दलित विधेयकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा धर्ना

   पुष ११, २०८१       admin

सुर्खेत,११ पुस। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि ४ जना युवाहरू धर्ना बसेका छन् । कर्णाली प्रदेश सरकारले ६ वर्षदेखि दलित विधेयक अलपत्र पारेको भन्दै उनीहरु १० दिनदेखि धर्नामा बसेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि दलित युवाहरू विधेयक माग्दै धर्नामा बसेका हुन् । दलित विधेयक तत्काल निर्माणको माग राख्दै आफूहरू यही पुस २ गतेबाट धर्नामा बसेको उनीहरूको भनाइ छ ।

दलित विधेयक अभियन्ता गम्भीरसिंह भुलले कर्णालीमा २३ प्रतिशत भन्दा बढी दलित समुदाय रहेको भएतापनि आफूहरूको पक्षमा कानून निर्माणमा सरकारले बेवास्ता गरिरहेको बताए ।

पुस २ गते मुख्यमन्त्री यामलाल कँडेललाई विधेयक निर्माणका विषयमा छलफल गरेको भएपनी आफ्नो कार्यकालमा विधेयक बनाइदिने आश्वासन मात्र दिएको तर लिखित सहमति केही नभएको भन्दै धर्ना बसेका हुन् ।

उनका अनुसार दलित समुदायका लागि भनेर सरकारले पाँच करोड विनियोजन गरेपनि ऐन अभावमा खर्चको अलमल हुने गरेको छ । रकम कहाँ कसरी खर्च गर्ने भन्ने स्पष्ट कुरा ऐनमा नै उल्लेख हुने र सरकारले सोही अनुरुप खर्च गर्ने व्यवस्था हुने भएकोले नै दलित ऐन निर्माण गर्न माग गरिएको भुल बताउँछन् ।

सरकारका प्रवक्ता विनोद कुमार शाहले उनीहरूको मागप्रति सरकार संवेदनशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अटो दुर्घटना हुँदा एकजनाको मृत्यु , दुई घाइते

   पुष १०, २०८१       admin

दाङ,१० पुस। दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुईजना घाइते भएका छन्। बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित गढवा कोइलाबास सडकखण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए।

राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयाबाट कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।

उक्त दुर्घटनामा परी राजपुर गाउँपालिका वडा नं ३ भैसहवा निवासी ५० वर्षका तुलाराम बिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो र उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा परि घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीय बसन्ती बिकको लमही अस्पताल र राजपुर गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३६ वर्षीय प्रेमचन्द्र यादवको राति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

अटो चालक राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अवरुद्ध हवाईसेवा सुचारु

   पुष १०, २०८१       admin

सिमकोट, १० पुस। हिमाली जिल्ला हुम्लाको हवाई सेवा सुचारु भएको छ। हिमपातका कारण अवरुद्ध हुँदै आएको हवाई सेवा आजबाट सुचारु भएको हो ।

हिमपात भएपछि हवाई सेवा प्रभावित भएकोमा मौसममा सुधार आएको र विमानस्थमा जमेको हिउँ पग्लेपछि हवाई सेवा सुचारु भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए।

यसअघि सिमकोट विमानस्थलसमेत सेताम्मे देखिएको थियो। विमानस्थल सफा भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तारा र सीता एयरको जहाजले उडान भरेका थिए। नेपालगञ्जबाट सिमकोटका लागि निजी तथा नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्।

यसबाट दुवैतर्फ जाने यात्रुहरु सहज भएको छ। हिमपातको कारण मंगलबार हवाई सेवा अबरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

   पुष १०, २०८१       admin

हेमराज शर्मा, १० पुस। नेपाल शिक्षक संघ दाङको जिल्लाको प्रतिनिधि सभा हुने भएको छ। संघले आगामी माघ २६ गते उक्त शभा सम्पन्न गर्ने निर्णय गरेको छ। संघको आज घोराहीमा सम्पन्न पूर्ण बैठकले आगामी माघमा सभा सम्पन्न गर्ने निर्णय गरेको हो।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले सबै पालिकाहरुकाे स्थानीय प्रतिनिधि सभा यहि पौष २७ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको संघका सदस्य बालचन्द्र शर्माले जानकारी दिए ।

बैठकले शिक्षक महासंघ  गठन हुन बाँकी पालिकाहरुमा गठनका लागि निर्णायक भूमिका निर्वाह गर्ने,सदस्यता नविकरण हुन बाँकी भएमा त्यसलाई तिव्रता दिने,नेपाल शिक्षक संघ महिला विभाग दाङको आयोजनामा आउँदो माघ १९ गते पेशागत क्षमता तथा नेतृत्व सीप विकास कार्यक्रम गर्ने,संघको विभागहरुलाई चलायमान बनाउनका लागि कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्ने बक्ताहरुले शिक्षक नेताहरुले सामुदायीक विद्यालयहरुमा पठनपाठनकाे अवस्थालाई अझ प्रभाकारी बनाउनुपर्ने भन्दै नेपाल शिक्षक संघले त्यसर्फ ध्यान दिई आफू कार्यरत रहेको विद्यालयमा प्रभावकारी शिक्षण गरी नतिजाउन्मुख हुनुपर्ने कुरामा जाेड दिएका छन ।

बैठकमा नेपाल शिक्षक संघका संघिय पूर्व उपाध्यक्ष एवं सल्लाहकार अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका उपाध्यक्ष रमेश कुमार पाण्डेय, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष एवं सल्लाहकार युबराज बस्नेत,सल्लाहकारहरु जितबहादुर जि.सी. , बसन्तराज घिमिरे, लुम्बिनि प्रदेश सदस्य ढकबहादुर वली, निवर्तमान उपाध्यक्ष याेगराज खत्री लगाएतका सबै पालीका अध्यक्षज्यूहरुले आफ्नाे पालीकामा भएका प्रगति प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा संघका जिल्ल सचिव (अर्थ) निशान्त आचार्यले हालसम्मकाे आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । बैठककाे सहजिकरण नेपाल शिक्षक संघ दाङका सचिब सूर्यबहादुर बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

   पुष १०, २०८१       admin

बाकु। कजाकस्तामा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ जना यात्रु बाँच्न सफल भएका छन् ।

कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ ।

जहाज खुला चौरमा बजारिएको र जहाजको केही भागमा आगो लागेको छ । पुच्छरतिरको भाग उछिट्टिएर अर्कातिर खसेको छ ।

जहाज दुर्घटनाको कारण भने खुलेको छैन।
अजरबैजान एयरलाइन्सको उडान नम्बर जे २-८२४३ जहाज राजधानी बाकुबाट रूसको ग्रोजनीतर्फ गइरहेको थियो । रिपोर्टअनुसार बाक्लो हुस्सुका कारण जहाजलाई डाइभर्ट गरिएको थियो ।

समाचार एजेन्सी रोटर्सका अनुसार खिचिएको एक भिडियोमा जहाज तीव्र गतिमा तलतिर झरिरहेको थियो । जसको ल्यान्डिङ गियरसमेत तलतिर थियो ।

तर जहाजले आपतकालीन अवतरणको कोशिश गर्नेबित्तिकै आगो लागेको थियो । यस जहाजमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

जहाजमा सवार अधिकांश मानिस अजरबैजानकै थिए । केही रूस, कजाकस्तान र कीर्गिस्तानका पनि यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन

   पुष १०, २०८१       admin

काठमाडौं,१० पुस। पुनः निर्माण गरिएको धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन भएको छ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः निर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक महिना पुगेको छ ।

यस अवधिमा प्रवेश शुल्क स्वरूप रू ५५ लाख राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्मा रू ५५ लाख राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले हप्ताको एक दिन बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । “९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन”, उनले भने ।

निर्देशक अर्यालका अनुसार बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार पाँच सय बढीले धरहरा चढेर अवलोकन गर्ने अनुमान छ । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रू एक हजार शुल्क छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रविसहित चारजना अदालतमा उपस्थित

   पुष ०, २०८१       admin

कास्की,९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चारजनालाई अदालतमा उपस्थित गराइएको छ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।

छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।

उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रज्ञा प्रतिष्ठानको बिधयेक अघि बढाउने तयारी छ: मुख्यमन्त्री आचार्य

   पुष ०, २०८१       admin

दाङ,९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठानको विधेयक अगाडि बढाउने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रतिष्ठान गठनलागी बिधयेक अगाडि तयारी भएको बताएका हुन् ।

‘मेरो रुचिको विषय पनि हो । साथीहरुसँग सरसल्लाह पनि गरेको छु । प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौं’,उनले भने ,‘प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेको, त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे। कलाकृतिहरुको सिर्जना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरुको विविध विधाहरुमा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको बताए।

भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हव बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए ।

देशकै सेरामिक्स हव गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडाहरु विश्व बजारमा पु¥याउने, वार्षिक १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थीहरूद्वारा परियोजना कार्य सम्पन्न: स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन

   पुष ०८, २०८१       admin

दाङ,८ पुस। नमुना इङ्लिस बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्तर्गत परियोजना कार्य सम्पन्न गरेका छन्। शिक्षक कृष्ण अधिकारीको नेतृत्वमा विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी तथ्याङ्क संकलन गर्नुका साथै वडाबाट जनतामा प्रवाहित हुने सेवा सुविधाबारे विभिन्न जिज्ञासाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रश्नको जवाफ स्वास्थ्यकर्मी विना के.सी., वडा अध्यक्ष ज्ञानबहादुर खड्का, र वडा सचिव चन्द्रकुमार डाँगीले दिएका थिए।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक चेतन रावतले गरेका थिए। कार्यक्रमको क्रममा विद्यार्थीहरूले स्थानीय परिकार ढिक्रीसहित अन्य परिकारहरू पनि तयार गरेका थिए।

विद्यार्थीहरूलाई स्थानीय प्रशासन र स्वास्थ्य सेवासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रमले उनीहरूलाई प्रयोगात्मक शिक्षाको अनुभव प्रदान गरेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गाउँका उद्यमीलाई शहरसँग जोडौं: पूर्व मुख्यमन्त्री चौधरी

   पुष ०८, २०८१       admin

दाङ,८ पुस। लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले साना उद्यमीहरुलाइ शहरसंग जोडेर लैजानुपर्ने बताएका छन् ।

गाउंमा रहेका साना उद्योगहरुलाइ व्यावसायिक बनाउनका लागि शहरसंग जोड्ने खालको रणनीति बनाउनुपर्ने उनले बताएका हुन् ।

तुलसीपुरमा आज सोमबारदेखि सुरु भएको २ महिने ब्युटिसियन तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिपलाइ उद्यमशीलतामा परिणत गर्नेखालको नीति आवश्यक रहेको उल्लेख समेत गरे।

“गाउँमा सिप भएका उद्यमीलाई शहरको बजारसँग जोड्न सके मात्र वास्तविक उद्यमशीलता विकास हुन्छ,” उनले भने- यसका लागि उद्योग वाणिज्यसंघले बजारसंग जोड्नेखालको उद्यमशीलता निति ल्याउन जरुरी छ।”

चौधरीले विदेशीने प्रवृत्ति रोक्न सीप र रोजगारीको सिर्जना अनिवार्य रहेको बताए। यसका लागि आफुले क्षेत्रविकास कोष मार्फत १ करोड रुपैया यस क्षेत्रमा लगानी गर्ने प्रतिवद्दता व्यक्त गरे।

जनताको आवश्यकता के हो? बजारको आवश्यकता के छ? बजार फैलाउन के चाहिन्छ ? त्यसको अध्ययन, विश्लेषण सहितको योजनासहित उद्योग वाणिज्यसंघले कार्यक्रम तय गरे आफुले त्यसमा लगानी गर्ने उनले बताएका हुन् ।

“अध्ययन र विश्लेषण सहित योजना बनाएर ल्याउनुस म त्यसमा लगानी गर्न तयार छु, उनले भने-“तर त्यस कार्यमले सिपको बिकास र रोजगारी सिर्जना मात्र होइन थप जनशक्ति उत्पादन पनि हुनुपर्छ ,विदेशीने क्रमलाइ कम गरी यहीँ दीर्घकालीन रोजगार सिर्जना हुनुपर्छ “

चौधरीले मुलुकको आवश्यकता अनुसार तालिम, बैंक, र उद्योगबीच समन्वय गरी दीर्घकालीन रोजगार सिर्जना गर्नुपर्ने धारणा राखे। “सीप उत्पादन मात्र होइन, त्यसलाई उद्योग र बजारसँग जोड्ने खालको तालिमको तयारी गर्न आवश्यक छ”,उनले भने।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले समाजको माग र आवश्यकता अनुसार तालिम सञ्चालन गरिएको बताए।

“सामाजिक र आर्थिक विकासका लागि व्यवसायिक सीपलाई इमानदारीपूर्वक व्यवहारमा उतार्न अनुरोध समेत गरे। सिपलाइ व्यसायिक बनाउनका लागि आवश्यक सहयोग उद्योग वाणिज्य संघले गर्न तयार रहेको उनले बताए।

घरेलुु तथा साना उद्योग कार्यलय दाङका प्रमुख सन्तोष कुमार सुवेदीले उक्त तालिम पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको क्षेत्र बिकास कोष अन्तरगत सन्चालन भएको जानकारी दिए । उनले तालिम लिने तर व्यावसायिक बन्ने/नबन्नेहरुको नियमीत अनुगमन गरिने बताए।

तालिम मात्र लिने तर काम नगर्ने प्रवृत्ति रहेको भन्दै तालिम लिएकाहरुले कहाँ के गर्दैछन् ? अवस्था के छ? भन्ने कुराको खोजी कार्यालयले गर्ने उनले बताए। राज्यको लगानीलाई सदुपयोग गर्नका कार्यालयले यो रणनीति लिएको उनले बताएका हुन् ।तालिममा सहभागी भैसकेपछी स्वोरोजगारको ग्यारेन्टी हुनुपर्ने उनले बताएका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले प्रदेशका उद्योग वाणिज्यसंघहरु मध्य तुलसीपुरले यसखाले कार्यक्रम पहिलोपटक सन्चालन गरेको बताए। महिला उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि तालिम सन्चालन गर्न प्रदेश वाणिज्य महासंघमा तालिम सन्चालनको निर्देशन भएको उनले बताए।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए। २ महिनासम्म सन्चालन हुने तालिममा ४० जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology