काठमाडौं,१० साउन। लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ।
शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने भएको छ।
हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन ४५ अंक ल्याउनुपर्ने व्यवस्था गरेको हो।
पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ।
यो परीक्षामा अब न्यूनतम ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षामा सामेल हुन पाउने छैनन्।
यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्तांकमा जोडिने व्यवस्था पनि हटेको छ।
अब प्रथम पत्रको परीक्षा छनोट परीक्षाका रुपमा मात्रै रहनेछ। दोस्रो पत्रमा पहिलो पत्रमा आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको छ।
लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो। प्रारम्भिक परीक्षाको उतीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात् ४५ अंक हुने व्यवस्था भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ साउन । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा स्वागत तथा सम्मान गरिएको छ ।
आज बुधबार गृह जिल्ला दाङमा आएका मन्त्री न्यौपानेलाई नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ ले स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका नेताहरुप्रति आभार प्रकट गरेका थिए ।
‘निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका सम्पूर्ण नेतागणप्रति आभार प्रकट गर्दछु । समग्र दाङको विकास तथा लुम्बिनी प्रदेशको विकासमा निरन्तर रुपमा लाग्ने छु । निर्वाचनका बेला अभिव्यक्त गरेका विचारलाई अत्यन्त ताजा रुपमा सम्झेको छु । आफ्नो कार्यकालमा विकासका कामलाई सके जति तीव्र गतिमा अगाडि बढाउने प्रयत्न गर्ने छु । यसका लागि सम्पूण मतदाता तथा पाटीृका नेताहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।’ मन्त्री न्यौपानेले बताए ।
काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्काको सभापतित्व सम्पन्न कार्यक्रममा बोल्नै वक्ताहरुले मन्त्री न्यौपानेले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रमकाे सहजीकरण सचिव आरके शीतलले गरेका थिए । मन्त्री न्यौपानेले जिल्लाको घोराहीस्थित बिपी चोकमा अवस्थित विपीको सालिकमा माल्यार्पण गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ ।
त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।
दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ । यात्रुमध्ये एकजना महिला, एक १० वर्षीय बालक, एक विदेशी र अन्य पुरुष छन् ।
एयरलायन्सका एक कर्मचारीका अनुसार ग्राउण्डेड रहेको जहाजलाई मर्मतका लागि पोखरा लगेर मर्मत गर्ने क्रममा इन्जिनियर यज्ञप्रसाद पौडेल पनि सोही जहाजमा जाँदै थिए । उनकै नेतृत्वमा जहाज मर्मत गर्ने योजना थियो ।
सो जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जानका लागि उड्ने क्रममा आगो लागेको थियो । जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो ।
क्याप्टेन मनिषको स्वास्थ्यमा सुधार
विमान दुर्घटनामा परी घाइते भएका जहाज क्याप्टेन मनिष शाक्यको स्वास्थयमा सुधार आएको छ । उनको केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा। विशद दाहालले उनको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले आकस्मिक उपचार कक्षमा राखेर उपचार भइरहेको जानकारी दिए ।
यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ साउन । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ।
विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान÷अवतरण शुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेपछि दुवैतर्फका उडान र अवतरण बन्द भएका थिए। चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ।
विमान दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ। विमानचालक मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,९ साउन।त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना २२ जनाको मृत्यु भएको छ।
क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।
दुर्घटनाको थप विवरण आउन बाँकी छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९साउन। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए ।
लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्य मन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाएका थिए।
गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
बुटवल,८ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् ।
यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।
पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् ।
कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।
कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ ।
आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए ।
यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ ।
८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।
मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए ।
दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका हुन् ।
दाबी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आयेकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताए । मुख्यमन्त्री बन्न लागेका आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट निर्वाचित हुन् ।
आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ साउन। दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशी कार्यस्थलका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ।
सोमबार युएसएआइडीको आर्थिक सहयोग सीबीएम र डेक नेपालको सहकार्यमा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले अपाङ्ग मैत्री संरचना निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरुले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्राप्तिका लागि आआफ्नो क्षेत्रबाट सहयोग र पैरवी गर्ने प्रतिबद्धता जनाएका हुन्।
हरेक निकायका संरचनाहरू अपाङ्ग मैत्री बन्नुपर्ने संवैधानिक व्यवस्था भएपनि त्यसको पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।
अपाङ्ग मैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो हक अधिकार प्राप्तिबाट वञ्चित रहेको भन्दै यसप्रति सरोकारवाला हरू संवेदनशील बन्नुपर्ने उनीहरूको भनाइ थियो।
अपाङ्गताका सवालहरूमा नीतिगत सुधार र मैत्रीपूर्ण संरचना निर्माणमा सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने उनीहरुले बताएका छन् ।
कार्यक्रममा जनप्रतिनिधिहरूको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगी ,वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरी, वडा नम्बर १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर १० का वडा सदस्य ज्ञानबहादुर खडका , वडा नं ८ का वडा सदस्य हस्तबहादुर बिक लगायतले अब बन्ने वडा कार्यालयका संरचनाहरू अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर वडा मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र त्यस्ता खाले कार्यक्रमहरूलाई निरन्तरता दिइरहने उनीहरूको भनाइ थियो।
सीपमूलक र आयआर्जनमूलक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गराउने गरी बजेट विनियोजन समेत गरिएको उनीहरुले जानकारी दिए।
कार्यक्रममा रोजगारदाताहरूको तर्फबाट होटल मानसरोवरका सञ्चालक दिन बहादुर जिसी, रञ्जना सिलाई तथा कडाई प्रशिक्षक रञ्जना आचार्य, शुभारम्भ साना किसान कृषि सहकारी संस्थाकी प्रबन्धक अमृता शर्मा लगायतले कार्यस्थलमा अपाङ्ग मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरौँ अपहेलना नगरौँ भन्ने मनोभावना सहित अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने उनीहरूको प्रतिबद्धता रहेको छ।
सहकारी सङ्घसंस्थाहरूले प्रदान लगानीमा अपाङ्गता भएका व्यक्तिहरूलाई अन्यको तुलनामा विशेष छुट र बचतमा ब्याजदर बढी दिने उनीहरूको प्रतिबद्धता रहेको छ।
कार्यक्रममा पत्रकारहरू उमा भण्डारी, एकराज भण्डारी र जिसागर जीएमले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्राप्तिका लागि मिडियाले समाचार तथा सूचनाको माध्यमबाट पैरवी गर्ने बताएका छन्।
सञ्चारगृहमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी बनाउने , अपाङ्गता भएका व्यक्तिहरूका सवालमा खोजमूलक समाचार सम्प्रेषण गर्ने र सञ्चारमाध्यममा अपाङ्ग मैत्री वातावरणको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा डेक नेपालका प्रबन्धक जीवन गिरीले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, अपाङ्ग मैत्री संरचनाको अवस्था, अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपालको संविधानले व्यवस्था गरेका संवैधानिक कानुन, सार्वजनिक सेवामा हुने सहुलियतता अपाङ्गता भएका व्यक्तिहरूको प्रकार र अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा भएका प्रयास र चुनौतीहरूका बारेमा जानकारी गराएका थिए।
कार्यक्रमको सहजीकरण युएसएआइडी सक्षम परियोजनाका वरिष्ठ आर्थिक सहजकर्ता देवा डाँगीले गरेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस