दिनभर भारी वर्षाको संभावना छ, सजक रहनु :मौसम विभाग

   श्रावण १६, २०८१       admin

दाङ,१६ साउन। देशभरका धेरै स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई  स्थानमा भने भारी वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

आज राति देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।  

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पेरिस ओलम्पिकमा नेपाली पौडिवाज शाहको कीर्तिमानी

   श्रावण १५, २०८१       admin

काठमाडौं,१५ साउन । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।

उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज खिर खाने दिन

   श्रावण १५, २०८१       admin

काठमाडौं,१५ साउन । आज साउन १५ गते अर्थात नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीबी राईसहित १८ जनालाई स्वदेश ल्याउन प्रबन्ध मिलाउन निर्देशन

   श्रावण १४, २०८१       admin


काठमाडौं, १४ साउन । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ । यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं । यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’ उनले भने ।

साथै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अभिलेख संरक्षण ऐन संसोधन विधयेक प्रमाणीकरण

   श्रावण १४, २०८१       admin


काठमाडौँ, ४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

उनका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

Update:बस दुर्घटनामा आमा छोराको मृत्यु,२८ जना घाइते

   श्रावण १४, २०८१       admin

पोखरा,१४ साउन। पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५२ आयोजनाको ठेक्का रोक्ने तयारी

   श्रावण १४, २०८१       admin

काठमाडौं,१४ साउन । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।

डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भनी प्रश्न गर्दै स्पष्टीकरण मागेको छ ।

पटक-पटक लिखित र मौखिकरुपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न सक्ने आधारसहित १५ दिनभित्र सम्पन्न नहुनुको कारण पेस गर्न अल्टिमेटम दिएको छ ।

कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का तोडी कालो सूचीमा राखिने कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चेम्बर अफ कमर्सको अध्यक्षमा भण्डारी

   श्रावण १३, २०८१       admin

दाङ,१३ साउन। तुलसीपुर चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिबेशनले ऋषिराज भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरूको साझा सहमतिमा चेम्बर अफ कमर्सको अध्यक्षमा ऋषिराज भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो।

चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा सन्तोष बहादुर खडका, उपाध्यक्षमा मनजित पुन, महासचिवमा दुर्गाप्रसाद शर्मा, कोषाध्यक्षमा लीलाबहादुर ओली (लोकेन्द्र), सचिवमा सनोद थापार सह कोषाध्यक्षमा देवबहादुर पाण्डेलाई सर्वसम्मत चयन गरिएको छ।

यसैगरी सदस्यहरूमा गणेश कुमार न्यूरे , तस्बर ओली , रमेश बुढाथोकी, भिमि डागी, बिनोद पन्त, चक्र नेपाली ,दरीभान डागी , भीमबहादुर केसी , जोगेन्द्र नेपाली, मनिष शाह, रविना चौधरी,सुमन कँडेल र कर्णबहादुर डाँगी सर्वसम्मत चयन भएका हुन्।

कार्यसमिति चयनका लागि नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका सह इन्चार्ज चित्रबहादुर खड्का, नेकपा एमालेका प्रतिनिधि मिनराज ओली र नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक उद्योग व्यवसाय सङ्घका निवर्तमान अध्यक्ष जनक खरालले साझा सहमतिय हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लमहीमा गुडिरहेको ट्रक जलेर नष्ट

   श्रावण १३, २०८१       admin

दाङ,१३ साउन। दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ।

महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए ।

एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएको  बताए ।

खाली ट्रक सिमेन्ट लिनको लागि लमही जांदै थियो । घटनामा चालकको हातमा सामान्य जलन भएको छ ।

आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसिसी महिला एसिया कप फाइनल खेल श्रीलंका र भारतबिच हुँदै

   श्रावण १३, २०८१       admin

काठमाडौं,१३ साउन। एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् ।

खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ ।

घरेलु मैदानको फाइदा उठाउदै श्रीलंका पहिलो पटक उपाधि जित्ने लक्ष्यमा मैदान उत्रने छ भने भारत आठौं उपाधि रक्षा गर्ने योजनामा छ ।
पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंका फाइनल पुगेको हो भने बंगलादेशलाई हराउदै भारत उपाधि नजिक पुगेको हो ।

यो सँगै भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको छ भने सात पटकको च्याम्पियन पनि हो ।

पाँच पटक फाइनल पुगे पनि श्रीलंका भने अहिले सम्म उपाधि जित्नबाट चुकेको छ ।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology