दाङका सञ्चारकर्मी महिलाहरुको भेला

   पुष १, २०८१       admin

दाङ,१९ पुस। दाङमा क्रियाशिल रहेका सञ्चारकर्मी महिलाहरुको भेला घोराहीमा सम्पन्न भएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको अध्यक्षतामा भएको भेलाले दांगमा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुलाई संगठित गर्दै उनीहरुको पेशागत हक हितमा सहयोगी वातावरण सिर्जना गर्ने निर्णय गरेको छ ।

त्यस्तै भेलाले जिल्लामा छरिएर रहेका तथा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुको साझा मञ्चका रुपमा सञ्चारकर्मी महिला समूह दांग गठन गर्ने निर्णय गरेको छ ।

भेलाले पत्रकार महासंघ दांगका पूर्व उपाध्यक्ष लक्ष्मी आचार्यको संयोजकत्वमा गठित सञ्चारकर्मी महिला समूहको सचिवमा दिप्तीशिखा चौधरी र कोषाध्यक्षमा रोशनी मल्ललाई चयन गरेको छ । समूहलाई हाल लुज फोरमका रुपमा अघि बढाउने र सबै समूहको सदस्य रहने निर्णय गरिएको छ ।

भेलाले हरेक वर्ष समूहको जिम्मेवारी हेरफेर गर्ने, समूहका सदस्यहरुले नियमित रुपमा मासिक बचत गर्ने तथा आवश्यकता अनुसार कार्यक्रम गर्दै जाने निर्णय गरेको छ भने नियमित बैठक हरेक महिनाको अन्तिम शनिवार गर्ने निर्णय गरिएको छ ।

आगामी बैठक माघ २६ गते शनिवार तुलसीपुरमा गर्ने निर्णय गरिएको छ । भेलामा लक्ष्मी आचार्य, लिला शाह, सुलोचना गौतम, बसुन्धरा गौतम, दिप्तीशिखा चौधरी, रञ्जिता अधिकारी, भावना सुवेदी, कविता डिसी, अनिता पोख्रेल, रचना सुवेदी, सुशिला आचार्य, रोशनी मल्ल, सुशिला वली, प्रेम कुमारी बुढामगर, असिमा घर्ती मगर, पुष्पा पौडेल, रमा नेपाली, सीता देवकोटा, अमृता डाँगीलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु तीन घाइते

   पुष १, २०८१       admin

रोल्पा,१९ पुस। रोल्पामा यात्रुवाहक जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

सुनिलस्मृती गाउँपालिका ३ रुईनिवाङ बजारबाट सुनछ्हरी गाउँपालिका(६ फगाम धुंसी तर्फ जाँदै गरेको लु १ ज ४८९८९ नम्बरको यात्रुवाहक जीप बिहीबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जीप दुर्घटना हुँदा सुनछहरी गाउँपालिका-६ फगाम निवासी ५७ वर्षिय गौरा रोका मगरको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा परी जिपका सहचालक सुनछहरी गाउँपालिका -६ बस्ने ३५ वर्षिय तिल बहादुर घर्ति, सुनछहरी गाउँपालिका- ७ पोर्वाङ बस्ने ४३ वर्षिय टेक बहादुर बुढा मगर र सुनछहरी गाउँपालिका-६ धुम्सि बस्ने २५ वर्षिय प्रेम रोका मगर घाइते भएका छन् ।

सहचालक तिललाई शरिरमा भित्री चोट लागेकाले सुलिचौरमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । उनको अवस्था सिरीयस रहेको छ ।

घाइते दुई जनाको सुलिचौरमा प्राथमिक उपचार पछि घर फर्किएका छन् । जीप सडकदेखि ५० मिटर तल खसेको थियो । साथै प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोरखा माविको १४ औँ वार्षिकोत्सव

   पुष १८, २०८१       admin

दाङ,१८ पुस। दाङको तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। गोरखा ग्रुपका संस्थापक मान बहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक गुणस्तर सूधारका लागि विद्यालयले महत्वपूर्ण भूमिका रहेको बताएका थिए । विद्यालयले समाजमा टिक्न र बिक्न सक्ने जनशक्ति उत्पादन गर्नुका साथै समाजको आवश्कता अनुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काले विद्यालयले प्रविधिमैत्री शिक्षाको अवलम्वन गर्दै आएको बताए । उनले पाठ्क्रममा आधारीत मात्र नभई उत्पादन र आयआर्जनसंग जोड्न सक्ने सिपमुलक शिक्षाको आवश्यता रहेको बताए। उनले स्वदेशमै रोजगारी उत्पादन गर्नसक्ने शिक्षाको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरे। उनले समाजको आवश्यकता र माग अनुसारको शिक्षा विद्यालयले दिँदै आएको बताए । उनले स्थापनाको छोटो समयमै विद्यालयले आफ्नो गौरव बढाएको भन्दै प्रसंशा समेत व्यक्त गरे । हरेक वर्गका बालिबालिकाको पहुँचमा विद्यालय पुग्न सक्नुपर्ने पनि उनले बताएका थिए।

कार्यक्रममा गोरखा ग्रुप दाङका सिईओ नवनसिंह जिएमले शैक्षिक गुणस्तरका लागि राज्यले शिक्षकहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताएका थिए। समयसापक्ष शिक्षाको गुणस्तर कायम गर्ने विषयमा सरकारको चासो हुनुपर्छ, उनले भने तालिम, गोष्ठी उपलव्ध नगराउने तर शिक्षकलाई मात्र गाली गर्ने काम राम्रो होइन, शिक्षक र सरकाविच दुरी छ त्यो मेटाउन जरुरी छ । त्यसपछि मात्र शिक्षामा सुधार आउँछ ।

कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष दुजमान भण्डारी, राप्ती बबई क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख युवराज रावत,त्रिभुवन विश्वविद्यालयका लक्ष्मण लुईटेल लगायतका लागि समाजको अपेक्षा अनुरुप विद्यालयले शैक्षिक गतिविधिलाई परिमार्जन गर्दै लगेको बताएका थिए ।विद्यालयले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक कार्यमा पनि विद्यार्थीहरुलाई सहभागी गराउँदै समाजलाई बुझ्न सक्ने शिक्षा दिँदै आएको भन्दै प्रशंसा समेत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक विजयमान जिएमले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै उनले विद्यालयमा हाल ३२ सय ७८ जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए। गोरखा ग्रुप दाङका एकाडेमिक डाइरेक्टर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकद्धोय पूर्णविक्रम डाँगी र कमल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रकको ठक्करबाट तुलसीपुरमा एकजना घाइते

   पुष १८, २०८१       admin

दाङ, १८ पुस। दाङको तुलसीपुरमा ट्रकले ठक्कर दिदा एक पैदलयात्रु घाइते भएका छन् । बिहिवार बिहान तुलसीपुर स्थित बिपिचोकमा ठक्कर दिँदा पैदल यात्रु तुलसीपुर ५ निवासी ७० वर्षीय टेक बहादुर गिरी घाइते भएका हुन् । विरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको ट्रकले गिरीलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट गिरीको बबया हात, खुट्टा र मुखमा चोट लागेको छ । उनको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

घाइते गिरीको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भुकम्प प्रभावितको घर-घरमा धारा

   पुष १३, २०८१       admin

रुकुमपश्चिम,१३ पुस। रुकुमपश्चिममा खानेपानीको धारा घर-घरमा पुगेपछि स्थानीयहरु खुशी भएका छन् । खानेपानीका लागि घण्टौँको पैदल हिड्नुपर्ने बाध्यता हटेपछि जिल्लाको सानीभेरी र मुसीकोट गाउँपालिकाका स्थानीयहरु खुशी भएका हुन् । रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा सञ्चालन गरेको भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाई पुनर्लाभ कार्यक्रम मार्फत खानेपानी र शौचालय निर्माण गरिएको हो ।
सानीभेरी र मुसीकोट गाउँपालिकाको सहलगानीसमेत रहेको छ ।

उक्त परियोजनाले गाउँमा धारा र सौचालय निर्माण गरिदिएपछि एक गाग्री पानीका लागि घण्टौँ ह्निुपर्ने बाध्यता हटेको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले बताइन् । उनको घरमा अहिले मिटरसहितको धारा जडान भएको छ। धाराको पानी करेसाबारी र वस्तुभाइलाई समेत उपभोग गर्नमा सहज भएपछि उनी मख्ख परेकीछन्। भूकम्पपीडित पुनको घर छेउमै व्यवस्थित शौचालय बनेको छ। सरसफाई र स्वच्छता सम्बन्धीका व्यवहारिक ज्ञान सिकेपछि आफ्नो दैनिकी समेत परिवर्तन भएको उनी बताउँछिन् ।

मुसीकोट नगरपालिका–१४ का भिम्रबहादुर विष्टको परिवार पनि भूकम्प प्रभावित हो । भूकम्प पछि सुक्दै जान लागेका खानेपानीको मुहान जोगाएर घरघरमा खानेपानीको सुविधा पुगेपछि घरभन्दा टाढाको मुल र खोलाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको उनले बताए । पूर्व वडा अध्यक्ष समेत रहेका विष्टले समुदाय र विद्यालयमा व्यवस्थित गरिएको खानेपानी र शौचालयबाट गाउँवासीको दैनिकी सहज हुँदै गएको बताए।
पुन र विष्टको जस्तै सानीभेरी र मुसीकोटका ७३४ घरधुरीमा खानेपानीका धारा र ८५० घरधुरीमा शौचालय निर्माण भएका छन्। घरघरमा मिटरसहितको खानेपानी सुविधा र व्यवस्थित शौचालय बनेपछि उहाँका भूकम्प प्रभावित खुशी भएका छन्।

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीले दुई पालिकाका समुदायस्तरमा १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको जानकारी दिए।यसैगरी नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको छ। अध्यक्ष क्षेत्रीयालले भूकम्पको कारण खानेपानीको मुहान सुक्दै गएको र प्रभावित क्षेत्रमा झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिने जोखिम रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले कार्यक्रम मार्फत सानीभेरीमा १० वटा र मुसीकोटमा चार वटा खानेपानी आयोजना निर्माण गरिएको बताउनुभयो। यसबाट यहाँका ७३४ घरधुरीका तीन हजार ५५१ जनसङख्या लाभाविन्त भएका छन्। अहिले प्रभावितको घरघरमा मिटरसहितको धारा जडान भएको छ।

त्यसैगरी सानीभेरीका पाँच र मुसिकोटका चार विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ। यसबाट विभिन्न कक्षाका एक हजार ७९७ जना विद्यार्थी लाभान्वित भएका छन्। कार्यकारी निर्देशक ओलीले २० वटा समुदायमा सञ्चालन गरेको स्वच्छता प्रवद्र्धनका गतिविधिमार्फत दुई हजार ३२१ घरधुरीका १३ हजार ३५३ जनसङख्या लाभाविन्त भएको जानकारी दिए। कार्यक्रम मार्फत सीपमूलक तालिम सञ्चालन गरेर दक्ष जनशक्ति समेत उत्पादन गरिएको छ।

भूकम्पपछि समुदाय र विद्यालयस्तरमा सरसरफाई र स्वच्छ खानेपानीका क्षेत्रमा प्रभावकारी काम गरेर स्थानीय सरकारलाई सहयोग मिलेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए।

भूकम्प प्रभावित क्षेत्रमा सरकारी निकायसँगको सहकार्यमा छोटो अवधिमै नतिजामुखी काम भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोको प्रतिक्रिया रहेको छ।

तस्वीरः साभार

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हुम्लामा फेरी हिमपातः किसान खुशी

   पुष १३, २०८१       admin

सिमीकोट,१३ पुस । हिमाली जिल्ला हुम्लामा फेरी हिमपात भएको छ । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भएको हो ।

शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।

हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्थापना दिवसमा तुलसीपुर नगर जेसिजको दीप प्रज्वलन

   पुष १२, २०८१       admin

दाङ,१२ पुस। तुलसीपुर नगर जेसिजले स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। तुलसीपुर बजारस्थित जेसीज चोकमा दीप प्रज्वलन गर्दै संस्थाको १२ औं स्थापना दिवस मनाएको हो।

जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको दप प्रज्वलन कार्यक्रममा सहभागीहरुले सामाजिक सेवाप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्। संस्था स्थापनाको मूल्य मान्यता र मर्मलाई आत्मसाथ गर्दै आगामी दिनमा यस संस्थाको सामाजिक सेवालाई थप सक्रिय बनाउने उनीहरूको अठोट रहेको थियो।

तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल,बिमलकुमार पौडेल, दिपेश भण्डारी, मेघराज घिमिरे, केशवराज केसी, र निवर्तमान अध्यक्ष शालिकराम ओलीले जेसिजको नेतृत्व विकास र सामाजिक सेवाका कार्यहरूको प्रशंसा गरेका थिए। उनीहरूले जेसिजले छोटो समयमै सामाजिक योगदान र पहिचानमा सफलता प्राप्त गरेको बताए।

कार्यक्रमका अध्यक्ष पूर्णविक्रम डाँगीले जेसिजको मूल्य र मान्यताका आधारमा युवाहरूलाई नेतृत्व विकासमा प्रेरित गर्दै समाज सुधारमा योगदान पुर्‍याइरहेको बताए। उनले आगामी दिनमा पनि संस्थाको सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम संयोजक केशवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठ सन्दिप भुसालले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनप्याब्सनको बृहत खेल प्रतियोगितामा ज्ञानज्योति च्याम्पियन

   पुष १२, २०८१       admin

लक्ष्मण बस्नेत ,१२ पुस। एनप्याब्सन दाङले आयोजना गरेको बृहत खेल प्रतियोगिता २०८१ मा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि च्याम्पियन बनेको छ। दाङ जिल्ला अन्तरविद्यालय स्तरीय बृहत खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै ज्ञानज्योति च्याम्पियन बनेको हो।

एनप्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण,३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योती माबी तुलसिपुर च्याम्पियन बनेको हो ।

त्यस्तै ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ दोस्रो हुदा जनप्रीय बोर्डिङ स्कुल बालापुर ५ स्वर्ण,४ रजत र ४ कास्य पदकका साथ तृतिय भएको छ ।

त्यस्तै अमृत बाल एकेडेमीले ३ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाचौ स्थानमा प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिए ।

तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस् ,भलिबल छात्र/ छात्रा तर्फ कडा प्रतिस्पर्धा भएको थियो ।प्रतियोगितामा एन प्याब्सनमा आबद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याब्सनका केन्द्रीय सदस्री प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यमा भएको थियो ।कार्यक्रमको संचालन एन प्याब्सनका जिल्ला सचिब शालिकराम कार्कीले गरेका थिए ।

सो अवसरमा बिजेता विद्यालय,खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्यमा प्रथम स्थान हासिल गर्ने डिभाईन टेम्पल एकेडेमी लगाएतका बिधालय लाई ट्रफि मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भेरी–बबई डाइभर्सनको काममा तीव्रता दिन मुख्यमन्त्रीको आग्रह

   पुष १२, २०८१       admin

बर्दिया, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गरेका छन् ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका छन् ।

आयाेजनाकाे काम अलि सुस्ताएकाे छ । कामलाई गति प्रदान गर्नुस । छिटाे काम अघि बढ्छ कि भन्ने थियाे तर, काममा बिलम्ब भयाे´उनले भने रिजल्ट छिटाे दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।´

लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने आशा गरिएको बताए । आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउदै उनले नदि कटान र विपद जाेखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध समेत गरे ।

स्थानीयहरु संग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ´उनले भने-बस्तिलाइ सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिकाे दुबै किनारमा तटबन्ध गर्नेगरी याेजना अघि बढाउनुस ।´

आयाेजना कार्यालयसंग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका-१ चेपाङ बर्दियाका स्थानीय संग भेट गरेका छन् ।

अवकाे २ बर्ष भित्र भेरी नदिकाे पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेकाे आयाेजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए ।

बहुउद्देश्यीय आयाेजनाकाे ६५.८ प्रतिशत भाैतिक प्रगति गरेकाे, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यकाे भाैतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्राेमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलकाे भाैतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनकाे भाैतिक प्रगति ५ प्रतिशत भएको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

१२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८\६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियाे । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।

सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियाे । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भ्रष्टाचारमुक्त प्रदेश बनाउन सरकार प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

   पुष ११, २०८१       admin

दाङ,११ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेकाे बताएका छन् ।

सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेकाे बताएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङकाे लमहीमा बिहिवार आयाेजना गरेकाे प्रदेशस्तरीय नागरिक सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक याेजना कार्यान्वयनमा लगिएको जानकारी दिए ।

सरकारकाे नेतृत्व गरेकै दिन भ्रष्टाचार बिरुद्ध रणनीतिक याेजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे । अहिले त्याे याेजना तयार भएर कार्यान्वयनमा गएकाे छ´उनले भने

सरकारले जागरिकमा बढ्दै गएकाे निरासालाई चिर्न सुशासन प्रबर्द्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएकाे छ ।

नेतृत्वमा रहेकाहरुलाइ नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छाैं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिताकाे निगरानी छ ।´
प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासाे गर्न पाउने र त्यसकाे सुनुवाइ गर्ने संयन्त्रकाे विकास गरिएको भनाइ उनको छ ।

`गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ´उनले भने -´जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाइ पनि गुनासाे मार्फत अघि बढाउन सक्नुहुन्छ ।´

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए। भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ ।

भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ´उनले भनेभ्रष्टाचार बिरुद्धकाे अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।´

प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनकाे उद्घाटन गरिएको थियाे ।

सम्मेलनकाे तर्फबाट मुख्यमन्त्री आचार्यलाई घाेषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बाेधन गरिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology