काठमाडौँ,२५ मंसिर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ ।
पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौँ हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो ।
सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको बताइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ मंसिर ।नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष सिलवालउपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भेटिएको छ ।
प्राधिकरणको अध्यक्षको हैसियतमा सिलवालले २०८० साल साउन १६ गते अवकाश पाउनुपर्नेमा ६६ वर्ष पुग्दा पनि पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अख्तियारले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सियोल। दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ ।
दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।
संसदीय सुनुवाइमा एक सांसदले मंगलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ-अपले भने, “हो, यो सही हो ।”
“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्य विरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भनेका थिए ।
उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टा पछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।
राष्ट्रपतिको घोषणासँगै सेना प्रमुख जनरल पार्क आन-सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो ।
घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थिए । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ मंसिर । शुभकामना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे १८ ओैँ साधारणसभा सम्पन्न भएकाे छ । दाङकाे घाेराहीस्थित संस्थाकाे आज शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएकाे हाे ।
संस्थाका अध्यक्ष आदिम केसीकाे अध्यक्षता तथा सल्लाहकार कृष्णबहादुर कार्कीकाे प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएकाे थियाे । कार्यक्रममा उत्कृष्ट बचतकर्ताकाे रूपमा भानु वली, उत्कृष्ट काराेबारकर्ताकाे रूपमा हस्तमाली घर्ती मगर, जेष्ठ नागरिकका रूपमा डम्बरबहादुर थापा तथा उत्कृष्ट कर्मचारीका रूपमा बिमला केसीलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा संस्थामा सेयर सदस्य तथा जेटिए शङ्कर नेपाल, स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव जीवा भुषालले साङ्ठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै सदस्य प्रविण बिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष विष्णु थापाकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव जीवा भुषालले
गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ मंसिर ।संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय प्रतिनिधि मण्डल आज अपराह्न स्वदेश फिर्ता भएको छ ।
मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो ।
भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुखहरु लगायतसंग भेटघाट गरेकी थिइन् ।
भेटका अवसरमा दुबै देशका संसदको सहकार्य बढाउनका लागि संसदीय मैत्री समूह गठन गरेर अगाडी बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा र रोजगारी लगायतका विषयमा छलफल भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० मंसिर । अबदेखि तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने भएको छ । सडक दुर्घटनाको जोखिम बढ्दै गएपछि राजमार्गमा अटो चलाउन रोक लगाइएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले आज (मंसिर २० ) गतेदेखि राजमार्गमा अटो चलाउन रोक लगाएको छ ।
तत्कालको लागि तुलसीपुरबाट पर्सेनीसम्मका अटोलाई चल्नमा खासै समस्या नहुने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र चन्द ठकुरीले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालयको काम र बिरामी बोकेर चल्ने अटोलाई कुनै समस्या नहुने उनको भनाई छ । तर अन्य यात्रु बोकेर मुख्यसडकमा अटो चलाउन नपाइने उनले बताए।
‘तत्कालका लागि हात्तिखौवा, मोतिपुर, पर्सेनीसम्मका अटोलाई सडकमा चलाउन दिएका छौँ, तर बिजौरी, दुधरास, नारायणपुर जस्ता टाढाका ठाउँबाट मान्छे बोकेर हिड्न पाइदैन, जाँचपास गर्न, यातायातको कामको लागि घोराहीबाट आउन हामीले दिएका छौँ।’
घोराही, नारायणपुर लगायतका ठाउँबाट पनि अटो तुलसीपुरमा चलाउन थालेपछि अटो सञ्चालनमा रोक लगाइएको उनले बताए। यसरी मनपरी अटो चलाउँदा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै त्यसका लागि कडाई गरिएको उनको भनाई छ ।
प्रहरीले अटो सञ्चालनमा रोक लगाएपछि अटो चालकहरु रुष्ट बनेका छन् । अटो चलाएर दैनिकी चलाउने गरेका चालकहरुले प्रहरीको यस्तो निर्णयले आफूहरुको दैनिकी प्रभावित बन्ने भन्दै दुखेसो गरे ।
बिना सूचना नै अटो चलाउन रोक लगाउँदै जरिवाना असुल गरेको प्रति उनीहरू आक्रोश छन्। मुख्य सडकमा अटो चलाएको भन्दै ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना असुल गर्ने गरेको अटोचालकहरुको भनाइ छ।
बिना सुचना नै अटो चलाउन रोक लगाउँदा कामगरी खानेलाई मुस्किल परेको चालकहरु बताउँछन् । बैकल्पिक मार्ग विना नै अटो चलाउन नपाइने भन्दै मनपरी चिट काट्ने गरेको प्रति उनीहरुले आक्रोश समेत पोखेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० मंसिर । तुलसीपुरमा रहेको हिमाल एकेडेमीले संयुक्त राष्ट्रसंघीय संसद अभ्यास गर्ने भएको छ । दाङ जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता हुने गरी कार्यक्रम गर्न लागिएको छ ।
हिमाल एकेडेमी कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान र कानुुन संकायका विद्यार्थीहरुको आयोजनामा मोडल युनाईटेड नेशन (मुन) कार्यक्रम हुुन लागेको हो । विश्वमा रहेका संयुक्त राष्ट्रसंघमा रहेका मुलुककोे प्रतिनिधित्व गर्नेगरी नमुना संयुक्त राष्ट्रसंघको अभ्यास गर्ने लागेको विद्यालयले जनाएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।
मुल आयोजक समितिका महासचिव प्रशंसा केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक कसीले जिल्लामा यसखाले अभ्यास पहिलो र नयाँ भएको बताए ।
अन्र्तराष्ट्रिय स्तरमा मुलुकको शान्ती सुरक्षा मानव अधिकार, राज्यको पहुँचमा महिलाको अवस्थाका बारेमा जानकारी दिने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए।
उनका अनुसार कार्यक्रम मंसिर २४,२५ र २६ गते तीनदिनसम्म सञ्चालन हुने छ । जसमा १ सय देखि १ सय २० जना विद्यार्थीहरुको सहभागीता रहने लक्ष्य राखिएको छ । देउखुरी लमही घोराही र तुलसीपुर क्षेत्रका विद्यालयका कक्षा १० देखि १२ सम्मका प्रति विद्यालय देखि ५ जनासम्म सहभागी रहने पाउने छन् ।
कार्यक्रममा युएनसंग आवद्ध कर्मचारी एवं प्रतिनिधिहरुको प्रशिक्षकको रुपमा आउने प्रधानाध्यापक केसीले जानकारी दिए । विद्यार्थीहरुको क्षमता तथा नेतृत्व विकासका लागि कार्यक्रम महत्वपूर्ण रहने र यसले सबै देशको प्रतिनिधित्व गर्नेगरी कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
मुलुकको शान्ती सुरक्षा,एकअर्का प्रति मुलुकले हेर्ने दृष्टिकोण,मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराइने मुल आयोजक समितिका महासचिव प्रशंसा केसीले जानकारी दिइन् ।
उनका अनुसार तीनदिनसम्म सञ्चालन हुने उक्त अभ्यासका लागि विभिन्न कमिटि निर्माण गठन गरिएको छ ।
मुलक आयोजक कमिटिकोे सेक्रेटरी नजरलमा प्रशंसा केसी, डिपुटी अफ सेक्रेटरी जनरलमा प्युस डाँगी, युएस अफ डेलिगेट अफेयरमा कृष्टिना परियार युएसजी अफ कम्युनीकेशनमा भरत रोकाय, लजिष्टिकमा सोबित बस्नते, फाइनान्समा साजन बस्याल र डाइरेक्टर जनरलको जिम्मेवरी सम्यकसिंह थापालाई दिइएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि प्रतिविद्यार्थी १ हजार दर्ता शुल्क रहेकोछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष कार्यक्रम लागु गरिएको बताए।
‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन बिशेष कार्यक्रम लागु गरेका छौं’मुख्यमन्त्री आचार्यले भने ,‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउछौं । सरकारले यि क्षेत्रमा उपलब्धी हाँसिल गर्नेगरी कार्यक्रम अघि सारेको छ ।’
लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागु गरेको छ ।
मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्त अल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार बिशेष कार्यक्रम लागु गरेको हो । यि कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।
तथ्यांकगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी बिशेष कार्यक्रम लागु गरिएको सरकारले जनाएको छ ।‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन ।
यि कमजोर सूचकहरुलाई माथि उठाउनेगरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अवको तीन बर्षमा यि सुचकहरुमा सुधार आउनैपर्छ’मुख्यमन्त्री आचार्यले भने,‘परम्परागत मुल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तिकरणको अभियान चलाउन जरुरी छ ।’
विभिन्न बहानामा अझैं पनि बालबिवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भिर हुनुपर्ने बेला आएको बताए ।
‘बालबिवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैं यो समस्या समाधान हुन सकेको छैन’उनले भने,‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’
स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने भनाई उनको भनाइ थियो । दातृ निकायसंग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसकालागी लगानी केन्द्रित गर्न आह्वान समेत गरे । प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ ।
आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागु भएको थियो । जुन परियोजनाले हाँसिकल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारकालागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गिता नेपालीले ११ बुदे ज्ञापनपत्र समेत बुझाएकी छन् । प्रदेश स्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुर्नस्थापना कार्यक्रम लागु गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १८ मंसिर । दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। “समावेशी तथा दिगो भविष्यको पूर्वाधार :अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व” यसको आधार भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो।
दिवसको अवसरमा सहभागी भएकाहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि राज्यले पहुँचयुक्त संरचनाहरू निर्माण गर्नु पनि बताएका थिए।
क्षमता हुँदाहुँदै पनि पहुँचयुक्त संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूको सबलीकरण र सशक्तिकरणमा समस्या रहेको भन्दै उनीहरुले मैत्रीपूर्ण संरचना निर्माणमा जोड दिएका हुन्।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना र विभिन्न संघसंस्थाहरूको समन्वय एवं सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानीय सरकार निरन्तर लागिरहेको बताएकी थिइन्।
अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितताका लागि पालिकाले नीतिगत सुधार र भौतिक संरचनाहरूलाई पहुँचयुक्त बनाउँदै लैजाने उनले बताएकी थिइन्।
तुलसीपुलाई अपाङ्ग मैत्रीनगर बनाउनका लागि विभिन्न पहलकदमीहरू भइरहेको र अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक, राजनीतिक ,सांस्कृतिक, शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले आगामी वर्षहरूमा थप कार्यक्रमहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
निकट भविष्यमा पालिकाभित्र रहेका हरेक कार्यालयहरू अपाङ्ग मैत्री बन्ने र त्यसका लागि पालिकाले हरेक क्षेत्रलाई निर्देशन समेत दिने उनले बताइन्।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह, महिला अधिकारकर्मी सुश्मा गिरी, राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरी, र राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको थियो।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले बसमावेशी र दिगो विकासका लागि अपांगता भएका व्यक्तिहरुको नेतृत्व” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यपत्रमा उनले अपांगता भएका व्यक्तिहरुको अधिकार संरक्षण, उनीहरूको सामाजिक, आर्थिक, र राजनीतिक क्षेत्रमा सहभागिताका लागि राज्यले अपनाउनुपर्ने उपायहरूबारे गहन विश्लेषण गरेकी थिइन्।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र आत्मनिर्भरताका लागि आवश्यक कदमहरूबारे जोड दिएका थिए ।
सहभागीहरूले अपांगमैत्री नीति र योजनाहरू कार्यान्वयन गर्न स्थानीय सरकारसँग आग्रह गरे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ मंसिर । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बाट प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हन् । १७ मंसिरको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको बढुवा भएको थियो ।
दर्ज्यानी चिह्न प्राप्त गर्नेहरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।
उनीहरूलाई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न आईजी कुँवरले निर्देशन दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस