उमा भण्डारी ,८ पुस। समय-समयमा उपचार गराउनु त पर को कुरा। बिरामी भएर थलिदा समेत अस्पताल पुग्ने अवस्था छैन । घण्टौ सम्मको पैदलयात्राले अस्पताल पुग्नुपर्ने बाध्यता बबई १ का बासिन्दामा रहेको छ। अस्पताल जान खोज्यो न सजिलै यातायात पाइन्छ । न बाटो नै सहज छ।
स्वास्थ, शिक्षा खानेपानी जस्ता आधारभुत सेवाबाट समेत बन्चित रहेका नागरिकहरु गाउमै स्वास्थ्य शिविर हुदा हर्षित देखिन्थे । त्यो शिविरले उनिहरुलाइ स्वास्थ्यमा राहत महसुस गराएको देखिन्थ्यो।
स्थानीय ६२ वर्षीय नोखिराम यरिले गाउमै भएको स्वास्थ्य शिविरले खुशी ल्याएको बताए। सामान्य चेकजाँचका लागि पनि घण्टौको पैदल हिडेर अस्पताल जानुपर्ने समस्या सुनाउदै उनले चिकित्सकले गाउमै स्वास्थ जाच गर्दा नागरिकलाई सहज भएको बताए।
“हामिलाइ सानो उपचारका लागि पनि टाढाको यात्रा गर्नुपर्ने बाध्यता छ। अहिले गाउँमै डाक्टरले जाँच गरेकोमा खुशी छु,” नोखिरामले भने।
भौगोलिक विकटताका कारण स्वास्थ समस्याका बारेमा थाहा नपाउदा रोगले थला पार्दै गएको ८४ वर्षिय पुतली बिष्टले बताइन् ।
उनीपनि ३ घण्टाको हिडेर शिविरमा स्वास्थ्य जाच गराउन पुगेकी थिइन् । वडामै स्वास्थ्य जाच हुने खबर पाएपछि हिम्मत गरेर जसोतसो शिविरसम्म पुगेको उनी बताउछिन् ।
“बुढ्यौलीले धेरै समस्या थपेको छ, सामान्य हिड्डुल गर्न समेत धौ धौ पर्छ। उनले भनिन् ,”तर गाउँमा डाक्टर आउने थाहा पाएपछि हिम्मत गरेर हिँडें।”
२४ वर्षीया रेखा डागीले पनि दुई घण्टाको यात्रा गरेर गंगटे पुगेको बताइन् । शहर जानुभन्दा यहाँ आउने सजिलो भयो, समय पनि बचत भएको उनी बताउछिन् ।
स्वास्थ सेवाको पहुँचबाट टाढा रहेका उनीहरुको जस्तै सो भेगका नागरिकहरु शिविर सन्चालन हुदा खुशी थिए। परिवारका सबैले स्वास्थ जांच गराउन पाएकाले निकै सहज भएको उनिहरुले सुनाए।
रोटरी क्लबअफ तुलसीपुर र रोट्र्याक्ट क्लबअफ तुलसीपुरको संयुक्त आयोजना र तुलसीपुर सिटि हस्पिटलको प्राबिधिक सहयोगमा उक्त शिविर सन्चालन भएको थियो।
बबई गाउपालिका वडा नं १ गंगटेको सरस्वती जनता मावीको प्राङ्गणमा उक्त शिविर सन्चालन गरिएको थियो।
रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा उक्त शिविर सन्चालन भएको थियो। हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर हेमराज शर्मा नेतृत्वको चिकित्सकीय टोलीले २ सय १२ जनाको स्वास्थ्य चेक जाँच र सामान्य उपचार गरेको थियो।
रोटरीका अध्यक्ष बिनल केसीले दुर्गम बस्तीका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न शिविरको आयोजना गरिएको बताए।
“स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएपनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि यो अधिकारबाट वञ्चित हुनुपरेको अवस्थालाई ध्यानमा राखेर शिविर सन्चालन गरिएको उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ पुस । पश्चिम दाङको दङ्गीशरणमा कारको चक्करबाट दुईजना घाइते भएका छन्। मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन्।
तुलसीपुर-हापुरे सडकखण्ड अन्तर्गत दंगिशरण गाउँपालिका- ६ बागरमा बुधबार दिउँसो एचआर २६ बिबि ७२६४ नम्बरको कारले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प ४७०७ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षिय दल बहादुर वली र पैदल यात्री सोहि ठाउँका ५१ वर्षका प्रेम परियार घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइते दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । ठक्कर दिने कार र मोटरसाइकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ पुस । दाङको घोराहीमा पत्रकार महिलाहरुसंग समानता र समावेशीताका लागि महिला सञ्चार शक्तिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा मुलुकको समग्र विकास र सशक्तिकरणमा सञ्चारले खेल्ने भूमिकाका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले सञ्चारमाध्यममा उठेका मुद्धाले राज्यको नीति निर्माणमा मार्गदर्शन गरिरहँदा सवाल उठाउने पत्रकारहरुलाई राज्यले सहुलियतता प्रदान गर्न नसकेको भन्दै गुनासो गरे काथिए।
सामाजिक समावेशीकरण र समानतका विषयलाई उठाउँदै गर्दा मिडिया हाउसहरुमा लैंगिक समानता कायम हुन नसकेको उनीहरुले बताए। समावेशीता र समताका आधारमा पत्रकारितामा महिलाको सहभागिता चूनौतीपूर्ण बन्दै गएको सहभागी पत्रकार महिलाहरुको भनाइ थियो।
राज्य तहबाटै समावेशी नितिको कार्यान्वयन नहुँदा पत्रकारितामा महिलाहरुको स्थायित्व कम हुँदै गएको प्रति चिन्ता समेत व्यक्त गरेका छन् ।
ग्लोबल एटुजेड कन्सल्टेन्टको आयोजना एवम् मानव कल्याण समाज तथा वातावरण संरक्षण केन्द्र दाङ र नेपाल वान एचडीको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा पत्रकार महिलाहरुलाई सुचना संकलन र अध्ययनका पात्रका रुपमा मात्र प्रयोग गरिने, क्षमतामा प्रश्न उठाउने, महिलाको नेतृत्वलाई विश्वास नगर्ने जस्ता विषयमा छलफल गरिएको थियो ।
नेपालको संविधान २०७२ हरेक निकायमा लैंगिक समानता हुनुपर्ने व्यवस्था गरेपनि त्यसको प्रत्याभूत हुन नसकेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेकी डिसीले सञ्चारको अग्रपंक्तीमा रहेका पत्रकार महिलाहरुका सवालमा राज्य संवेदनशील बन्नुपर्ने बताइन् । उनले जिल्लाले उठाएका मुद्धालाई आधार मानेर राज्यले नीति बनाउँदै गर्दा पत्रकारहरुको अवस्थाका बारेमा सोधखोज नहुनु दुखद भएको बताइन्।
‘महिला त्यसमाथी पनि पत्रकार महिलाहरुको कामको मुल्यांकन राज्यले गर्नुपर्छ, उनले भनिन्–‘ कानुनलाई हनन् गर्न पाइँदैन, सञ्चारक्षेत्रले लैगिकताका आधारमा जिम्मेवारी, पारिश्रमिक र सेवासुविधामा विभेद गर्न मिल्दैन, त्यो मान्य पनि छैन । कामको मुल्यांकन र अवस्था पहिचान गरी पत्रकार महिलाहरुको स्थायीत्व कायम गर्न प्रतिवद्ध भएर लाग्नुपर्छ । ’
प्रेस काउन्सील नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले पत्रकारिता गरिरहँदा कस्का लागि? के का लागि पत्रकारिता गरिएको छ? त्यसको उपलव्धी के ? लगायतका विषयमा आधारित रहेर समिक्षा गर्न आवश्यक रहेको बताए ।
सहजता र सहुलियतताका लागि महिलाहरुलाई पत्रकारितामा प्रयोग गर्ने गरिएको बताउँदै उनले यसका लागि पत्रकार महिलाहरु प्रतिस्पर्धामा जान जरुरी रहेको उल्लेख गरे।
पत्रकार महासंघ दाङका निर्वतमान अध्यक्ष दुर्गालाल केसीले पत्रकार महिलाको सँख्यामा कसरी बृद्धि गर्ने ? उनीहरुको स्थायीत्व कसरी कायम राख्ने भन्ने विषय चूनौतीपूर्ण रहेको बताउँदै यसतर्फ सञ्चारगृहले ध्यान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाहले महिला पत्रकारहरुको क्षमता र दक्षतामा प्रश्न उठ्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताइन्। कामको जिम्मेवारी जति धेरै पारिश्रमिक त्यति नै कम हुँदा महिलाहरु पत्रकारिताबाट पलायन हुँदै गएको भन्दै यसबारे संवेदनशील बन्नुपर्ने बताइन्।
नेपाल पत्रकार महासंघ लुम्बिनी निर्वतमान महिला उपाध्यक्ष चुमा आचार्यले पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुले भोग्नुपरेको समस्याका बारेमा बताएकी थिइन् । प्रविधिको विकाससंगै पछिल्लो समय पत्रकारितामा केही सहजता भएपनि चुनौती भने उस्तै रहेको उनको भनाई थियो ।
पत्रकार सपना बोहोराले क्षमता र दक्षतामा प्रश्न पठाउँदा पत्रकार महिलाहरुको इच्छाशक्ति र मनोवल कम हुँदै गएको बताइन् । महिला र पुरुष भएकै कारण समान कामको समान पारिश्रमिक नहुँदा पत्रकार महिलाहरु सञ्चार क्षेत्रबाट पलायन हुनुपर्ने बाध्यता रहेको औँल्याइन् ।
कार्यक्रममा डब्लुडब्लुजेकी जिल्ला अध्यक्ष रोशनी शाह, सञ्चारीका समुह दाङकी सचिव दिप्तीशिखा चौधरी,पत्रकार महासंघ प्रदेश परिषद सदस्य यमकला भूसाल लगायतले पत्रकारिता क्षेत्रमा काम गर्दै गर्दा भोग्नुपरेको समस्या र चूनौतीका बारेमा आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले बनाइका सञ्चार नीति र संवैधानिक व्यवस्था पूर्ण रुपमा कार्यान्वय नहुँदा सम्म पत्रकारितामा महिलाहरुको स्थायीत्व कायम गर्न समस्या हुने बताएका थिए।
ग्लोबल एटुजेड कन्सल्टेन्टका कार्यकारी निर्देशक प्रदिप मजगैँया, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी, नयाँ युगवोध दैनिककी सम्पादक लक्ष्मी आचार्यले लैंगिक समानता र सामाजिक समावेशीकरण, सञ्चारमाध्यममा महिलाको भूमिका , अवस्था र चुनौतीका बारेमा आ–आफ्नो प्रस्तुतीकरण दिएका थिए।
नेपाल वान एचडी सञ्चालक मोनिका सिंहले कार्यक्रमको विषयवस्तुका बारेमा जानकारी गराएकी थिइन् ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निर्वतमान अध्यक्ष निर्मला गौतको स्वागत मन्तव्य रहेको उक्त अभिमूखीकरणको सहजीकरण संस्थाकी सचिव माया पोख्रेलले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ पुस। दाङको तुलसीपुरमा सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित हात्तिखौवामा भ्यान र स्कुटर एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि लमही नगरपालिका- ५ निवासी स्कुटरको पछाडी सवार ५० वर्षीया लिला भुसाल रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे १ बजेको समयमा घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको रा १च १३०० नम्बरको भ्यान र विपरित दिशाबाट जाँदै गरेको रा ७ प ११३५ नम्बर को स्कुटर आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी भुसालको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इप्रका तुलसीपुरमा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
उक्त दुर्घटनामा गरी मृतकका छोरा स्कुटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन् । उनको अवस्था सामान्य छ । भ्यान र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , ३ पुस । दाङमा महिलाको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका २ भमके स्थित एकताटोल बस्ने बर्ष २९ को चित्र बहादुर बुढाथोकीले श्रीमतिको हत्यागरेका हुन ।
घरायसी विवादका कारण टाउकोमा दाउले प्रहार गरि आफ्नै घरको कोठामा आफ्नै श्रीमती बर्ष ३२ की हस्ति कुमारी बुढाथोकीलाई हत्यागरेको प्रहरीले जनाएको छ ।
हत्यागरि निज चित्र बहादुर बुढाथोकी फरार रहेको अबस्थामा तुल्सीपुर ७ स्थित कारागार कार्यालय नजिकैबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तुल्सीपुर प्रहरी प्रमुख अनील ठकुरीले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
नवलपुर,३ पुस। निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ जनालाइ पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो।
निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन्।
विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा पाण्डेले बताए।
यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए।
स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ।
यस्तै कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत परिपत्र गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ पुस । यू-१९ महिला एसिया कपमा पहिलो जितसँगै नेपाल सुपर फोरमा
नेपालले मलेसियामा जारी यू-१९ महिला एसिया कपमा विजयी सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ ।
लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो ।
भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।
किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा क्याप्टेन पूजा महतोले नटआउट ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रनमा नटआउट रहिन् । पाँचौ विकेटका लागि पूजा र सिमानाले नटआउट ३९ रनको साझेदारी गरेपछि नेपाल जित निकाल्न सफल भयो ।
साना प्रवीनले १०, सोनी पाख्रिनले १३ र सावित्री धामीले ८ रन बनाइन् । ज्योत्सनिका मरासिनीले भने खाता खोल्न पाइनन् ।फतिमा खान र युरातुलिनले समान एक विकेट लिए पनि नेपालको जित भने रोक्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । माहम एनिस २९ रनमा नटआउट रहिन् ।
नेपालका लागि क्याप्टेन पूजा महतोले २ तथा रचना चौधरी र रिया शर्माले समान एक विकेट लिए ।
पहिलो पटक आयोजना भएको प्रतियोगिताको समूह ुबीुमा नेपाल र पाकिस्तानसँगै भारत छन् । समूह ‘ए’ भने श्रीलंका, बंगलादेश र मलेसिया छन् । एसियाबाट यू(१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१ पुस। दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
मृतकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१पुस । आज देशभर कालो दिवस मनाइदै छ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।
विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बीपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपी लगायतका नेतालाई बन्दी बनाइएको थियो ।
यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।
पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बीपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।
आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।
यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस