आज पाँचवटा प्रदेशमा वर्षाको संभावना

   असोज २१, २०८१       admin

काठमाडौं,२१ असोज ।देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बंगालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ।

विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ। ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ।

यसैगरी, आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ती प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वनलाई उद्यमसंग जोडौ : पूर्व मुख्यमन्त्री चौधरी

   असोज १, २०८१       admin

उमा भण्डारी, दाङ, १९ असोज । पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वनलाई उद्धमसंग जोड्नु पर्ने बताएका छन ।  वनलाई वन वातावरण जोगाउदै र संरक्षण गर्दै उद्यमसंग जोडिनु पर्ने बताए । उनले यसका लागि सबै एक भएर लाग्नुपर्ने  बताए । गौराखाली हरियाली सामुदायिक वन समूह तुल्सीपुर ६/७ को २७ औ साधारण सभाको उद्घटन गर्दै चौधरीले यस्तो बताएका हुन ।

वन संरक्षण र वातावरण जोगाउँदै जीवनसँग जोड्न सके आयआर्जन र उद्यम बढाउन सकिने उनको धारणा थियो। वनबाट आम्दानी पूर्णरूपमा लिन सकिने भए पनि त्यसो हुन नसकेको भन्दै  वनलाई आम्दानीको स्रोतका रूपमा पनि व्यवस्थापन गर्न सके उपभोक्ताहरूको दैनिक जीवनमा समेत त्यसले प्रभाव पार्ने र आर्थिक विकासलाई टेवा पुर्‍याउने  बताए।  उनले वनबाट आम्दानी लिनुपर्ने र आवश्यक परे खर्च समेत गर्न सक्ने अवस्थालाई निर्माण गर्न र वन उद्यम बढाउन आग्रह समेत गरे    वन तथा वातावरण संरक्षणमा सबैको चासो नभएको भन्दै वन र वातावरण संरक्षण अपरिहार्य र स्वच्छ हावापानी अनिवार्य भएको  बताए । 

पूर्व मुख्यमन्त्री  चौधरीले  यस क्षेत्रको विकास र प्रवर्द्धन गर्दै वनभित्रको गुरु योजनालाई पूरा गर्न आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यस बर्ष थोरै भए पनि वन संरक्षणका लै बजेट बिनियोजन गरेको जानकारी दिए ।  तुलसीपुर क्षेत्रको विकासका लागि पर्यावरणीय विकास अनिवार्य भएको र यो पर्यावरणीय विकासका लागि वन र वातावरण क्षेत्र जोगाउनुपर्ने र संरक्षण गर्नुपर्ने सबैको कर्तव्य रहेको बताए । 

पूर्व मुख्यमन्त्री चौधरीले तुल्सीपुरमा रहेको अस्पतालको सेवा सुधारका लागि आफूले पहल थालेको र त्यहाँको प्रशासकीय नेतृत्वलाई बोलाएर सेवासुधारका लागि निर्देशन समेत दिइसकेको बताए ।  कार्यक्रममा बोल्दै तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी र सातका अध्यक्ष रामबहादुर जिसीले  वन ब्यबस्थापनको लागि पालिकाले पूर्णरूपमा सहयोग गर्ने बताए । वन समूहका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय योग प्रशिक्षक एमप्रसाद भुसाल, वन समूहका पूर्व अध्यक्ष छोटीलाल थारु, राप्ती लाइफ केयर हस्पिटलका निर्देशक जीवन भण्डारी  लगायतकाले बोलेका थिए। कार्यक्रममा सचिव भुमा केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको संचालन सल्लाहकार जगदीस भण्डारीले गरेकस थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ठुला सवारीसाधन सन्चालनमा रोक

   असोज १८, २०८१       admin

काठमाडौं,१८ असोज ।चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा दशैंअवधिभर ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

तथापी प्रचलित कानूनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयातरनिर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुम पूर्वमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

   असोज १५, २०८१       admin

रुकुमपूर्व ,१५ असोज । रुकुम पूर्वमा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया रेजिना बुढालाई हेलिकोप्टर मार्फत उपचारका लागि आज सुर्खेत पठाइएको हो ।

सुत्केरी पछि बुढाको साल नखसेकाे कारण हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएको १ नम्बर वडा अध्यक्ष रज बहादुर बुढाले जानकारी दिए । बच्चा जन्मिएको तर साल नखसेपछि सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाइ उद्धार सेवा) कार्यक्रम मार्फत हेलिकोप्टर झिकाएर सुत्केरीलाई सुर्खेत पठाइएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए ।

मंगलबार बिहान सिस्ने १ भट्टे चौरमा बच्चा जन्मे पनि साल नखसेपछि परिवारले वडा कार्यालयमा खबर गरेका थिए । त्यस पछि वडा अध्यक्ष बुढाले सिस्ने गाउँपालिकामा सिफारिस सहित खबर गरे पछि । अहिले सुत्केरी महिला बुढालाई सुर्खेत पुर्‍याइएकाे छ । ।।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेनाले गर्यो ९८९ जनालाई सकुशल उद्धार

   असोज १५, २०८१       admin

काठमाडौं ,१५ असोज । नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका १९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा ९८९ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ।

सेनाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर र झापालगायत जिल्लामा खोज तथा उद्धार गरेको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यस अवधिमा करिब चार हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सो क्रममा ९६ वटा शव फेला पारी आवश्यक व्यवस्थापन गरेको छ ।

सेनाले हेलिकप्टरमार्फत ७५१ जनाको उद्धार गरिएको तथा १४ वटा शव सम्बन्धित स्थानमा पुर्‍याइएको जानकारी दिएको छ । हवाई साधनमार्फत सेनाले सात हजार ५३ केजी राहत सामग्री र एक हजार ४५० लिटर डिजेल ढुवानी गरेको पनि निर्देशनालयले जनाएको छ ।

बाढी, पहिरो प्रभावित विभिन्न स्थानमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी तथा केन्द्रीयस्तरबाट स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चिराघाटबाटै प्रशासनिक केन्द्र सञ्चालन गर्न शान्तिनगरलाई सर्वोच्चको आदेश

   असोज १५, २०८१       admin

दाङ,१५ असोज । दाङको शान्तिनगर गाउँपालिकाको प्रशासनिक केन्द्रलाई चिराघाटबाटै सञ्चालन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतले प्रशासनिक केन्द्रलाई पहिलेकै स्थानबाट सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो।


असोज ६ गते सर्बौच्चकी न्यायाधीश सपना प्रधानको इजलासले जुम्लेकुलामा सारिएको केन्द्र पुनः चिराघाटमै सारेर कार्य सञ्चालन गर्न आदेश दिएको हो ।

गाउँपालिकाको कार्यालय वडा नं। ४ को चिराघाट बाट भादौ २ गते सोही वडाको जुम्लेकुला सारिएको थियो । गाउँ सभाले कार्यापालिकाको प्रशासनिक केन्द्र जुम्लेकुला सार्ने निर्णय गरेको हुँदा सोही अनुरुप सारिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

तर, सर्बौच्चले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ ९५० मा गाउँपालिका वा नगरपालिकाको केन्द्र परिवर्तन गर्दा सम्बन्धित सभाले परित गरि प्रदेश सभामार्फत नेपाल सरकारमा पेश गर्नुपर्ने र नेपाल सरकारले निणर्य गर्नुपर्ने भएपनि उक्त दफा बमोजिम कार्यविधि र समयावधिको पालना नगरेको देखिन आएको तथा गाउँपालिकाले जुम्लेकुुला केन्द्र सार्दा कानुन विपरितको काम गरेको देखिन आएकोले अन्तरिम आदेशमा उल्लेख छ ।

यसअघि उच्च अदालत तुलसीपुरले २०७५ असार २० गते गाउँपालिका चिराघाटबाट अन्यत्र नसार्न फैसला गरेको थियो । तर, तत्कालिन समय गाउँपालिकाले केन्द्र सारे पछि उक्त फैसलाको अवहेलना मुद्दा समेत विचाराधीन अवस्थामा थियो ।

गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बिगतको कुरा अध्यन नै नगरी अन्तरिम आदेश जारी गरिनु न्यायोचित नभएको तर्क गरे । उनले प्रशासनिक काम जुम्लेकुलाबाटै सञ्चालन हुने तथा तत्कालै प्रशासनिक केन्द्र पहिलेको ठाउँ चिराघाटमा नसारिने बताए ।

प्रशासनिक केन्द्र पुरानै ठाँउ चिराघाटमा सार्न बारे सर्बौच्चको अन्तरिम आदेश जारी गरेको कुरा सुनेको भएपनि लिखित रुपमा अदालतको आदेश आइ नपुगेको र त्यसवारे अध्यन गरेपछि आँफुहरु पुनः अदालत जाने उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाढीपिडितका लागि सरकारले एक अर्व उपलब्ध गराउने

   असोज १५, २०८१       admin

काठमाडौं,१५ असोज । बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरो राहत कोषमा अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २२ बमोजिम विपद व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण जनधनको क्षति भएको थियो। मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ।

सरकारले बाढीपहिरो पीडितलाई उद्धार तथा राहतको कामलाई तीव्रता दिने पनि निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद बैठक बसेको हो। उक्त बैठकले बाढी पहिरोमा परेर निधन भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ भने तीन दिन शोक घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

करेन्ट लागेर एक महिलाको मृत्यु

   असोज १५, २०८१       admin

गुल्मी, १५ असोज । गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङ् निवासी वर्ष २७ की माया रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन ।

सोमबार अपरान्ह घर पोत्ने क्रममा घाईते भएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको हो ।

घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेण्ट प्रवाहभई घाईते बनेकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराइएको थियो । उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस्नेतको घरमा युनियनको शोकसभा

   असोज १४, २०८१       admin

बाँके, असोज १४ ।मातृ शोकमा परेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको घरमा पुगेर नेपाल प्रेस युनियनले शोक सभा गरेको छ ।
युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र केन्द्रीय अध्यक्ष शिब लम्सालको प्रमुख आथित्यमा शोकसभा भएको हो ।

केन्द्रीय अध्यक्ष लम्सालले आमाको निधनवाट केन्द्रीय सदस्य बस्नेत र उनको परिवारमाथि बर्जपात परेपनि धैर्यधारण गर्न आग्रह गरेका थिए । काजकिरियाको कार्य सकेपछि पुनः पत्रकार बस्नेत आफ्नो पेशामा पहिले जस्तै क्रियाशिल हुनेमा विश्वास ब्यक्त गरेका थिए ।

युनियनका दाङ जिल्ला अध्यक्ष नारायण खड्काले आमाको निधनवाट शोकाकुल बस्नेत परिवार प्रति जिल्ला र केन्द्रको तर्फवाट श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
शोकसभामा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, निवर्तमान अध्यक्ष सञ्तोष सुबेदी, युनियनका नेता तथा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, युनियनका सदस्यहरु खेमराज रिजाल, बिमल गौतम, बालाराम खड्का पुगेका थिए ।

त्यस्तै पत्रकार रोशनमान श्रेष्ठ, प्रेस चौतारी नेपालका सुर्दशन रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, तुलसीपुर सिटी हस्पिटलका प्रबन्धक हेमराज बस्नेत लगाएत शोकसभामा पुगेका थिए ।

शोकसभा कार्यक्रमको सहजीकरण जिल्ला सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।युनियन केन्द्रीय सदस्य देबेन्द्र र साधारण सदस्य भानुभक्त तथा शुभचिन्तकहरु घनश्याम र नारायण बस्नेकी ६३ बर्षीया ममतामयी आमा नौलीकुमारी बस्नेतको असोज ६ गते क्यान्सरका कारण मृत्यु भएको थियो । बस्नेतको मृत्यु भएको ९औं दिनका दिन निवासमै पुगेर युनियनले शोक सभा गरेको हो ।
शोक सभा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बेपत्ता चौधरी मृत फेला

   असोज १४, २०८१       admin

दमक,१४ असोज । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् । प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः ३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो । अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता भएका थिए । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए ।

यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology