गोली लागेर एकजनाको मृत्यु

   श्रावण १, २०८१       admin

डोटी,१९ साउन। डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रबार एक जनाको मृत्यु गएको छ। घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका(६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर ज्यान गएको थियो।

उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित गएराती नै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धान खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका( ८ डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ का दिल्ली साउद रहेका छन्।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार रामबहादुर साउदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुल्न आएको बाँकी विवरण आउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई राती नै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खोलाले बगाउँदा बेपत्ता आले मृत फेला

   श्रावण १, २०८१       admin

दाङ, १९ साउन । दाङमा शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन् । बेचनी खोलाले बगाएर बेपत्ता भएकी तुलसीपुर ४ निवासी ५५ बर्षीया सीता आले मृत भेटिएकी छन् । उनको शव शनिबार विहान ८ बजेतिर ग्वारखोलामा भेटिएको हो ।

शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए ।

खड्कालाई भने अझै भेटाउन सकिएको छैन । उनीहरुको खोजी कार्य भइरहेको छ । अटोमा ५ जना सवार थिए । चालक तुलसीपुर ४ खाद्रे निवासी ४५ बर्षीय हरीकिशन बिक, ३३ बर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने पानीबाट उत्रिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, ३ जनाको उद्दार

   श्रावण १८, २०८१       admin

दाङ, १८ साउन ।
दाङमा खोलाले यात्रु वोकेको अटो बगाएको छ । मानिससहित र अटो बगाउँदा कम्तिमा २ जना बेपत्ता भएका छन ।

तुलसीपुर उपमहानगरपालिका ४ ंमा रहेको बेतनी खोला र ७मा रहेको रानीघाट खोला (कालाखोला)ले दुई वटा अटो बगाएको हो । शुक्रवार परेको अविरल वर्षाका कारण आएको खोलाले यात्रु बोकेको अटो बगाउँदा दुई जना बेपत्ता रहेको र ३ जनाको सकुसल उद्दार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका ४ बेतनी खोलाले तुलसीपुरबाट खाद्रे जादै गरेको रा १ह ४०५५न.को (५जना सवार अटो)लाई खोलाले बगाएको प्रहरीले जनाएको छ । बगाएको अटोमा रहेर दुई जनाको खोजी कार्य भइरहेको छ । खोजी कार्यमा १० जना सुरक्षाकर्मी परिचालन भएका छन । वेपत्ता हुनेमा खाद्रे बस्ने छबिलाल आलेको श्रीमती बर्ष ५५/५६ कि सिता आले र सुर्खेत जिल्ला घर भइ हाल खाद्रे बस्ने बर्ष १६/१७ कि मन्जु खड्का रहेको प्रहरीको भनाई छ । अटोमा सवार अन्य ३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।


यसै गरेर तुलसीपुर घोराही सडक खण्डको कालाखोला (रानीघाट खोलाले पर्सेनी बाट तुलरीपुर आउदै गरेको अटो बगाएको छ । अटो र त्यसकम सवार सबै जना वेपत्ता रहेको प्रहरीले जनाएको छ । अटो नं भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

   श्रावण १८, २०८१       admin

दाङ, १८ साउन । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चको भेला तुलसीपुरमा सम्पन्न भएको छ। नवराज लामिछानेको अध्यक्षतामा भएको भेलाले राप्ती राजमार्गको स्तर उन्नति र तुलसीपुर क्षेत्रभित्रको सडक मापदण्ड निश्चित र व्यवस्थित गर्न माग गरेको छ।

भेलाले बाहिनी चोकदेखि उत्तरतर्फ नगर विकास समितिले कायम राखेको सडकको केन्द्रदेखि १२. ५ मिटर कायम राख्ने, बाहिनी चोकदेखि दक्षिणतर्फ नगर विकास समितिले वितरण गरेका घडेरी १५ मिटर कायम राख्ने माग गरेको छ।

यसैगरी सडक दायाँबायाँ बनेका संरचना व्यवस्थित गर्ने सम्बन्धमा छलफल समेत गरेको छ। विद्युत खानेपानी हेभी पोल र तारहरू व्यवस्थित गर्न माग गर्ने निर्णय समेत गरेको छ।

घर बनाउन अनुमति दिएको भए पनि रोकिएका घर नक्साको काम प्रभावकारी नभएको भन्दै घर नक्सा पास दिन माग गर्ने निर्णय समेत गरेको छ।

उक्त भेलामा घनश्याम रेग्मी ,गिरिराज लम्साल लगायतले सडकको स्तर उन्नति सडकपूर्ण रूपमा हुनुपर्ने, कालोपत्रे हुनुपर्ने, दायाँबायाँ ढल निकासको व्यवस्था हुनुपर्ने बताएका छन्।

यसैगरी पूर्व प्रमुख ढुण्डिराज लामिछानेले घरका बरणडा काट्न घरधनीलाई अनुरोध गर्ने र विद्युत टेलिफोनका तारहरूलाई भूमिगत गर्नुपर्ने बताएका थिए।

घर तथा सटरगाडी रहेका नालीलाई आधा मिटरमा कायम गरी त्यसलाई फुटपाथ बनाउने सडक मापदण्ड नघटाउने सहरी क्षेत्रलाई व्यवस्थापन गर्ने बताएका थिए।

यसैगरी स्थानीय गोविन्द रजौरेले घर नक्सा पास रोकिएका कारण खलाइनमा बजार विस्तार र व्यवस्थित हुन नसकेको बताएका थिए।

न्यायमार्ग टोल विकास संस्थाका अध्यक्ष सूर्य पौडेलले नाला नभएर घरघरमा पानी पस्ने अवस्था सिर्जना भएको भन्दै ढलनालालाई व्यवस्थित गर्नुपर्ने बताएका थिए।

यस्तै जनक भण्डारीले राप्ती राजमार्गको आयोजना आधिकारिक हो या होइन त्यसको खोजी गर्नुपर्ने र राजमार्ग अन्तर्गतको क्षेत्रको संरचना संरक्षणतिर जानुपर्ने बताएका थिए।

नौ सदस्यीय कार्यदल गठन
भेलामा भएका निर्णयलाई प्रभावकारी रूपमा अगाडि बढाउन कार्यदल गठन समेत गरिएको छ।

नवराज लामिछाने संयोजक रहेको ९ सदस्य कार्यदल गठन गरिएको छ। जसको सदस्य सचिवमा चेतन रेग्मी रहेका छन् भने सदस्यहरूमा सूर्य पौडेल, डिल्लीबहादुर बस्नेत,अरुण कुमार श्रेष्ठ, नारायणी रजौरे, दीपक आचार्य ,प्रल्लाद शाह र डिल्ली रजौरी रहेका छन्।

कार्यदलको मञ्चबाट उठेका सवालहरूलाई सम्बोधन गराउन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार समक्ष आफ्ना मागहरू प्रस्तुत गर्ने र आवश्यक परेमा न्यायालयसम्म पुग्ने गठित कार्यदलको निर्णय रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड

   श्रावण १८, २०८१       admin

दाङ, १८ साउन। लुम्बिनी प्रदेश सरकारले बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेपाली कांग्रेसका ४ जना र नेकपा एमालेका ४ जना गरि ८ जनालाई बिमा विभागीय मन्त्री नियुक्त गरेका थिए।

बिना विभागीय मन्त्री नियुक्त गरेको १० दिनपछि प्रदेश सरकारले मन्त्रीहरूको कार्यविभाजन गरेको हो।

मुख्यमन्त्री आचार्यले कार्यविभाजन गरेसँगै नेपाली कांग्रेसका धर्मेन्द्र कार्कीले आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसकै तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन्। बादशाह कुर्मी वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् भने प्रचण्ड विक्रम न्यौपानेले उद्योग वन तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन्।

कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।

यस्तै एमालेबाट भूमिश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्री, दिनेश पन्थी कृषि तथा भूमि व्यवस्था मन्त्री, खेम सारु स्वास्थ्य मन्त्री र सीता शर्मा चौधरी ऊर्जा जलश्रोत र सिँचाइ मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रकृति र मानवीय सभ्यता संकटमाः वातावरणविद योञ्जन

   श्रावण १७, २०८१       admin

उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र होडबाजिको औद्योगिकरणले पर्यावरणमा असन्तुलन र जलवायुमा परिवर्तन हुँदा प्रकृति र मानवीय सभ्यतालाई पनि खतरामा पु¥याएको उनले बताएकी हुन् ।

लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको चक्रिय अर्थतन्त्र र जलवायु परिर्वतन सम्वन्धी दुईदिने तालिमको अवसरमा उनले वातावरणीय संरक्षणमा दिगोपना ल्याउन नसक्दा पर्यावरणमा क्षति पुगेको बताएकी थिइन् । आर्थिक विकास र सम्वृद्धिको नाममा प्रकृतिमाथी भइरहेको तीव्र दोहनले पर्यावरणीय सकंट बढ्दै गएको उनको भनाई थियो ।

पृथ्वीको तापक्रम बढ्दै जानु, समयमा पानी नपर्नु,समयमा हिँउ नपर्नु, ओजनतहमा ह्रास आउनु, प्रत्येक वर्ष मानसिक विचलनका बिरामीको सँख्या बढ्दै जानु,प्रजनन् प्रकृयामा फेरबदल हुनु, खाद्य उत्पादन घट्दै जानु जस्ता उदाहरण दिँदै उनले विश्वमा प्राकृतिक सभ्यता संकटमा परेको जानकारी गराएकी थिइन् ।

‘पछिल्लो समय आमाको दूधमा प्लाष्टिक भेटिनु, डिएनएमा समस्या देखिनु, डिप्रेसनका बिरामी बढ्दै जानु मानव सभ्यताका लागि राम्रो संकेत होइन,उनले भनिन्– हामीले वातावरणमैत्री ढंगले प्राकृतिक श्रोतसाधनको उपभोग र संरक्षण गर्न आजैबाट लाग्न जरुरी छ । ’
तालिममा उनले पर्यावरणीय संरक्षका लागि राज्यका हरेक निकायले चक्रिय अर्थतन्त्रको अवधारणलाई अवलम्वन गर्नुपर्ने बताइन् । वातावरण संरक्षणका लागि चक्रिय अर्थतन्त्रले शुन्य फोहोर अवधारणाको विकासको गरेको जानकारी दिँदै उनले रहेक बस्तुको उत्पादन र उपभोलाई त्यससंग जोडन् जरुरी रहेको बताइन् ।


त्यस, अवसरमा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ वातावरण निरिक्षक निर्मल चौधरीले जलवायु परिवर्तन र नेपालको निर्धारित राष्ट्रिय देनका बारेमा जानकारी गराएका थिए। जलवायु परिवर्तन महासन्धी अन्र्तगत पेरिस सम्झौता बमोजिम नेपालले तय गरेको लक्ष्य प्राप्तीको दस्तावेज, दीर्घकालिन हरीतगृह ग्याँस नियन्त्रणका लागि शुन्य उत्सर्जनको रणनीति र यसका क्षेत्रका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए।

मानवीय कृयाकलापका कारणले वातावरणीय प्रदुषण र जलवायु परिवर्तन भइरहेको भन्दै मानव मार्फत प्रदुषण र यसको असर प्रभाव व्यवस्थापन आजको महत्वपूर्ण विषय बनेको उनको भनाई थियो।

सो अवसरमा वन्यजन्तु संरक्षण संघ नेपालका कोर्डिनेटर राजेश्वर रिजाल, वातावरण पत्रकार शेरबहादुर केसी,पर्यावरण संचार विज्ञ पिताम्वर सिक्देलले वातावरण संरक्षणका निमित्त पछिल्लो समय भएगरेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए। उनीहरुले चक्रिय अर्थतन्त्रको पद्दतीमा रहेर पर्यावरण संरक्षण गर्नतर्फ लाग्नुपर्ने बताएका थिए ।

हामीले उत्पादन तथा निर्माण गरेका, उपभोग गरेका हरेक वस्तु माटोसंग घुल्न सक्ने खालको हुनुपर्ने उनीहरुको भनाई थियो । कुनैपनि वस्तु एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न मिल्ने अथवा त्यसलाई परिमार्जन गरी प्रयोग गर्न मिल्ने खालको हुनुपर्ने उनीहरुले बताएका थिए ।


तालिममा सहभागी पत्रकारहरुले मानीवय व्यवहारलाई प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। चक्रिय अर्थतन्त्रलाई लागु गर्न हरेक व्यक्ति, टोल, समुदाय, समाज र राष्ट्र आ–आफ्नो ठाउँमा सचेत र जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

वातावरण संरक्षण र जलवायु परिवर्तन न्युनिकरणलाई पहिलो प्राथमिकतामा राखेर राज्ये नीति तथा कार्यक्रम ल्याउनुपर्ने र त्यसको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई थियो।

युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र ईम्प्याक्ट हबको समन्वयमा उक्त तालिम सञ्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी

   श्रावण १७, २०८१       admin

दाङ,१७ साउन । लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरिएको छ । विकास कोषको आम्दानी ५० प्रतिशत स्थानीयलाई हुनुपर्ने माग राख्दै कार्यालयमा तालाबन्दी गरिएको हो ।

लुम्बिनी बचाऊ सङ्घर्ष समितिको अगुवाइमा कोषका कोषाध्यक्ष, सदस्य सचिव, पुरातत्त्व महाशाखा र सङ्ग्रहालयमा तालाबन्दी गरेको सङ्घर्ष समितिका संयोजक अक्रम खानले जानकारी गराए।

उनले कोषको आम्दानीको ५० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने, कोषमा नियुक्त गरिने पदाधिकारी स्थानीय हुनुपर्ने लगायत माग राख्दै लुम्बिनी विकास कोषमा तालाबन्दी गरिएको जानकारी दिए । यसअघि आफूहरूले १२ बुँदे सहमति गरे पनि त्यो सहमति कार्यान्वयन नभएको बताए ।

सङ्घर्ष समितिले पदाधिकारीसँगै कर्मचारी भर्ना गर्दा पनि स्थानीयलाई प्राथमिकता दिइनुपर्ने, सङ्घीयताको मर्म अनुरूप लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, प्रदेश सभा सदस्यलगायत सङ्घीय सांसद लुम्बिनी विकास कोषको पदेन सदस्य बनाउनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरूको सहमति

   श्रावण १७, २०८१       admin

काठमाडौँ,१७ साउन संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा दलहरूबीच सहमति जुटेको छ ।

बिहीबार बिहान गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठकले सहमति जुटाएको हो ।

गृहमन्त्री रमेश लेखकले सबै कुरामा दलहरूबीच सहमति जुटेको बताए । द्वन्द्वकालमा भएका हत्यालाई परिभाषित गर्नेलगायतका विषयमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री लेखकले जानकारी दिए ।

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा थिए । त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संगीतकार कामतको निधन

   श्रावण १७, २०८१       admin

काठमाडौँ, १७ साउन । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त उनको आज बिहान ६ बजे आफ्नै गाउँ सिरहाको लक्षम्पुर पतारी गाउँपालिका(२ पोखरभिण्डामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राती ४ घण्टा रिचार्जसेवा नहुने

   श्रावण १७, २०८१       admin

काठमाडौँ, १७ साउन । नेपाल टेलिकमको सिम कार्ड आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ।

यस अवधिमा व्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका सेवाहरु प्रभावित हुने छन्। टेलिकमले राति ११ बजेअघि नै रिचार्ज र आवश्यक डाटा प्याकेज खरिद गर्न पनि टेलिकमले सम्बन्धित सबैमा अनुरोध गरेको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology