लामिछाने भोलि रुपन्देही अदालतमा उपस्थित हुने

   माघ ०८, २०८१       admin

दाङ,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देहीमा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही पुगेका छन्।

रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार रुपन्देही पुगेका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि देखिनै रुपन्देहीमा छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बन्दै गरेको घरबाट लडेर कामदारको मृत्यु

   माघ ०८, २०८१       admin

दाङ, ७ माघ । तुलसीपुरमा एक कामदारको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–४ बनौरीमा निर्माणाधीन पक्की भवनमा मिस्त्री काम गर्ने युवकको लडेर मृत्यु भएको हो।

बनौरी निवासी सुभान पुनको २ तले पक्की घर निर्माणमा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नं ७ नवलपुरका २७ वर्षीय सन्तोष चौधरी मृत्यु भएको हो । चौधरी सोमबार बेलुकी ४:४५ बजे घरको दोस्रो तल्लाबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो।

अस्पतालमा उपचाररत चौधरीलाई बेलुकी करिब ६ बजे चिकित्सकले मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा रैथाने खाना महोत्सवःपरम्परागत देखी आधुनिक परिकार एकै ठाउँमा

   पुष २८, २०८१       admin

दाङ, २८ पुस ।दाङको तुलसीपुरमा रैथाने खाना महोत्सव गरिएको छ । होटेल ब्यबसायी संघ तुलसीपुरको आयोजना कार्यक्रम गरिएको हो । तुल्सीपुरको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा रैथाने खाना महोत्सव एवं माघी मिलन कार्यक्रम गरिएको हो ।

महोत्सवमा परम्परागत देखि आधुनिक परिकारको प्रदर्शन गरिएको छ । महोत्सवमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, जौको सातु, घोंगी, गंगटा लगायतको परिकार प्रदर्शनी गरिएको छ भने विभिन्न लोपन्मुख नाचहरु प्रदर्शन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्थानीय परम्परागत खानालाई आम्दानीसंग जोड्नुपर्ने बताए । उनले स्थानीय कला संस्कृति र खानामार्फत पर्यटन क्षेत्रको विकास गर्न सकिने औल्याए ।

तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीले रैथाने खानाको बजारीकरणका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले स्थानीय वस्तुको बजारीकरणका लागि रैथाने खानाको बजारीकरण हुनुपर्ने बताए । युवा पुस्ताले पनि महोत्सवलाई नयाँ स्वाद र परम्परागत खानाका अनुभवहरूको अवसरका रूपमा लिएको उनले बताए ।

होटल व्यवसायी समितिका केन्द्रीय सदस्य नेत्रलाल वलीले रैथाने खानाको प्रचारप्रसारसंगै होटलका मेन्युमा पनि रैथाने खाना राख्न सकिने बताए । लहरे नाच, थारु समुदायको नाच पनि प्रस्तुत गरिएको समितिका उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले दोस्रो रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गरेको हो ।

समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्कको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेमप्रकाश मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर सिकाइ मेलाः विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्छ

   पुष २८, २०८१       admin

दाङ,२८ पुस। दाङको तुलसीपुरमा तुलसीपुर सिकाइ मेला २०८१ सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा उक्त सिकाई मेला सम्पन्न भएको हो । विद्यालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सम्पन्न सिकाइ मेलाका अवसरमा सहभागिहरुले विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्ने बताएका थिए ।

सिकाईका आधारमा संस्थागत र सामुदायिक विद्यालयविचमा विभेद सिर्जना गर्न नहुने उनीहरुको भनाई थियो ।विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल्लु प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त सिकाई मेला सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले सामुदायिक र संस्थागत विद्यालयविचको विभेद हटाउन आवश्यक रहेको बताए । सामुदायिक विद्यालयप्रति हेर्ने दृष्टीकोण अँझैपनि सकारात्मक बन्न नसकेको भन्दै विभेद हुने सिकाई र संस्कारको अन्त्य गरिनुपर्ने बताए। यसका लागि सामुदायिक विद्यालयहरु प्रतिस्पर्धामा तयार रहन सके राज्यले विभेद हटाउन सक्ने बताए।

शिक्षालाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा उल्लेख गरेको भन्दै नगरप्रमुख खड्काले मौलिक अधिकारमा कोही कसैले विभेद गर्न नपाउने बताए ।

उनले भने– ‘शिक्षालाई हाम्रो मौलिक अधिकार हो, यसमा विभेद गर्न पाउने छुट,अधिकार कसैलाई छैन। सिकाईको विकास र गुणस्तरका लागि सबै सकारात्मक हुन जरुरी छ । यसमा विद्यालयहरु पनि उत्तिकै सक्रिय बन्नुपर्छ ।’

उनले विद्यार्थीहरु १२ कक्षापछि आफ्नो श्रम विश्व बजारमा बेच्न बाध्य भएको भन्दै यसलाई रोक्न शिक्षा प्रणालीमा नीतिगत सुधार हुन आवश्यक रहेको उनले बताएका थिए।

सो अवसरमा प्रमुख वक्ता पत्रकार टिकाराम यात्रीले बालबालिकाहरुले जवसम्म खुलेर आफ्ना भावना व्यक्त गर्न सक्दैनन् तबसम्म शिक्षा अनुशासित बन्न नसक्ने बताए । उनले खुशी र पीडा आफ्ना अभिभावकसंग खुलेर व्यक्त गर्न सक्ने खालको अनुशासन दिनसक्नुपर्ने बताए ।

उनले विद्यार्थीहरुलाई स्वअनुशासन र समय व्यवस्थापनको महत्वका बारेमा जानकारी गराएका थिए। यस्तै विद्यालयबाटै नेपाली भाषा र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयहरु पनि अब्बल साबित बन्दै गएको बताएकी थिइन् ।

सामुदायिक विद्यालयको सिकाईप्रति अभिभावकले विश्वास गर्नसक्ने वातावरण सिर्जनागर्न विद्यालयहरुले आफ्नो शिक्षण सिकाई क्रियाकलाप सुधारमा ध्यान दिनुपर्ने उनको भनाई थियो। इच्छा शक्ति र दृढता भए संस्थागत विद्यालय सरह सामुदायिक विद्यालयहरु पनि अगाडी बढ्न सक्ने उनले बताएकी थिइन् ।

विरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनप्रतिनिधी,जिल्ला शिक्षा इकाइ प्रमुख, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख,तुलसीपुर शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख, वडा अध्यक्ष लगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले सिकाईमेलाका माध्यमबाट विद्यार्थीहरुलाई ज्ञान र सिप प्रदर्शन गर्न प्रेरीत गर्ने बताएका थिए।

कार्यक्रमको सहजीकरण विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्धोय पार्वती सुनार र देवराज अधिकारीले गरेका थिए । सो अवसरमा सामुदायिक र संस्थागत विद्यालय गरी करीव १सय ९ विद्यालयका विद्यार्थीहरुले विज्ञान, कला,संस्कृति र सिर्जनात्मक कार्यहरु प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर-६ को सार्वजनिक सुनुवाइ सम्पन्न

   पुष २६, २०८१       admin

दाङ, पुस २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। चौमासिक अवधिमा भएका कामको समीक्षा तथा नागरिकका गुनासो र सुझाव सङ्कलन गर्न सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माणका काममा देखिएका समस्याबारे गुनासा राख्दै वडा सरकारलाई नागरिकमैत्री र गुनासोरहित सेवा प्रदान गर्न आग्रह गरे।

स्थानीय रामबहादुर जिसीले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया टुंगोमा नपुग्नुको कारणबारे प्रश्न उठाउँदै जनप्रतिनिधिहरूबीचको बेमेलले विकास निर्माणमा अवरोध गरेको हो वा होइन भनी जिज्ञासा राखे।

त्यसैगरी, स्थानीय आशाराम चौधरीले पञ्जीकरणको विषयमा जनचेतना अभाव रहेको भन्दै वडा सरकारले यसमा ध्यान दिनुपर्ने बताए। भुवनसिंह खड्काले महादेवस्थान क्षेत्रमा सडक र नालाको काम रोकिएको गुनासो गरे। लिलामणि लामिछानेले खैरबाङ भगवती मन्दिरको लागि आएको बजेट अन्योलमा रहेको बताएका थिए।

वडा अध्यक्ष दुजमान भण्डारीले भूमिहीन सुकुम्बासीका लागि २हजार २ सय जनाको विवरण अनलाइन सूचीकृत भइसकेको र चाँडै लालपुर्जा पाउने प्रक्रिया अघि बढ्ने जानकारी दिए। उनले विकास निर्माणमा जनप्रतिनिधिहरूबीच कुनै बेमेल नभएको दाबी गर्दै वडाभित्रका समस्याहरू समाधान गर्न आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे।

वडा सदस्य यमराज केसीले विकास निर्माणका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

सो अवसरमा नागरिकले सडक, नाला र खानेपानी समस्या भोग्दै आएको बताएका थिए।वर्षायाममा नालाको अव्यवस्थित पानीले नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरे

पञ्जीकरणमा जनचेतना अभाव भएको भन्दै नागरिकसम्म जानकारी दिन पञ्जीकरण शिक्षालाई गाउँँगाउँमा पुर्‍याउनुपर्ने बताए। यसैगरी मुक्त बनाउनका लागि विशेष योजना बनाएर काम गर्न सुझाव समेत दिएका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रम दलित महिला संघ दाङको आयोजना र ६ नं वडा कार्यालयको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण वडा कर्मचारी नानीमैया केसीले गरेकी थिइन् भने सांगठनिक प्रतिवेदन वडा सचिव मित्रलाल विकले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्येष्ठ सदस्यहरुको समर्पणले नै पार्टी स्थापित भएको हो: केन्द्रीय सदस्य गिरी

   पुष २६, २०८१       admin

दाङ,२६ पुस ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले ज्येष्ठ सदस्यहरुको समर्पण र त्यागकै कारण पार्टी स्थापित भएको बताएका छन् । मुलुककै ठुलो राजनैतिक दल बन्नुको मुख्य कारण पार्टीका ज्येष्ठ सदस्यहरु रहेको भन्दै ज्येष्ठनागरिकको त्याग र समर्पणको प्रसंशा गरे।

शुक्रबार नेपाली कांग्रेस तुलसीपुर नगर कार्य समितिले आयोजना गरेको क्रियाशील जेष्ठ नागरिक सम्मान कार्यक्रमका अवसरमा प्रमुख अतिथि समेत रहेका गिरीले यस्तो बताएका हुन्

गिरीले जेष्ठ नागरिकहरूले आफ्नो जीवन नै पार्टीप्रति समर्पण गरी लोकतन्त्र स्थापनादेखि पार्टीलाई अहिलेको स्थानसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

पार्टीप्रति प्रतिबद्धता भएका नागरिकहरूको त्याग र योगदानको प्रशंसा गर्दै मुलुकका लागि हजारौंले सहादत प्राप्त गरेको कुरा स्मरण गरे। लोकतन्त्र, सार्वभौम सत्ता, र राष्ट्रिय अखण्डताको पक्षमा नेपाली कांग्रेसको अडान सधैं बलियो रहेको भन्दै, पार्टीले नागरिकका हक, अधिकार, र आवश्यकताका विषयमा निरन्तर काम गर्दै आएको उनको भनाइ थियो।

गिरीले वर्तमान समयका राजनीतिक चुनौतीहरूलाई स्वीकार्दै सबै वर्ग र समुदायलाई सहकार्यका साथ अघि बढ्न आह्वान गरे। महिला, दलित, थारु, व्यापारी, र शिक्षित वर्गलगायत सबै नागरिकलाई पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै, कुनै समस्या परे जिल्ला कार्य समिति र नगर समितिसँग संवाद गर्न आग्रह गरे।

चारसय ज्येष्ठ सदस्यलाई सम्मान
नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिले पार्टीमा क्रियाशील जेष्ठ सदस्यहरूलाई सम्मान गरेको छ। नगर सभापति सुरेश हमालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा तुलसीपुर नगर समितिले आफ्ना ४सय जेष्ठ सदस्यहरूलाई सम्मान गरेको हो।

नगरसमितिले आफ्ना सदस्यहरुलाई क्रियाशिल सदस्यताको प्रमाणपत्र ,चेबन प्रास,सल,फाइबर सिरक,जुत्ता ,टोपीले सम्मान गरेको हो । कार्यक्रमको सहजीकरण नगर सचिव विमल कुमार पौडेलले गरेका थिए।

कार्यक्रममा पार्टीका जिल्ला सभापति क्षेत्रीय, सभापति, विभिन्न वडाका वडा सभापति लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाइते

   पुष २२, २०८१       admin

दाङ,२२ पुस । दाङमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २ प ५८१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा परी रा २ प ५८१० नम्बरको मोटरसाइकल चालक रोल्पाको त्रीवेणी गाँउपालिका-७ का कृष्ण बहादुर डाँगी र लु ८८ प ८३९८ नम्बरका मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का २७ वर्षका राम प्रसाद घिमिरे घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खत्रीले जानकारी दिए ।

घिमिरेकोे हात र टाउकोमा चोट लागेको छ। उनको मोतिपुर स्थित राप्ती लाइफ केयर अस्पतालामा उपचार भैरहेको छ । अर्का घाइते डाँगीको राप्ती पादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घिमिरेको अवस्था मध्यम छ भने डाँगीको अवस्था सामान्य रहेकोे छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दार्मामा भुकम्प प्रभावितका लागि जीविकोपार्जन कार्यक्रम

   पुष २२, २०८१       admin

सल्यान,२२ पुस। सल्यानमा भुकम्प प्रभावितहरुका लागि जीविकोपार्जन कार्यक्रम सन्चालन भएको छ। नेपाल रेडक्रस सोसाइटीले दार्मा गाउँपालिकाका भुकम्प प्रभावितहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले शसर्त अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।

जीविकोपार्जन कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटा वडाका १९३ घरपरिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले नगद अनुदान प्रदान गरिएको रेडक्रस सोसाइटी सल्यानका कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए। उनका अनुसार अनुदान कार्यक्रम अन्तर्गत लाभग्राहीले कुल ९६ लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छन् ।

पहिलो किस्तामा प्रतिव्यक्ति २५ हजार वितरण भइसकेको छ भने दोस्रो किस्ताका लागि अनुगमन प्रक्रिया जारी रहेको उनले बताए । अनुदान प्राप्त गर्ने लाभग्राहीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् ।

बाख्रापालनमा १२८ जना, भैँसीपालनमा ३७, सिलाइकटाइमा आठ, किराना पसलमा सात, आरन उद्योगमा चार, कुखुरापालनमा चार, कुटानी पिसानीमा दुई, खाजानास्ता होटलमा एक, तरकारी खेतीमा एक र तरकारी तथा फलफूल पसलमा एक जना संलग्न भएका छन् ।

भूकम्पपीडित दार्मा गाउँपालिका–५ का वीरेन्द्रप्रकाश खड्काले जीविकोपार्जन कार्यक्रमले राहत भएको बताए । उनका अनुसार पीडित परिवारले आयआर्जनको काम पनि सुरु गरिसकेका छन् । सोही वडाका पदमी कामीले किराना पसल सुरु गरेको र त्यसबाट आफूलाई आयआर्जनका लागि सहयोग पुगेको जानकारी दिए।

भूकम्प प्रभावितलाई प्रदान गरेको रकमबाट बाख्रापालन गर्ने किसानले रकमबाट तीन वटासम्म बाख्रा किन्ने तथा गोठ र खोर आफैँले बनाउने छन् भने भैँसीपालन गर्ने किसानले केही रकम आफूले थपेर लैनो भैँसी किन्नुपर्ने छ ।

कार्यक्रम संयोजक तामाङले भूकम्प प्रभावितले पेसा व्यवसायमा सहयोग होस् र जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले ससर्त अनुदान रकम प्रदान गरिएको बताए।

रेडक्रसको यो पहलले विपन्न किसानलाई आत्मनिर्भर बन्न र आफ्नो जीविकोपार्जन सुधार गर्न मद्दत पुगेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए। उनका अनुसार अनुगमन गरेर भूकम्प प्रभावितमध्ये पनि अति विपन्न परिवार छनोट गरेर यो कार्यक्रम जोडेको जानकारी दिए।

भूकम्पले धेरैको घरबास गुमेकाले क्षतिपूर्तिस्वरूप उक्त कार्यक्रम सञ्चालनले उनीहरूको आयआर्जन र पेसा व्यवसायमा ठुलो सहयोग पुगेको अध्यक्ष केसीले बताए।

भूकम्पबाट दार्मा गाउँपालिकामा चार हजार ८० जना सर्वसाधारणको घरमा क्षति पुगेको थियो  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर वलीले भूकम्पबाट ३६ विद्यालय, नौ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ खानेपानी, सिँचाइ र सडक गरी ५९ वटा सार्वजनिक संरचनामा आंशिक क्षति पुगेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सडक दुर्घटना बढ्नुमा राज्य जिम्मेवार छ:मन्त्री न्यौपाने

   पुष २१, २०८१       admin

दाङ, २१ पुस । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बढ्दो सडक दुर्घटनाको जिम्मेवार राज्य भएको बताएका छन् । सडक दुर्घटनाबाट राज्यले हरेक वर्ष कुल ग्राहस्थ उत्पादनमा नोक्सान बेहोर्दै आए पनि त्यसतर्फ राज्यको ध्यान जान नसकेको उनले बताए।

आइतबार रिपोर्टर्स क्लब अफ दाङले आयोजना गरेको बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा हाम्रो चासो विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री न्यौपानेले यस्तो बताएका हुन्।

दुर्घटना न्यूनीकरण भन्दा क्षतिपूर्ति माग गर्नेमा सबैको चासो रहेको भन्दै उनले राज्य मातहतका निकायहरू दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो । उनले १० वर्षको अवधिमा २५%ले सडक दुर्घटना बढेको भन्दै यसतर्फ सबै निकाय जिम्मेवार बन्न आग्रह समेत गरे ।

‘ दुर्घटना न्यूनीकरण गर्न नभई क्षतिपूर्ति माग गर्न र त्यसको व्यवस्थापन गर्न मात्रै हाम्रो ध्यान केन्द्रित भयो। देशको कुल ग्राह्स्थ उत्पादन दुर्घटनाका कारण प्रभावित बन्दै गएको छ, हवाई र सडक दुर्घटनाकै डरले पर्यटकहरुको संख्या कम हुदै गएको छ,उनले भने-‘यसको मुख्य जिम्मेवार राज्य हो, एकले अर्कोलाइ यसो त्यसो भनेर दोषारोपण गर्ने, आफ्नो कामबाट पन्छिने गर्दा आज यो अवस्था आएको हो। यसतर्फ समयमै ध्यान दिन जरुरी छ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकि उपप्रमुख स्यानी चौधरीले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि स्थानीय सरकार कटिबद्ध भएर लागेको बताइन् । ट्राफिक सचेतना र सवारी दुर्घटना कम गर्न आवश्यक उपकरण तथा सामग्रीहरु उपलब्ध गराउदै समुदायस्तरसम्म सचेतना फैलाउन काम भएको उनले बताइन् ।

सांघुरो सडक र सवारीसाधनको चाप बढी भएकाले दुर्घटनाको जोखिम चुनौतीपूर्ण बनेको उनको भनाइ थियो। स्थानीय सरकारले बजार व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्दै आएको र निकट भविष्यमा यस्ता समस्याहरु कम गर्दै लैजानेमा स्थानीय सरकार प्रतिवद्द रहेको उनले बताइन् ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले दुर्घटना न्यूनीकरणका लागि नितिगत र कार्यक्रमगत ढंगले अघि बढ्नुपर्ने बताए। उनले समुदायस्तरसम्म सचेतनाका कार्यक्रमलाई विशेष जोड दिन आवश्यक रहेको औलाए। जिल्लामा लागू औषधको बिगबिगी रहेको भन्दै त्यसतर्फ प्रशासनले थप कदम चाल्नुपर्ने जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका दाङ जिल्ला अध्यक्ष सन्तोष सुवेदी, जिल्ला उपाध्यक्ष नारायणी रजौरे, केन्द्रीय सदस्य लिला शाह,पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसि, नागरिक समाजका टिकाराम रेग्मी, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन प्रदेश उपाध्यक्ष केशव बहादुर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनील केसी लगायतले सडक, सवारीलाई व्यवस्थित गर्न सके दुर्घटनाको जोखिम कम हुने बताएका थिए।

भद्रगोल ट्राफिक चेकजाँच, अव्यवस्थित सडकका कारण दैनिक रुपमा दुर्घटनाको जोखिम बढ्दो रहेको उनीहरूको भनाइ थियो । उनीहरुले सवारी चालक अनुमतिपत्र वितरण प्रणालीलाई कडाइ गरिनुपर्ने बताए। उनीहरूले आफ्नो क्षेत्रमा पर्ने सडकको व्यवस्थापन गर्नका लागि संघ प्रदेश र स्थानीय सरकारलाई अनुरोध समेत गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका प्रमुख राजेश शाहीले गत आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्षको ६ महिनामा भएका सवारी दुर्घटनाको अवस्थाको बारेमा जानकारी गराएका थिए। हुनका अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको थियो भने यस आर्थिक वर्षको ६ महिनामा ४५ जनाको मृत्यु भएको छ।

गत आर्थिक वर्षमा सडक सवारी दुर्घटनामा परी २ सय ३७ जना घाइते भएका थिए भने चालु आर्थिक वर्षको ६ महिनामा ८० जना घाइते भएका छन्। सवारी दुर्घटना हुनेमध्ये सबैभन्दा बढी मोटरसाइकलको सङ्ख्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क छ।

सडक सवारी दुर्घटना हुनुको मुख्य कारण लापरवाही र तीव्र गति रहेको ट्राफिक प्रहरीले जानकारी गराएको छ।
रिपोर्ट्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस युनियनको सम्मान कार्यक्रम: राज्यले संचारक्षेत्रलाई नियन्त्रण गर्न खोजेको गुनासो

   पुष २०, २०८१       admin

दाङ,२० पुस।नेपाल प्रेस युनियन दाङ शाखाले बधाई तथा सम्मान कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघमा नवनिर्वाचित जिल्ला शाखाका पदाधिकारी, प्रदेश र केन्द्रका पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सम्मान गरिएको कार्यक्रममा पत्रकारहरूले सञ्चार क्षेत्रमाथि राज्यले नियन्त्रण कायम गर्न खोजेको भन्दै गुनासो व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै पोखरेलले राज्यले सञ्चार क्षेत्रको दिगोपना सुनिश्चित गर्न अभिभावकको भूमिका निभाउन नसकेको र यसको सट्टा कानुन तथा नीतिका नाममा सञ्चार जगतलाई कुण्ठित पार्ने प्रयास भइरहेको बताए।

“राज्यले सञ्चार क्षेत्रलाई नियन्त्रणमा राख्न विभिन्न बहाना बनाउँदै आएको छ। सञ्चारकर्मीहरू हरेक समयमा सचेत रहनुपर्छ,” उनले भने। पोखरेलले विज्ञापन वितरण प्रणालीमा बिचौलियाको भूमिका हटाउन पनि जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सबिन प्रियासनले संकटमा रहेका सञ्चार माध्यमलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। यस्तै, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महासंघले पहल गर्नुपर्ने धारणा राखिन्।

सम्मान कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लिला शाह, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले विचार व्यक्त गरे।

कार्यक्रमको सहजीकरण सचिव अमरक्षितीज भण्डारीले गरेका थिए भने उपाध्यक्ष गोपाल शर्मा भट्टराईले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले सञ्चार क्षेत्रका चुनौतीहरूको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, सञ्चारकर्मीहरूको सुरक्षाका लागि राज्यले जिम्मेवारी बहन गर्नुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology