काठमाडौ,२५भदौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् ।
उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग ९एसिडी० को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरे ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गरे।
हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताए । उनले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्ने अपेक्षा गरिएको बताए
।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ भदौ। चुनाव नहुने निश्चित भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामा
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।
पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।
नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकि सकिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई सरकारले अन्तिम रुप दिने तयारी थालेको छ।
विधेयकलाइ अन्तिम रुप दिन गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माण तयारी तिव्र बनाएका छन् ।
उनले आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरे ।
त्यसपछि गृहमन्त्री लेखकले साँझ त्यससम्बन्धी ब्रिफिङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेका थिए ।
दुवै प्रहरीको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित आइतबार साँझ छलफल भएको थियो ।
बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माण गर्ने विधेयकमा सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए ।
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रहरीको विधेयक दुई साताअघि नै पठाइएको थियो । सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ।
गृहमन्त्री लेखकले मन्त्री भएको सय दिनभित्र प्रहरी ऐनलाई संसद्मा लैजाने लक्ष्य राखेका छन् । अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषद्मा लैजाने गृहमन्त्री लेखकले तयारी गरेका छन्
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २३ भदौ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपलाल चौधरी (लालु)को मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलकनारका लालु भनेर चिनिने रुपलालको मलेसियाको एयरपोर्टमा मृत्यु भएको हो।
चार वर्ष अगाडि मलेसिया पुगेका उनी आज नेपाल फर्कँदै थिए । घर फर्कन लागेका चौधरीको कुवालालम्पुर एयरपोर्टमा मृत्यु भएको उनका नातेदार घनश्याम चौधरीले बताए।
चौधरीका नातेदार घनश्याम चौधरीका अनुसार एअरपोर्टमा बसिरहेको बेला अचानक लडेको खबर आएको थियो। उनलाई एअरपोर्टमै मृत घोषणा गरिएको थियो।
चौधरी नेपाल फर्कनका लागि बोर्डिङ पास लिएर प्रतीक्षारत अवस्थामा थिए। तर, घर पुग्न नपाउँदै उनको असामयिक निधन भएको छ।
मलेसियामा मृत्यु भएपछि उनका परिवार शोकमा डुबेका छन्। परिवारका सदस्यलाई चौधरीको मृत्यु हृदयघातबाट भएको जानकारी प्राप्त भएको छ। मृतक चौधरीको शव नेपाल ल्याउने प्रक्रिया बारेमा परिवारमा चिन्ता बढिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२३ भदौ । चेक अनादर मुद्दामा कैद सजाय तोकिएको छ। उक्त मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ।
आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भई सर्वसम्मत रुपमा पारित भएको हो।
दफाबार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरे।
उनले चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवाना हुने सहमति भएको पनि बताए। उनले १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्मकोमा तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति भएको बताए।
छलफलमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयकमाथिको बुँदा ७ माथिको छलफल मुख्य बुँदा बनेको बताए।
उनले चेक अनादरको प्रवृत्तिलाई नियन्त्रण र निरुत्साहित गर्नेगरी कानूनी रुपमा सजायको व्यवस्था गरिनुपर्ने बताए। उनले कसुरको तहका आधारमा सजायको व्यवस्था गर्दा उपयुक्त हुने धारणा राखे।
बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० मा चेक अनादर प्रमाणित भए कडा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताएका थिए। अन्त्यमा चेक अनादर प्रमाणित भए पाँच प्रतिशत जरिवानासहित १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची, २३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होटेलका बिल मन्त्रालयमा पेश नहुने बताएका छन्। जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीको नाममा खर्च भएका होटलका बिलहरू मन्त्रालयमा पेश नहुने उनले बताएका हुन्।
नेपाल पत्रकार महाँसघ जिल्ला शाखा अर्घाखाँचीले आइतवार गरेकाे सम्मान तथा पत्रकार सम्मेलन बाेल्दै मुख्यमन्त्री आर्चायले विगतमा जिल्ला बाहिर जादाँ हाेटलका विल ल्याउने,ठुला ठुला हाेटलमा बस्ने गरेकाे भन्दै आफू हाेटलमा पनि नबस्ने र हाेटलका विल पनि आफनाे कार्यकालमा पेश नगर्ने बताएका हुन् ।
लुम्बिनी सरकारले फर्जुल खर्च राेक्न नीति गत निर्णय गरेकाे उल्लेख गर्दै पुर्व भिआईपिकाे सेवा सुविधा फिर्ता गर्ने निर्णय अनुसार अगाडि बढेकाे बताउँदै केही पुर्व भिआईपिले अझै कार्यन्वयन नगरेकाे प्रति आफू जानकार रहेकाे भन्दै राज्यकाे सम्पत्ति कानुन विपरित प्रयाेग नगर्न सचेत गराइएकाे बताए ।
मुख्यमन्त्री आर्चायले बतर्मान सरकारले पुरक बजेट नल्याउने बताउँदै अघिल्लाे सरकारले ल्याएकाे बजेट नै कार्यन्वयन गर्ने बताए ।
नेकपा एमाले र नेपाली काग्रेस विच भएकाे सहमति अनुसार आफनाे कार्यकाल आधा आधा रहेकाे बताउँदै सहमतिलाई अक्षरसँग कार्यन्वयन गर्ने प्रतिवद्वता जाहेर गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको मागको आधारमा दुधमा दिदै आएको प्रोत्साहन अनुदानको रकम बढाउन सकिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘साथिहरुले यहाँ कुरा उठाउनु भयो दुधको बिषयमा । किसानहरुलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिदै आएको छ । यो रकमलाई बढाउने बिषयमा छलफल अघि बढ्छ’उनले भने,‘किसानहरुलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ ।’
यस्तै मुख्यमन्त्री आचार्यले सुन्तलाको सुरक्षित भण्डारणका लागी प्रदेश सरकारले योजना बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम बढाउन माग राखेका छन् । सरकारले दिने अनुदानले युवा पुस्तालाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नेगरी रकम विनियोजन गर्न माग राखिएको हो ।
प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउन दुध, माछा, मासु, अण्डा, मत्स्य ह्याचरी तथा नर्सरीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिदै आएको छ ।
दुधमा प्रति लिटर दुई रुपैयाँ, जिउँसो खसी, बोका र भेँडाको हकमा प्रति किलो २५ रुपैयाँ, जिउँदो राँगा, बंगुर र माछामा प्रतिकिलो १५ रुपैयाँ उत्पादनमा आधारित प्रोत्साहन रकम दिदै आएको हो । यस्तै अण्डा तर्फ प्रतिहजार अण्डामा दुई सय ५० रुपैयाँ दिईदै आएको छ । प्रदेश सरकारले दिदै आएको प्रतिफलमा आधारित प्रोत्साहन अनुदानका लागी सहकारी मार्फत वितरण हुदै आएको छ । सहकारी मार्फत किसानले दुध, खसी, बोकाको कारोबार गर्दैै आएका छन् ।
यस्तै सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले सरकारले पुरक बजेट नल्याउने स्पष्ट पारेका छन् । सरकारले पुरक बजेट ल्याउने हो की ? बजेट रकमान्तरण गर्ने हो की जस्ता प्रश्नहरु सुनिन थालेपछी मुख्यमन्त्री आचार्यले वर्तमान सरकारले पुरक बजेट नल्याउने र बजेट रकमान्तरण नगर्ने स्पष्ट पारेका हुन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २० भदौ । जिल्लाकै नमुना र उत्कृष्ट विद्यालयको रुपमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा पूर्वाधार अभावले पठन पाठनमा समस्या भएको छ । विद्यालयमा भएका पूर्वाधारले विद्यार्थी चापको व्यवस्थापन गर्न समस्या भए पछि नयाँ पूर्वाधार निर्माणमा जुटेको विद्यालयले नयाँ निर्माण पुरा गर्न नपाउदा विद्यार्थीलाई कक्षा कोठा व्यवस्थापन र पठन पाठनमा समस्या झेल्दै आएको छ ।
विद्यालयले स्थापना कालदेखि (२०२७ देखि) भोग चलन गर्दै र पूर्वाधार निर्माण गरि पठन पाठन समेत सञ्चालन गर्दै आएको संरचना भत्काएर नयाँ संरचना निर्माण गर्दै गर्दा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले निर्माण रोकिदिए पछि विद्यालयमा अहिले कक्षा व्यवस्थापनमा समस्यामा रहेको हो । विद्यालयले स्थापना कालदेखिनै भोगचलन र उपभोग गर्दे आएको झण्डै साढे ५ कट्ठा जग्गामा नेपाल प्रहरीले आफनो दावी गर्दै पूर्वाधार निर्माणकार्य २ वर्षदेखि रोक्दै आएको छ । यो अवस्था आउदा पूर्वाधार पनि निर्माण हुन सकेको छैन र विद्यार्थीहरुलाई समेत कक्षा कोठाको सहज अवस्था हुन सकेको छैन, विद्यलायलय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि रहेका नरेश वलीले भने, म विद्यालयमा सरुवा भएर आउँदा देखिने उक्त जग्गा विद्यालयले नै उपयोग गर्दै आएको छ । तर अहिले प्रहरीले आफनो भनेर विद्यालयमा दावी गरेको छ ।
माध्यामिक विद्यालय तुलसीपुर सेन्टर २ विगाह क्षेत्रफलमा रहेको छ । यहाँ १ देखि १२ कक्षासम्मको अध्ययन अध्यापन हुन्छ भने दुई हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन, विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले भने, कक्षा कोठा नहुदा व्यवस्थापनमा हामीलाई समस्या भइसक्यो । दुई वर्षदेखि विद्यालय भवन अलपत्र रहेको छ, कक्षा कोठा अभाव छन, भवन निर्माणका लागि आएको रकम सहेत फ्रिज भएर गएको छ पौडेलले भने स्थापनादेखि भोग चलनमा आएको जग्गामा किन र कसरी यस्तो अवस्था आयो । उनले पूर्वाधार निर्माण रोकिदा र प्रत्यक्ष रुपमा नेपाल प्रहरीले लुम्बिनी प्रदेश कार्यालयले अवरोध गर्दा विद्यालय समस्यामा प¥यो, बाललालिकाहरु पढ्नबाट बञ्चित हुन थाले । उनले यो विषयको समाधानका लागि प्रधानमन्त्री, शिक्षा मन्त्री, गृहमन्त्री, प्रहरी, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेतागण सबैमा समाधान खोजिदिन अनुरोध गरेको बताए । सबैले पहल गछौ भन्नु भएको छ हामी पूर्ण आशमा रहेका छौ, उनले भने छिटो सहजता बनाई दिनु भयो भने विद्यालयलाई सञ्चालन गर्न सजिलो हुन्थ्यो ।
विद्यालयको समस्या समाधानको लागि पूर्वदेखि वर्तमानसम्म सरकारका सहभागि सबैसंग हार गुहार गरिएको उनको भनाई छ । ५३ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा अहिले पनि विद्यालयले भोगचलन गर्न पाउनु पर्ने विद्यालयले माग गर्दे आएको छ । तत्कालिन अवस्थामा विद्यालयले भोगचलन गरेको जग्गा नाँपजाच गर्नु पर्दैन भनेर भनिएका कारण केहि नगरेकोले अहिले यो अवस्था आएको विद्यालयका संस्थापनहरुले बताएका छन । प्रहरीले भने आफनो नाममा रहेको जग्गा विद्यालयलाई दिन नसकिने तर्क गर्दै आएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी माधव श्रेष्ठले समन्वयबाट नै समाधान हुनु पर्ने विषय जटिल बन्दै गएको बताए । अभिलेखले प्रहरीको जग्गा स्कुलमा गएको देखाउछ, उनले भने यो समाधानको लागि समन्वय आबश्यक हो त्यो हुन सकेको छैन । प्रहरीले आफनो जग्गा संरक्षण गर्न, मातहतमा लिन खोजेर अदालतमा समेत पुगेको अवस्था छ, उनले भने, निर्णय नआउँदासम्म यसै भन्ने अवस्था रहदैन ।
पूर्व मन्त्रीहरु एमालेका महासचिव शंकर पोख्रेल र काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीले जग्गाको समस्या समाधानको लागि आफ्नो क्षेत्रबाट सक्दो पहल र प्रयास गर्ने बताएका छन । गिरीले स्थलगत निरीक्षण गरि जग्गा विद्यालयलाई आबश्यक रहेको र यसको लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत जनाएका हुन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताको कार्यमा सहकार्य आबश्यक रहेको बताएका छन । मानवीय कार्य र मानताको कार्यमा सबै एक भएर संगसंगै जानु पर्ने उनले बताए । मानवता हराउन लागेको आभास भयो पूर्व मुख्यमन्त्री चौधरीले भने, तन मन र धन लगाएर सबै रेडक्रस अभियान सफल पारौ, अनि मानवता जिवित रहन्छ ।नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले आयोजनामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन ।
उनले विपद् व्यवस्थापन सहज गराउने उदेश्यले र मानवीय कार्यका लागि आफुले यस क्षेत्रको जनप्रतिनिधिको हैसियलले विकासमा तिव्रता दिएको बताए । उनले अहिले पूर्वाधार निर्माणमा सहयोग गरिरहेको बताए । चौधरीले तुलसीपुरमा विपद व्यवस्थापनको लागि पूर्णधार निर्माण आफनै पहलमा सुरु भएको भन्दै यो क्षेत्रमा धेरै योजनाहरु सञ्चालन गरिरहेको बताए । उनले प्रदेशबाट आफुले बजेट व्यवस्थापन गरेर निर्माण भएका पूर्वाधारहरुमा स्थानीय सरकारले चासो नदिदा केहि समस्या भएको बताए । उनले बजार क्षेत्रलाई उज्यालो बनाउने उदेश्यले ४ महिना पहिलो हाइमास्ट लाइट जडान गरिदिए पनि स्थानीय सरकारले चासो नदिदा अहिलेसम्म बल्न नसकेको प्रति गुनासो समेत गरे ।
चौधरीले प्रदेशबाट दाङको तुलसीपुरमा ४ वटा हाइमाष्ट लाइट गरिएको भएपनि अहिलेसम्म नबालेको भन्दै गुनासो गरे । ‘तुलसीपुरमा हाइमाष्ट लाइट पठाइयो उनले भने, जडान पनि भयो । तर अहिलेसम्म बल्न सकेका छैन् । कम्तिमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य सघले समन्वय गरेर बाल्नु पथ्र्याे । तर आफुले ल्याएका योजना निर्माण सुरु हुदा शिलान्यास र उद्घाटन गर्न मात्रै अघि गर्ने गरेको प्रति व्यङग्य गरे ।
उनले खुला क्षेत्र र सरकारी संरचना प्राप्त हुनु पर्ने भन्दै त्यो अवस्था तुलसीपुरमा कमजोर रहेको बताए । पछिल्लो समय तुलसीपुर क्षेत्रका खाली जमिनहरू मासीदै गएको प्रति चिन्ता गर्दै विपद्को समयमा आवश्यक पर्ने प्रति ऐलानी तथा सरकारी जग्गालाई संरक्षण र जोगाउनुपर्ने बेला भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी, रेडक्रसका निवर्तमान सभापति नारायण आचार्य, सस्थापक सचिव नवराज रजौरे, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विकास समिति अध्यक्ष पदम प्रसाद न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्व बस्नेत, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कमल डाँगी, तुलसीपुर जेसिसका अध्यक्ष पूर्णविक्रम डाँगी, पूर्व जिविस सभापति भरत केसी, स्वास्थ्यकर्मी बसन्त आचार्य लगायतकाले शुभकामना व्यक्त गरेका थिए । रेडक्रस दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।

सो अवसरमा रेडक्रसको विकास र उन्नयनका योगदान गरेको भन्दै तीन जना विशिष्ट व्यत्तिःहरुलाई सम्मान समेत गरिएको छ । पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, पूर्व जिविस सभापति भरत केसीलाई सम्मान गरिएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ भदौ । दाङको तुलसीपुरमा तीन दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। शाखा कार्यालय तुलसीपुरको आयोजनामा भदौ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न केन्द्रका ३८ जना महिलाहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम व्यवस्थापन मिन बहादुर हमाल, क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख नवराज जोशीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिममा सहभागीहरु पार्वती सेजुवाल, तिला डाँगी, पूर्णमाया जिसीलगायतले तीन दिनसम्म तालिममा सिकेको सीप, ज्ञानलाई लागू गर्ने बताए । तालिमको अन्तिम मूल्याङ्कन प्रतिवेदन पार्वती सेजुवालले प्रस्तुत गरेकी थिइन् ।
कमला बस्नेतको सभापतित्वमा भएको समापन कार्यक्रमको सहजीकरण संस्थाका सहायक डिल्ली भण्डारीले गरेका थिए । तुलसीपुर शाखा प्रमुख धर्मराज बस्याल र लेखापाल प्रेम बहादुर खड्काले तालिमको उद्देश्य माथि प्रकाश पार्दै १८ देखि ७० वर्षका महिलाहरुलाई समूहमा आवद्ध गराई संस्थाले विभिन्न आयआर्जनमूलक क्षेत्रमा लगानी गरेको बताएका थिए ।
तीन दिनसम्म सञ्चालित व्यवसायिक बाख्रापालन तालिमको प्रशिक्षकमा सुदाम भट्ट र प्रेम घर्ती मगर रहेका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल रहेको लघुवित्त संस्था हो ।
संस्थाले १सय ८५ वटा शाखा, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १सय ९६ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस