दाङ,११असोज । दंगीशरण गाउँपालिकामा रहेको जनता मावि बुटनीयाले नृबित्त शिक्षकलाइ बिदाइ गरेको छ। विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष माधव विकको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियो ।
वि सं. २०५२ सालदेखि विद्यालयमा अध्यापनगरी नृबित्त भएका शिक्षक डिल्ली गौतमलाई सम्मान तथा बिदाइ गरिएको हो। । सो अवसरमा ३८ जना बिपन्न जेहेनदार विद्यार्थीहरुलाइ पोशाक समेत बितरण गरीएकोथियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बिधालयमा बिद्यार्थीको शैक्षिक गुणस्तरसङ्गै नैतिक शिक्षा अपरीहार्य रहेको बताए ।शिक्षाको गुणस्तरको सवालमा आफुले कत्तिपनि कन्जुस्याइँ नगरी अगाडि बढीरहेको बताए ।
आफु निर्वाचित भयर आएपस्चात जहाँ बिद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अगाडि बढाएको बताए ।अहिले आफुले बिधालयको बिद्यार्थी संख्यालाइ मध्यनजरगरी शिक्षक दरबन्दि मिलान गरेको बताए ।
सोहि अवसरमा बोल्दै वडा न ७ का वडा अध्यक्ष रेशम वलिले बिद्यार्थीको उज्ज्वल भबिष्यका लागि र शैक्षिक गुणस्तरका लागि बिद्यार्थी,शिक्षक,र अभिभावकको त्रीकोणातमक सम्बन्ध आवस्यक रहेको बताए ।
यस्तै वलिले जनता माध्यमिक विधालय बुटनियाको चौतर्फि विकाशकालागि आफु सदैव तत्पर रहेको उल्लेखगरे ।
बिदाइ सम्मान तथा पोशाक बितरण कार्यक्रममा स्वागत मन्तव्य बेद प्रसाद डाङ्गिले राखेकाथिय ।कार्यक्रमको सहजीकरण बिधालयका प्रधानाध्यापक क्रीमलाल चौधरीले गरेकाथिय ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,११ असोज।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश थिए ।
परिषद् बैठकले न्याय परिषद् ९पहिलो संशोधन० नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको छ ।
त्यस्तै परिषद् बैठकले उच्च अदाततका १४ जना न्यायाधीशहरूको सरूवा गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् ।
दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गरे । म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उनले भने -`लुम्बिनी प्रदेश पर्यटनकाे केन्द्र हाे । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालकाे रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।´
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताए ।लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाकाे भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ´उनले भने विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।´ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेकाे र यसबाट विकासकाे आधार निर्माण गरिने बताउनु भयाे ।लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनकाे प्रचुर सम्भावना छ´उनले भने -विभित्र जातजाति, समुदायकाे कला संस्कृतिले लुम्बिनीकाे पहिचान विश्व समुदायमा पुगेकाे छ ।´
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएकाे छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घाेराही उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा ४५ अाैं पर्यटन दिवस घाेराहीमा मनाइएको हाे । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे ।
कार्यक्रममा घाेराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनकाे विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेकाे बताए ।पर्यटन दिवसले राेजगारीकाे अवसर सृजना गर्छ । स्थानीय उत्पादनकाे बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ´उनले भने-पर्यटन समृद्धिकाे आधार हाे । यहाँका नागरिककाे जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।´
थरिथरि झाँकी र रैथाने परिकारकाे उत्सव
पर्यटन दिवसलाइ विभिन्न समुदायकाे झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएकाे छ ।
गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायकाे लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।
पाल्पा मिस्दी गाउँपालिकाकाे कोरा नाच, घाेराही-१० काे थारु समुदायकाे वडका नाच, लुकमेली खाम समाजकाे भुम्या नाच, घाेराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटाेका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियाे ।
२२ सय व्यक्ति फरार सूचिमा
दर्शन आचार्य, दाङ,। दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले बालबालिकाका लागि स्वणर् प्राशन गराउँदे आएको छ । बालबालिकाको प्रतिरक्षा प्रणाली, मानसिक स्वास्थ्य, पाचन क्षमता र शारीरिक विकासलाई मजबुत बनाउनका लागि चिकित्सालयले स्वर्ण प्राशन गराउँदै आएको छ ।
प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिबाट बालबालिकाको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ बनाउनका लागि अस्पतालले स्वर्णप्राशन गराउँदै आएको चिकित्सालयका आवुर्देकि बाल रोग विशेषज्ञ हरीशंकर चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक महिनाको पुष्प नक्षत्रको दिन बिहान निःशुल्क रुपमा स्वर्ण प्रशासन गराइन्छ ।
बच्चा जन्मेदेखि ५ वर्ष उमेरसमुहका बालबालिका यस प्राशनमा सहभागी हुने गरेको उनले बताए । अहिले प्रत्येक महिना १५ सय बढि बालबालिकाहरुलाई स्वर्ण प्राशन प्रदान गर्दै आएको उनले बताए ।
उनी भन्छन्-‘ यसमा चिकित्सकद्वारा बच्चाको उमेर र तौलको आधारमा निर्धारण गर्ने गरिन्छ । यसलाई प्रत्येक महिनाको पुष्य नक्षमा (प्रत्येक २८ दिनमा १ पटक आउने) दिनु उपयुक्त हुन्छ । दैनिक रूपमा खानेहरूका लागि मात्रा एउटा तरिकाले योजना गरिन्छ भने पुष्य नक्षत्रमा मात्र खानेहरूका लागि अर्कै तरिकाले योजना गरिन्छ । विहान खाली पेटमा, सूर्योदयभन्दा पहिले नै स्वणर् प्राशन गराउनु उत्तम मानिन्छ । त्यसैले बिहानै बालबालिकालाई स्वणर् प्राशन खुवाउने गरेका छौँ ।’
बालबालिकालाई स्वणर् प्राशन गरिन्छ भन्ने थाहा पाएपछि ३ वर्षकी छोरीलाई लिएर अस्पताल आएको नारायणपुर बस्ने आरती शर्माले बताइन । स्वणर् प्राशनको बारेमा सुनेकाले त्यसको फाईदा लिनका लागि मौसमको प्रवाह नगरी एकाबिहानै बिजौरी आएको उनी बताउँछिन् । ‘स-साना नानीबावुलाई स्वणर् प्राशन गराइन्छ भन्ने थाहा पाएपछि पानी परेको भएपनि यहाँ आएको हुँ, उनले भनिन्-‘म मात्रै होइन म जस्तै टाढा-टाढाबाट पनि अभिभावकहरु नानीबावु लिएर आउनु भएको रहेछ ।’
केहो स्वर्ण प्राशन?
स्वणर् प्राशन प्राचीन संस्कारमध्ये एक हो । स्वणर् प्राशन संस्कृत शब्द हो। स्वणर् अर्थात् सुन र प्राशन भनेको प्रयोग वा विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, “कश्यप संहिताका“ अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो। प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वणर् प्राशन विधि हो ।
जब घरमा सन्तान जन्मिन्छ तब आमाबाबुले बालवालिकाको राम्रो स्वास्थ्यका साथै रोगहरुबाट बचाउनका लागि केही प्राचीन संस्कारहरु अपनाउँछन्। ताकि बच्चा स्वस्थ रहन्छ र रोगहरुसँग लड्नका लागि सक्षम हुन्छ। यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वणर् प्राशन बिन्दु भनिन्छ ।
स्वणर् प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने सनातन धर्मको १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।
स्वणर् प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ । औषधयुक्त गाईको घ्यूमा अमला, बोझो, ब्राह्मी मण्डुकपणर्ी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि जडबिुटि (एवं प्रक्षेप द्रव्यः मरिच, सौंफ, पिप्पली, आदि) निश्चित मात्रा राखिन्छ र विशेष विधिबाट विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा तयार पारिन्छ ।
अहिलेसम्मसम्म स्वणर् प्राशनबारेमा भएका सबै अनुसन्धानहरूले यसलाई सतप्रतिशत साइडइफेक्ट रहित देखाएको छ । स्वणर् प्राशनमा प्रयोग भएका घटकहरूको स्वाद र गन्धका कारण केही बच्चाहरूमा उल्टी हुनुबाहेक अहिलेसम्म अन्य कुनै नकरात्मक असर भेटिएको छैन ।
यो चिकित्सकद्वारा बच्चाको उमेर र तौलको आधारमा निर्धारण गर्ने गरिन्छ । यसलाई प्रत्येक महिनाको पुष्य नक्षमा (प्रत्येक २८ दिनमा १ पटक आउने) दिनु उपयुक्त मानिएको छ । दैनिक रूपमा खानेहरूका लागि मात्रा एउटा तरिकाले योजना गरिन्छ भने पुष्य नक्षत्रमा मात्र खानेहरूका लागि अर्कै तरिकाले योजना गरिन्छ । विहान खाली पेटमा, सूर्योदयभन्दा पहिले नै स्वणर् प्राशन गराउनु उत्तम मानिन्छ ।
आयुर्वेद विज्ञान अनुसार स्वणर् प्राशनका धेरै फाइदा छन् जुन तपाईंको बच्चाको स्वास्थ्यको साथसाथै पुण्य, उज्ज्वल, ऊर्जावान र बलियो बनाउन मद्दत गर्छ । स्वणर् प्राशन संस्कार गरेर बच्चाको बुद्धि, दिमाग, शक्ति र पाचन शक्ति बढाउन सकिन्छ ।साथै नियमित स्वणर् प्राशन संस्कार गरे सँगै बच्चामा स्मरण शक्ति,कान्ति तथा ओज बढ्छ। बच्चा सुन्दर, बलवान र बलियो हुन्छ। रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गराउदछ । साथै स्वणर्प्राशन प्रत्येक महिनाको पुष्प नक्षत्रको दिन विहान खाली पेटमा खुवाउनु पर्दछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११असोज । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरिदैछ ।
दाङमा पनि लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाले घोराहीमा लम्बिनी प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । आजको दिनलाई महोत्सवकै रुपमा विभिन्न संस्कृति झल्किने झाँकीसहित मनाउने भनिएतापनि मौसम खरावीका कारण कार्यक्रम घोराहीको बहुउद्देश्यीय हलमा सीमित हुने भएको छ ।
केही दिन भव्य रुपमा दिवसलाई जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा आयोजना गर्ने भन्दै पत्रकार सम्मेलन गरेको दिवस मूल आयोजक समितिले आज मौसम खरावी भन्दै हलमा कार्यक्रम गर्ने जानकारी दिएको छ । कार्यक्रमको लागि करीव १० लाख खर्च हुने आयोजकले बताएको थियो ।
कोरोनाका कारण लिथो परेको नेपालको पर्यटन क्षेत्र केही समयदेखि उकालो लाग्ने अवस्थामा छ । नेपाल एउटा प्राकृतिक सौन्दर्यताले भरिएको देश भएकाले पनि नयाँ पर्यटनको सम्भावना धेरै छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ असोज। दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे।
नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको – बोल मन खोल…को रेकर्डिङ सकेर गीत सार्वजनिक हुँदा नहुँदै गायक बस्नेतको आमा बितिन्।
करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले यो गीत उनै आमा नौली कुमारी बस्नेतको नाममा समपर्ण गरेका छन्।
उनका बुवा कृष्ण बस्नेत पनि गायक नै थिए। कुनै जमानामा बुवाले गाएको गीत निकै चर्तित थियो। बुवाको निधनपछि करिब ८ वर्षअघि उनले त्यही गीत ‘चिल बस्यो टुप्पैमा…’ आफ्नै स्वरमा पुन: रेकर्ड गराएका थिए। कुनै बेला पश्चिम नेपालमा निकै चर्चित रहेको यो झ्याउरे गीत अहिले पनि उस्तै चलिरहेको छ।
‘गायकी’कलाका धनी बस्नेत आफूलाई कर्मले भने पत्रकारितातिर डोर्याएको बताउँछन्। गीत, संगीतलाई जीवनका संयोग र नियतिसँग गाँसिएको ठान्ने उनी अहिले पनि बेला बेला विभिन्न सांस्कृतिक महोत्सवहरूमा गाउन पुग्छन्।
अहिलेसम्म करिब आधा दर्जन गीतहरूमा स्वर दिइसकेका बस्नेत भन्छन् ‘बुवा बितेपछि उहाँको गीत गाएँ। त्यसमा बुवाको पुनर्जीवन पाएँ। अहिले यो गीत रेकर्ड सक्दा नसक्दै आमा बित्नुभयो। गीतहरू मेरा नियतिसँग गाँसिएका छन् सायद।’
दाङबाट नागरिक दैनिक तथा खोजपत्रकारिता केन्द्रका लागि रिपोर्टिङ गर्दै आएका बस्नेत हाल नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पनि हुन्।
पोख्रेल रचेतका गीतका यो शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। बस्नेतको यो स्वरलाई सुदन थापाले दृश्यमा मिसाएका छन्। २०६० सालदेखि गीतका शब्दहरू कोर्न थालेका पोख्रेलले पत्रकारितासँगसँगै लगभग दर्जनजति गीतहरू लेखिसकेका छन्। उनको गीतमा ‘स्वर’ भर्दै सांगितिक क्षेत्रमा ‘डेब्यू’ गरेकाहरू अहिले व्यावसायिक सांगितिक कर्ममा स्थापित भइसकेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , १० असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय एवं त्यसका अंग निकायमा लगाएको ताला सात महिनापछि खुलेको छ। विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी सङ्घ संगठनहरूले विभिन्न माग राखेर ७ महिना अगाडि देखि विश्वविद्यालयमा ताला लगाएका थिए।
विश्वविद्यालय तथा अंग निकायमा तालालागाउने विद्यार्थी संगठनका प्रतिनिधि र विश्वविद्यालयको वार्तासमितिबीच भएको छलफलपछि आन्दोलनरत पक्षको मागहरु पूरा गर्ने सहमती पश्चात ताला खुलेको जनाइएको छ । विश्वविद्यालय अन्तर्गतको वार्ता समिति र विद्यार्थी बीच बार्ता भइ सहमती भए पछि ताला खुलेको विश्वविद्यालयका उप लेखा नियन्त्रक एवम् वार्ता समितिका सहजकर्ता नविनकुमार पोख्रेलले जानकारी दिए ।
जनता विद्यापीठका प्राचार्य योगराज शर्माको संयोजकत्वमा बनेको वार्ता समितिले विद्यार्थीहरूसँगको वार्तापछि नेसंबि केन्द्रीय आयुर्वेद क्याम्पसका प्राचार्य काे कार्यकक्षमा बिगत ७ महिना देखि र अन्य अंग निकायमा बिगत ३ महिनदेखि लागेकाे ताला वार्ता सहमती पश्चात् खुलेपछि विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्यमा सहजता आउने छ ।

आँशिक शिक्षक, स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद क्याम्पस , नेपाल विद्यार्थी सङ्घ , अनेरास्ववियु तथा अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर लगाएको ताला बिहिबारदेखि खुलेको हो । शिक्षक तथा विद्यार्थीहरूले राखेका मागलाई विश्वविद्यालयले सम्बोधन गर्ने सहमति जनाएपछि विद्यार्थीहरुले ताला खोलेको जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० असोज । तुलसीपुर होटल व्यवसायी समितिले त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा आज समितिले मन्दिर परिसरमा सरसफाई गरेको हो ।
भोलि ४५ औँ विश्व पर्यटन दिवस भव्यरुपमा मनाउनका लागि आज मन्दिर परिसरमा सरसफाई गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताए। समितिले विभिन्न झाँकी जुलुससहित बजार परिक्रमा गरि विश्व पर्यटन दिवस मनाउन लागेको उनले बताए।
त्रिसिद्धेश्वरी मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा समितिले दाङका पर्यटकिय स्थल भेट्न सकिने ‘क्यु आर’ कोड सार्वजनिक गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार तुलसीपुरको बसपार्कदेखि र्याली शुरु गरिने भएको छ । र्यालीमा विभिन्न जातजातिका भेषभुषा र सँस्कृति झल्कने झाँकी प्रदर्शन गरिने उपाध्यक्ष दोर्ण आचार्यले बताए ।
तुलसीपुर बजार नजिकै रहेको मन्दिरको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले त्रिसिद्देश्वरी मन्दिर परिसरमा भव्य कार्यक्रमको आयोजना गरिएको समितिका सल्लाहका नेत्रलाल वलीले बताए।उनले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १० असाेज । काेशी ब्यारेजबाट यात्रु बहक बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे ।
बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण खुलेकाे छैन,’ उनले भने,’ सुरक्षा निकाएको टोली घटनास्थल पुगेको छ ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१० असोज। गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी०द्वारा बिहीबार राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए ।
उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकामा जोड दिए।
संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तीनवटै सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।
‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैरसरकारी क्षेत्रअन्तर्गतका विभिन्न सङ्घ, संस्थाहरूले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन्’, उनले भने, ‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।’
गृहमन्त्री लेखकले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकायसँगको सहकार्य तथा निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए। परियोजनाले सङ्घलगायत आठ स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पुर्याएको योगदानको उनले प्रशंसा गरे।
अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजनामार्फत उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिनुका साथै आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस