा संसदमा उठाउन नदिएको भन्दै आपत्ति जनाए।
सत्तापक्ष र प्रतिपक्षबीचको होहल्लाका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक स्थगित गर्दै अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै निरन्तर रूपमा संसद् अवरुद्ध गर्दै आएका छन्। यसले संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी यात्रु घाइते भएका छन्।
दुर्घटनामा परेर मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी रहेका छन्। घाइते अवस्थामा रहेका भण्डारीलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
यसैगरी दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
गोल्टाकुरीबाट तुलसीपुरतर्फ जादै गरेको यात्रुबाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुबाहक बस करिब सदकदेखी करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा दङ्गीशरण गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय मनिषा बस्नेत, सोही ठाउँकी ५२ वर्षीय गोमा सार्की, ६० वर्षीय मोतीसरा सुनार, ३४ वर्षीय सीतापुन ,३२ वर्षकी सीमा पुन, २७ वर्षकी कमला नेपाली र नौ वर्षका सुशान्त नेपाली घाइते भएका छन् ।
उनीहरूको टाउको छाती ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ। अन्य घाइतेहरूको पहिचान हुन बाँकी छ। घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
इलाका प्रहरी चौकी दमारगाउँबाट प्रहरी निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा तीन जना र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरको कमाण्डमा १२ जनाको टोली घटनास्थलमा पुगेको थियो।
दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरुको विवरण: १-जिल्ला दाङ दंगिशरण गा.पा २ बस्ने बर्ष २५ कि मनिसा बस्नेत टाउको र छातिमा चोट अवस्था मध्यम ।
२-ऐ.ऐ बस्ने बर्ष ५२ कि गोमा सार्की टाउको र छातिमा चोट अवस्था मध्यम ।
३-ऐ.ऐ बस्ने बर्ष ६० कि मोतिसरा सुनार टाउको ढाडमा चोट अवस्था मध्यम ।
४-ऐ.ऐ.बस्ने बर्ष ३४ किसिता पुन छाति र दुबै हात खुट्टामा चोट अवस्था मध्यम ।
५-ऐ.ऐ बस्ने बर्ष ३२ कि सिमा पुन ढाडमा चोट अवस्था सामान्य ।
६-ऐ.ऐ.बस्ने बर्ष २७ कि कमला नेपाली टाउको र दुबै हातमा चोट अवस्था मध्यम ।
७-ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ८ को शंकर नेपाली दुवैहातमा चोट सामान्य ।
८- निजको भदै ऐ.बस्ने बर्ष ९ को शुसान्त नेपाली टाउको चोट अवस्था सामान्य ।
९- ऐ.ऐ. बस्ने बर्ष ६५ को नारायाण भण्डारी टाउको र शरीरमा भित्री चोट अवस्था सिरियस
१०- नामथर वतन नखुलेको बर्ष अं. ३०।३२ कि महिला टाउको र छातिमा चोट सिरियस
११- ऐ.ऐ. बस्ने बर्ष ४१ को नोखीराम वि.क. छाति र टाउकोमा चोट अवस्था मध्यम ।
१२- ऐ.ऐ. बस्ने बर्ष ४८ को कुसल बि.क. टाउकोमा चोट सामान्य ।
१३-ऐ.ऐ. बस्ने बर्ष २५ कि ललिता सुनार टाउको र छातिमा चोट मध्यम ।
१४- ऐ.ऐ. बस्ने बर्ष ४५कि कमला नेपाली अनुहारमा चोट सामान्य ।
१५- ऐ.ऐ. बस्ने बर्ष २३ को अमृत कुसारी छाति र टाउकोमा चोट मध्यम ।
१६- ऐ.ऐ. बस्ने बर्ष ४५ कि. पार्वति नेपाली छाति र टाउकोमा चोट मध्यम ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ जेठ। तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शनिबार तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा उक्त जेसीज सप्ताह सुरु भएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरुले सप्ताहव्यापी कार्यक्रम नेतृत्व विकास, संस्था सञ्चालन प्रणाली र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले अनुशासन, संस्थागत विधि र व्यक्तित्व विकासको महत्वमा जोड दिए।
उनले भने “जेसीजको पार्लियामेन्ट विधि हरेक संस्थाका लागि सिक्न लायक छ। अनुशासन भनेको व्यवहारको माध्यम हो र नेतृत्वको टिकाउपन आजको युगको आवश्यकता हो।”
कार्यक्रमका संयोजक केशवराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको उद्देश्य, विविध गतिविधिहरू र आगामी योजनाबारे जानकारी गराएका थिए।
संस्थाका पुर्व अध्यक्ष प्रदिप धिताल, दिपेष भण्डारी, मानबहादुर बस्नेत, पत्रकार तथा संवाद सहजकर्ता सुशील,प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डांगी, चेम्बर अफ कमर्शका महासचिव दुर्गा शर्मा,दाङ लेडी काबा अध्यक्ष लक्ष्मी घमाल,लमही जेसीज अध्यक्ष रामदिप चौधरी लगायतले जेसीजको मूल्य र मान्यतामा आधारित कार्यशैलीले व्यक्तिलाई सफल बनाउने दाबी गरे।
सामाजिक रूपान्तरणमा जेसीजको योगदान उल्लेख गर्दै जलवायु परिवर्तन र दुर्व्यसन विरुद्ध दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनीहरूले अनुशासन र संस्थागत अभ्यासले व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
सप्ताह प्रारम्भ समारोहमा विभिन्न तहका पदाधिकारी, युवा सदस्य, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले जेसीज सप्ताहलाई समाजप्रति प्रतिबद्धता प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा मूल्यांकन गरेका छन्।
कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए। जेसीज सप्ताह जेठ ३१ गतेसम्म चल्ने छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ जेठ । दाङको तुलसीपुरमा एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समृद्धि र आर्थिक उन्नयन सम्भव रहेको बताए। टाढाबाट आउने अनुगमनकर्ता र जनप्रतिनिधिहरूलाई स्थानीय स्तरमा रहेका पर्यटकीय स्थल चिनाउने कार्य भइरहेको उनले बताए। अब हामीले पर्यटक भित्र्याउने सम्भाव्य स्रोतहरूको पहिचान तथा प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको औँल्याए ।
‘प्रचार–प्रसारको अभावका कारण थुप्रै पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन्। उनले भने–‘ तिनको अध्ययन, अनुगमन र खोजी गरी विकासको गति दिन जरुरी छ।
तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपूल पोख्रेलले पर्यटन पूर्वाधार, प्राकृतिक तथा कृत्रिम पर्यटकीय स्थलहरू, तिनको सम्भावना र उपयोगिता, पर्यावरण संरक्षणमा पर्यटनको योगदान तथा समुदायमा पर्न सक्ने प्रभावबारेमा प्रशिक्षण दिएका थिए।
पोख्रेलले अनुसन्धानमूलक पत्रकारिता र तथ्यमा आधारित रिपोर्टिङले स्थानीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए। तालिममा सहभागीहरूले स्थानीय तहमा पत्रकारितामार्फत पर्यटन प्रवर्द्धन गर्ने रणनीतिबारे जानकारी हासिल गरेका थिए। तालिममा तुलसीपुर क्षेत्रका करीव २० बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको स्वागत राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले गरेका थिए भने सहजीकरण पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
जाजरकोट ,२३ जेठ । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ मनमै स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको हो।
शुक्रबार दिउँसो पौडी खेल्न गएका तीन बालबालिकामध्ये १६ वर्षीया भगवती नेपाली र करिब १२ वर्षीया आशा कुसारीको ज्यान गएको हो। भगवती नेपाली नलगाड–८ निवासी टेकबहादुर नेपालीकी छोरी हुन् भने आशा कुसारी सोही ठाउँका सुरेन्द्र कुसारीकी छोरी हुन्।
सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारी भने घटनापछि बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्तकुमार शर्माका अनुसार भगवती नेपालीलाई स्थानीयले भेरी नदीबाट उद्धार गरी आठबिसकोट नगर अस्पताल पुर्याएका थिए। तर, उपचारका क्रममा उनको मृत्यु भयो। आशा कुसारीको शव भने घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता बालक महेश कुसारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ती बालबालिका पौडी खेल्नकै क्रममा नदीमा डुबेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ जेठ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी पाँच महिनापछि खुलाइएको छ। २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सफल वार्तापछि खुलाइएको हो।
तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया र आर्थिक कारोबार सबै अवरुद्ध भएको अवस्थामा विश्वविद्यालयको समग्र वातावरण नै प्रभावित भएको थियो।
विद्यार्थीहरूले विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। उनीहरूले पटक–पटक उठाएका मागहरू बेवास्ता भएको भन्दै तालाबन्दीसमेत गरेका थिए। विश्वविद्यालयमा यसअघि पनि यस्तै किसिमका आन्दोलन र तालाबन्दी भइरहँदा शैक्षिक वातावरणमा नकारात्मक असर परेको स्थानीय अभिभावक र विद्यार्थीहरूको गुनासो छ।
हाल विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच भएको छलफल सफल भएसँगै संयुक्तरूपमा पाँच बुँदे सहमति सार्वजनिक गरिएको छ। सहमति अनुसार केन्द्रीय आयुर्वेद विद्यायायसँग सम्बन्धित विद्यार्थीका मागहरूबारे अध्ययन गरी प्रतिवेदन तयार पारिनेछ र त्यसको आधारमा विश्वविद्यालयमा प्रस्ताव पेश गरिनेछ। साथै, नेपाल सरकारले छुट्याएको बजेटको प्रयोग गरी नयाँ व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

परीक्षा, उत्तरपुस्तिका व्यवस्थापन, तालिका लगायतका विषयमा देखिएको अव्यवस्था एक महिनाभित्र सुधार गरिने प्रतिबद्धता जनाइएको छ। यस्तै, विश्वविद्यालयमा उठेका आर्थिक अनियमितता छानबिन गरिने र दोषी पाइए कानुनी कारबाही गरिनेछ। तत्कालीन रूपमा गठन गरिएको वार्ता समिति र संयोजन समितिलाई कार्यान्वयनमा निरन्तरता दिने सहमति पनि भएको छ।
वार्ता समितिका संयोजक प्रा.डा. भीमप्रसाद खनालको नेतृत्वमा सम्पन्न वार्तामा विद्यार्थी पक्षबाट विभिन्न संघ–संगठनका प्रतिनिधि र विश्वविद्यालय प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो। सहमतिपछि आन्दोलनरत विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आन्दोलन स्थगन गर्ने प्रतिबद्धता जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस