कास्की,७ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आज पोखराको सृजना चोकमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ।
लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो। उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ। रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो।
शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो। रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ।
यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरूले घरदैलो गर्दै स्थानीयलाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।
उपसभापति डा। स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा। तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरूले स्थानीयको घर(घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ कार्तिक । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् भने सहकारी पिडितहरुले पनि पोखरामा प्रदर्शन गर्न शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको सामना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका हुन् ।
गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको विपद्को घटनाका रुपमा लिँदै उनले राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले विपद् प्रभावितलाई उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दसैँ अगावै सम्पूर्ण प्रयास गरेर अवरुद्ध सडक खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ कार्तिक । दाङको तुलसीपुरमा सर्प महोत्सव सञ्चालन हुने भएको छ। जिल्लामा पाइने विषालु र अविषालु सर्पहरूको पहिचान र नागरिकलाई सचेत गराउन कार्तिक ८, ९, र १० गते राप्ती शान्ति उद्यानमा महोत्सवको आयोजना हुँदैछ। “हामी संरक्षणका लागि काम गर्छौं” संस्थाले तीनदिने कार्यक्रम आयोजना गर्न लागेको हो।
सर्प उद्धारकर्ता प्रभात भण्डारीका अनुसार महोत्सवले मानव र वन्यजन्तु बीचको सम्बन्धमा सचेतना फैलाउनुका साथै सर्पको महत्त्वलाई बुझाउन मद्दत पुर्याउनेछ। महोत्सवमा जिल्लाका विषालु र अविषालु सर्पहरूको प्रदर्शनी गरिनेछ। साथै, सर्पले टोकेमा के गर्ने र के नगर्ने भन्ने जानकारीसमेत प्रदान गरिनेछ।
कार्यक्रममा सर्प उद्धारमा संलग्न सर्पविज्ञहरूले सर्प पहिचानसम्बन्धी प्रशिक्षण दिनेछन्। यस अवसरमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर र दंगिशरण गाउँपालिकाका विद्यालयहरूका कक्षा ८ देखि माथिका विद्यार्थीहरू तथा स्थानीय जनप्रतिनिधिहरूलाई सर्पको पहिचान सम्बन्धी जानकारी गराइनेछ।
आयोजक संस्थाका अध्यक्ष सन्दिप वलीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष बसन्त सुवेदीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए भने सचिव गरिमा डाँगीले सहजीकरण गरेकी थिइन्। महोत्सवबाट करिब दुई लाख स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,२९ असोज । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए ।
जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण देखिएको छ ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना ९माइट्स० लाई सङ्क्रमण गर्छ । सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
यो रोगबाट सङ्क्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताए ।
यस रोगको सङ्क्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा सङ्क्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन उनले आग्रह गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२९ असोज । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो ।
साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ असोज । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ ।
कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो । कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१।८२ को भदौ–असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो ।
गत आर्थिक वर्ष २०८०।८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
२०७५ मङ्सिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ ।औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको दाबी गरिएको छ ।
त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ असोज। स्वतन्त्र मजदुर ट्रेड युनियन साेनापुर मिनरल्स एण्ड आयल लिमिटेड दुधरासले आज एक कार्यक्रमकाे दशै मिलन तथा शुभकामना आदान प्रदान गरेकाे छ । ट्रेड युनियन अध्यक्ष पुर्ण बहादुर डाँगीकाे अध्यक्षता तथा साेनापुर मिनरल्सका प्लान्ट प्रमुख बिनाेद बंशलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि बंशलले मजदुरीवाट बाँचेका मजदुरकाे न्युनतम पारिश्रमिक निर्धारणका लागि राज्य गम्भीर हुनुुपर्ने बताए । ट्रेड युनियनले राज्यलाई ध्यानाकर्षण गर्दै आईरहेकाले राज्य उचित मजदुरी निर्धारणमा गम्भीर हुनुपर्ने बताए ।
बंशलले निजि क्षेत्रमा जाेडिएका मजदुरहरूकाे उचित व्यवस्थापन गरे पनि अझै राेजगार र जीवन सुरक्षाका लागि पहल गरिरहेकाे उनको भनाई थियाे ।
साेनापुर मिनरल्सले मजदुरहरूकाे जीवन रक्षा र आर्थिक सुरक्षाका लागि जीवन बिमा र संचय काेष व्यवस्थापन गरेकाे बताए । साेनापुर,मिनरल्सका मेकानिकल विभाग काेमल पाैडेल, अर्थ बिभागका सुवास अर्याल, अटाे माेबाईल बिभागका संजिव सिंह, शिद्धार्थ शर्मा, शेखर पाण्डे, लक्ष्मणसिंह धामी, जर्नादन गाैतम लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
ट्रेड युनियनका सह-सहसचिव प्रेम गिरीकाे स्वागत मन्तव्यवाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण गुरूप्रसाद भण्डारीले गरेका थिए । उक्त अवसरमा ट्रेड युनियनका सचिव तिर्थ डाँगीले कार्यक्रम व्यवस्थापन गरेका थिए । उक्त अवसरमा दङ्गाली संचारकर्मी तथा थारू कलाकार प्रकाशप्रिय कुसुम्याले सांगितिक प्रस्तुती राखेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२२ असोज । आश्विन शुक्ल पञ्चमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकामा स्थानीय सञ्चार नीतिको विषयमा छलफल गरिएको छ। स्थानीय सरकारले निर्माण गर्ने सञ्चार नीतिलाई समावेशी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो।
सञ्चारिका समूह नेपाल लुम्बिनीप्रदेशले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कासँग समावेशी सञ्चार नीति निर्माणको विषयमा छलफल गरेको हो। छलफलका क्रममा स्थानीय सरकारले महिलासँग सम्बन्धित मुद्दाहरूलाई नीतिगत रूपमा प्राथमिकतामा राख्नुपर्ने जोड दिइएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महिलाको नेतृत्वलाई स्थापित गर्ने गरी सञ्चार नीति निर्माण गरिने बताएका छन्।
आवश्यक मार्गनिर्देशन र नीति कार्यान्वयनका लागि कार्यविधि निर्माण गरी समावेशीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेर सञ्चार नीतिलाई कार्यान्वयनमा ल्याइने बताएका छन्।।
छलफलमा नगर प्रमुख खड्काले स्थानीय सञ्चार नीतिलाई कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू थालिएको जानकारी समेत गराएका थिए। उपमहानगरभित्र रहेका संचार माध्यममा लैङ्गिक समानता सुनिश्चितताका लागि उक्त सञ्चार नीतिले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
छलफलले महिलाको अधिकार र संचार क्षेत्रमा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारलाई थप प्रोत्साहित गर्ने भन्दै स्थानीय सन्चार नितिलाई परिमार्जन गरि लैजाने बताए।
स्थानीय पत्रकारहरूको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिरहेको बताए। साथै, उपमहानगरले तुलसीपुरका सञ्चार माध्यमलाई ‘क’, ‘ख’, र ‘ग’ वर्गमा विभाजन गर्ने योजना रहेको समेत उनले जानकारी दिए।
कार्यक्रमको विषयवस्तुका बारेमा जानकारी गराउदै सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले स्थानीय सरकारलाई महिलामैत्री सञ्चार नीति बनाउन आग्रह गरेकी थिइन् ।
महिलाले सञ्चालन गरेका सञ्चार माध्यमलाई प्राथमिकतामा राखेर लोक कल्याणकारी विज्ञापन तथा सेवा सुविधामा छुट दिनुपर्ने बताएकी थिइन्। संचार माध्यममा महिलाको अस्तित्व कायम गर्नका लागि स्थानीय सरकारले अभिभावक प्रदान गर्नुपर्ने उनको भनाइ थियो।
उपमहानगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधा तथा कार्यक्रमहरूमा महिलाका सवालहरु प्राथमिकतामा राख्न आग्रह समेत गरेकी थिइन् ।
अनुदान लिने सञ्चार माध्यमहरूमा महिला कर्मचारीको अनिवार्य उपस्थिति सुनिश्चित गर्न र अनुदान प्राप्त संचार माध्यमका कर्मचारीहरूलाई समयमा तलब दिइएको छ कि छैन भन्ने अनुगमन गर्न पालिकालाई आग्रह गरिन्।
छलफलमा महिलाले सञ्चालित संचार माध्यमलाई प्राथमिकता दिन, सञ्चार माध्यममा कार्यरत महिलाहरूलाई सुत्केरी बिदा सुनिश्चित गर्न, तथा सम्मान र पुरस्कार वितरणमा महिलालाई प्राथमिकता दिनुपर्ने सुझाव प्रस्तुत गरेको छ। ।
साथै, महिला पत्रकारहरूको सहभागिता र अधिकार सुनिश्चित गर्न स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा पनि समूहले जोड दिएको छ।
कार्यक्रममा पत्रकार सुशील बस्नेतले संचार माध्यमको मिशनलाई विचारभन्दा माथि राख्नुपर्ने धारणा व्यक्त गरे। त्यस्तै, राष्ट्रिय समाचार समिति तुलसीपुरका प्रमुख नारायणी रजौरेलगायतले पनि छलफलमा आफ्नो विचार राखेका थिए। कार्यक्रमको सहजिकरण सञ्चारिका समूह नेपाल दाङका जिल्ला अध्यक्ष रञ्जिता अधिकारीले गरेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस